दुई दिनमा आठ पुल शिलान्यास

पुस २७

दुई दिनमा आठ पुल शिलान्यास

रौतहट – जिल्लाका विभिन्न नदी तथा खोलामा एकसाथ आठ पुलको शिलान्यास गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले रौतहटको वागमती, चाँदी, तरहारी, लमाहा लगायत ठूला र साना नदीमा दुई दिनमा करिब ३ अर्ब लागतमा निर्माण हुने आठवटा पुलको शिलान्यास गरेका हुन् ।

मन्त्री लेखक केहि दिनदेखि रौतहट र सर्लाही जिल्लाका विभिन्न नदीमा निर्माण गरिने पुलको शिलान्यास कार्यक्रममा व्यस्त थिए ।
छिट्टै काठमाडौं फर्कनुपर्ने भएपछि उनले बाक्लो हुस्सुबीच मंगलबार बिहानै ६ बजेदेखि लालबकैया नदीका तीन स्थानमा पुलको शिलान्यास गरेको खबर आजको नागरिकमा छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल