इतिहास
२३ सेप्टेम्बर सन् १८६९ मा उत्तरी आयरल्याण्डमा म्यारी मालोनको जन्म भयो । म्यारी १५ वर्षकी हुँदा आयरल्याण्डबाट अमेरिका गइन् । त्यहाँ उनले कुकिङ र घरेलु कामदारको रुपमा काम गरिन् । सन् १९०० देखि १९०७ सम्म मेरी न्यूयोर्कका ८ परिवारमा घरेलु कामदार भइन् । यीमध्ये ७ परिवारमा टाइफा...
पढ्न–लेख्न उनलाई फिटिक्कै मन पर्दैनथ्यो । उनका पिता चाहन्थे कि छोरा ठूलो भएर डाक्टर बनोस् तर उनलाई किरा फट्याङ्ग्रा र प्रकृतिबारे जान्न शौख थियो । यहाँ जसको कुरा भइरहेको छ, उनको नाम हो चार्ल्स डाविर्न । उनको जन्म आजकै दिन अर्थात् सन् १८०९ फेब्रुअरी १२ मा भएको थियो । ...
बेलायतको राजधानी लण्डनमा ब्रिटिश म्युजियम छ । यो संग्रहालयमा दुई हजार वर्ष पुरानो पोर्टल्यान्ड भास (फूलदानी) पनि राखिएको छ । यो फूलदानीको पछाडि आज पनि एउटा सानो निशान लागेको छ जसले यसको इतिहासबारे आज पनि हरेक दिन याद दिलाउँछ । वास्तवमा यो दुई हजार वर्ष ...
मिति थियो ३१ जनवरी सन् १९७१ र दिन थियो आइतबार । अमेरिकी स्पेस एजेन्सी नासाले आफ्नो आठौं मून मिसन अपोलो–१४ लञ्च गर्यो । यो मिसनमा एलन शेफर्ड, स्टुअर्ट रुसा र एडगर मिशेल थिए । अपोलो–१४ ले एक हप्तापछि फेब्रुअरी ६ सन् १९७१ मा चन्द्रमाको सतहमा अवतरण गर्यो । अव...
चार्ली च्याप्लिनको नाम नसुन्ने सायदै होलान् । उनी एउटा यस्ता क्षमतावान् कलाकार थिए जसले आफ्नो अभिनयमार्फत् संसारलाई खुबै हसाए । आजकै दिन सन् १९१४ मा चार्लीको पहिलो फिल्म रिलिज भएको थियो । यसको नाम ‘मेकिङ अ लिभिङ’ थियो । यसमा उनले कएक ठगको भूमिका निभाएका ...
वि.सं. १९९७ साल कार्तिक २ गतेदेखि पक्रिएका व्यक्तिहरु सिंहदरवारका स्कूलघर, बरफवाग, तबेलाघर, विजुलीघर आदिमा राखिएका छन् । ती ठाउँमध्ये स्कुलघर आजको रेडियो नेपाल भवनमा बिहान बिहान बढारी सफा गर्नलाई राममाया च्यामिनी खटिएकी थिइन् । त्यसबेला उनी चौबीस, पच्चीस ...
भारतलाई संसारको सबैभन्दा ठूलो गणतन्त्र पनि भनिन्छ, किनकी भारतको संविधान संसारको सबैभन्दा ठूलो लिखित संविधान हो । भारतीय संविधानमा ४ सय ४८ अनुच्छेद र १२ अनुसूची छन् । भारतमा संविधान बनाउन दुई वर्ष ११ महिना र १८ दिन लागेको थियो । यस संविधानलाई लेख्न ६ महिना ...
यति बेला फेरि जापान र दक्षिण कोरियाबीच यौनदासी(comfort woman) का बारेमा विवाद सुरु भएको छ । दक्षिण कोरियाको अदालतले जापान सरकारलाई कोरियाली प्रायद्वीप कब्जा गरेको बेला यौनदासी बनाइएका १२ जना महिलालाई ९१ हजार डलर क्षतिपूर्ति तिर्न आदेश दिएको...
जब सन् २०१०, डिसेम्बरमा ट्युनिसियाको सिदी बोजिदमा सरकार विरोधी प्रदर्शन सुरु भयो, तब जाकरिया हम्दी यसमा सहभागी भए । २० वर्ष कटेका यी बेरोजगार युवामा अन्य युवाहरुजस्तैै निराशा र क्रोधको समान समिश्रण थियो, त्यहीकारण राज्यको चरम दमनको जोखिमका बाजबुद पनि उनी सडकमा ओर्लि...
‘हामी भारतका जनतालाई यो बताउन पाउँदा खुसी भइरहेका छौं कि सरकार र उसका मन्त्रीहरुको सल्लाहमा देशलाई राम्रो ढंगले प्रशासित गर्नका लागि ब्रिटेनको सरकारले भारतको राजधानीलाई कलकत्ताबाट दिल्लीमा स्थानान्तरित गरेको छ,’ बेलायतका राजा जर्ज पञ्चमले १२ डिसेम्बर १९१...
दोस्रो विश्वयुद्ध चलिरहेको थियो । अमेरिका युद्धमा सहभागी थिएन । तर त्यसस्थितिबीच आजैको दिन अर्थात् ७ डिसेम्बर १९४१ मा अमेरिकाले सपनामा पनि नचिताएको बर्बादीको त्रासद घटना व्यहोर्नु पर्यो । उक्त दिन जापानीहरुले अमेरिकाको हवाई राज्यको पर्ल हार्बरम...
आज २ डिसेम्बर । सन् १९८८ मा बेनेजिर भुट्टोले पाकिस्तानको प्रधानमन्त्री पदको सपथ लिइन् । मुस्लिम बाहुल्य देशमा कार्यकारी अधिकारप्राप्त प्रधानमन्त्री निर्वाचित हुने बेनेजिर पहिलो महिला हुन् । उनकोे पहिलो कार्यकाल १९९० सम्म चल्यो, त्यसपछि उनी १९९३ देखि १९९६ सम्म फेरि ...
२६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो । मुुम्बईको इतिहासकै सबैभन्दा ठूलो हमलामा १ सय ६० जनाभन्दा धेरैको ज्यान गयो, ३ सयजनाभन्दा धेरै घाइते भए । हमलाकारीले मुुम्बईका दुुईवटा पाँचतारे होटल, सिएसटी...
आज २५ नोभेम्बर, सन् १९६३ मा अमेरिकी राष्ट्रपति जोन एफ केन्नेडीको अन्त्येष्टी वासिङटनमा गरियो । केन्नेडीको हत्या २२ नोभेम्बरमा टेक्सासको डाल्लासमा भएको थियो, जतिबेला उनी राजनीतिक भ्रमणमा थिए । ठूलो संख्यामा सुरक्षाकर्मीले स्कर्टिङ गरेको सवारीमा यात्रारत अमे...
आज २१ नोभेम्बर, सन् १९७९ मा पाकिस्तानको राजधानी इस्लामावादमा प्रदर्शनकारीहरुले अमेरिकी दूतावासमा आगो लगाएका थिए । मक्कास्थित मस्जिद अल हराममा अमेरिकाले बम खसालेको झुुठो आरोप इरानी नेता अयातोल्लाह खामेनीईले लगाएका थिए, रेडियोमार्फत उनको भाषण सुनेपछि आक्रोशित भीडले ...
राजनीति कमाउ धन्दा र सत्ताको फोहरी जुवा खाल बनिरहेको वर्तमान परिवेशमा देशप्रेमको भावनाले ओतप्रेत एक महान् क्रान्तिवीरको साहस, सौर्य र बलिदानको अमरकथा २२ वर्षको उमेरमै फाँसी ! हाँसी हाँसीकन फाँसीको फन्दामा चढेर मृत्युवरण ! यति कलिलो अवस्थ...
१३ नोभेम्बर १९८५ मा उत्तरी कोलम्बियाको पहाडमा एकपछि अर्को गर्दै लगातार ज्वालामुखी जाँदा २३ हजारभन्दा धेरैले ज्यान गुमाए । विज्ञहरुका अनुसार आन्देस हिमशृंखलामा गएको ज्वालामुखीको सबैभन्दा शक्तिशाली बिस्फोटको शक्ति झन्डै १० मेगाटन थियो र ज्वालामुुखीको एक स्तम्भ आकाशमा...
आज ४ नोभेम्बर । सन् २००८ को अमेरिकी निर्वाचनले बाराक ओबामालाई राष्ट्रपतिका रुपमा निर्वाचित ग-यो । देशको ४४ औँ राष्ट्रपति बन्ने सुनिश्चित भएका डेमोक्रेटिक पार्टीका ओबामा यस्तो उपलब्धि हासिल गर्ने पहिलो एफ्रो–अमेरिकी नेता थिए । ‘हामीले निर्वाचनका...
बीबीसीले लण्डनस्थित ब्रोडकास्टिङ हाउसबाट १९३२ देखि टेलिभिजन कार्यक्रम उत्पादन गर्न थालिसकेको थियो । शृङ्खलाबद्ध रुपमा परीक्षण प्रशारण र १९३६ अगस्टमा सुरु भएको विशेष प्रशारणपछि २ नोभेम्बर १९३६ मा लण्डनस्थित अलेस्यान्द्रा प्यालेसबाट औपचारिक प्रशारण आरम्भ भयो । ...
आज २५ अक्टुुबर । इराकको बग्दादमा दुुईवटा गाडीमा फिट गरिएको बम बिस्फोट हुँदा कम्तिमा १ सय ५५ जनाको मृत्यु भयो भने ७ सय २१ जना घाइते भए । एउटा मिनिभ्यान र अर्को २६ सिटे बसमा बिस्फोट भएको थियो । कानून मन्त्रालय र बग्दाद प्रान्तीय काउन्सिल भवनलाई निशाना बनाएर स्था...
आज अक्टबुर २२ । क्युवामा सोभियत क्षेप्यास्त्रका अड्डाहरु भेटिएको खुलासा सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले गरे । आणविक अड्डाहरुको निर्माण चलिरहेको र झन्डै पूरा हुन लागिसकेको जानकारी गुप्तचरहरुबाट थाहा भएको उनको भनाइ थियो । मध्यम दूरीका यी मिसाइलहरुको सामथ्...
आज १९ अक्टुबर । सन् १७८१ अफिसर जनरल लर्ड कोर्नवालिज नेतृत्वको झन्डै ८ हजार बेलायती फौजले भर्जिनियाको योर्कटाउनमा आत्मसमर्पण ग¥यो । यससँगै फ्रेन्च–अमेरिकी सेना विजयी भयो, संयुक्त राज्य अमेरिकामा क्रान्ति पूरा गरेर बेलायती शासन अन्त्य गर्न यो घटनाको ठूलो भू...
आज १८ अक्टुबर । सन् १८६७ मा आजैका दिन एक औपचारिक समारोह आयोजना गरेर रुसले अमेरिकालाई अलास्का हस्तान्तरण ग¥यो । यस औपचारिक समारोहमा दुबै देशका विशिष्ट व्यक्तिहरु उपस्थित थिए । दुुबै देशका सेनाले परेड खेलेका थिए, अनि रुसी झण्डालाई बिस्तारै तल झारेर ...
आज १६ अक्टुबर । सन् १९३४ मा चीनको जियान्सीस्थित रुईजिन र गुचेङ इलाकाबाट ८६ हजार पुरुष र महिलाले लङ मार्च सुरु गरेका थिए । जसको नेतृत्व माओ त्से तुङ, झोउ इन्लाई, देङ सियाओपिङ, झु दि, पेन्ग देहुआई र लिन बियाओले गरेका थिए । सो अभियानले चीनमा धर्मराउँदो कम्युनिष्ट ...
आज १४ अक्टुबर । सन् १९६४ मा अमेरिकी मानवअधिकारवादी नेता डाक्टर मार्टिन लुथर किङलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । अमेरिकामा व्याप्त रंगभेद र असमानताविरुद्ध अहिंसावादी आन्दोलन गरेकाले उनलाई सम्मानित गरिएको थियो । अवार्ड जित्दा मार्टिन लुथर किङको उमेर केवल ३५ वर्ष...