निर्माण ठप्प हुन लागेका बेला शिवम् सिमेन्टले स्किम ल्याएर जनतालाई राहत दियो

-  |   साजन देवकोटा, भाइस–प्रेसिडेन्ट, सेल्स एन्ड मार्केटिङ, शिवम् सिमेन्ट

निर्माण ठप्प हुन लागेका बेला शिवम् सिमेन्टले स्किम ल्याएर जनतालाई राहत दियो

यो वर्ष भूकम्पका कारण देशमा धेरै संरचना ध्वस्त भए । भूकम्पले ध्वस्त संरचना निर्माण हुन नपाउँदै मधेस आन्दोलन, भारतीय नाकाबन्दी सुरु भयो ।
इन्धन अभावले देशका उद्योग, कलकारखाना चल्न सकेनन् । सिमेन्टलगायत निर्माण सामग्री अभाव हुन थाले । महँगी, कालाबजारी बढ्न थाल्यो । घर–भवन लगायत निर्माण गर्ने योजना बनाएका उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भए । तर उपभोक्तालाई यो पीडाबाट मुक्त गर्न शिवम् सिमेन्टले ५० केजीको दाममा ५५ केजी सिमेन्ट भनेर स्किम ल्याएको छ । प्रस्तुत छ– सिमेन्ट उत्पादन, वितरणलगायत विषयमा रातोपाटीले शिवम् सिमेन्टका भाइस प्रेसिडेन्ट (सेल्स एन्ड मार्केटिङ) का साजन देवकोटासँग गरेको कुराकानीको सम्पादित अंश :

shivam cement (1)-001बजारमा अरु सिमेन्टको तुलनामा यो सिमेन्ट अलि महँगो छ भन्ने छ नि ?

सिमेन्टको मूल्य दुई चिजमा निर्भर हुन्छ । एउटा फ्याक्ट्रीमा यसको मूल्य । अर्को ढुवानी भाडा । त्यसैले उद्योग कहाँ स्थापित छ भन्ने कुरा महत्त्वपूर्ण हो । शिवम् सिमेन्ट महँगो त भनिन्छ । तर, योभन्दा महँगोमा पनि अरु सिमेन्ट बिक्री भइरहेका छन् । हामीले पनि कति ठाउँमा निकै सस्तोमा बेच्न सकेका छौँ ।
तर उद्योगमा मूल्य कति छ भन्ने हो । टाढा पुर्याउँदा महँगो हुन्छ, नजिकै सस्तो हुन्छ । महँगो–सस्तो भन्दा पनि औसत रूपमा निकाल्नुपर्छ । प्रतिस्पर्धी मूल्यमा उपलब्ध छ कि छैन भन्ने हो । मूल्यभन्दा पनि वेटेज एभरेज रेट हो ।
अर्को कुरा, हामीले गुणस्तरीयताका लागि गरेको ल्याबरेटरीहरुको खर्च पनि हाम्रो बढी छ ।

मूल्यमा विविधताले उपभोक्तालाई साह्रै मर्का परेको छ, मूल्यमा एकरूपता ल्याउन सकिँदैन ?

हामी कोसिस गरिरहेका छौँ । सिमेन्टमा पनि एमआरपी (अधिकतम खुद्रा मूल्य) प्रिन्ट गर्न सक्छौँ कि भनेर पनि प्रयास गरिरहेका छौँ, तर एकदमै जटिल देखिएको छ । १० प्रतिशतदेखि २५ प्रतिशतसम्म नै भाडाका कारण मूल्यमा थपघट गर्ने भएकाले अलि जटिल देखिएको छ । तर पनि प्रयास गरिरहेका छौँ ।

shivam cement (5)-001मूल्यमा एकरूपताको विषयमा कुरा भइरहेका बेला यहाँहरूले शिवम् सिमेन्टमा ५० को दाममा ५५ केजी भनेर स्किम ल्याउनुभएको छ, यो स्किम किन ?
सबैभन्दा महत्त्वपूर्ण कुरा आज दुई–चारवटा कुराले गर्दा निर्माण जगत् शिथिल छ । पहिलो भूकम्प । भूकम्पपछि निर्माण त बढ्नुपर्ने हो, तर मान्छे निर्माणका लागि तत्कालै उठ्न सकेन । मान्छेले घर बनाउने भनेको जीवनभरको कमाई खर्चने पनि हो । त्यसैले मान्छेले तत्काल घर बनाउन सकेनन् । किनकि घर मात्रै होइन, जनको पनि क्षति भयो, जसले गर्दा मान्छे मनोबलमा पनि क्षति भयो ।
त्यसपछि भूकम्पबाट बच्नका लागि सरकारले नयाँ नियम ल्यायो– नक्सापास, उचाई, ठाउँ छोड्नेलगायत नियम । त्यसले गर्दा पनि निर्माण जगत फेरि शिथिल भयो । त्यो नियमको दीर्घकालीन प्रभाव राम्रो भए पनि तत्कालका लागि मान्छेले नयाँ नियम पचाउन सकेनन् ।
त्यसपछि फेरि नाकाबन्दीको मार पर्यो । त्यसले गर्दा फेरि निर्माण जगत् शिथिल भयो । तर शिथिल छ भनेर हामीले हातमा हात राखेर बस्न त भएन, केही न केही गर्नुपर्ने हुन्छ । कुनै पनि निर्माणमा महँगी बढ्नुमा कुनै सूचक हुन्छ । थाइल्यान्डमा महँगी बढ्यो कि बढेन भनेर चाउचाउको मूल्य हेर्छन् रे । नेपालमा निर्माण जगतमा महँगो भयो कि सस्तो भयो भनेर हेर्ने धेरै चिज हुन्छ । तर, मान्छेले रड र सिमेन्ट हेर्छ ।
यो अवस्थामा हामीले सिमेन्टमा केही सहुलियत दिएमा अहिले जनतालाई निर्माणका लागि केही राहत मिल्छ कि, केही टेवा मिल्छ कि भन्ने लाग्यो । त्यसैले ठूलो स्किम फलो गरेर हामीले बजारमा सिमेन्ट दिएर मान्छेमा केही ऊर्जा मिल्ला, राहत मिल्ला भनेर यो स्किम ल्याएका हौँ ।

यो स्किमको साटो मूल्य घटाउन सकिँदैनथ्यो, यसले अझै सहुलियत हुन्थ्यो होला ?
स्किम धेरै प्रकारका हुन्छन् । बजारमा डिलरलाई दिने स्किम भनेको सानो हुन्छ, तर उपभोक्तालाई ठूलो चिज दिनुपर्ने हुन्छ । जसले उनीहरूलाई आकर्षण गर्छ । दोस्रो कुरा जसरी मूल्य बढेको छ, त्यसले उत्पादन मूल्य घटाउन सक्ने अवस्था थिएन । अहिले पनि छैन । फेरि अहिलेको अवस्थामा सिमेन्टमा १०–२० रुपैयाँ मात्र हो, सय–पचास रुपैयाँ घटाउन सक्ने अवस्थामा हामी छैनौँ ।
यो नाकाबन्दीपछि हामीले केही घटाउन सकौँला । तर, अहिलेका लागि हामीले शिवम् सिमेन्टले उपभोक्ताको ख्याल गर्छ भन्ने सन्देश दिन चाहन्छौँ । त्यसैले हामीले उहाँहरुलाई धेरै राहत दिनका लागि यो स्किम ल्याएका हौँ ।
यो नाका सहज भएपछि त उपभोक्तालाई अरु सामान पनि सस्तो भएर राहत होला । तर, यो संकटका बेला भने उहाँहरुलाई केही न केहीबाट धेरै सहुलियत दिन यसरी स्किम ल्याइएको हो ।
स्किमबाट जनताले साँच्चै लाभ लिए त ? के पाउनुभयो प्रतिक्रिया ?
ग्राहक त धेरै नै खुसी हुनुहुन्छ । उहाँहरुले जुन रेटमा पहिला सिमेन्ट पाइरहनुभएको थियो, त्यही रेटमा थप पाउँदा त सकारात्मक प्रतिक्रिया आइहाल्ने नै भयो । ग्राहकबाट हामीकहाँ जिज्ञासा आइरहेको छ, ‘माघमा मैले घर बनाउँदै छु, माघमा यो स्किम चल्छ कि चल्दैन ?’ यो जिज्ञासा आउनुको कारण के हो भने ग्राहकहरु यसबाट पक्कै लाभान्वित हुनुभएको छ । हामी खुसी छौँ । हामीले निश्चित परिणाममा यो स्किम सोँचेका थियौँ । जनताको यो सकारात्मक प्रतिक्रियाले गर्दा हामी यो थपिरहेका छौँ ।

shivam cement (2)-001भूकम्प, बन्द–हडताल, नाकाबन्दी, इन्धन अभावको पछिल्लो अवस्थामा सिमेन्ट उद्योगरुले कसरी निर्माणकर्ताको माग पूरा गरे ?
हामीले आफ्नै ओपिसी सिमेन्ट मात्र बनाउँछाँै । त्यसैले कच्चा पदार्थमा नो प्रोब्लेम । रह्यो समस्या इन्धनको कुरा । इन्धनका लागि सरकारले पनि हामीलाई सपोर्ट गर्यो । नाकाबन्दीका बेला उद्योगीलाई केही राहत दियो । सौभाग्य भनौँ, हामीसँग इन्धनको राम्रो मौज्दात भयो, वैकल्पिक इन्धन भयो । त्यति हुँदाहुँदै पनि हामीले ग्राहकको राम्रो माग धान्न त सकेनाँै । हामीले जसरी जोहो गर्दै गयौँ । त्यसैगरी उत्पादन पनि गर्दै गयौँ । तर, यति भएर पनि हाम्रो फूल फ्लेजमा उत्पादन त भएन । किनकि कहिले कच्चा पदार्थ सकिन्थ्यो, कहिले प्याकिङ मेटेरियल सकिन्थ्यो, कहिले इन्धन समस्या, त्यो सबै चिजलाई जोहो गथ्यौँं । अनि, उत्पादन गथ्र्यौं । हामीलाई पनि ठूलो असर पर्यो । तर पनि जोहो गरेर उत्पादन गर्यौँ । र पनि ग्राहकको पूरा माग धान्न सकेनाँै । निर्माणका लागि केही न केही सहयोग गर्ने काम गर्यौँ ।

तपाईंहरु निर्माणलाई सहज बनाउन पहल गरेको दाबी गनुुहुन्छ, तर तपाईंहरुका कतिपय विक्रेताले त उपभोक्तालाई चर्को मूल्यमा बेचेर मर्का पारेका छन् । अनुगमन गर्ने, आफ्नो सिमेन्ट चर्को मूल्यमा बेच्न नदिने केही गर्नुभएन ?

सबैभन्दा पहिलो कुरा त जुन बेला नाकाबन्दी भयो, त्यो एकदम क्राइसिसको समय थियो । हामी नेपालीले एकदम दुःख गरेर एउटा घर बनाउँछौँ । दशैँ–तिहारको मौकामा नयाँ घरमा प्रवेश गर्नुहुन्छ । तर, यो वर्ष त्यो बेला धेरै उद्योग बन्द थिए, माग अत्यधिक भयो । जसले गर्दा माग र आपूर्तिबीच ठूलो खाडल भयो । त्यसैले अलिकति मूल्य फरक आयो ।
तर ग्राहकलाई व्यापारीले गर्दा मात्रै पनि मार परेको हैन । गाडी चलाउन डिजल भएन । अनि व्यापारीले जसरी पनि सिमेन्टको माग आपूर्ति गर्नुपर्ने भयो । त्यसैले सीमित मात्रामा चलेका गाडीले भाडा बढाए । तर, व्यापारीले हैन । कतिपय व्यापारीले यो मौका पारेर अप्राकृतिक रुपमा मूल्य बढाए पनि मुख्य कारण भाडा नै हो ।
त्यसैले त्यतिबेला हामीले अनुगमन पनि गरेर मूल्य नबढाउन आग्रह गर्यौँ । कतिपय व्यापारीलाई हामीले आपूर्ति रोक्यौँ पनि ।
तर त्यो कुराले गर्दा हामीले सिमेन्टमा अधिकतम खुद्रा मूल्य (एमआरपी) किन नराख्ने भनेर पहल गरेका छौँ । यो जटिल त छ, तर प्रयास गरिरहेका छौँ ।

shivam cement (3)-001अहिले नेपालमा सिमेन्ट उत्पादनको अवस्था कस्तो छ ?
नेपालमा सिमेन्ट उत्पादन गर्व गर्नुपर्ने अवस्थामा छ । किनकि यो एउटामात्र त्यस्तो उत्पादन होला, जसमा हामी पूर्णतः आत्मनिर्भर छौँ । अहिलेको दिनमा हामी आयातलाई शतप्रतिशत विस्थापित गर्ने अवस्थामा छौँ ।
जुन तरिकाले सिमेन्टमा लगानी भित्रिएको छ, त्यो आइसकेपछि निकट भविष्यमै नेपालबाट आयात हैन, निर्यात गर्नुपर्ने अवस्था छ ।

नेपाली सिमेन्टका गुण र अवगुण प्रस्ट भयो भने उपभोक्ता पनि ढुक्क हुने वातावरण बन्छ, के छन् नेपाली सिमेन्टका सबल र कमजोर पक्ष ?
मुख्य कुरा नेपाली सिमेन्ट एकदम गुणस्तरीय छ । भारतबाट आउने सबै सिमेन्टभन्दा गुणस्तरमा कुनै कमी छैन । स्वदेशी कच्चा पदार्थको प्रयोग नै हो । सिमेन्टका लागि चाहिनेमध्ये ९५ प्रतिशत कच्चा पदार्थ हामीले नेपाली खानीबाटै प्राप्त गर्छौं । खानी खन्ने, ढुवानी गर्ने, ल्याउने, सिमेन्ट उत्पादनलगायत सबै काममा हामीले स्वदेशी रोजगारी सिर्जना गरेका छौँ । आत्मनिर्भरता नै नेपाली सिमेन्ट उद्योगको सकारात्मक पक्ष हो । त्यसैको कारण नेपाली सिमेन्ट गुणस्तरीय पनि छ ।
नेपाली सिमेन्ट अलिकति महँगो छ । यही नै हो, कमजोरी पक्ष । तर, त्यसको कारण हो, ऊर्जा । नेपालमा ऊर्जा मात्रै पर्याप्त उपलब्ध हुने हो भने नेपाली उपभोक्ताले योभन्दा धेरै सस्तोमा सिमेन्ट पाउने थिए । देशको विकासमा पनि ठूलो टेवा पुग्थ्यो । तर यसका लागि सबैभन्दा ठूलो चिज विद्युत् हो, जो पर्याप्त मात्रामा छैन । त्यसको विकल्पमा महँगो डिजेल किन्नुपर्छ । जसले गर्दा लागत मूल्य बढी पर्छ । तर गुणस्तरमा कुनै कमी छैन ।

shivam cement (4)-001नेपाली सिमेन्ट गुणस्तरीय छ भने किन ठूला कम्पनीमा भारतीय सिमेन्टको सिफारिस गरिन्छ त ?
एक त, भारतीय सिमेन्ट नै प्रयोग गर्दै आएका पुराना प्राविधिक र निर्माणकर्ता छिटै बदलिन सकेका छैनन् होला, नेपाली सिमेन्ट प्रयोग गर्ने अनुभव नभएर । अर्को कुरा, ट्याक्स फ्री हुने निर्माणका काममा भारतबाट सिमेन्ट ल्याउँदा सस्तो पर्न सक्छ । अर्को कुनै निश्चित प्रकारको, विभिन्न प्र्रकारको सिमेन्ट माग हुन सक्छ कहिलेकाहीँ । जस्तै, नेपालमा लो अल्कालीको सिमेन्ट उत्पादन भएको छैन । त्यो माग हुन सक्छ । नत्रभने हामी ९० प्रतिशत बढी आत्मनिर्भर छौँ । यो अझै बढ्दै गइरहेको छ । यसलाई सकारात्मक रुपमै लिनुपर्छ ।

नेपालका ४० भन्दा बढी ब्रान्डका सिमेन्टमा सबै गुणस्तरीय छन् भने उपभोक्ताले शिवम् नै किन रोज्ने ?
पहिलो त, हामीले आफूलाई एउटा ब्रान्डको रुपमा स्थापित गरेका छौँ । जब कुनै वस्तुप्रति उपभोक्ताको विश्वास जाग्छ, तब न ब्रान्ड बन्छ । हामीले मेरो राम्रो छ भनेर विज्ञापन गर्दैमा ब्रान्ड बन्ने होइन । हामी आफूलाई ब्रान्ड बनाउने कोसिस गरिरहेका छौँ भन्नु नै उपभोक्ताको विश्वास जित्ने कोसिस गरिरहेका छौँ । उपभोक्ताले शिवम्को दुई कुरा मन पराउनुभएको छ । एउटा त गुणस्तर, अर्को विषम परिस्थितिमा पनि निरन्तर सर्भिस । जस्तोसुकै संकटमा पनि हामीले उपभोक्तलाई सिमेन्ट उपलब्ध गराएका छौँ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल