केन्द्रीय संस्करण

लोकेन्द्र भट्ट

संविधान संशोधनमा विलम्ब : समय माग्ने सरकार कि काँग्रेस ? access_timeजेठ १४, २०७७

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकको कार्यसूचीबाट संविधान संशोधन प्रस्ताव हटे सँगै संविधान संशोधनमा केही विलम्ब हुने भएको छ । गत शुक्रबार सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नक्सामा निसान छाप परिवर्तन गर्न संसद्मा संविधान संशोधन प्रस्ताव दर्...

लकडाउनको दुई महिना : न्वारनअघि पास्नी ! access_timeजेठ १३, २०७७

काठमाडौं । चैत ११ मा पहिलो पटक ७ दिनबाट सुरु भएको लकडाउनले दुई महिना नाघेको छ । जारी लकडाउन जेठ २० गतेसम्म कायम राख्ने सरकारको पछिल्लो निर्णय छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को पहिलो संक्रमण २०७६ माघमा देखिए पनि चैतमा दोस्रो संक्रमणपछि सरकारले लकडाउ...

‘अर्थमन्त्रीमा प्राविधिक र व्यावसायिक क्षमता छैन, आर्थिक सङ्कट धान्न मुस्किल छ’ access_timeजेठ ११, २०७७

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड–१९) को प्रभावबारे अध्ययन र विश्लेषण गर्न अर्थ विशेष समिति बनाएको छ । समितिले तत्कालीन रूपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रूपमा आगामी बजेटका प्राथमिकताबारे धारणा र दीर्घकालीन रूपम...

संविधान संशोधन गर्ने सरकारको प्रस्ताव : जसपाको साथमा काँग्रेसका दुई दाउ access_timeजेठ १०, २०७७

काठमाडौं । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नक्सामा निसान छाप परिवर्तन गर्न संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि विपक्षी दलहरुबीच छलफल सुरु भएको छ । शनिबार विहान ९ बजे प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता...

भारतको ‘प्रतिवाद’पछि नेपालको आगामी कदम access_timeजेठ ९, २०७७

काठमाडौं । अत्यन्तै साहसिक र बोल्ड निर्णय लिँदै सात दशकअघिदेखि भारतले अतिक्रमण गरी राखेको लिम्पियाधुरालगायतका नेपाली भूमिसमेतलाई समेटेर नेपालले नयाँ नक्सा प्रकाशित गरेपछि यतिखेर नेपाल–भारत सम्बन्धमा नयाँ तरंग देखापरेको छ । नेपालले प्रकाशित गरेको नक्सा &ls...

नयाँ नक्सा प्रकाशन गर्ने सरकारको निर्णय: काँग्रेस भन्छ, ‘अब जमिन चाहियो’, जसपा भन्छ, ‘उल्लु बनाइयो’ access_timeजेठ ६, २०७७

काठमाडौं । कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशन गर्ने सरकारी निर्णयको चौतर्फिक प्रशंसा भइरहेको छ ।  सोमबारको मन्त्रिपरिषद् बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको छ । यसका ...

कोरोना ‘कम्युनिटी ट्रान्समिसन’को यात्रामा ? access_timeजेठ ५, २०७७

काठमाडौँ । विश्वभर उग्ररूप लिँदै गएको कोरोना भाइरस (कोभिड–१९) ले नेपालमा पनि खतराको घण्टी बजाएको छ । अहिलेसम्म नेपालभित्र ३ सय ४ जनामा कोरोना सङ्क्रमण भेटिएको छ भने दुई जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनको परिभाषाअनुसार नेपालमा कोरोना भाइरसको सङ्क्...

‘ओली-प्रचण्डको कानेखुसीले पार्टीमा समस्या र अन्तरविरोध पैदा गर्‍यो’ access_timeजेठ ३, २०७७

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको आज दुई वर्ष पुगेको छ । पार्टी एकताको दुई वर्ष पूरा हुँदा पनि शीर्ष नेतामै अविश्वास व्याप्त छ । पार्टी एकताका तीन महिनाभित्र सबै काम टुङ्ग्याउने भनिए पनि अझै एकीकरण प्रक्रिया टुङ्गिएको छैन । यता पार्टी कमिटी प्रणाली नभ...

‘मेरो सरकार’ सच्चिएकोमा काँग्रेस खुसी, प्राथमिकताविहीन दस्तावेजबाट बेखुस access_timeजेठ २, २०७७

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट कोरोना संकटबाट बाहिर निस्कन मार्गनिर्देशन गर्ने विषयमा चुकेको जनाएको छ । काँग्रेस सांसद डा. मिनेन्द्र रिजालले नीति तथा कार्यक्रमलाई प्राथमिकताविहीन दस्तावेजको संज्ञा दिए ।...

कालापानीबाट १२ किमी टाढा बिओपी स्थापना: औपचारिकता कि आवश्यकता ? access_timeजेठ १, २०७७

काठमाडौं । भारतले नेपाली भूमि कालापानी–लिपुलेक क्षेत्र अतिक्रमण गरी अनधिकृत रूपमा निर्मित तिब्बतको मानसरोवर जाने सडकको उद्घाटन गरेपछि दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । लिम्पियाधुरा, कालापानी, लिपुलेक क्ष...

मुर्झायो विद्यार्थी आन्दोलन : बग्रेल्ती मुद्दा ओझेलमा access_timeजेठ १, २०७७

काठमाडौँ । भारतले नेपाली भूमि कालापानी–लिपुलेक क्षेत्र अतिक्रमण गरी अनधिकृत रूपमा तिब्बतको मानसरोवर जाने सडक उद्घाटन गरेपछि सात दशक पुरानो नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेको छ । कोरोना भाइरस फैलिने जोखिम रोक्न सरकारद्वारा जारी लकडाउनकै बीच मा...

बल्झिँदो सीमा विवाद : स्तरोन्नति नभएको काँग्रेसको ‘निम्छरो’ राष्ट्रवाद access_timeबैशाख २८, २०७७

काठमाडौँ । भारतको विस्तारवादी नीति नेपालको राष्ट्रियतामाथि तारो बन्दै आएको छ । यसको पछिल्लो उदाहरण कालापानी– लिपुलेक प्रकरणलाई लिन सकिन्छ । भारतको उत्तराखण्ड राज्यमा पर्ने पिथौरागढ, धार्चुला हुँदै कालापानी र लिपुलेक नाकाबाट चीन प्रवेश गर्ने सडकको उद्घाटन भ...

एसईई खारेजी र विकल्पको बहस : शिक्षामन्त्रीको अस्पष्ट नीतिले विद्यार्थी तनावमा access_timeबैशाख २८, २०७७

काठमाडौँ । कोरोनाभाइरसको महामारीले प्रभावित परीक्षा र आगामी शैक्षिक सत्रको विकल्पबारे बहस सुरु भएको छ ।  विशेषतः माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजीको विषय बलियो ढङ्गले उठेको छ । कोरोनाका कारण लामो समयदेखि शैक्षिक गतिविधि प्रभावित भएपछि विकल्पको खोजी ...

बजेट अधिवेशन : दुई तिहाइ गुमाएको ओली सरकारमाथि विपक्षीको कसिलो मोर्चाबन्दी access_timeबैशाख २५, २०७७

काठमाडौँ । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन (बजेट अधिवेशन) सुरु हुँदैछ ।  कोरोना महामारीकाबीच सरकारले ल्याउने नीति तथा कार्यक्रम र प्रि–बजेट छलफल पहिलो प्राथमिकतामा देखिएको छ । सङ्कटमा पनि केपी ओली नेतृत्वको सरकारमाथि मोर्चाबन्दी कसिल...

निजी क्षेत्रलाई काँग्रेसको ढाडस : तपाईंको माग कार्यान्वयनका लागि सरकारलाई बाध्य पार्छौँ access_timeबैशाख २४, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना कहरबाट प्रभावित वर्तमान परिस्थितिमा आगामी आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रम र बजेटबारे निजी क्षेत्रसँग अन्तरक्रिया गरेको छ । काँग्रेस पार्टी कार्यालय सानेपामा बुधबार विहान छाया अर्थमन्त्री डा. मिनेन्द्र रिजा...

आर्थिक मन्दीबाट तंग्रिन काँग्रेसको सुझाव : नयाँ बजेटमा नयाँ योजना नथपौँ, फजुल खर्च कटौती गरौँ access_timeबैशाख २३, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नयाँ बजेट ल्याउँदा नयाँ योजना नल्याउन र प्रशासनिक खर्च कटौती गर्न सरकारलाई सुझाव दिएको छ ।  अर्थमन्त्रालय सम्हालिसकेका काँग्रेस नेताहरुले रातोपाटीसँगको संक्षिप्त कुराकानीका क्रममा सरकारलाई यस्तो सुझाव दिएका हुन् ।...

प्रधानन्यायाधीश र अख्तियार प्रमुखसँग प्रमको भेटवार्ता ‘शंकास्पद’, काँग्रेसद्वारा सुक्ष्म निगरानी access_timeबैशाख २०, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई रातको समयमा भेटवार्ताका लागि बालुवाटार बोलाउनुले संशय पैदा गराएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको कलह उत्कर्षमा पुगेका बेला उनीहरुलाई प्रधानमन्...

प्रम ओलीप्रति काँग्रेसको ‘नरम नीति’ : देउवाको रहस्यमय मौनता ! access_timeबैशाख १९, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नरम नीति अख्तियार गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रैबाट प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने आवाज उठिरहेको बेला प्रतिपक्षी काँग्रेसले भने नरम नीति लिएको हो ।&nb...

काँग्रेस नेता सिटौलाको निष्कर्ष : ओली सरकारको आयु धेरै छैन access_timeबैशाख १७, २०७७

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनस्ट पार्टी (नेकपा) भित्र सत्ता परिवर्तनको जोडघटाउन जारी छ । यता प्रमुख प्रतिपक्षी दल काँग्रेसले पनि सरकारविरुद्ध विपक्षी मोर्चाबन्दी कसिलो बनाउँदै लगेको छ । नेकपा र काँग्रेसकै केही नेताले सार्वजनिक रूपमै प्रधानमन्त्री केपी शर्मा ओलीको राज...

‘नेकपाले ओलीको विकल्प दिनुपर्छ, काँग्रेसले स्वागत गर्छ’ access_timeबैशाख १६, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकार परिवर्तन गर्न सक्ने हैसियतमा छैन । काँग्रेसले सरकार परिवर्तनको राजनीतिक एजेन्डा पनि बनाएको छैन । तर २०७७ साल सुरु भएसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सत्ता परिवर्तनको खेल सुरु भएको गन्ध आउने थालेको छ । योसँग...

लकडाउनकै बीच दिनहुँजसो किन हुँदैछ 'गोप्य' भेटवार्ता ? access_timeबैशाख १५, २०७७

काठमाडौँ । मुलुकमा जारी लकडाउनलाई चुनौती दिँदै केही दिनयता नेताहरुबीच दिनहुँजसाे गोप्य बैठक भइरहेको छ । जसमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केही नेताका साथै प्रतिपक्षी दलका नेताहरु पनि सहभागी भएको पाइन्छ ।  मुलुक कोरोनाको महामारीबाट ...

पम्फा भुसालको लकडाउन डायरी : कोरोनापछिको चिन्तन र चिन्ता access_timeबैशाख १४, २०७७

काठमाडौँ । मुलुकले कोरोना महामारी नियन्त्रणका लागि लकडाउन झेलेको एक महिना नाघेको छ । आम नागरिकको दैनिकी पनि थप कष्टकर बन्दै गएको छ । मुलुकमा चरम आर्थिक मन्दी सिर्जना हुँदै गइरहेको छ । कोरोनासँगको लडाइँमा विजयी प्राप्त गरिसकेपछि फेरि आर्थिक मन्दीसँगको लडाइँ सुरु ...

अप्ठ्यारोमा ओली : नेताहरुको तीव्र दौडधुपको सन्देश के ? access_timeबैशाख १३, २०७७

काठमाडौं । लकडाउनकै बीच केही दिनयता सत्तारुढ र प्रतिपक्षी दलका शिर्ष नेताको दौडधुप तीव्र बनेकोे छ । बन्दाबन्दीले मुलुक ठप्प रहेका बेला नेताहरुको अस्वभाविक दौडधुप र कोठे बैठक बाक्लिएपछि नेपाली राजनीति भने चलायमान नै रहेको संकेत दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओ...

नैतिकताको घेराबन्दीमा प्रधानमन्त्री ओली, राष्ट्रपतिमाथि पनि प्रश्न access_timeबैशाख १३, २०७७

काठमाडौं । राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी विवादास्पद् दुई वटा अध्यादेश फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिक प्रश्नले घेरेको छ । राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिष...

अध्यादेश फिर्ता लिएलगत्तै प्रधानमन्त्री ओली देउवा र प्रचण्डसँगको छलफलमा access_timeबैशाख १२, २०७७

काठमाडौं । अध्यादेश फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली छलफलमा जुटेका छन् । चौतर्फी विरोध भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णयपछि उनी नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवा र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ...

Page 1 of 11