प्रतिस्पर्धी नारी क्षमता विकासको शुभकामना

प्रतिस्पर्धी नारी क्षमता विकासको शुभकामना

स्कुलमा रिजल्ट आउने तयारी हुँदै थियो । कक्षा ५ मा जेहेनदार तथा मेधावी कहलिएको विद्यार्थी म । सबैले दोस्रो हुने दाबेदारी प्रस्तुत गरेका थिए । कारण के थियो भने त्यो कक्षामा सधैँ केटी मात्र प्रथम हुने परम्परा जस्तैै बनिसकेको थियो ।

तर एकाएक दोस्रो स्थानमा प्रथम हुनेको नाम आएपछि सबको नजर म माथि पर्यो र मेरो नाम प्रथम स्थानमा आयो । त्यसपछि बधाई दिनेको ओइरो लाग्यो । एक नारीको हारको विषयलाई लिएर सम्पूर्ण स्कुलका विद्यार्थी र मेरा साथीहरुको उत्सव थियो । मलाई पनि बदला पूरा भएको अनुभूति भएको थियो ।

तर उनको सुमन बधाई भन्ने भावना र कत्ति पनि विचलित नभएको प्रस्तुतिले मलाई त्यो बदलाको भावनालाई दबाएर राखिदियो । मैले प्रिन्सिपल सरलाई सोधेँ, मभन्दा खुसी किन अरु छन् ? सरले भन्नुभयो, ‘यो उत्सव होइन सुमन, यो नैराश्यता हो, यहाँ बुद्धिजीवीहरु पोथी बासेको भन्छन् । यो अहिलेको मात्र होइन, धेरै वर्ष पहिलेदेखिको समस्या हो । ऋषिमुनिहरूको कालदेखि नै नारी अघि बढ्दाको नैराश्यता थियो ।

मलाई बाबाले पाउनुभएको भन्दै हिँड्ने र मैले मम्मीको होइन बाबाले बुबु खुवाउनु भएको भन्ने मेरो घर नजिको भाइको यो भनाई मलाई सत्य नै लाग्थ्यो । किनको उसले आमाको प्रसव पीडा देखेको थिएन न त आमा बिरामी भएर बाबाले डेरीको दूध खुवाएको थाहा थियो ।

हाम्रा शास्त्रहरूले लेखेका छन्, स्त्रीको हालीमुहाली चल्ने ठाउँमा छिटै विनाश हुन्छ । यो सही नै हो किनभने यसमा नारीलाई अज्ञानता र बुद्धिहीनको पर्यायका रुपमा हेरिन्थ्यो र स्त्री शब्दले लिङ्ग नभएर सम्पूर्ण त्यो पिछडिएका वर्गको प्रतिनिधित्व गरेको थियो । सृष्टिकर्ताले फरक क्षमता बनाएर झेल अवश्य गरेकै हुन् तर खुला प्रतिस्पर्धामा रोक भने लगाएका छैनन् । नारी शक्तिको सम्मान गरेक छन् ।

गाउँमा नारी हिंसा बन्द गर, छोरीलाई स्कुल पठाऊ भन्ने पुस्ता मेरो नै थियो । भ्रुण हत्या बन्द गर भन्दै ट्विट गर्ने पनि मेरै पुस्ता हो । तर मलाई यो सब गर्दा लाग्थ्यो, म नै अन्तिम पुस्ता हुँ जसले लिङ्ग विभेदको मुद्दा उठाउँदै छ । तर यो त पुस्तौँ पुस्ताको रीति रहेछ जसमा हामीले धेरै प्रगति गरिसकेका रहेछौँ ।

एकजना दिदीले म आइमाई हुदैमा किन आलोचना धेरै खेप्नु पर्ने ? भनेर प्रश्न सोधिन । मैले भने तिमी आइमाई हैनौ । आई. माई. अर्थात् म र मेरो भन्ने यो विचित्रको शब्दले मेरो स्वमित्वको चीज भन्ने जनाउँछ र मानिसको स्वाभाविक प्रकृति हो । आफ्नो चीजलाई आलोचना हेला गर्ने अरुकोलाई सम्मान । मैले बहिनीलाई यही भन्छु कि तिमी छोरो हौ । किनभने म तिमीलाई निरुत्साहित गर्न चाहन्न । तिमीलाई छोरोमा नै सब ऊर्जा छ भन्ने लाग्छ भने अवश्य तिमीमा दृढ विश्वास आउनेछ र मैले भन्दा धेरै राम्रा काम गरेर तिमीले आफ्नो नाम राख्न सक्छौ । बाबाआमालाई भोलि तिमीले नै पाल्नेछौ ।

दिवस भनेको महत्वपूर्ण विषयको स्मरण र छलफल गर्न मानाइन्छ । जस्तै पृथ्वी दिवस, स्वास्थ्य दिवस आदि । नारीको महत्व नबुझ्ने कोही छैन तर पनि यो दिवस मनाउन बाध्य छौँ । नारी अन्यायविरुद्ध आवाज उठाउन सक्ने अवस्थामा पुगिसकेका छन् र यसलाई मूर्त रुप दिन बाँकी नै छ । किनभने अहिले सङ्कुचित नारीवादको भूत हामीलाई उतार्नु छ ।

नारी हुँदैमा अवसर पाउनु वा वञ्चित हुने भन्ने भ्रम चिरौँ । प्रतिस्पर्धात्मक क्षमताको विकास गरी योग्य नारी हुने प्रयास सबै नरीले गर्नुपर्दछ । अनि मात्र समृद्धि सम्भव हुन्छ । प्रधान न्यायाधीश सुशीला कार्की महिला भएकै कारणले यस पदमा अवश्य पुगेकी होइनन् न त एन्जेला मोर्केल नै । सम्पूर्ण नारीहरुमा प्रतिस्पर्धी क्षमताको विकास होस् भन्ने शुभकामना छ ।

आयुर्वेद क्याम्पस, कीर्तिपुर

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल