पेटीमै सुत्छन् बिरामी

पुस २६

काठमाडौं – नुवाकोटका नन्दलाल सुनारले पाटन अस्पतालमा पत्नीको उपचार गराइराखेका छन् ।
३ बर्ष भयो उनकी पत्नीको मिर्गौलाले काम गर्न छोडेको । उनको पत्नीको १३ महिनादेखि पाटन अस्पतालमा डायलोसिस भइरहेको खबर आजको कान्तिपुरमा छ ।

साताको दुइपटक डायलोसिस गर्नुपर्ने अवस्था रहेको नन्दलालले बताए ।
नुवाकोटदेखि सातामा दुइपटक काठमाडौं आउन मुस्किल भएको उनको गुनासो छ ।

आजभोली नन्दलाल दम्पती अस्पतालको पेटीमै रात कटाउँछन् । उनकी पत्नी अस्पतालको पेटीमै कम्बल ओढेर पल्टीरहेकी भेटिन्छन् ।
आर्थिक अवस्था कमजोर भएका कारण काठमाडौंमा कोठा लिएर बस्न नसकेको उनले बताए ।

family planning
Golden Oak

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल