केन्द्रीय संस्करण

कर्णाली प्रदेश

वीरेन्द्रनगरमा ब्राउन सुगरसहित ३ पक्राउ access_timeमाघ १४, २०७७

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पछिल्लो सयम लागुऔषधका घटनाहरु बढिरहेका छन् । लागूऔषध ब्राउनसुगरसहित बुधबार मात्र  प्रहरीले वीरेन्द्रनगरबाट ३ जनालाई प्रक्राउ गरेको छ । कर्णाली प्रदेश लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिए...

जुम्लाको गोठी गाउँमा आगलागीबाट ३२ घर नष्ट, ६४ चौपाया जले access_timeमाघ १४, २०७७

-पंखबहादुर शाही  सुर्खेत । जुम्लाको तिला गाउँपालिका–७ को गोठी गाउँमा मंगलबार भएको आगलागीबाट ३२ घर जलेर नष्ट भएका छन् ।  मंगलबार बेलुकी साढे ५ बजे बस्तीमा आगो लाग्दा घरसहित १७ गाई, २३ गोरु, २४ बाख्रा गरी ६४ पशुचौपाया जलेर मरेको प्रहरीले जनाएको ...

कर्णालीमा पनि कोरोना विरुद्धको खोप लगाउन सुरु access_timeमाघ १४, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा १० मध्ये ९ जिल्लामा बुधबार कोरोनाविरुद्धको खोप  अभियान सुरु भएको छ । कोरोनाविरुद्ध फ्रन्टलाइनका योद्धालाई पहिलो चरणमा खोप लगाउन थालिएको हो । कर्णाली प्रदेशका १० जिल्लामध्ये ९ जिल्लामा खोप लगाउन सुरु गरिसकिएको छ भने डोल्पामा केही समयपछि ...

अवैध काठसहित १२ जना प्रहरीको नियन्त्रणमा access_timeमाघ १४, २०७७

कर्णाली । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भेरीगङ्गा नगरपालिका–२ सप्तरीका १२ मसिनास्थित छिन्चुबाट सुर्खेत वीरेन्द्रनगर लगिँदै गरेको १४७ थान सालको चिरान काठसहित १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गएराति १ः४० बजेको समयमा सालको अवैध काठ लिएर छिन्चुदेखि ...

लागू औषध सहित वीरेन्द्रनगरमा एक युवा पक्राउ access_timeमाघ १३, २०७७

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा  ब्राउन सुगर र २ लाख ४३ हजार नगदसहित एक युवा पक्राउ परेका छन् । २८० ग्राम ब्राउन सुगर र २ लाख ४३ हजार नगदसहित वीरेन्द्रनगर –४ का २५ वर्षीय सरोज पन्त पक्राउ परेका हुन् ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार माघ १२ ...

कर्णालीमा १२ वटा केन्द्रबाट कोरोना विरुद्धको खोप लगाइने access_timeमाघ १३, २०७७

सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामध्ये ८ वटा जिल्लामा बुधबारदेखि कोरोनाभाइरसविरुद्धको खोप लगाउने तयारी थालिएको छ । त्यसका लागि सम्बन्धित जिल्लाका जिल्ला अस्पतालहरुमा खोप पु¥याईसकिएको छ । खोप हवाई तथा स्थल मार्गबाट पु¥याईएको स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्...

कर्णालीमा कुकुरका लागि निःशुल्क ‘बन्ध्याकरण’ access_timeमाघ १३, २०७७

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेका सामुदायिक कुकुरहरुका लागि निःशुल्क बन्ध्याकरण शिविर संचालन गरिएको छ । संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सामुदायिक तथा घरपालुवा कुकुरहरुमा निशुल्क बन्ध्याकरण कार्यक्रम संचालन गरिएको हो ।  कर्णालीमा पहिलो पटक...

हुम्लाका विद्यालय माघ १५ देखि खुल्दै access_timeमाघ १३, २०७७

हुम्ला । हिमाली जिल्ला हुम्लाका सबै निजी तथा सामुदायिक विद्यालय यही माघ १५ गतेबाट सञ्चालनमा आउने भएका छन् ।  तीनवटा गाउँपालिका रहेका हुम्लामा ७७ सामुदायिक तथा निजी विद्यालय रहेका छन् । तीमध्ये सिमकोटमा २८, सर्केगाडमा ३२ र ताँजाकोट गाउँपालिकामा १७ विद्यालय छन् ...

सडक सञ्जालमा जोडिए दैलेख र कालीकोट access_timeमाघ १३, २०७७

  दैलेखको भैरवी गाउँपालिका र कालीकोटको शुभकालिका गाउँपालिका सडक सञ्जालमा जोडिएका छन् ।  दैलेखको माथिल्लो डङ्गेश्वर, दुल्लु, डाँडमाडी, ब्याउली हुँदै कालीकोटको सेरी पान्तडी सडकअन्तर्गत यी दुई जिल्ला सडक सञ्जालले जोडिएको हो । सुर्खेतको वीरेन्द्रनगर, दैलेखको...

मासुमा आत्मनिर्भर कर्णाली access_timeमाघ १३, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो समय पशुपालन क्षेत्रतर्फ कृषकहरु आकर्षित हुँदै गइरहेका छन् । व्यावसायिक रुपमा पशुपालन क्षेत्रमा लाग्न थालेपछि कर्णाली प्रदेशबाट चौपाया निर्यातसमेत हुने गरेको छ । चालु आर्थिक वर्षको ८ महिनामा कर्णाली प्रदेशबाट २ अर्बको चौपाया निर्यात भएको...

कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’ access_timeमाघ १३, २०७७

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश आइपुगेको छ । सङ्घीय सरकारले नेपालगञ्ज कोल्ड स्टोर हुँदै कर्णालीका लागि पठाएको ११ हजार ७८० खोप सोमबार राति सुर्खेत आइपुगेको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालय...

हुम्लामा चिनियाँ मदिरा बरामद access_timeमाघ १२, २०७७

सुर्खेत । कर्णालीको हिमाली जिल्ला हुम्लामा चिनियाँ मदिरा बरामद गरिएको  छ ।  जिल्लाको खार्पुनाथ गाउँपालिका–४ मा पर्ने खार्पुबाट ठूलो परिमाणमा व्यापारिक प्रयोजनका लागि अवैध रुपमा ल्याइएको चिनियाँ मदिरा प्रहरीले बरामद गरेको हो ।  खार्पुबाट खच्चर...

हिउँ परेपछि हुम्लीमा खुशीयाली access_timeमाघ १२, २०७७

हुम्ला । हुम्लातिर एउटा भनाइ छ, ‘पुसको हिउँ शिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला र चैतको हिउँ फात्फुत ।’ यसपालि लामो समयसम्म हिउँ नपर्दा हुम्लीहरू चिन्तित भएका थिए । पुस १९ गते हुम्लामा हिमपात भएपछि हुम्लीहरू खुशी देखिएका छन् ।  हिउँब...

सुर्खेत विमानस्थल विस्तार कार्य रोक्ने चेतावनी access_timeमाघ १२, २०७७

  सुर्खेत । प्रदेश र केन्द्र सरकारले सुर्खेत विमानस्थलको विस्तार कार्यका लागि पहल थाले पनि स्थानीयबासिन्दाको जोडबलमा वीरेन्द्रनगर नगरपालिकाले तत्कालका लागि विस्तार कार्य रोक्ने निर्णय गरेको छ । सयौँ नागरिकलाई विस्थापित गरी विमानस्थलबाट कुनै दीर्घकालीन लाभ प्राप्त नह...

कर्णालीका तीन जिल्लामा विद्युत अवरुद्ध access_timeमाघ ११, २०७७

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका अन्तर्गत पर्ने हर्रेमा विद्युतको तार चुट्टिँदा कर्णाली प्रदेशका तीन जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ ।  कोहलपुर–सुर्खेत ३३ केभी प्रशारण लाईन अन्तर्गत हर्रे नजिक तार चुट्टिँदा प्रशारण लाईनअन्तर्गत सुर्खेत, दैलेख, जाजरकोटका...

हुम्लामा माघ १५ देखि पठनपाठन हुने access_timeमाघ ११, २०७७

हुम्ला । यहाँका दुई गाउँपालिकाका ६० विद्यालयमा यही माघ १५ गतेदेखि पठनपाठन शुरु हुने भएको छ । कोरोना सङ्क्रमणको त्रास कम भएको भन्दै सुरक्षा सावधानी अपनाएर गाउँपालिका शिक्षा समितिबाट निर्णय गरेर विद्यालयमा पठनपाठन हुने भएको हो । कोरोना सङ्क्रमणका कारण बन्द रहेको स...

कर्णालीका लागि कोरोनाविरुद्ध ११ हजार खोप access_timeमाघ ११, २०७७

कर्णाली प्रदेशका १० जिल्लाका लागि  ११ हजार ७८० कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ आज आउने भएको छ ।  पहिलो चरणमा कोरोना भाइरसका नियन्त्रणमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि   खोप लगाइने स्वास्थ्य सेवा नि...

कर्णालीमा पहिलो चरणमा साढे ११ हजारलाई कोरोनाविरुद्धको खोप लगाइने access_timeमाघ ११, २०७७

पंखबहादुर शाही  सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा ५३ हजार नौ सय पाँच जनालाई खोप लगाउने तयारी थालिएको छ । जसमध्ये पहिलो चरणमा साढे ११ हजारलाई खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । १० ओटा जिल्ला रहेको कर्णालीमा पहिलो चरणमा ...

दैलेखमा विप्लव समूहद्वारा राँके जुलुस access_timeमाघ ९, २०७७

सुर्खेत  । दैलेखमा प्रतिवन्धित गरिएको विप्लव समुहले राँके जुलुस निकालेको छ ।  दैलेखको ठाटीकाँधमा केही बेर अघि मात्रै विप्लवले राँके जुलुस निकालेको हो ।  भोलि १० गते नेपाल बन्द सफल पार्न राँके जुलुस निकालिएको विप्लवले जनाएको छ ।  राँके जुल...

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति access_timeमाघ ९, २०७७

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ‘एकीकृत बस्ती विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७’ को मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति प्रदान  गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षता बसेको बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै  प्र...

निर्वाचनका तयारीमा जुट्यो निर्वाचन कार्यालय access_timeमाघ ९, २०७७

सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते आम निर्वाचनको मिति तय गरेपछि जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी थालेको छ । निर्वाचन आयोगको निर्देशनअनुसार कार्यालयले मतदान केन्द्र पुनरावलोकन, मतदाता नामावली अद्यावधिकलगायतका काम थालेको हो ।  निर्व...

जुम्लाको तिला गाउँपालिकाको वडा र सीमाना परिवर्तन गरिने access_timeमाघ ९, २०७७

–पंखबहादुर शाही   सुर्खेत । जुम्लाको तिला गाउँपालिकाको वडा र सिमाना परिवर्तन गरिने भएको छ । प्रदेश सरकारले तिलाको वडा र सिमाना परिर्वतन गर्न केन्द्र सरकारलाई सिफारिस गरि पठाउने निर्णय गरेको  हो  । प्रदेश सरकारको गत पौष २८ गते बस...

हुम्लामा दुई दिनदेखि हवाई उडान प्रभावित access_timeमाघ ८, २०७७

हुम्ला । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको हावाहुरीका कारण बुधबारदेखि  हवाई उडान प्रभावित भएको हो  ।  बुधबार बिहानैबाट हुस्सुले नेपालगञ्ज नखुल्नु र सुर्खेतमा हुम्ला उडान भर्ने हवाईजहाज नभएका ...

वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?’ access_timeमाघ ८, २०७७

कर्णाली प्रदेशका १० जिल्ला वन कार्यालयमा कार्यरत फाजिल कर्मचारीले आफूहरुलाई फाजिल किन बनाइयो ? भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् । डेढ वर्षदेखि आफूहरुलाई विना कारण फाजिल बनाएर सरकारले सजाय दिएजस्तो गरी अपमान गरेको भन्दै फाजिल कर्मचारीले सरकारको ध्यानाकर्षण गराएका हु...

अर्काको जग्गा आफ्नो नाममा सार्ने मुख्य व्यक्तिसहित १० जना पक्राउ access_timeमाघ ८, २०७७

   सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको नाममा रहेको जग्गा अनधिकृत रुपमा नामसारी गरी आफ्नो नाममा लिने मुख्य व्यक्तिसहित १० जना आरोपित पक्राउ परेका छन् । जग्गाधनी रावतलाई थाहै नदिइ अर्काको नाममा जग्गा नामसारी गरेको पाइएपछि उक्त कार्यमा सं...

Page 1 of 63