केन्द्रीय संस्करण

प्रदेश ३

भरतपुर आंँखा अस्पताललाई पांँचसय थान चस्मा access_timeसाउन ४, २०७५

चितवन– क्यानडाको टोरण्टो शहरस्थित लिसाइड सेन्टिनियल लायन्स क्लबले भरतपुर आंँखा अस्पताललाई ५०० थान चस्मा सहयोग स्वरूप उपलब्ध गराएको छ ।  अस्पतालमा आज आयोजित कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष डा तुलसी धरेलले नेपाल नेत्रज्योति संघका जिल्ला सभापति कृष्णराज धरेल...

अब गाईलाई पनि सुत्केरी भत्ता access_timeसाउन ४, २०७५

रत्ननगर– रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ ।  नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन शुरु गरिएको हो ।  ‘अब साउन...

प्रदेश नम्बर ३ः कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगित access_timeसाउन ३, २०७५

काठमाडौं– वरिष्ठ  चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेपछि प्रदेश ३ को प्रदेशसभा बैठक पनि स्थगित भएको छ ।   केसीको माग सम्बोधन हुनुपर्ने सहित सभामुख र उपसभामुख एकै दलको भएको, मूल्यवृद्धि ...

स्वेता फाउन्डेसनलाई सहयोग access_timeसाउन ३, २०७५

काठमाडौं– सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका ११ मा बन्दै गरेको एकीकृत माझी बस्तीलाई युथ एण्ड स्टुडेण्ट फर पिस तथा विश्व शान्ति  युवा संघ नेपालका अध्यक्ष प्रकाशबाबु थापाले  रु १० हजार सहयोग गरेका छन् ।  थापाले सो सहयोग स्वेताश्री फाउण्डेसनकी अध्यक्...

फेरि भासियो नारायणगढ–मुग्लिङ सडक खण्ड access_timeसाउन ३, २०७५

काठमाडौं– वर्षासँगै पहिरोको चपेटामा परेको नारायणगढ–मुग्लिङ सडक खण्डको १७ किलोमा सडक भासिएपछि यात्रुहरुले झनै सास्ती व्यहोर्नु परेको छ ।  गाईघाट नजिकै रहेको नारायणगढ–मुग्लिङ सडक खण्डको १७ किलोमा सडक भाँसिएपछि यात्रुहरु झनै मारमा परेका हुन् ।...

किस्ता पर्खंदै भूकम्प पीडित, ३३ प्रतिशतले पाए दोस्रो किस्ता access_timeसाउन ३, २०७५

रत्ननगर– चितवनका अधिकांश भुकम्प पीडित (लाभग्राही) किस्ता पर्खंदै छन् । विभिन्न मापदण्डले किस्ता अड्किएको उनीहरूले बताएका छन् ।  यस्तै समस्याले पहिलो किस्ता पाएका पीडितहरुले दोस्रो किस्ता पाएका छैनन् । तेस्रो किस्ता पाउने न्यून छन् । नक्सापास, ऐलानी जग्गा, पहिले बन...

पहिरोले घर पुर्दा चार घाइते access_timeसाउन ३, २०७५

त्रिशूली– यहाँको सूर्यगढी गाउँपालिका–३ चोकदेमा पहिरोले घर पुर्दा चार जना घाइते भएका छन् । अविरल वर्षाका कारण आज बिहान ४ बजे घरमाथिबाट आएको पहिरोले नवराज श्रेष्ठकोे दुईतले कच्ची घर भत्काउँदा ५० वर्षीय निजका साथै उनकी श्रीमती ४६ वर्षीया निरु, छोरी २२ वर्ष...

प्राकृतिक विज्ञान संग्राहलयले मनायो ४४औं बार्षिकोत्सव access_timeसाउन २, २०७५

काठमाडौं– त्रिभुवन विश्वविद्यालय प्राकृतिक विज्ञान संग्राहयले ४४ औं वार्षिकोत्सव मनाएको छ । यसै अवसरमा संग्राहलयले विभिन्न ५५ हजार ७ सय जिवजन्तुहरुको अवशेष प्रदर्शनमा राखेको छ ।  लामो समयदेखि जिवजन्तुका वारेमा अध्ययन एवं अनुसन्धान गर्दै आइरहेको संग्राहलयको व...

रामपुर कृषि विश्वविद्यालयले दियो आठ निजी क्याम्पसलाई सम्बन्धन access_timeसाउन २, २०७५

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले सम्पूर्ण प्रक्रिया पूरा गरेर आठ निजी क्याम्पसलाई सम्बन्धन दिएको प्रष्ट पारेको छ ।  आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि प्राध्यापक र विद्यार्थीले आन्दोलन चर्काउँदै लगेपछि विश्वविद्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयो...

सेवाप्रदायक कार्यालय खारेज भएपछि कर्मचारी अन्योलमा access_timeसाउन २, २०७५

बनेपा– संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालय खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएसँगै कर्मचारीमा कहाँ र कुन अवस्थामा काम गर्ने भन्नेबारे अन्यौल छ ।  जिल्लास्थित जिल्ला प्राविधिक कार्यालयका प्रमुख लोकनाथ रेग्मीले सरकारले १ साउनदेखि लाग...

काठमाडौं र भक्तपुरका दुई घरबाट लाखौं नगद र गरगहना चोरी access_timeसाउन २, २०७५

काठमाडौं–काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ बीरभद्र चोक बस्ने खेमराज गिरीको घरमा चोरी भएको छ ।  भुई तलाको ढोकाको ताल्चा तथा झ्यालको ग्रिल तोडेर नगद ५ लाख रुपैयाँ, सुनका बिभिन्न गहना समेत गरी करीव ११ लाख ९१ हजार रुपैयाँ बराबरको धनमाल चोर...

प्रहरी युनिट स्थापना हुने भएपछि स्थानीयवासी उत्साहित access_timeसाउन २, २०७५

नुवाकोट - यहाँको पञ्चकन्या गाउँपालिकामा इलाका प्रहरी कार्यालय स्थापना गर्ने सरकारको तयारीले स्थानीयवासी उत्साहित भएका छन् ।  गाउँपालिकाभित्र एउटा पनि प्रहरी युनिट नभएर अस्थायी प्रहरी चौकी स्थापना गर्न पहल गर्दै आइरहेको समयमा नेपाल सरकारले ‘क’ वर्गको...

वर्षाका कारण स्थानीय तहका केन्द्र पुग्ने सडक अवरुद्ध access_timeसाउन १, २०७५

नुवाकोट– अविरल वर्षाका कारण ग्रामीण सडक बिग्रँदा यहाँका आधा दर्जन स्थानीय तहको कार्यालय सवारी साधनको पहुँचबाट वञ्चित भएका छन् ।  स्थानीय तहले विकास बजेटको ठूलो हिस्सा सडक निर्माण तथा स्तरोन्नतिमा खर्च गरे पनि सडक व्यवस्थित नहुँदा वर्षाका कारण आएको बाढीले ती ...

भरतपुर महानगरपालिकाका एक दर्जन स्थानमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक access_timeसाउन १, २०७५

चितवन– भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा सवारी दुर्घटना बढाएको जनाउँदै मुख्य शहरी क्षेत्रमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको छ ।  यही साउन ५ गतेदेखि राजमार्ग, बाइपास सडक र मुख्य शहरी क्षेत्रमा दिउँसो र राति तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाइएको ह...

भक्तपुरमा बजार अनुगमन, अधिकांश पसल गैरकानूनी access_timeसाउन १, २०७५

भक्तपुर  - भक्तपुर नगरपालिकाले सोमबार गरेको बजार अनुगमनमा बजारका अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ ।  नगरपालिकाका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमल विनायक क्षेत्रमा गरिएको बजार अनुगमनमा अख...

कामनपा–१६ लाई नमुना वडा बनाउने अभियानमा रिजाल, यो वर्ष के–के गरे ? access_timeअसार ३२, २०७५

काठमाडौं–गतवर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाट विजयी वडाध्यक्ष मुकुन्द रिजाललाई सोह्रखुट्टेस्थित कार्यकक्षमा विभिन्न काम लिएर आएका जनताको गुनासा र समस्या सुन्दैमा फुर्सद थिएन । आर्थिक वर्ष २०७३–०७४  सकिनु २ दिनअघि ...

चारसय किसानलाई दूध बोक्ने क्यान वितरण access_timeअसार ३२, २०७५

नुवाकोट– भूकम्पबाट प्रभावित यहाँका ४०० किसानलाई आज जिल्ला पशु सेवा कार्यालयले ट्यामी ९दूध बोक्ने क्यान० वितरण गरेको छ ।  दूध बिक्री गर्दै आएका किसानलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पुनःनिर्माण कोषअन्तर्गत पशु सेवा कार्यक्रममार्फत प्राप्त अनुदान रकमबाट क्य...

कृषि क्याम्पस रामपुरमा तनावः प्राध्यापक र विद्यार्थी आन्दोलित access_timeअसार ३२, २०७५

रत्ननगर– कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुर चितवनले निजी क्याम्पसलाई  सम्बन्धन दिएको विरोधमा प्राध्यापक र विद्यार्थी आन्दोलित भएका छन् ।  आन्दोलनरत प्राध्यापकले आज विश्वविद्यालयमा पत्रकार सम्मेलन गरी निजी क्याम्पसलाई दिएको सम्बन्धन खारेजीको माग गरेका छन् ।...

डा. केसीका माग हुबहु पूरा गर्न नसकिने सरकारको प्रतिक्रिया access_timeअसार ३२, २०७५

चितवन– स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले अनशनरत डा.गोविन्द केसीका माग हुबहु पूरा गर्न नसकिने बताएकी छन् । पूर्ण खोप सुनिश्चित भरतपुर महानगरपालिका तथा चितवन जिल्ला घोषणा समारोहलाई आज यहाँ सम्बोधन गर्र्दै उनले केसीका सबै माग पूरा गर्न नसकिने बताइन् ।  केस...

देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने access_timeअसार ३२, २०७५

चितवन– पवित्र तीर्थस्थल देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदी किनारमा शव दाहस्थल निर्माण गर्न लागिएको हो ।  शहरी विकास मन्त्रालयले विनियोजन गरेको रु १६ करोड ९५ को बजेटबाट शव दाहस्थल नि...