केन्द्रीय संस्करण

प्रदेश ७

धनगढीको वडा कार्यालयमा आगजनी access_timeअसोज २, २०७६

कैलाली– धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा गएराति अज्ञात समूहद्वारा आगजनी भएको छ । राति करीब १० बजेको समयमा कार्यालयको झ्यालका शिशा फुटाएर पेट्रोल भरिएको मिनरल वाटरको बोतलभित्र फालेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षक...

बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार access_timeअसोज १, २०७६

गरीबको हिसाबले सबैभन्दा पछाडि रहेको बाजुरामा एक महीनामा रु दुई करोडभन्दा बढीको मदिरा कारोवार भएको छ ।  वर्षैपिच्छे खाद्यान्न अभाव खेपिरहने जिल्लामा एक महीनामा रु दुई  करोडभन्दा बढी मदिराको कारोवार हुने गरेको उद्योग वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ । ...

‘भ्रमण वर्ष सफल बनाउन सबैको सहयोग आवश्यक’ access_timeभदौ २८, २०७६

टीकापुर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताका छन् । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा शनिबार यहाँ आयोजित स्वागत कार्यक्रममा उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटकीय...

सुदूरपश्चिममा २४ जनामा डेङ्गु access_timeभदौ २८, २०७६

धनगढी – सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको पुष्टि गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो । उक्त रोगको सङ्क्र...

वडा कार्यालयमा आगजनी access_timeभदौ २७, २०७६

कञ्चनपुर– भीमदत्त नगरपालिका वडा नं १९ को कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ । वडा कार्यालयको ताला फुटाली भित्र आगजनी गरिएको थियो । आगजनीबाट कार्यालयभित्र राखिएका फर्निचर, महत्वपूर्ण कागजपत्रसहितको दराजलगायत जलेर क्षति पुगेको नगरप्रमुख सुरेन्द्र विष्टल...

एकताबद्ध भएर पार्टी कार्यमा लाग्नुहोस् : रावल access_timeभदौ २७, २०७६

टंक कुवर कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले राष्ट्रियतालाई बलियो बनाउन एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा...

नगरपालिकाका नगर  प्रवक्ता सिंहको गाडीमा आगजनी access_timeभदौ २७, २०७६

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता तथा नगरपालिका–७ का वडाध्यक्ष जगतबहादुर सिंहको गाडीमा आगजनी भएको छ ।  सिंहको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी अज्ञात समूहले गए राति ...

बलात्कारको आरोपमा इञ्जिनीयर पक्राउ access_timeभदौ २५, २०७६

बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।  स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दि...

बाजुरामा करोडको स्याउ बारीमै थन्कियो access_timeभदौ २३, २०७६

सडकको सहज पहुँच नहुँदा करोडको स्याउ बारीमै थन्किएपछि किसान चिन्तित बनेका छन् । मार्तडी कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण करोड मूल्यको स्याउ बारीमै थन्किएको हो ।  जिल्लाको स्वामिकात्तिक, जगन्नाथ गाउँपालिकाबाट पिलुचौर ल्याएर ढुवानी गर्ने...

सञ्चालक समितिले एकाएक रेडियोमा ताला लगायो access_timeभदौ २१, २०७६

बाजुरा- बाजुरा सदरमुकाममा विगत सात वर्षदेखि सञ्चालन हुँदै आएको सामुदायिक रेडियो पौरखीमा रेडियो सञ्चालक समितिले तालाबन्दी गरेको छ । सहकारीमार्फत सञ्चालन हुँदै आएको उक्त रेडियो सञ्चालन भइरहेका बेला समितिका अध्यक्ष रामचन्द्र यादव र सहसचिव सुरेन्द्र नाथले कर्मचारीलाई कुन...

नेपाल, भारत र चीनको सीमाक्षेत्रमा बसोबास गर्ने नागरिक सञ्चारविहीन access_timeभदौ २१, २०७६

–नरेन्द्रसिंह कार्की दार्चुला-व्यास गाउँपालिका–१ का सुधा बोहरा एक कल फोन गर्नुपरे झण्डै तीन घण्टा पैदल हिँडेर भारतको छायालेक पुग्छन् । त्यहाँ पुग्दा पनि मुस्किलले एक कल फोन लाग्छ । त्यो पनि कैचुला टावरमार्फत घाम लागेमा मात्र मुस्किलले फोन लाग्छ । नेपाल, भारत...

प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा १६७ आयोजना सम्पन्न access_timeभदौ २१, २०७६

बैतडी-प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा १६७ आयोजना सम्पन्न भएका छन् ।      ती आयोजनाहरुमा घोडेटो र गोरेटो बाटो, प्रसूति सेवा केन्द्र, सार्वजनिक शौचालय निर्माणलगायत रहेका छन् । यो कार्यक्रमअन्तर्गत जिल्लामा पाँच हजार १७ जनाले औसतमा १३ दिन...

चितुवाले आक्रमण गरी बेपत्ता बनाएको बालकको शव जंगलमा भेटियो access_timeभदौ २१, २०७६

चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको ज्यान गएको छ । शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको चितुवाको आक्रमणबाट ज्यान गएको हो ।   शुक्रबार बेलुका ७ः३० बजेतिर घरको आँगनमा खेलिरहेका बेला एक्कासि चितुवाले बालकला...

कञ्चनपुरमा ठूला आयोजना: प्रगति निराशाजनक access_timeभदौ २०, २०७६

– शेरबहादुर सिंह कञ्चनपुर– कञ्चनपुरमा निमार्णाधीन आशलाग्दा विकास निर्माणका कामको गति भने निराशाजनक छ । पुल, सिँचाइका लागि बन्ने नहर, लोकमार्ग र हुलाकी सडक जस्ता नागरिकसित प्रत्यक्ष जोडिएका विकास निर्माण आयोजनाको कामसमयमा सम्पन्न हुने सम्भावना टर्दै गएका छ...

ठगीको अभियोगमा पक्राउ परेका तीन जनालाई गरियो सार्वजनिक access_timeभदौ १९, २०७६

धनगढी – जिल्ला प्रहरी कार्यालय कैलालीले हातहतियार कारोबार र ठगीको अभियोगमा धनगढीबाट पक्राउ परेका तीन जनालाई बिहिबार सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) द्वारा बुधबार साँझ पक्राउ परेका धनगढी–६ मटियारीका सञ्जय राणा र उनका सहयोगीहरु मट...

कैलालीमा पेस्तोलसहित तीन जना पक्राउ access_timeभदौ १९, २०७६

कैलाली– धनगढी उपमहानगरपालिकाको चटकपुर क्षेत्रबाट चार थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र कैलाली जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार साँझ चटकपुरको एक घरबाट पेस्तोल र सुनका गहनासहित उनीहरूलाई पक्राउ गरेको हो । उक्...

डडेल्धुरामा स्क्रब टाइफसका २७ बिरामी भेटिए access_timeभदौ १८, २०७६

डडेल्धुरामा २७ स्क्रब टाइफसका बिरामी भेटिएका छन् । एक सय २८ शङ्कास्पद बिरामीलाई जाँच गर्दा २७ मा स्क्रब टाइफस फेला परेको डडेल्धुरा अस्पतालका ल्याब इन्जार्ज ईश्वरीप्रसाद भुषाल जानकारी दिए । दश दिनको अवधिमा अस्पताल पुगेका १२८ ज्वरोका बिरामीलाई जाँच गर्दा स्क्रब टाइफसबाट २...

खेल संरचना बनाउँदै सुदूरपश्चिम प्रदेश access_timeभदौ १२, २०७६

धनगढी - चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका पाँच वटा जिल्लामा रु सात करोडको खेल संरचना बन्ने भएका छन् ।  राष्ट्रिय खेलकूद परिषद्ले यहाँको कञ्चनपुर, कैलाली, डोटी, दार्चुला र बाजुराका लागि खेल संरचना निर्माण गर्न चालू आवमा बजेट विनियोजन गरेको सुदूरपश्चिम क्ष...

सुदूरपश्चिम प्रदेशमा आइतबार सर्वजनिक बिदा access_timeभदौ ११, २०७६

कञ्चनपुर– सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायकको पर्व अटवारीका लागि आइतबार सर्वजनिक बिदा दिने निर्णय गरेको छ ।  भाद्र १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो । ...

सुदूरपश्चिममा १४ दशमलव ४ प्रतिशत महिला शारीरिक हिंसामा access_timeभदौ ११, २०७६

धनगढी – सुदूरपश्चिम प्रदेशमा कूल महिला जनसङ्ख्यामध्ये १४ दशमलव ४ प्रतिशत महिला शारीरिक हिंसामा पर्ने गरेका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘लैङ्गिक उत्तरदायी बजेट’ विषयक अन्तरक्रियामा प्रस्तुत गरिएको तथ्याङ्कमा निजी जीवनक...

Page 1 of 45