केन्द्रीय संस्करण

माया श्रेष्ठ

अवसर नपाएकालाई अवसर दिने वातावरण बनाउनु नै सामाजिक न्याय access_timeफागुन ९, २०७६

‘असमानता र सामाजिक दुरीलाई कम गर्दै सामाजिक न्यायको पहुँचमा वृद्धि गर्ने’ नाराका साथ विश्वभर गत बिहीबार सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दिवस मनाइयो । जात, धर्म, संस्कृति र मानव अधिकारका लागि विश्वका धेरै राष्ट्रहरुले निर्माणको कानुनको तुलनामा नेपाल उत्...

कतै तपाईंलाई डिप्रेसन भएको त छैन ? access_timeफागुन ६, २०७६

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मानिसलाई ‘डिप्रेसन’ हुन्छ । डिप्रेसन भनेको मनको रोग हो । नैराश्यता हुनु भनेको नै मानसिक रूपमा कमजोर हुनु हो । मानिसलाई सामाजिक रूपमा अशक्त बनाउने रोगमध्ये दोस्रो नम्बरमा डिप्रेसन पर्...

पूर्वीय समाजबाट सुरु भएको योग पश्चिमा देशमा तीव्र गतिमा फैलिँदै access_timeफागुन ४, २०७६

काठमाडौँ उपत्यका लगायत सहरी क्षेत्रमा शारीरिक अभ्यासका लागि विभिन्न सेन्टर खुलेका छन् । निजी क्षेत्रहरुद्वारा शारीरिक अभ्यासका लागि जुम्बा, एरोबिक, जिमखाना, योग सेन्टर आदि  सञ्चालन गरेका छन् । यसरी जुम्बा, एरोबिक, जिमखानामा गरिने व्यायाम अनि साँझबिहान हिँडेर गरिने...

कहाँ पुग्यो चीनमा नेपाली नागरिक फर्काउने प्रक्रिया ? access_timeमाघ २७, २०७६

चीनमा रहेका नेपाली नागरिकहरु कयौँ दिनदेखि आफ्नै कोठाभित्र सीमित रहँदा जेलमा बसेसरह भएको अनुभूति गरिरहेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएको वुहानमा बजारहरु बन्द हुनका साथै कयौँ मुलुकले त्यहाँ रहेका आफ्ना नागरिकलाई फिर्ता लगिसकेका कारण नेपालीहरु एक्लिएका हुन् ।...

सानैमा उपचार पाएको भए अपाङ्ग हुने थिइनँ access_timeमाघ २४, २०७६

ललितपुरको कुपन्डोलस्थित एक हस्तकला उद्योगमा लमजुङकी शारदा अधिकारी हातको इसाराले एकजना महिलासँग कुरा गर्दै थिइन् । श्रवणशक्ति नभएकी र बोल्न नसक्ने ती महिलाले बुनेको टोपी, पञ्जा लगायतका सामग्रीका बारेमा शारदा हातको इसाराले कुराकानी गरिरहेकी थिइन् । त्यसो त शारदा रा...

‘मृत्युलाई हाँसेर, हँसाएर स्वीकार गर्नुपर्छ’ access_timeमाघ २१, २०७६

चुनीखेलका विनोद वाइबा बेडमा पल्टिरहेका थिए । बेडसँगै अक्सिजनको सिलिन्डर अनि सिलिङमा झुन्ड्याइएको स्लाइनको बोतल । नाकमा अक्सिजनको पाइप अनि हातबाट स्लाइन । हेर्दा सामान्य बिरामीजस्तो लागे पनि उनी चौथो चरणको क्यान्सरबाट गुज्रिरहेका छन् । यसको उपचार सम्भव छैन र आफूमाथि...

छाउगोठ भत्काउँदैमा छाउप्रथा हट्ला ? access_timeमाघ १९, २०७६

‘गाउँघरतिर एउटा उखान छ, ‘काम नपाएकी बुहारी कुकुरको पुछ कन्यौँ’ । अहिले गृह मन्त्रालयको कार्यशैली यस्तै छ । छाउगोठका नाममा हाम्रा घर भत्काइएका छन्, एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ? ८ जना मान्छेको होटलमा मृत्यु भएको छ, होटल भत्काउँद...

कोरोना भाइरसको आशंकामा थप दुई जनाको स्याम्पल हङकङ पठाइयो access_timeमाघ १२, २०७६

काठमाडौँ । चीनबाट नेपाल फर्किएका थप दुई जना बिरामीलाई कोरोना भाइरस संक्रमणको भएको आशंका गरिएको छ । स्वास फेर्न गारो हुने, ज्वरो आउने, खोकी लाग्ने समस्या भएर दुई जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराउन आएका थिए । दुई जना बिरामीलाई कोरोना भाइरस...

‘कुष्ठरोगका किटाणु उपचारपछि पूर्णरूपमा नष्ट पार्न सकिन्छ’ access_timeमाघ १२, २०७६

आज विश्व कुष्ठरोग दिवस । जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवसलाई विश्वव्यापी रूपमा मनाउने चलन छ । ‘कुष्ठरोग विरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य, मानव अधिकारको सम्मान’ भन्ने सन्देशसहित नेपालमा पनि यो दिवस मनाइँदैछ । कुष्ठरोग के हो, यो रोग लागेको कस...

निवारण भएको १० वर्षपछि बढ्न थाले कुष्ठरोगी : १७ जिल्लामा फैलियो ! access_timeमाघ ११, २०७६

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई २०१० मा कुष्ठरोग निवारण भएको मुलुक भनेर घोषणा गरेको थियो । नेपालमा प्रति १० हजारमा ०.७७ अर्थात एकभन्दा कम रोगीको संख्या भएका कारण निवारणको घोषणा गरिएको थियो । त्यससमयमा ३ हजार १ सय ४२ जना नयाँ बिरामी थिए ।  नेप...

चीनमा कोरोना भाइरसको प्रकोप : मानिसबाट मानिसमा सर्न थालेपछि नेपालमा पनि सतर्कता access_timeमाघ ७, २०७६

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण बेइजिङ र सेन्जेन हुँदै जापान, थाइल्याण्ड र दक्षिण कोरियासम्म विस्तार भएको छ । चिनियाँ पर्यटकहरुको मनग्गे आवागमन हुने नेपालमा पनि कतै त्यो कोरोना भाइरसको संक्रमण आइपुग्ने त होइन भन्ने आशङ्का पैदा भएको छ । अझ चिनियाँ नयाँ ...

छायामा गणित विषय : कक्षा ११ र १२ मा ऐच्छिक राख्ने तयारी access_timeमाघ ७, २०७६

धेरै राष्ट्रहरुले भाषागत विषयबाहेक गणित, विज्ञान तथा प्रविधि विषयलाई अनिवार्य विषयका रुपमा पाठ्यक्रममा समावेश गरेको पाइन्छ । नेपालमा भने कक्षा ११ र १२ को पाठ्यक्रम परिर्वतनको लागि तयार पारिएको पाठ्यक्रममा गणित विषयलाई अवहेलना गरिएको छ । कक्षा ११ र १२ को  पाठ्य...

४० प्रतिशत गर्भवती घरमै हुन्छन् सुत्केरी access_timeमाघ ४, २०७६

समुदायमा आधारित नवजात शिशु स्याहारसम्बन्धी विभिन्न कार्यक्रम सरकारले ल्याए पनि गएको पाँच वर्षमा १४ हजार ४ जना बालबालिकाको मृत्यु भएको छ । जन्मेको २८ दिनभित्रका बच्चालाई नवजात शिशु भनिन्छ । यस्तै हरेक पाँच वर्षमा गरिने जनसाङ्ख्यिक स्वास्थ्य सर्भेक्षणअनुसार प्रति १ हजार नवज...

जाडोयाममा हाडजोर्नी दुख्ने समस्या : दीर्घकालीन रोग बन्न पनि सक्छ access_timeपुस २८, २०७६

अन्य समयमा भन्दा जाडो याममा हाडजार्नीका बिरामी बढ्ने गर्छन् । वृद्धवृद्धालाई मात्रै हाडजोर्नी समस्यामा नभएर युवाहरूमा समेत हुने गर्छ । जोर्नी दुख्ने समस्यालाई ख्याल नगर्दा दीर्घकालीन रोग बन्न पनि सक्छ । जाडो मौसममा बाथ रोगीका लागि कष्टकर समयका रूपमा लिन सकिन्छ । जाडोमा अरू ...

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले २० करोड घुस मागेको बीएण्ड सी मेडिकल कलेजका सञ्चालकको आरोप (भिडियो सहित) access_timeपुस २३, २०७६

बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च हस्पिटल प्रालि  सञ्चालन गर्नका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले घुस मागेको सञ्चालक दुर्गा प्रसाईले आरोप लगाएका छन् । काठमाडौँमा  पत्रकार सम्मेलन गरेर चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले  २० करोड रुपै...

टीकापुर घटनापछि छिन्नभिन्न भएका मनहरू access_timeपुस २२, २०७६

करिब साढे चार वर्ष अगाडि कैलाली टीकापुरमा थारूहटको आन्दोलन हिंसात्मक बन्दा आठ सुरक्षाकर्मीसहित एक बालकको ज्यान गयो । घटनापछि अदालतले टीकापुर घटनामा दोषी भन्दै कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला गर्यो । त्यससँगै जिल्ला अदालतले १२ ज...

'म बलात्कृत भएकी हुँ भन्दा कसैले पत्याएनन्' access_timeपुस १६, २०७६

बिहान कलेजमा एक पिरियड पढाइ छोडेर हतारहतार कोठामा आउने अनि खाना बनाएर खाने त्यसपछि न्युरोडस्थित एक सहकारीमा काम गर्न बिहान १० बजे पुग्ने दीपिका (नाम परिवर्तित) को दैनिकी हो । यसरी बिहान कलेज, दिउँसो सहकारीको काममा दीपिका व्यस्त हुन थालेको १ वर्ष भयो । बाजुराकी ...

जाडोमा यसरी गर्नुपर्छ छालाको स्याहार access_timeपुस १५, २०७६

जाडो बढेसँगै स्वास्थ्यमा विभिन्न समस्या देखापर्छ । चिसोमा मानिसलाई हुने स्वास्थ्य समस्यामध्ये छालामा सुख्खापन अपवाद बाहेक सबैलाई हुन्छ । यो मौसममा हावा धेरै चिसो हुन्छ । चिसो हावाका कारण छालामा सुख्खापन आउनुका साथै विभिन्न समस्या देखापर्छ । नियमित औषधि सेवन गर्नेको छाला ...

महानगरमा नयाँ विद्यालय स्थापनामा रोक, झोलामा विद्यालयको लाइसेन्स राख्ने मालामाल ! access_timeपुस १३, २०७६

काठमाडौँ महानगरपालिकाले तत्कालका लागि नयाँ विद्यालय स्थापना गर्न स्वीकृत नदिने भएको छ । स्वीकृत लिएर सञ्चालित विद्यालयलाई आवश्यकताको आधारमा तह थप गर्न पाइने काठमाडौँ महानगरपालिका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । नेपालको संविधान २०७२ ले स्थानीय निकाय स्वयंले शिक्षा ...

होसियार ! छालाको ख्याल नगर्दा हुन सक्छ क्यान्सर access_timeपुस ९, २०७६

नेपालीहरुले लुतो, दादमात्रै छाला रोग मान्ने गर्छन् । शरीरमा दाद, खटिरा आयो भने बर्षौँसम्म उपचार गरिन्न, मेडिकलबाट औषधि ल्याउने, खाने अनि अन्तिममा कुनै सीप नलागेपछि अस्पताल जाने चलन छ । छालामा हुने विभिन्न प्रकृतिका घाउ, बिमिरा, दाद, नङ झर्ने, यौन रोगलाई सामान्य माने...

श्वास गन्हाउने समस्या भएकालाई क्यान्सरको खतरा, यस्तो छ बच्ने उपाय access_timeपुस ५, २०७६

मुख हाम्रो महत्वपूर्ण अङ्ग हो । हाम्रो शरीरलाई आवश्यक खाना हामीले मुखबाट नै खाने गर्छौं । त्यसैले पनि मुख स्वास्थ्य महत्वपूर्ण अङ्गको रुपमा मानिन्छ । तर श्वास गन्हाउने समस्याले कतिपय मानिस विभिन्न सभासमारोहमा जान पनि हिच्किचाउनुपर्ने अवस्था गर्छन् । मुख तथा श्वास गन्हाउँदा अ...

दीक्षित हुँदा उत्साहित विद्यार्थीलाई भविष्यको चिन्ता access_timeपुस ३, २०७६

काठमाडौँ । अधिकांश महिला सारी र ब्लाउज अनि पुरुष कोट र दौरा–सुरुवालका साथै विभिन्न परम्परागत पोसाकमा सजिएर दीक्षित हुँदा विद्यार्थीहरु निकै उत्साहित देखिन्थे । त्यसमाथि कालो गाउन, घाँटीमा थरीथरीका स्काफसँगै शीरमा गोलाकार चुच्चे टोपी समेत पहिरिएका उनीहरुलाई ...

जसको दाँत सबल, उसको जीवन सफल ! access_timeमंसिर २७, २०७६

नेपालमा ९० प्रतिशत मानिसले ब्रस गर्न जान्दैनन् ।  शरीरका अन्य भागमा रोग जति महत्त्व दिएर उपचार गर्ने गरिन्छ त्यहीअनुसार मुखको स्वास्थ्यलाई ख्याल गरेको पाइँदैन । प्रायः नेपाली मुखको स्वास्थ्य समस्याबाट ग्रसित छन् । मुख स्वस्थ राख्नका लागि के गर्नुपर्छ ? नेपालमा मुख स्वास्थ्यको ...

अब मन्त्रालय व्यक्तिवादमा चल्दैन, एउटै व्यक्ति पटक–पटक विदेश घुम्न पाउँदैन : स्वास्थ्य मन्त्री ढकाल access_timeमंसिर २३, २०७६

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयमा अनियमितता गर्न आगामी दिनमा कसैले पनि नपाउने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सोमबार स्वास्थ्य पत्रकार मञ्च र स्वास्थ्यसम्बन्धी समाचार लेख्ने पत्रकारहरुसँगको अन्तरक्रियामा स्वास्थ्य मन्त्रालयमा काम गर्ने शैलीम...

‘आशा’ : यौन हिंसाविरुद्ध ८ गृहिणीको सामूहिक अभियान access_timeमंसिर १९, २०७६

काठमाडौँ । नेपालमा गैरसरकारी संस्थाहरू प्रायः विदेशी डोनरको सहयोगमा चल्छन् । त्यसरी सञ्चालन गरिएका सङ्घसंस्थालाई कतिपयले ‘डलरको खेतीकर्ता’ भनेर आलोचनासमेत गरेको सुनिन्छ । सबै सामाजिक संस्था डलरको खेती गर्दैनन्, आफ्नै बलबुताबाट धेरथोर सङ्कलित रकमबाट दीनदुः...

Page 1 of 3