भारत सरकारले सोच्नुपर्छ नेपालमा भारतप्रति किन नकारात्मक सोच बढ्दैछ ? ( अन्तर्वार्ता)

–  |   डा.रजी अहमद, निर्देशक, गान्धी आश्रम, पटना (विहार)

भारत सरकारले सोच्नुपर्छ नेपालमा भारतप्रति किन नकारात्मक सोच बढ्दैछ ? ( अन्तर्वार्ता)

उनी हुन् पटनास्थित गान्धी आश्रमका निर्देशक डा.रजी अहमद । भारतका क्रान्तकारी नेता जयप्रकाश नारायण लोहियाको साथमा आन्दोलन गरेका अहमद विहारमा गान्धीवादी नेताको रुपमा चिनिन्छन् । एकसमयका प्रसिद्ध लेखक तथा पत्रकार रहिसकेका अहमद नेपालमा विभिन्न कालखण्डमा भएको आन्दोलनलाई नजिकबाट हेरेका छन् र बुझेका छन् । प्रस्तुत छ, गान्धी आश्रममा अहमदसँग रातोपाटीका लागि एसके यादवले गरेको संक्षिप्त कुराकानीः

तपाई पुरानो नेता, गान्धीविचारलाई आत्मसात गर्नुभएको छ, भारतको वर्तमान अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?

–भारतलाई विश्वको सबभन्दा प्रजातान्त्रिक देश भन्छन् तर, यहाँको व्यवहार राम्रो छैन । यहाँ प्रधानमन्त्री वा राष्ट्रपति कतै बाहिर निस्कन थाले भने पुरै सडकलाई सुनसान बनाउँछन्, मानौ कफ्र्यु लागेको छ । तर, मैले नेपालमा त्यस्तो देखेको छैन । म एकपटक नेपाल गएको बेला त्यहाँका राजा महेन्द्रले प्रहरी जस्तो जीपमा त्यतिकै घुमिरहेको पाएँ । कसैलाई थाह पनि थिएन । तर, यहाँ भारतमा जनतालाई सास्ती दिइरहेका हुन्छन् । यहाँको राजनीतिक सत्तामुखी भएको छ । जो नेता पनि यहाँ सत्ताका लागि मात्रै राजनीतिक गरेका छन् । जनताका लागि कसैले केही गरेका छैन । अँग्रेजसँग हिन्दुस्तानीले कसरी लडाई लडेको थिए । त्योसँग हिन्दुस्तानको अहिले केही मेल खाँदैन । महात्मा गान्धीले लगुँटी लगाएर हिन्दुस्थानलाई आजाद (स्वतन्त्र) गराउनु भएको थियो भने अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी ११ लाखको सुट लगाउनु भएको छ । के यसैका लागि भारत अजाद भएको थियो ? महात्मा गाँधी सुटबुटबाट लगौँटीमा आउनु भएको थियो भने नरेन्द्र मोदी लगौँटीबाट सुटबुटमा आउनु भएको छ । यही परिवर्तन भएको छ भारतमा ।

नेपालको बारेमा तपाई के बुझ्नु भएको छ ?
–नेपाल एउटा सुन्दर राष्ट्र हो । त्यहाँ गर्न चाहे भने धेरै गर्न सकिन्छ । सानो देश तर धेरै सम्भावना भएको देश हो । त्यहाँका नेताहरुमा सम्झदारी छ । कुरा बुझ्छन् । आफ्नो देशका लागि, राष्ट्रियताका लागि कुर्वानी (बलिदानी) दिन जानेका छन् । बीपी कोइराला पटनामा बस्नु हुन्थ्यो । उहाँ नेपाली भएपनि धेरैजसो समय यही पटनामा नै बित्थ्यो । हामीसँगै बसेर चिया खान्थ्याँै, नेपालको पोल्टिक्सबारे कुराकानी गथ्र्यौँ । बीपी चीन, नेपाल र भारतबीच सहकार्य हुनुपर्ने कुरा गर्नुथ्यो । ट्रेङ्गल फ्र्याण्डसीपको कुरा गर्नुहुन्थ्र्यो ।

हतियार उठाउनु गलत हो त्यो कुरा म पहिला नै भनिसकेको छु । तर, हतियार उठाउनुको त कुनै कारण होला । राज्यले भन्नुपर्यो यो यो माग तिमीहरुको गलत हो । यो माग पूरा गर्न सक्छु, त्यो माग पूरा गर्न सकिदैन ।


भारतमा माओवादी (नक्सलवादी) को प्रभाव कस्तो छ ?
–माओवादीको छवीलाई नै बिगार दिएको छ । माओवादी पनि एउटा विचार र सिद्धान्तका लागि लडेको संगठन हो । उसले पनि परिवर्तन ल्याउनका लागि संघर्ष गरिरहेको छ । शोषित, पीडित जनताको लागि अवाज उठाई रहेको छ, त्यो त गलत होइन नि । माओवादी (नक्सलवादी) को माग जायज हो तर माग राख्ने प्रकृया चाहि गलत हो ।

नेपालको माओवादीले भारतको माओवादीलाई सहयोग गरिरहेको छ भन्दै भारतले नेपालको माओवादीलाई राम्रो मान्दैन किन त्यस्तो ?
–यहाँ (भारत) माओवादीलाई पनि भारतले राम्रो नजरले हेर्दैनन् । यहाँका माआवादीहरु पीडित छन् । राज्यले उनीहरुको कुरा नै सुन्दैनन् । माओवादीका माग गलत हो भने कुरा राज्यले भन्नुपर्यो । उनीहरु बन्दुक किन उठाए, हतियार उठाउन किन बाध्य भए, त्यो कुरा राज्यले बुझ्नुपर्छ । तर, राज्यले सिधै दमन गर्छन्, उनीहरुको कुरा सुन्दैनन् । हतियार उठाउनु गलत हो त्यो कुरा म पहिला नै भनिसकेको छु । तर, हतियार उठाउनुको त कुनै कारण होला । राज्यले भन्नुपर्यो यो यो माग तिमीहरुको गलत हो । यो माग पूरा गर्न सक्छु, त्यो माग पूरा गर्न सकिदैन । तर, यी कुराहरुसँग कुनै मतलब नराखी सिधै आतकंकारी जस्तो व्यवहार गर्छन् माओवादीसँग । त्यसले समस्या समाधान हुँदैन । नेपालको माओवादीहरु शान्ति प्रकृयामा आयो नि । त्यहाँका नेताहरु, त्यहाँका सरकारले माओवादीको कुरा सुन्न तयार भए , अनि आज यस्तो अवस्था आयो । यदि समस्या नसुनेर, वार्ता गर्न तयार नभएर सिधै दमनमा जान्थ्यो भने नेपालको अवस्था यहीको माओवादी जस्तो हुन्थ्यो । माआवादी पनि भारतीय नागरिक हुन् । उनीहरु ६५ वर्षदेखि लडिरहेका छन्, अहिलेसम्म के अधिकार पाए त, राज्यले सोच्नुपर्दैन ? भारतको १३५ जिल्लामा माओवादीले आफ्नो आन्दोलनलाई अगाडि बढाएको छ । यदि राज्यको यस्तै रवैया रहने हो अझै बढ्न सक्छ ।

हतियार देखाएर जवर्जस्ती अधिकार पाइन्छ त ?
–यो कुरा म त अघि नै भनि सके कि माओवादीले उठाएको माग जायज हो तर प्रकृया र रास्ता (बाटों) गलत हो । अहिलेसम्म माओवादी सफल नहुनुको कारण यही हो । जनतासँग प्रत्यक्ष सरोकार राख्ने माग राखेका छन् । तर, आन्दोलनको तरिका गलत भएको छ । बन्दुकले समस्या समाधान हुँदैन ।

बीपी कोइरालालगायतका नेताहरु भारतमै बस्नुहुन्थ्यो । राणाहरुको पनि भारतसँग राम्रो सम्बन्ध थियो । नेपालका नेताहरु राणाको विरुद्धमा आन्दोलन गरिरहेका थिए । भारत नेपाली नेताकै पक्षमा थियो । तर, राणाहरुसँग कहिले सम्बन्ध बिग्रेन तर अहिले तपाईले भनेको जस्तै अवस्था छ । यसको बारेमा भारत सरकारले सोच्नुपर्छ कि नेपालमा भारतप्रति किन नकारात्मक सोच बढ्दै गइरहेको छ ।

नेपाल भारतबीचको सम्बन्ध हेर्दा राम्रै देखिन्छ तर नेपालमा एन्टिइण्डियन सेन्टीमेन्ट बढ्दै गइरहेको छ, यस्तो किन ?
–म पनि पछिल्लो समय नेपाल गएको बेला भारतको बारेमा नराम्रो टिका टिप्पणीहरु सुनँे । त्यहाँको भारतीय दूतावासले गरेका रात्रीभोजको कार्यक्रममा सहभागी थिएँ । त्यही कतिपय मित्रको मुखबाट भारतको टिका टिप्पणी गरेको सुन्न पाएँ । नेपालका कतिपय साथीहरुको भनाई छ, भारत बिग ब्रोदर (ठूल्दाई) हो । त्यसले त्यस्तै व्यवहार गर्नुपर्यो । तर, त्यस्तो नपाएको गुनासो मैले पनि सुन्न पाएँ ।

यस्तो किन त ?
–पहिला त्यस्तो थिएन । बीपी कोइरालालगायतका नेताहरु भारतमै बस्नुहुन्थ्यो । राणाहरुको पनि भारतसँग राम्रो सम्बन्ध थियो । नेपालका नेताहरु राणाको विरुद्धमा आन्दोलन गरिरहेका थिए । भारत नेपाली नेताकै पक्षमा थियो । तर, राणाहरुसँग कहिले सम्बन्ध बिग्रेन तर अहिले तपाईले भनेको जस्तै अवस्था छ । यसको बारेमा भारत सरकारले सोच्नुपर्छ कि नेपालमा भारतप्रति किन नकारात्मक सोच बढ्दै गइरहेको छ ।

नेपालीलाई हेर्ने दृष्टिकोणमा पटना र दिल्लीमा धेरै फरक छ । किनभने पटना र नेपाल नजिकको क्षेत्र हो । एकअर्काको देशमा आउ–जाउ भइरहन्छन् । विवाह पनि भइरहेका हुन्छन् । तपाई खोज्दै जानु भयो भने घरघरमा नेपाली पाउनुहुन्छ ।

तपाईको विचारमा नाकारात्मक सोच किन बढदै गइरहेको छ त ?
–आजादीको लडाई पछि जुन पीढी (पुस्ता) आएको छ, त्यसमा धेर्यता, नैतिकता केही छैन । अग्रेजसँग जुन पुस्ताले लडेको थियो, त्यसमध्येका कतिपय अझै जीवित छन् । उनीहरुसँग कुरा गर्नुस् र अहिलेका पुस्तासँग कुरा गर्नुस्, आकाश जमिनको फरक पाउनुहुन्छ । त्यो बेलाको पुस्तामा केही पाउने चाहना थिएन । गुमाउनका लागि नै तयार हुन्थ्यो । तर, अहिले राजनीतिकको उद्देश्य नै सत्ता भएको छ । सत्ताविना राजनीतिक नै गर्दैनन् । यो अवस्था भारतमा मात्र होइन नेपालमा पनि देखिएको छ । सत्तामुखी राजनीतिक भइरहेको छ । दुवै देशमा सत्तामुखी राजनीतिक भइरहेको कारणले जनतामा त्यस्तो मनोभावना देखिन गएको हो । यदि जनताका पीडा, जनताको भावनाको बारेमा नेताहरुले सोचेको भए यसप्रकारको एन्टी सोच आउने थिएन । तपाई संसदमा जानुस, अधिकत्म क्रिमनल छविका व्यक्तिहरु पाउनुहुन्छ । यदि नेता क्रिमनल माइन्डका हुन्छन् भने त्यहाँका जनताको पनि त्यस्तै मनोभावना हुनजान्छ । तर, जनता जनताको बीचमा त्यस्तो केही छैन । एक अर्का देशका जनताबीच सुमुधुर सम्बन्ध छ । तर, त्यहाँको पोल्टिकल सिस्टमप्रति क्रोधित देखिएका हुन्छन् । अहिले क्राइसिस अफ लिडरसीप चलिरहेको छ ।

तपाई पटनाको हुनुहुन्छ, नेपाललाई हेर्ने दृष्टिकोण पटना र दिल्लीको एउटै हो कि फरक–फरक छ ?
–फरक छ । नेपालीलाई हेर्ने दृष्टिकोणमा पटना र दिल्लीमा धेरै फरक छ । किनभने पटना र नेपाल नजिकको क्षेत्र हो । एकअर्काको देशमा आउ–जाउ भइरहन्छन् । विवाह पनि भइरहेका हुन्छन् । तपाई खोज्दै जानु भयो भने घरघरमा नेपाली पाउनुहुन्छ । बाटो हिड्नुस्, पसलमा जानुस् तपाई नेपाली पाउनुहुन्छ । पटना अर्थात विहारसँग कुटनीतिक सम्बन्ध मात्र नभएर नेपालको आत्मीय सम्बन्ध रहेको छ । हामीले एक अर्काका भावनालाई बुझेका छाँै । दिल्लीले जुन नजरले नेपाललाई हेरेको छ । त्यहीँ नजरले पटनालाई पनि हेरेको छ । रक्सौल–वीरगञ्जमा कुनै फरक छैन । जनकपुर–सितामढीमा कुनै फरक छैन । विराटनगर–जोगवनीमा कुनै फरक छैन । एउटै गाउँ, एउटै समाज जस्तो लाग्छ । दिल्लीमा कोही कसैको छैन । दिल्लीको (मिजाज) मन बदलिरहेको हुन्छ । जसको सत्ता हुन्छ, उसैको भाषा दिल्लीले बोलिरहेका हुन्छ । दिल्लीले आज मोदीको भाषा बोलिरहेको छ भने भोली कोही अर्कै आए भने त्यसको भाषा बोल्न थाल्छन् । तर, बिहारको मिजाज (मन) बदले तपाई कहिले पाउनु हुन्न । त्यसैले दिल्लीमाथि भर पर्नु हुँदैन ।

दिल्लीले जुन प्रकारको व्यवहार नेपालसँग गरेको छ त्यसको लागि तपाई पटनाबालाहरु किन बोल्नु हुन त ?
–दिल्लीले नेपालसँग जुन व्यवहार गरेको छ त्यो गलत हो । हामी पटनाबालाले पनि बेला बेलामा बोलेका छौँ । पटनाको बीच शहरमा नेपालका नेता बीपी कोइरालाको त्यत्रो ठूलो शालिक त्यतिकै निर्माण भएको होइन । तर अघि मैले भने नि जुन व्यवहार नेपालसँग भइरहेको छ, त्यहीँ व्यवहार विहारसँग भइरहेको छ । दिल्लीको मिजाज परिवर्तन भइरहेका हुन्छन् त्यसैले हामीले भनेको सुुन्दैन । तर हामीले नेपालीको साथमा छौँ । हामीले सकेजति सहयोग गरिहेका हुन्छौँ ।

भनिन्छ, चीनले नेपालमा कुनै गतिविधि नगरोस् भनेर नै भारतले त्यहाँ दवदवा बनाएको हुन्छ ?

–हाम्रो सुरक्षाको जमानत हो नेपाल । यदि नेपाल कमजोर भयो भने भारत असुरक्षित हुन्छ । चीनलाई भारतको छेउमा आउन एक मिनेट पनि लाग्दैन । त्यसले भारतले नेपाललाई कमजोर होइन बलियो बनाएर राख्नुपर्छ । यदि भारतले नेपाललाई कमजोर बनाउन चाहेका छ भने उसले आफ्नो खुट्टामा आफै बन्चरो हानेका छ । बीपी कोइराला, जयप्रकाशनारायण लोहियाले नेपाल भारतलाई बलियो कसरी बनाउन सकिन्छ भनेर हरहमेशा चिन्तित हुन्थे । तर, अहिलेको नेता, अहिलेको ब्यूरोक्रयासीले के सोचिरहेका छन् मलाई थाह छैन ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल