देखेको कुरा लेख्दा देश निकाला गर्छन् र ? : राधाकृष्ण मैनालीको अन्तर्वार्ता

देखेको कुरा लेख्दा देश निकाला गर्छन् र ? : राधाकृष्ण मैनालीको अन्तर्वार्ता

अन्तरवार्ताकारः नरेश ज्ञवाली

पुराना कम्युनिष्ट नेता राधाकृष्ण मैनालीको सितापाईलास्थित घरमा पहिलो पटक पाईला टेक्दा राजनीतिक विश्लेषक हरी रोका र मसँगै थियौँ । मैनाली र रोकाले राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा एउटै अभियानमा जोडिँदासँगै जेल जिवन बिताएका थिए । तर जेलबाट निस्केपछिका दिनहरु एकै रहेनन् । रोका ढिलोचाँडो पढाई तर्फ लहसिए भने मैनाली ढिलोचाँडो दरबार तर्फ । दरबारले उनलाई कतिसम्म पोलेको छ भन्ने कुरा उनले आफ्नो पुस्तक नलेखिएको इतिहासमा लेखेका छन् र मसँगको अन्तरवार्तामा पनि भनेका छन् । उनले दरबारमा आफ्नो सहभागितालाई शब्दमा नभनेपछि भावमा कालो इतिहासको रुपमा व्याख्या गरी रहेका छन् जस्तो लाग्छ । विभिन्न राजनीतिक उतार चढावमा साक्षी रहेका उनी हाल नेकपा (एमाले)का केन्द्रीय सदस्य हुन् । तर उनी राजनीतिमा सक्रिय छैनन् र घरमै दिन बिताउँछन । उनै मैनालीसँग रातोपाटीका लागि पुस्तक वार्ता गरिएको छ ।

कम्युनिष्ट आन्दोलनको कुण्ठा पुस्तक मार्फत व्यक्त गर्नु भयो भन्ने आरोप छ । यस्तो किन हुन गयो ?
समसामायिक प्रश्न नै उठाउनु भयो । पछिल्लो दुई बर्ष यता मलाई धेरै साथिहरुले बारम्बार पुस्तक लेख्नका निम्ती झकझकाई रहेका थिए । तर, जाँगर लागि रहेको थिएन । मनमा सन्तोष पनि थिएन । एक मन होइन मैले लेख्नै पर्छ भनेर यो पुस्तक प्रकाशित गरेको हो । त्यसपछि केही राजनीतिक व्यक्ति तथा पत्रकारहरुको यो पुस्तक यतिखेर नै किन प्रकाशित गरियो भनेर तर्क रह्यो । मेरो भनाई के छ भने मैले पुस्तक लेख्ने काम ज्योतिसीलाई सोधेर थालेको होइन । लेख्दैँ जाँदा यो समय पर्न गएको हो । न कि कुनै ज्योतिषीले भनेको आधारमा, कसैको अधिवेशन पर्छ भन्ने जोखनाको आधारमा अथवा सुक्ष्म कटुता बोकेर कसैलाई गिराउने भन्ने मनसायले पुस्तक प्रकाशन गरिएको होइन । जति खेर मन लाग्यो लेख्न थालियो र जति खेर पुस्तक पुरा भयो भन्ने लाग्यो प्रकाशन गरियो ।

पुस्तकको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
कसैले कुण्ठा भने । कसैले हलगोरुसँग दाँज्ने काम भयो भने । कसैले विकृत मानसिकताको उपज भने । कुनै साथिहरुले कम्युनिष्ट आन्दोलनको इनसाइक्लोपिडिया हो भने । कसैले साघुँरो चिन्तनबाट बाहिर निस्केको दस्तावेज भने । पुस्तकमा मैले आफ्नो पार्टी भित्र र अन्तरपार्टीका व्यक्तिहरुको बारेमा समेत चर्चा गरेको छु । भिम नारायण, यज्ञबहादुर, विष्णुबहादुर मानान्धर, निर्मल आचार्य, विपी कोइराला र किसुनजी त्यसैको उदाहरण हो । त्यति मात्र नभएर राजनीतिक आन्दोलनका बीच एकातर्फ सरकारी दमन र अर्को तर्फ आफ्नै मित्रहरुको दमनमा दमित मानसिकताका साथ पार्टीको इज्जत र प्रभाव बढाउने काममा म जसरी लागेँ मैले त्यसको वर्णन गरेको छु ।

त्यति हुँदाहुँदै पनि कति आलोचकहरुले मैले आत्मालोचना गरीसकेको विषयलाई अथवा भन्नुस घाउ जहाँ देख्यो त्यहीँ नुन खुसार्नी लगाउने काम गर्नु भएको छ । म जानेर अथवा नजानेर राजाको क्याविनेटमा सहभागि हुन गएँ । त्यहाँ मेरो कुत्सित मनसाय थिएन । तर जस्तो सदभाव थियो त्यसले सहि काम गरेन । कहिले काहिँ राम्रो चिताएर पनि परिणाम राम्रो नआउन सक्छ । त्यहाँ पनि परिणाम राम्रो आएन । त्यस विषयमा मैले यथेष्ठ बोलेको छु । म अहिले पनि के भन्छु साथिहरुलाई मेरो लेखाई कुण्ठा लाग्छ भने म त्यसलाई लिन तयार छु । तर यो चाहिँ कुण्ठा हो भनेर बुँदा–बुँदामा भनिदिँदा मलाई मद्दत हुन्थ्यो ।

हाँका नकारात्मक पाटाहरुलाई मैले छोड्नु पर्ने भन्ने छैन । भन्नुको अर्थ मैले जे देखेको छु त्यही लेखेको छु । मैले ती आलोचनाहरु किन गरेँ भन्दा यदि उहाँहरुले साना–साना कमजोरी गर्नु भएका भए उल्लेखै गर्नुपर्ने थिएन ।

पुस्तक लेख्ने बेलामा तपाईको मनमा कस्ता कुराहरु खेलेका थिए ?

मैले कसैको पनि एकोहोरो विरोध गरेको छैन । आफ्नै भाई सिपी जो राजनीतिक नेता हुन् उनले कम्युनिष्ट आन्दोलनलाई कोर्डिनेशन कमिटीहुँदै मालेसम्म बढाएको कुरा, एमाले र माओवादीको वर्तमान स्थानमा सिपीको भूमिकाका बारे लेखेको छु । त्यसका बाबजुद उनका कमीहरुको पनि मैले उल्लेख गरेको छु । त्यसैगरी केपी ओलीको सकारात्मकता र कमजोरीका कुरा मैले उठाएको छु । माधवजीकै बारेमा मैले उहाँ नभएको भए ०४६ सालको संविधान सजिलै बन्दैन थियो भन्ने कुरा किटानसाथ भनेको छु ।

यसो भन्दैगर्दा उहाँका नकारात्मक पाटाहरुलाई मैले छोड्नु पर्ने भन्ने छैन । भन्नुको अर्थ मैले जे देखेको छु त्यही लेखेको छु । मैले ती आलोचनाहरु किन गरेँ भन्दा यदि उहाँहरुले साना–साना कमजोरी गर्नु भएका भए उल्लेखै गर्नुपर्ने थिएन । तर उहाँहरुको चिन्तन, संस्कार र व्यवहार ठुलै घात पर्ने खालको हुँदै गएपछि मैले त्यसलाई उजागर गर्न सके शायद उहाँहरुले त्यसमा सुधार गर्नु होला र त्यसो हुँदा अझ आठ–दश बर्ष नेपालको राजनीतिमा क्रियाशिल हुने व्यक्तिहरको सुधारिएको विचार र चिन्तनले भूमिका खेल्दा देशका निम्ती र्फाइदा होला भन्ने सोचेर मैले यो कुरा लेखेको हो ।

एमालेका नेताहरुले यसलाई सकारात्मक रुपमा लिन सकेका छैनन् नी किन होला ?
जसरी बुझे पनि उहाँहरुलाई त्यो राईट छ । मैले पवित्र रुपले लेखेको कुरालाई साथिहरुले अपवित्र ढंगले बुझ्नु भयो ।

एमालेमा तपाईलाई उपयुक्त स्थान नदिएको झोँक त होइन नी ?
म तपाईलाई भन्छु, नवौँ महाधिवेशन भन्दा अगाडि झलनाथ खनाल पार्टी अध्यक्ष भएको बेलामा उहाँहरुले मलाई पार्टीमा आउनु प¥यो भनेर निम्ता गर्नुभयो । पहिले विष्णु पौडेल, अनि इश्वर पोखरेल, त्यसपछि युवराज ज्ञवालीसँग तीन चरणको कुरा मेरै घरमा भयो । त्यसपछि अध्यक्षकोमा जाउँ भनेर झलनाथजीको घरमा स्थायी समितिका शंकर पोखरेल बाहेकसबै नेताहरुसँग लामो छलफल भयो । उहाँहरुले मलाई पोलिटव्यरोमा आउन आग्रह गर्नु भयो । म स्थायी समितिबाट निकालिएको हुँदा पोलिटव्युरोमा आउँदिन भनेँ । यदि मैले अपराध गरेको कारण पार्टीबाट निकालिएको थिएँ भने आज किन फेरी तपाईहरुले बोलाउनु हुन्छ, नभए म पोलिटव्युरोमा जाँदिन भनेँ । यदि मैले अपराध गरेको रहेछु भने भन्दिनुस मैले मेरो अपराधबारेको विवेचना स्वंयम गरौँला भन्दा माधवजीले मैले निकालेको जिम्मेवारी लिन्छु भन्नु भयो । साथै उहाँले मैले तपाईलाई जे सोचेर निकालेको थिएँ त्यो रहेनछ भन्नु भयो ।

माधवजीले सरकारमा जान खुट्टा उचाल्नु भएको थियो । मैले सरकारमा जानु भन्दा माओवादी र राजाको बीचमा मध्यस्तता गर्ने कुरा उठाएको थिएँ । मैले उठाएको कुरा कार्यनीतिक मात्र थियो । त्यसैले हाम्रो वर्तमान कार्यनीतिमा कुरा मिलेको थिएन । तर म भन्दा धेरै चर्का कुरा गर्ने बामदेव र केपी त्यहीँ थिए ।

के सोच्नु भएको रहेछ त ?
त्यो कुरा बताउनु भएन । त्यसपछि मैले उहाँलाई ¥याख¥याख्ती पारेँ । उहाँले धेरै पुरानो कुरा भयो छोडिदिनुस भन्नु भयो ।

माधवजी र तपाईको बीचमा मुल मतभेद के थियो ?
देखिनेगरी बाहिर केही लेख लेखिएको थियो । स्पेसटाईम दैनिकमा मेरा चार–पाँचवटा आर्टिकल आएका थिए । माधवजीले सरकारमा जान खुट्टा उचाल्नु भएको थियो । मैले सरकारमा जानु भन्दा माओवादी र राजाको बीचमा मध्यस्तता गर्ने कुरा उठाएको थिएँ । मैले उठाएको कुरा कार्यनीतिक मात्र थियो । त्यसैले हाम्रो वर्तमान कार्यनीतिमा कुरा मिलेको थिएन । तर म भन्दा धेरै चर्का कुरा गर्ने बामदेव र केपी त्यहीँ थिए । उहाँहरुको कार्यनीतिमा मात्र होइन कि आनका तान फरक परेको थियो । त्यतिबेला अरु कसैलाई कारवाही भएन तर मलाई कारवाही भयो । त्यसको ढेड बर्षपछि मात्रै म राजाको क्याविनेटमा गएको हो ।

तपाईको बुझाईमा त्यही लेखको भरमा पार्टीबाट निकालियो ?
बाहिर देखिने कुरा त्यति हो । अरु कुरा उहाँले भन्नु भएको छैन । मैले बैठकमा कुरा उठाउँदा मैले निकालेको हो त्यसको जिम्मेवारी म लिन्छु भन्नु भयो । मेरो घरमा आएर पनि मैले त्यसबेला गल्ती गरेकैँ हुँ, मात्र भन्नु भयो । उहाँले घरमा आएर भनेको कुरा अझै पनि मलाई सम्झना छ । उहाँले– आरकेजी पुरानो कुरा धेरै नझिक्नुस अब तपाई पार्टीमा आउनुस स्वागत छ मात्र भन्नु भयो । त्यति भएपछि अधिवेशन भन्दा अगाडि उहाँहरुले मलाई लग्नु भएन । मैले स्थायी समिति मागे उहाँहरुले दिनु भएन ।

महाधिवेसनमा प्रतिनिधि मात्र बनाउनु न भन्दा पनि लग्नु भएन । महाधिवेसन सकिएपछि केपी श्रीमती सहित आउनु भयो । उहाँले मेरो नेता तँ, तँ बाहिर बस्ने म पार्टी अध्यक्ष भएर कसरी बसुँ भने । मैले केही जवाफ दिईन । त्यसको केही समयपछि मलाई घरमा बोलाउनु भयो । मैले तिम्रो कुरा बुझेँ तिमीलाई चाहिएको स्थायी समिति हो मैले त्यति गर्न सक्दिन ? झापा आन्दोलनबाट आएको मान्छे अध्यक्ष हुँदा झापाकैलाई स्थान नदिउँला त भने । त्यसपछि मलाई केन्द्रीय समितिमा राखेर बढुवा गर्ने कुरा थियो तर त्यसयता कसैले मेरो कुरा सुनेको छैन ।

मैले किताब लेखेँपछि त पार्टीबाटै निकाल्छन झै गरे । अब के जिम्मेवारी दिएका छन् र निकाल्ने । सितापाईला मेरो घरबाट निकाल्ने हो र ? देश निकाला गर्छन र ? कि त यो गल्ती हो भनेर देखाउन सक्नु प¥यो नभए निकाल्छु निकाल्छु भनेर त भएन । मलाई के दिएको छ र निकाल्नु । एमाले केन्द्रीय सदस्य भने पनि एमाले समर्थक न हो त्यो भन्दा बेसी मेरो जिम्मेवारी पनि छैन । त्यसैले मरो ब्रम्हलाई म ढाँट्न चाहन्न ।

राजाले भनेको काम गरेको भए गद्दी छोड्नु पर्ने स्थिति थिएन । सम्राट बन्ने सोचलाई त्यागेर द्धन्द्ध समाधान गर्ने बाटोमा लाग्नु पर्दथ्यो । मैले कति पटक राजालाई शान्ति वार्तामा जाउँ भनेँ तर उनले मानेन । अन्ततः त्यसको परिणाम उनले नै भोग्नु प¥यो । म राजाले सघाउन भनेर बोलाएको मन्त्री मात्र थिएँ । मेरो जे हैसियत हो त्यस अनुसारको सुझाव दिएकै हो उनले मानेनन् ।

हतियार भित्र्याउने सन्दर्भमा रामराजाप्रसाद सिंह सहितका तीन विकल्प थिए भन्ने यहाँले अनौपचारिक कुरा गर्नु भएको थियो थोरै स्पष्ट पारी दिनु न ?
इन्फरमल कुरा भएकै हो । तर बैठकमै रामराजाको कुरा आएको होइन । मैले रामराजाको कुरा लेखेको पनि छैन । कति कुरा समय नआई भन्नु हुँदैन । मैले नलेखेको धेरै प्रशंग अझै पनि छन् । हतियार भित्र्याउने कुरामा माधवजीले केन्द्रीय कमिटीको बैठकमा भारतीय सहयोगको बारेमा चर्चा गर्नु भयो मदन भण्डारीले मान्नु भएन । माधवजीले प्रस्ताव लग्न खोज्नु भएको थियो मदनजीले प्रस्ताव राख्न नमानेपछि कुरा सकियो । इतिहास दोहरिदैन भन्छन तर मेरो निम्ती इतिहास दोहरिन पनि सक्छ । मलाई पार्टीबाट निकाले फरी पार्टीमा बोलाए । अब फेरी निकाल्दैनन् होला भन्न सकिदैन । इतिहास दोहरियो भने पनि केही छैन ।

पुस्तकमा ‘म असल नेता हुँन सकिन’ भन्ने प्रशंग छ, तपाईका कमजोरीहरु के रहेछन त ?
मैले आफ्ना कमजोरीहरु तर्फ पनि इंगित गरेको छु । मेरो बानी कस्तो रहेछ भने सामुन्नेको बक्ताले भनेको कुरामा विस्वास गरी हाल्ने । माधाव, केपीले भनेको कुरा पत्याएँ । राजाले भनेको कुरा पत्याएँ । अगाडि आएर भावुक मुद्रामा भनेपछि हो त भनेर पत्याउने । अनि मानिसहरु कस्ता भने फकाउनका लागि गलत कुरा गर्ने । राजनीति भनेको हार्नेको निम्ती जेल र जित्नेको निम्ती सत्ता हुन्छ ।
मैले गरेको गल्तीहरुलाई बारम्बार कोट्याईदिँदा मेरो मन कुडिन्छ । राजाको क्याविनेटमा जाने कुरा पनि देशको समस्या समाधान गर्न हो । सकिन अर्को कुरा हो । मैले यो कुरा पुस्तकमा प्रसस्त भनेको छु ।

राजाको मन्त्रीमण्डलमा गएर उनले पनि ढाट्दा रहेछन भन्ने थाहा भयो ?
राजाले भनेको काम गरेको भए गद्दी छोड्नु पर्ने स्थिति थिएन । सम्राट बन्ने सोचलाई त्यागेर द्धन्द्ध समाधान गर्ने बाटोमा लाग्नु पर्दथ्यो । मैले कति पटक राजालाई शान्ति वार्तामा जाउँ भनेँ तर उनले मानेन । अन्ततः त्यसको परिणाम उनले नै भोग्नु प¥यो । म राजाले सघाउन भनेर बोलाएको मन्त्री मात्र थिएँ । मेरो जे हैसियत हो त्यस अनुसारको सुझाव दिएकै हो उनले मानेनन् । धेरैथोरै त्यसको परिणाम मैले पनि भोग्नु परेको छ । मानिसहरु मलाई पनि नुनचुक दलि रहेका हुन्छन् । म लुुकेर, गुप्तचर भएर राजाको क्याविनेटमा गएको हो र ? म त सार्वजनिक रुपमा गएको हो । गल्ती भो भनेर मैले आम रुपमा र त्यो कितावमा पनि दर्जनौँ पटक भनेको छु । तर पनि मानिसहरु त्यसैलाई घोच्न मन पराउँछन् ।

तँपाइले बुझेको राजतन्त्र ?
पहिले राजाको नजिकमा पुगिएन । मैले देख्दासम्म दरबारमा जे छलफल होला, वैचारिक मण्डली होला भनेर जसरी सोचेको थिएँ त्यो रहेनछ । दरबार भनेको राजाको धुरिको वरीपरी हिंड्ने त्यस्तै सोँच राख्नेहरुको पर्खाल हुने रहेछ । व्यक्तिका वरीपरी घुमाउने र घुम्ने परिपाटी दरबारकै शैली हो । दरबारमा राजाले भनेको छोराले खण्डन गर्न नहुने ।

ज्ञानेन्द्रलाई कस्तो पाउनु भयो ?
उनी महत्वाकांक्षी, हिनताबोधी, आफ्नो कुरापनि भन्न नसक्ने खालेका व्यक्ति रहेछन् । राजा भनेका संस्था हो । संस्थाको वरपर राम्रा मान्छे भए असल हुन्छ नभए यस्तै हुन्छ ।

ज्ञानेन्द्रले बद्वि पु¥याएको भए राजतन्त्र समाप्त हुने थिएन जस्तो लाग्दैन ?
उनले वार्ता गर्नुपथ्र्यो । वार्ता माओेवादीसँग गर्ने कि, काँग्रेससँग गर्ने कि अथवा भारतसँग यो विषयमा उनले सोच्नु पर्दथ्यो । माओवादी आखिर भारतसँग जोडिएको थियो । भारतसँगै कुरा गरेको भए पनि एउटा परिणाम आउथ्यो । नभए माओवादीसँगै कुरो गरेको भए हुन्थ्यो । माओवादीले कुरो गर्न खोजेकै थियो । माओवादीले नोकरसँग हैन मालिकसँगै करो गर्छू भनेर वक्तव्य दिएको थियो । तर ज्ञानेन्द्रले वार्ता गर्न मानेनन् ।

वार्ता गर्न नमान्नुका कारण ?
उनलाई कसले वार्ता हैन पेलेरै ठीक गर्न सकिन्छ भन्ने सल्लाहा दियो र उनलाई त्यो ठिक लाग्यो । सुरुमा सत्ता आफ्नो हातमा लिँदा वार्ता गर्छु भने । पछि आफ्नो सैन्यशक्तिले नियन्त्रण गर्न सक्छु भन्ने सोँचमा उनी पुगे । नियन्त्रण गर्न किन सकिएन भन्दा देशभित्र गणतन्त्रको नारा पपुलर भैसकेको थियो । त्यतिमात्र नभएर माओवादीलाई माथिल्लो तहको भारतीय सपोर्ट थियो ।

माओवादी आन्दोलन भारतबाटै सञ्चाीलत भएको भन्ने जान्दा जान्दै तँपाई त्यहाँ पनि जोडिनु भयो किन ?
सुरुमै माओवादी भारतसँग जोडिएको हुन्छ र ? हुन्न नी । सुरुमा त माओवादी देशभित्रकै राजनीतिक खेलमा लाग्यो । पञ्चहरुको सहयोगमा काँग्रेसविरुद्व लागेर माओवादीले सुरुमा केही हतियार बटुल्ने काम ग¥यो । त्यसपछि सेनासँग लड्नुपर्छ भेनेर भारतसँग मिल्न गयो । भारतसँग मिल्न पुगेपछि भारतले पनि विभिन्न कारणले नेपालमा राजा हुन्जेल आफ्नो दबदबा नहुने भो भन्ने निष्कर्ष निकालेर राजा हटाउन माओवादीलाई प्रयोग गरेको । तर पनि प्रचण्ड राजासँग बारम्बार कुरा गर्न खोजीरहेका थिए ।

तपाईलाई त्यस्तो परिस्थिति जुटेन जसले गर्दा वार्ताको संयोजन गर्न सकियोस ?
मैले भनेर राजाले नमान्ने भएपछि उनी आफ्नै ढिप्पी, सोच र गतिबिधिमा चल्ने भए । मैले सुनेको के हो भने माघ १९ मा सत्ता आफ्नो हातमा लिनु अघि प्रचण्डसँग राजाले कुरा गर्न खोजेर कट्वालको माध्यमबाट उनले भेट गर्ने कुरा चलिराको थियो । त्यतिखेरै भेटेर कुरो गरेको भए टुङ्गोमा जान्थ्यो । उनीहरु सिद्वान्तवादी थिएनन् र अहिले पनि प्रचण्ड, बाबुराम सिद्वान्वादी हैनन् । उनीहरु अवसरवादी हुन् । उनीहरुलाई जताबाट भए पनि पावरमा पुग्नु थियो ।

एमालेले मेची महाकाली यात्रा गरी रहेको छ यसलाई कसरी हेर्नुभएको छ ?
पार्टी प्रभाव बढाउनका लागि यो राम्रै कुरो हो । अहिलेको संविधानमा कमी होलान तर त्यसमा मधेसीलाई जति दिनु पर्दथ्यो त्यो धेरै नै दिइयो । गणतन्त्र आन्दोलनको माग थियो । त्यहाँ भन्दा अगाडि बाटोमा जे भेटिन्छ त्यो थप्दै थप्दै थप्दै धर्म निरपेक्षता, संघियता, समावेसिता आयो । मधेसीको कुरा पनि त्यस्तै भएको छ । त्यसैले त्यसलाई रोक्न एमालेको अभियान ठिक छ । मैले धेरै पहिले नै यस्तो अभियान चलाउनु पर्दथ्यो भनेर भनेको छु ।

तीन तहको निर्वाचन गराउने भनिएको छ निर्वाचनको सम्भावना कति देख्नु हुन्छ ?
यो परिस्थितिमा भर पर्छ । देशको समस्याको समाधान निर्वाचनले गर्दैन । मैले युरोपका धेरै देश देखेको छु, जहाँ समस्या समाधान होला भनेको निर्वाचनले झनै बल्झीएको छ । नेपालकै सन्दर्भमा ०४८ पछि पनि त चुनाव भएकै हो तर माओवादी विद्रोह भयो । चुनाव मार्फत चलि रहेको सरकारलाई विद्रोहले उल्ट्याई दियो । त्यसकारण मलाई यो सरकारले चुनाव गराएपछि पनि समस्या समाधान हुन्छ जस्तो लाग्दैन ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल