केन्द्रीय संस्करण

युरोप

लन्डनमा हुने नेपाली मेला स्थगित access_timeसाउन ३०, २०७७

लन्डन । नेपाली कला, संस्कृति, रहनसहन, भेषभूषा झल्काउने र धर्म, परम्परा जीवन्त राख्ने उद्देश्यले विगत ११ वर्षदेखि निरन्तर रुपमा ओजना हुँदै आएको नेपाली मेला यसपटक नहुने भएको छ । हजारौंको संख्यामा मानिसहरुको भीड लाग्ने उक्त मेलामा युरोप लगायत अन्य मुलुकबाट समेत नेपालीहर...

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै घट्यो access_timeसाउन २९, २०७७

लन्डन । बेलायत सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको गणना संख्यालाई नयाँ मापदण्ड अनुसार  पुनरावलोकन गरेको  छ ।   पछिल्लो तथ्यांक अनुसार बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार कम देखाइएको छ । योसँगै बेलायतमा यसअघ...

‘लकडाउन खोलेपछि सावधानी नअपनाउँदा थप जोखिम बढ्यो’ access_timeसाउन २५, २०७७

महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा ७ लाख २४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । यसैगरी सङ्क्रमित हुनेको सङ्ख्या दुई करोड पुग्न लागिसकेको छ । गत वर्ष डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित मुलुकमा अमेर...

बेलायतको जेलमा ११ नेपाली, हत्यारादेखि तस्करीसम्म access_timeसाउन २३, २०७७

लन्डन । बेलायतको जेलमा ११ जना नेपाली रहेको पाइएको छ ।  हत्याको आरोपदेखि तस्करी लगायतका विभिन्न अभियोगमा ११ जना नेपालीहरु बेलायतको जेलमा रहेका छन् । तीमध्ये ८ जना नेपालीहरु अध्यागमनसम्बन्धि मुद्दामा जेलमा रहेको नेपाली दूतावास लन्डनले जानकारी दिएको छ । अध्या...

गोर्खाको तस्वीरअङ्कित स्टर्लिङ पाउण्ड निकाल्ने तयारी access_timeसाउन १३, २०७७

लण्डन । बेलायती सेनामा गोरखा सैनिकले पु-याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ । ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्न इच्छा व्यक्त गरेका कारण अब ...

अध्यागमनको डरले अस्पताल नजाँदा स्कटल्यान्डमा एक नेपालीको मृत्यु access_timeसाउन ७, २०७७

लन्डन । संयुक्त राज्यको  स्कटल्यान्डमा बस्दै आएका अन्दाजी ३० वर्षीय एक नेपाली युवाको निधन भएको छ । काठमाडौँको बौद्ध घर भएका दोर्जे नामका ती युवकको आइतबार निधन भएको हो । आफ्नै घरको ढोकामा ढलेको अवस्थामा देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र एम्बुल...

एनआरएनए को ८३ औँ शाखाको रुपमा टर्कीलाई मान्यता access_timeसाउन ४, २०७७

लन्डन । विश्वभरी छरिएर रहेका नेपालीहरुको संगठन गैर आवासीय नेपाली संघले ८३ औँ शाखाको रुपमा टर्कीमा आफ्नो शाखा विस्तार गरेको छ । संघको विधान र एनआरएन ऐनले तोके अनुसारको  कागजात समयमा पेश गर्न नसकेका कारण शाखा गठन प्रकृयामा केही ढिलाइ भएको थियो । आवश्यक प्रक्र...

पत्रकार महासंघ यूकेद्वारा कोरोना पीडित पत्रकारको लागि २३ लाख रुपैयाँको सहयोग access_timeसाउन ४, २०७७

लण्डन । नेपाल पत्रकार महासंघद्वारा स्थापित ‘पत्रकार आपत्कालीन राहत कोष’ मा नेपाल पत्रकार महासंघ यूके शाखाले २३ लाख रुपियाँ आर्थिक सहयोग गर्ने भएको छ । शनिबार लण्डनमा जुम प्रविधिमार्फत बसेको बैठकले उक्त निर्णय गरेको हो । उक्त सहयोग रकममध्ये २० लाख रुपियाँ म...

नेपाली साहित्य विकास परिषद् यूकेको रजत वार्सिकोत्सव सम्पन्न, ९३ जना सम्मानित access_timeअसार २९, २०७७

लन्डन । नेपाली साहित्य विकास परिषद् यूकेले आफ्नो स्थापनाकालको २५ औं वर्ष पूरा गरेको अवसर पारेर रजत वार्सिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।  नेपाली भाषा साहित्यको संरक्षण, संवर्द्धन, विकास र नयाँ नयाँ साहित्यिक प्रतिभाहरूको खोजी गर्ने उद्देश्यले सन् १९९५ मा नेपाली स...

नेपाल आदिवासी जनजाति महासंघको अन्तर्राष्ट्रिय समन्वय तदर्थ समिति गठन access_timeअसार २६, २०७७

नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय समिति बनाउँन तदर्थ समिति गठन भएको छ । विदेशस्थित महासंघको जुम बैठकले तदर्थ समिति बनाएको हो ।  बैठकपछि जारी विज्ञप्ति अनुसार महासंघ अमेरिकाका निवर्तमान अध्यक्ष मानबहादुर रानामगरको संयोजकत्व गठन गरिएको समिति १...

पोर्चुगलमा नेपालीको निःशुल्क खाना अभियान access_timeअसार २१, २०७७

लिस्बन । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण प्रभावित भएका पोर्चुगलका निम्न वर्गीय परिवारलार्ई लक्षित गरेर एक नेपालीले निःशुल्क खाना अभियान सञ्चालन गरेका छन् । बाग्लुङ दमेकका ४६ वर्षीय टंक सापकोटाले पोर्चुगलका निम्न वर्गीय परिवारका लागि निःशुल्क खाना अभिया...

बेलायतमा जुलाई ४ का दिन उत्सव मनाउने तयारी access_timeअसार १०, २०७७

लन्डन । बेलायतमा जुलाई ४ तारिखको दिनलाई विशेष उत्सवका रुपमा मनाउने तयारी भइरहेको छ । कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि लकडाउन जारी भएसँगै व्यापार–व्यवसाय एवं रोजगारीको क्षेत्रमा परेको प्रभाव विस्तारै कम हुँदै गएको छ । यही जुन १५ बाट लक...

बेलायतबाट जजिरा एअरवेजको चार्टर विमान नेपाल उड्दै access_timeअसार १०, २०७७

लण्डन । कोरोना संक्रमणका कारण बेलायतमा रोकिएका नेपालीहरुलाई आज जजिरा एअरवेजको विमानबाट नेपाल पठाइने भएको छ ।  बेलायतमा अलपत्र नेपालीको उद्धारका लागि दुईवटा उडानको तय भए अनुरुप आज पहिलो फ्लाइट नेपाल जान लागेको हो । यसैगरी दोस्रो फ्लाइट जुन २६ तारिख शु...

बेलायतमा लकडाउन सहज बन्दै, ४२ हजारको मृत्यु access_timeअसार २, २०७७

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजारको हाराहारीमा पुगेको छ । गएको २४ घन्टाभित्र बेलायतमा थप २ सय ३३ जनाको कोरोना भाइरसका कारण निधन भएको मंगलबारको दैनिक ब्रिफिंगमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले जानकारी दिएका छ...

एनआरएनए माल्टाका सम्पूर्ण पदाधिकारीहरु बर्खास्त access_timeजेठ ३२, २०७७

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका सम्पूर्ण पदाधिकारीहरु बर्खास्त भएका छन् । माल्टामा श्रमिकहरु ल्याउन त्यहाँस्थित एनआरएनएका पदाधिकारीहरुले नै बिचौलियाको भूमिका निर्वाह गरेको भन्ने आरोप लागेपछि एनआरएनए केन्द्रद्वारा गत मे ९ मा पाँच सदस्यीय विशेष समितिको गठन...

एनआरएनए माल्टा प्रकरण : छानबिन समितिद्वारा केन्द्रीय समिति समक्ष प्रतिवेदन पेश access_timeजेठ २८, २०७७

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका पदाधिकारीमाथि लागेको आरोपको छानबिनको अन्तिम निर्णय गर्ने जिम्मा केन्द्रलाई दिइएको ।  उक्त आरोपको बारेमा सत्यतथ्य छानबिन गरि प्रतिवेदन पेश गर्न गत मे ९ मा गठित पाँच सदस्यीय समितिले आफ्नो २० पृष्ठ लामो प्रतिवेदन मंगलव...

बेलायतमा कोरोनाबाट ५५ जनाको मृत्यु, लकडाउनयताकै सबैभन्दा कम access_timeजेठ २६, २०७७

लण्डन । बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मात्र मृत्यु भएको छ । गत मार्च २३ मा लकडाउन शुरु भएयता एक दिनको अवधिमा भएको मृत्युको संख्या यो नै अहिलेसम्मकै सबैभन्दा न्यून हो । हिजो आइतबार कुल ७७ जनाको मृत्यु भएको थियो । उक्त संख्या स्कटल्याण्ड र न...

जर्मनीको औद्योगिक उत्पादनमा १८ प्रतिशतको गिरावट access_timeजेठ २६, २०७७

बर्लिन । जर्मनीको औद्योगिक उत्पादन गत अप्रिल महिनामा १७ दशमलब ९ प्रतिशतले घटेको छ । युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र रहेको जर्मनीमा कोरोनाभाइरसको महामारीका कारण लकडाउन गरिएपछि औद्योगिक उत्पादनमा व्यापक ह्रास आएको सरकारी तथ्याँकमा उल्लेख छ ।  गत मार्चमा पनि जर्मनी...

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो access_timeजेठ २३, २०७७

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभीड–१९) को संक्रमणबाट मृत्यु हुनेको  संख्या ४० हजार नाघेको छ । गएको २४ घन्टाभित्र बेलायतको अस्पातालमा थप ३ सय ५७ जनाको कोरोना भाइरसका कारण निधन भएको  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दि...

बेलायतमा सोमबारबाट लकडाउन खुकुलो पारिँदै access_timeजेठ १८, २०७७

लन्डन ।  बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई न्यूनीकरण गर्न सरकारद्वारा गत मार्च २३ तारिखबाट जारी गरेको लकडाउनलाई (जुन १ तारिख) सोमबारबाट केहि खुकुलो पार्ने निणय गरिएको छ । कोरोना भाइरसका कारण बेलायातवासीहरुले इतिहासमै पहिलोपल्ट ७० दिन ला...

लन्डनमा एक नेपालीको उद्धार access_timeजेठ १७, २०७७

लण्डन । घरेलु कामदारका रुपमा भारतीय मालिकको घरमा काम गर्ने एक नेपालीलाई बिहीबार लण्डनस्थित नेपाली दूतावासले पार्कबाट उद्धार गरेको छ । दश वर्षदेखि ती मालिकको घरमा काम गर्दै आएका उनलाई बुधबार मालिकले घरबाट निकालिदिएपछि पार्कबाट उद्धार गरिएको त्यहाँस्थित नेपाली दूताव...

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ६५ पुग्यो access_timeजेठ १५, २०७७

लण्डन । बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने गैरआवासीय नेपालीहरुको संख्या ६५ पुगेको नेपाली दूतावास लन्डनले पुष्टि गरेको छ । नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले दिएको पछिल्लो जानकारीअनुसार हालसम्म बेलायतमा कोरोनाका कारण ६५ जना नेपालीहरुको निधन भएको पु...

बेलायतमा कोरोनाबाट ३५ हजारबढीको मृत्यु, पाँच दर्जन भन्दा बढी नेपाली access_timeजेठ ७, २०७७

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३५ हजार नाघेको छ । गएको २४ घन्टाभित्रबेलायतको अस्पातालमा थप ५ सय ४५ जनाको कोरोना भाइरसका कारण निधन भएपछि कुल मृतकसंख्या ३५ हजार ३ सय ४१ पुगेको छ ।  विगत केही दिन यता बेलायत...

छुट्टीमा गएका नेपालीहरु साईप्रस फर्कन पाउने access_timeजेठ ६, २०७७

साईप्रस । स्वदेश एवम् विदेश  भ्रमणमा गएका  र उतै भिषा सकिएकाहरुले फेरि  आबेदन फारम भरेर साईप्रस प्रवेश गर्न पाउने भएका छन् । साईप्रसको सिभिल रजिस्ट्री एवम् माईग्रेशन डिपार्टमेन्टले सोमबार एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । खासगरी नेपाल ...

साईप्रसमा २०० भन्दा बढीलाई राहत वितरण access_timeजेठ ३, २०७७

साईप्रस । कोरोना भाईरसले प्रभावित नेपाली समुदायहरुका लागि साईप्रसमा राहत वितरण गरिएको छ । साइप्रसमा रहेका विभिन्न समाजिक सघं–सस्थाहरुको सहकार्य एवमं गैरआवासीय नेपाली सघं साईप्रसको नेतृत्वमा दोस्रो चरणको राहत वितरण कार्यलाई निरन्तरा दिइएको हो ।  साईप्र...

Page 1 of 7