दर्ताबिनै औषधि पसल

पुस २७

दर्ताबिनै औषधि पसल

काठमाडौं – थापाथलीको प्रसूती गृह जाने बाटोमा सञ्चालित एउटा औषधि पसल खुलेको डेढ दशक नाघिसक्यो । उक्त पसल २०५७ असारमा करदाता सेवा कार्यालय त्रिपुरेश्वरमा दर्ता भएको देखिन्छ । तर, औषधि व्यवस्था विभागसंग भने पसल संचालन प्रमाणपत्र नलिई व्यवसाय गरिरहेको छ । यो पसल जसरी नै राजधानीका धेरै औषधि व्यवस्था विभागमा दर्ता छैनन् ।

आइतबार उक्त पसलमा पुग्दा औषधि बिक्री गरिरहेका पुरूषले, ‘प्यान नम्बर लिएर औषधि पसल सञ्चालन गर्न पाइन्छ,’ भन्ने अभिव्यक्ति दिएल पनि नियमानुसार औषधि पसल सञ्चालनका लागि औषधि व्यवस्था विभागमा दर्ता हुनुपर्ने नियम छ । तर, यस नियमबारे जानकारी अभाव र व्यवसायीले अटेर गर्दा यस्ता पसल जताततै खुलेका छन् । यो खबर आजको कान्तिपुरमा छ ।

कोटेश्वरको नरेफाँटमा ‘औषधl पसल’ नामले खुलेको औषधी पसलले त बिल दिन पनि नमानेको एक ग्राहकले गुनासो गरे । आइतबार साँझ औषधि लिन पुगेका उनले बिल माग्दा पनि ‘बढी औषधि किन्दा बिल दिउँला’ भन्ने जवाफ पाएको उक्त ग्राहकले सुनाए । त्यही क्षेत्रमा अन्य धेरै पसल छन् जुन कर कार्यालयमा मात्र दर्ता भएका छन् । विभागबाट स्वीकृति लिएका छैनन् । कतिले त त्यही प्यान नम्बर पनि नलिइ पसल चलाइरहेका छन् । अहेब र अनमी पढेका सबैले औषधि पसल खोलेर बसिरहेका देखिन्छन् ।

कतिपय निजी अस्पताल र क्लिनिकहरूको फार्मेसी नर्स र अहेबहरूकै भरमा चलेको छ । उनीहरूले फार्मेसी सञ्चालन गरे पनि त्यसको प्रमाणपत्र देखाउन मान्दैनन् । उपभोक्ताको अधिकार भए पनि विभागको दर्ता नम्बरबारे सोधे उल्टै ग्राहकले हप्की खानुपर्छ ।

family planning
Golden Oak

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल