निर्वाचनको तयारीमा जुट्यो आयोग

पुस २७

निर्वाचनको तयारीमा जुट्यो आयोग

काठमाडौं –  निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेको छ । मतदाता नामावली अद्यावधिकदेखि निर्वाचन आचारसंहितासम्मको तयारी भइरहेको आयोगले जनाएको छ । आयोग तयारीमा जुटे पनि निर्वाचनका लागि आवश्यक ऐन बनेका छैनन् । दुईवटा कानुन बनेका छन् भने ११ कानुन बन्न बाँकी छन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।

निर्वाचन आयोग अपूर्ण छ । संविधानअनुसार पाँच आयुक्त हुने भए पनि अहिले प्रमुख आयुक्तसहित दुईजना मात्रै छन् । आयोगले पूर्णता नपाए पनि काम भइरहेको आयुक्त इला शर्माले बताइन् ।

स्थानीय तहको निर्वाचन गराउन पाँचवटा ऐन बन्नुपर्ने हुन्छ । संसद्ले सोमबार निर्वाचन कसुर र सजायसम्बन्धी ऐन तथा स्थानीय तह निर्वाचन कार्यविधि ऐन पारित गरेको छ । बाँकी तीन ऐनको विधेयक सरकारले २५ जेठमै संसद्मा दर्ता गराएको छ । राजनीतिक दलसम्बन्धी, निर्वाचन आयोगसम्बन्धी र मतदातासम्बन्धी ऐनको विधेयक संसद्मा दर्ता भएको हो । यी तीन विधेयक अहिले संसद्को राज्य व्यवस्था समितिमा छलफलमा छ ।

प्रदेश र संघको निर्वाचनसम्बन्धी ऐनका मस्यौदा गृहमा पुगेनन्
प्रदेश र संघको निर्वाचनसँग सम्बन्धित कानुनहरू अहिलेसम्म निर्वाचन आयोगबाट मस्यौदा भएर गृह मन्त्रालयमा पुगेका छैनन् । आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार प्रतिनिधिसभा सदस्यसम्बन्धी र प्रदेश सभा सदस्यसम्बन्धी ऐनको मस्यौदा अन्तिम तयारीमा पुगेका छन् ।

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन भएको छैन
संघ र प्रदेशको निर्वाचन क्षेत्र निर्धारण गर्न गठन गरिने आयोगको ऐन पनि अहिलेसम्म संसद्मा पुगेको छैन । सरकारले पनि आयोग गठन गर्नेबारे छलफल अगाडि बढाएको छैन । कानुन मन्त्रालयले ऐनको प्रारम्भिक मस्यौदा भने तयार गरिसकेको छ।

family planning
Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल