महामन्त्रीका आकांक्षी खुमबहादुर भन्छन्– महाधिवेशनमा जो उम्मेदवार बन्छु भनेका छन्, कसैको ‘भिजन क्लियर’ छैन

-  |   खुमबहादुर खड्का, कांग्रेस नेता

महामन्त्रीका आकांक्षी खुमबहादुर भन्छन्– महाधिवेशनमा जो उम्मेदवार बन्छु भनेका छन्, कसैको ‘भिजन क्लियर’ छैन

कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ । तर, तपाईंं अनपेक्षित रूपमा मौन हुनहुन्छ ?
स्वास्थ्यका कारण म घरमै छु । अर्को, पर्ख र हेरको अवस्थामा छु । देशभरिको परिणाम कस्तो आउँछ, त्यसलाई नियालिरहेको छु । अहिले सबै साथी जिल्ला–जिल्ला पुग्नुभएको छ । म सबै साथीसँग सल्लाह गरेर अघि बढ्छु । सही समय आएपछि निर्णय गर्छु ।
१३औं महाधिवेसनमा मुख्य तीन धार देखिएका छन्, एउटा संस्थापन, अर्को रामचन्द्र पौडेल र तेस्रो शेरहबादुर देउवा । तपाईंंको समर्थन कतातिर छ ?
सबै ठाउँको निर्वाचन परिणाम आइसकेको छैन । सकेसम्म शेरबहादुरजीसँग मिलेर जाने भन्ने मेरो मनस्थिति हो । तर, उहाँले कसरी सोच्नुभएको छ, कुरा भएको छैन । जिल्लाको निर्वाचन भर्खरै सकिँदै छ । मेरो टिमभित्र पनि कोही संस्थापनसँग, कोही रामचन्द्रजीसँग कोही शेरबहादुरजीसँग मिल्दा हुन्छ भन्नेमा छन् । हामी आफैं जित्न सक्ने अवस्थामा छैनौं । आदर्शको कुरा गरे पनि धाक लगाए पनि आखिर राजनीति भनेको सत्ताकै लागि हो । त्यसैले साथीहरूलाई कसरी ‘एडजस्ट’ गर्ने भन्ने छ । त्यो विषयमा छलफलपछि कता समर्थन गर्ने भन्ने कुरा निर्धारण हुन्छ ।
तपाईंं पनि महामन्त्रीको दाबेदार भनिन्छ नि ?
हो । मेरा इच्छाचाहिँ महामन्त्री बन्ने नै हो । तर, अहिलेसम्म निर्णय भएको छैन । मेरो इच्छाले केही हुन्न । सकेसम्म शेरबहादुरसँग मिलेर जाने भन्ने हो । तर, उहाँले कसरी सोच्नुभएको छ, त्यसमा भर पर्ने कुरा हो । एकपटक स्वास्थ्य बुझ्न आउनुभएको थियो । त्यसपछि कुरा भएको छैन । सल्लाह गर्नुपर्नेछ ।
khum-Bhadur-Khadka1तपाईंलाई गिरिजाबाबुको विश्वासपात्र भनिन्थ्यो । संस्थापन छाडेर देउवातिर आउनुका कारण ?
शेरबहादुरजी प्रधानमन्त्री हुनुहुँदा म गृहमन्त्री थिएँ । हाम्रो पार्टीमा संकटकाल लगाउने वा नलगाउने भन्ने विषयमा पार्टीमा विवाद भयो । संकटकाल लगायौं पनि । संकटकालअघि सुरक्षा समितिको बैठक भयो । अरू पार्टीका नेतालाई पनि बोलाइएको थियो । माओवादीको समस्या भएका बेला प्रधानसेनापति प्रज्ज्वलशमशेर जबराले हामीलाई जिम्मा दिने हो भने ६ महिनामा समस्या समाधान गर्छौं भन्नुभयो । सबै सहमत भए । तर, जब संकटकाल सुरु भयो, सेनाको भूमिका प्रहरीलाई अघि लगाउने, आफू पछि बस्ने देखियो ।
त्यसपछि मैले पार्टी सभापति गिरिजाबाबुलाई अब संकटकाल थप्न हुँदैन भनेर सुझाएँ । उहाँलाई पनि चित्त बुझेको रहेनछ । मैले गृहमन्त्रीका रूपमा भनेपछि उहाँ खुसी हुनुभयो । त्यसपछि गिरिजाबाबुलाई शेरबहादुरजीले पनि भेट्न जानुभएको रहेछ । उहाँले मन्त्रिपरिषद्मा गिरिजाबाबुले संकटकाल थप्न राजी हुनुभयो भनेर सुनाउनुभयो । प्रधानमन्त्रीले हुन्छ भन्नुभएपछि हामीले नमान्ने कुरा भएन । संकटकाल ६ महिना थप्यौं ।
‘मैले थप्नु भनेकै छैन । तिमीहरू आफैँ थप्ने ?’ भन्दै गिरिजाबाबु कड्किनुभयो । संकटकाल थपेपछि झगडा सुरु भयो । गिरिजाबाबुले प्रस्टीकरण माग्नुभयो । पार्टीको केन्द्रीय समिति बैठक बोलाइयो । प्रधानमन्त्रीनिवास बालुवाटारमै बैठक बोलाइयो । छलफलपछि कुरा मिल्यो । सबै खुसी भए ।
कुरा मिल्यो भनिएपछि म घर फर्कन लागेको थिएँ । प्रधानमन्त्रीका पीएले भन्नुभयो, ‘प्रधानमन्त्रीले बस्नु भन्नुभएको छ ।’ सबै गइसकेपछि शेरबहादुरजीले बोलाउनुभयो । त्यसपछि साँझ शेरबहादुरजीले पहिले चिरञ्जीवी वाग्लेलाई बोलाउनुभयो । त्यसपछि मलाई । भोलि नै गिरिजाबाबुले अविश्वासको प्रस्ताव ल्याउनुभयो भने पनि हामीसँग बहुमत छ । किन गर्ने मध्यावधि ? भनेर मैले सुझाएपछि सबै घर फक्र्यौं ।
राति १२ बजे मध्यावधि घोषणा भयो । त्यसपछि गिरिजाबाबु रिसाउँदै देउवालाई पार्टीबाट निकाल्नुभयो । म गिरिजाबाबुसँग नजिक थिएँ, गएर कुरा गरेँ । गिरिजाबाबुभन्दा पनि शैलजा र नोना कोइराला शेरबहादुरजीसँग आगो हुनुहुन्थ्यो । मैले भनें– म गृहमन्त्री छु । मध्यावधि घोषणा भइसक्यो । अब पछाडि हट्ना सकिँदैन । निर्वाचन हुन्छ । अब म मिलाउँछु । मैले हार्दिकतापूर्वक आफ्नो धारण राखेपछि उहाँ अलि ‘कुल डाउन’ हुनुभयो ।

पार्टी फुटेको बेला हाम्रो बहुमत थियो । त्यतिबेला उहाँको गल्ती चुनाव चिह्न नलिनु हो । कांग्रेसको निर्वाचन रूख लिनुपर्छ भनेर हामीले भन्यौं । तर, उहाँले भइहाल्छ भन्दाभन्दै अन्त्यमा हामीले चुनाव चिह्न रूख पाएनौँ । गिरिजाबाबु धेरै बाठो ।

तर, कोइराला परिवारको कुरै बुझ्न गाह्रो । म बाल्यकालदेखि उहाँहरूसँगै बसेकाले त बुझिनँ अरूले के बुझ्लान् ? म गृहमन्त्री थिएँ । मैले मिलाउन खोजें । तर, सकिन । रामचन्द्र पौडेलजीले तपाई गृहमन्त्री हुँदा निर्वाचन गराए राम्रो हुन्छ भन्नुभएपछि भन्ने मैले राजीनामा दिइनँ ।
अन्ततः राजनीतिक चलखेल ठूलै भएपछि पार्टी फुट्यो । त्यसबेला मैले शेरबहादुरजीलाई सहयोग गरें । मैले सहयोग नगरेको भए उहाँले पार्टी फुटाउने स्थिति थिएन । मैले र विजय गच्छदारले देउवालाई पूर्ण रूपमा सहयोग गरेका थियौं ।
पछिल्लो समय तपाईंं पार्टीको नीतिविपरीत खुलेर हिन्दु राष्ट्रको समर्थनमा निस्कनुभयो । देउवाले पनि सार्वजनिक कार्यक्रममा हिन्दु राष्ट्रको पक्षमा बोल्नुभयो । तपाईंंको मिलनविन्दु त्यही हो कि ?
शेरबहादुरजीले दाङमा गएर हिन्दु राष्ट्रको पक्षमा बोल्नुभएको हो । तर, उहाँसँगको निकटता यो कारणले होइन । २०२७ सालको नेविसंघको पहिलो अधिवेशनदेखि नै उहाँसँग मेरो राम्रोे सम्बन्ध हो । शेरबहादुरजी मभन्दा धेरै सिनियर हुनुहुन्छ । म पढाइ र उमेर दुवैमा उहाँभन्दा कान्छो हुँ । २०२७ पुस १ गतेलाई हामी कालो दिवस भन्छांै । म भूमिगत भएर वनारस गएँ । त्यसपछि हाम्रो चिनाजानी राम्रो भयो । म दाइ भन्थें । उहाँले मलाई भाइ भन्नुहुन्थ्यो । उहाँ गृहमन्त्री हुँदा म यातायातमन्त्री थिएँ । पार्टी फुट्दा मैले उहाँलाई सहयोग गरे पनि पार्टी फुटेपछि मलाई उहाँको कार्यशैली मन परेन । त्यतिबेला म महामन्त्री थिएँ ।
पार्टी फुटेको बेला हाम्रो बहुमत थियो । त्यतिबेला उहाँको गल्ती चुनाव चिह्न नलिनु हो । कांग्रेसको निर्वाचन रूख लिनुपर्छ भनेर हामीले भन्यौं । तर, उहाँले भइहाल्छ भन्दाभन्दै अन्त्यमा हामीले चुनाव चिह्न रूख पाएनौँ । गिरिजाबाबु धेरै बाठो । त्यतिबेला राजाको धेरै चल्थ्यो । निर्वाचन आयोग देखाउनका लागि मात्र थियो । राजालाई फकाइफुलाइ उहाँले रूख चुनाव चिह्न लिनुभयो । म संस्थापनमै फर्केपछि एकैपटक गत महाधिवेशनबाट हाम्रो फेरि निकटता बढ्यो ।
भारत भ्रमणक्रममा शेरबहादुर देउवाले हिन्दु राष्ट्रको विषयमा केही सम्झौता गर्नुभएको छ भन्ने कुरा बाहिर आएको छ । तपाईंंहरू मिल्नुमा दिल्ली र बीजेपीको हात छ भन्ने सुनिन्छ नि ।
म भारतका कुनै पनि नेतासँग सम्पर्कमा छैन । (हाँस्दै) भारतसँग सम्पर्क भएको भए मेरो स्थिति यस्तो हुँदैनथ्यो । २०५१ सालमा शेरबहादुरजी होइन म प्रधानमन्त्री हुन्थें ।
तपाईंं हिन्दुराष्ट्रको पक्षमा एकताका धेरै कार्यक्रम गर्नुभयो । नाकाबन्दीपछि तपाईं किन चुपचाप ?
म बिरामी परें । मिर्गौलामा समस्या आयो । आर्थिक अभाव आदि–आदि । मिर्गौला प्रत्यारोपण गरें । चार/महिना भयो मिर्गौला प्रत्यारोपण गरेको । बिरामी परेकै कारण म चुप लागेको हुँ ।
शेरबहादुरजीलाई समर्थन गर्ने मानसिकता बनाउनुभएको छ । समर्थनमा पदको मात्रै बार्गेनिङ छ कि, कांग्रेसको नेतृत्व शेरबहादुरजीलाई हस्तान्तरण गर्नुपर्छ भन्नेमा अरू कारण पनि छन् ?
मेरो निकटता सुशीलजीसँग थियो । उहाँको र मेरो एउटै क्षेत्र पर्यो । उहाँ विराटनगरको मान्छे नेपालगन्ज गएर बस्नुभयो । तर, उहाँ छाती चौडा नभएको व्यक्ति हुनुहुन्थ्यो । अहिलेको स्थितिमा रामचन्द्रजी उठ्ने भन्नुभएको छ । उहाँ लेख्न, पढ्न, खट्न सक्नुहुन्छ । बेलैमा उहाँले माहोल बनाइदिएको भए यसपटक उहाँले नै जित्नुहुन्थ्यो । राजनीतिमा निर्णय क्षमता महत्वपूर्ण मानिन्छ । तर, उहाँसँग निर्णय गर्ने क्षमता थिएन । आसन्न महाधिवेशनमा जो–जो उम्मेदवार बन्छु भनेका छन्, कसैको ‘भिजन क्लियर’ छैन ।
म अझै बीपीकै पक्षमा छु । म १२बुँदे सहमतिको समर्थक होइन । गिरिजाबाबुलाई यो विषयमा धेरै कुरा गरेको पनि थिएँ । त उहाँले सबै मिल्छमात्रै भन्नुभयो । आखिर के मिल्यो त ?

मधेसी दल बलियो हुँदा गिरिजाबाबुले नै सबैको सहमतिमा सम्झौता गर्नुभयो । हिजो मधेसवादी बलियो हुँदा जेमा पनि हस्ताक्षर गर्ने । अहिले मेधसी कमजोर भयो उनीहरूको कुरा किन मान्ने भन्ने हाम्रो पहाडिया मनस्थिति बनेको छ ।

अरूमा नभएको क्षमता शेरबहादुरजीमा के छ ?
‘भिजन’ कसैसँग केही छैन । सुशीलजी पार्टीको लोगोमात्रै हुनुहुन्थ्यो । रामचन्द्रजीसँग बोल्न र लेख्न सक्ने खुबी छ । शेरबहादुरजीसँग भएको भनेको अनुभवमात्रै हो । उहाँ तीनपटक प्रधानमन्त्री भएको मान्छे । सरकारको नेतृत्व गर्न सक्ने अनुभव छ । तर, अहिले कांग्रेससँग विचार भने छैन । राजनीतिक विचारधारा कसैसँग छैन्, न एमाले न माओवादीसँग छ । एमाले–माओवादीमा विचार भएको भए हिन्दु राष्ट्र र राजसंस्थाको कुरा गर्ने कमल थापा सरकारमा हुन्नथे । संघीयताको विरोध गर्ने चित्रबहादुर केसी उपप्रधानमन्त्री हुन्नथे । विचार छिन्नभिन्न भयो । खालि सत्तामा कहिले जाने र पैसा कसरी कमाउने भन्ने ध्याउन्नमात्रै छ । योभन्दा त पञ्चायती व्यवस्था राम्रो भन्ने भइसक्यो जनतालाई ।
कांग्रेस महाधिवेशनमा भारतको भूमिका हुन्छ भन्ने धेरै चर्चा छ । होला त ?
मेरो भारतीय नेतासँग सम्पर्क नै हुँदैन । यस विषयमा मलाई थाहा छैन । गएको अधिवेशनमा भए भन्ने सुनें तर आफूले भोगेको छैन । भारतको त्यति ठूलो चासो हुन्छ जस्तो मलाई लाग्दैन ।
पछिल्लो राजनीतिक घटनाक्रम– संविधान, नाकाबन्दी, मधेस आन्दोलन, नाकाबन्दी खुल्नु र प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई तपाईंले कसरी लिनुभएको छ ?
सर्वसाधारणले राजनीति त्यति धेरै बुझ्दैनन् । तर, हो के भन्दा माओवादीसँग १२बुँदे सम्झौतापछि मधेस आन्दोलन भयो । पहिलो मधेस आन्दोलनपछि सातबुँदे सम्झौता भएको छ । त्यो सम्झौतामा मधेस स्वायत्त प्रदेश रहने भन्ने भएको छ । अन्य प्रदेश पनि भन्ने भएको छ । आत्मनिर्णयको अधिकारमा पनि सहमति भएको थियो । त्यो हुनै हुँदैन भनेर हामीले भनेका थियौं । तर, त्यतिबेला सम्झौता भयो । त्यही कुरालाई आज मधेसवादी दलले समातेर बसेका छन् ।
मधेसी दल बलियो हुँदा गिरिजाबाबुले नै सबैको सहमतिमा सम्झौता गर्नुभयो । हिजो मधेसवादी बलियो हुँदा जेमा पनि हस्ताक्षर गर्ने । अहिले मेधसी कमजोर भयो उनीहरूको कुरा किन मान्ने भन्ने हाम्रो पहाडिया मनस्थिति बनेको छ । मधेसमा बस्ने पनि त नेपाली हुन् नि । कसैको इमानदारीप्रति शंका गर्न हुँदैन । कांग्रेस, एमाले र माओवादीले पनि त्यसमा हस्ताक्षर गरेका छन् । हिजो जे सम्भौता भयो, त्यसैलाई नमान्दा आजको स्थिति सिर्जना भएको हो ।
यसको जिम्मेवारी सबैभन्दा ठूलो दल र तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले लिनुपर्छ । हामीले केन्द्रीय कमिटी बैठकमा अहिल्यै संविधान नल्याउन र मधेसवादी दललाई मिलाएर ल्याउन भन्ने कुरा राखेका हौँ । एक्लाएक्लै गएर पनि भनेकै थियौं । उहाँले सुन्नुभएन । शेरबहादुर र रामचन्द्रजीलाई पनि भनेका थियांै तर सुनुवाइ भएन ।
सर्वोच्च पदमा जो रहन्छ ऊ नै बढी जिम्मेवार हुन्छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्ड अहिलेको स्थितिका लागि मुख्य जिम्मेवार हुन् । त्यति कुरा नमान्दा आर्थिक हालत यस्तो भयो, उद्योगत हसनहस भए, जनताले दुःख पाए ।
आफूले गल्ती गरेर भारतलाई दोष लगाएर हुँदै हुँदैन । भारतले नाकाबन्दी गर्यो भनेर मोदीको पुत्लासम्म जलाइयो । संविधान जारी नहुँदै संविधान संशोधन गर्नुपर्ने भए, पहिले नै संशोधन गरेको भए आन्दोलन नै हुँदैनथ्यो । अहिले फेरि सबैले त्वम शरणम् गरिसके ।

हिन्दु राष्ट्रको विषयमा चाहिँ राजेन्द्र महतोजी सकारात्मक हुनुहुन्छ, त्यसमा कुनै शंका छैन । मसँग पनि कुरा भएकै हो तर उहाँलाई मधेस आन्दोलनले सबै कुरा भ्याउँछ भन्ने लाग्यो । मैले त त्यतिबेला नै भनेको थिएँ– मिलेर आन्दोलन गरौं ।

मधेसवादीले पनि ‘एक्स्ट्रिम’ बाटो लिएका थिए । अहिले मधेसवादी त्यही बाटोमा हिँडे । बरु जुलुस गर्ने, दबाब दिने गरेको भए हुन्थ्यो । अहिले काठमाडौँमा तस्करी मौलायो । इमानदारले दुःख पाए । यहाँकाले भन्दा मधेसकाले दुःख पाए । उहाँहरूले नाकाबन्दी गर्न हँुदैनथ्यो । बन्द भनेको एक÷दुई दिन पो हुन्छ । सधैं सम्भव छैन । वास्तवमा उहाँहरूलाई साथ दिने नै भएनन् । उहाँहरू निर्वाचनमा हार्नुभएको छ । महन्थ ठाकुरले कांग्रेस छाडेर गएपछि निर्वाचन हार्नुभयो । राजेन्द्र महतोले पनि हार्नुभएकै हो । उपेन्द्र यादवले कति भोटले जित्नुभएको छ, आफैं हेर्नुस् । उहाँले पनि कांग्रेसकै दयामायाले जितेजस्तो लाग्छ । त्यसकारणले ‘एक्स्ट्रिम’ बाटोमा हिँड्नाले हाम्रोजस्तो देशलाई भलो हुँदैन ।
मधेसी मोर्चाभित्र पनि अहिले बहस चलेको छ नि राजेन्द्र महतो राजतन्त्र फर्काउने खेलमा लागे भनेर । उपेन्द्र यादवले त आफ्नै पीएमार्फत सो अभिव्यक्ति सार्वजनिक गर्न लगाउनुभयो नि ?
जसरी उपेन्द्र यादवको पीएले राजतन्त्रको विषयमा उहाँलाई आरोप लगाइयो, त्यो बेकार हो । हिन्दु राष्ट्रको विषयमा चाहिँ राजेन्द्र महतोजी सकारात्मक हुनुहुन्छ, त्यसमा कुनै शंका छैन । मसँग पनि कुरा भएकै हो तर उहाँलाई मधेस आन्दोलनले सबै कुरा भ्याउँछ भन्ने लाग्यो । मैले त त्यतिबेला नै भनेको थिएँ– मिलेर आन्दोलन गरौं । म यता गर्छु, तपाईंहरू उता गर्नुस् । त्यो भएको भए आजको स्थिति आउँदैनथ्यो । हिन्दुको पनि सफल हुन्थ्यो, भारतलाई पनि यत्रो गाली गर्नु पर्दैनथ्यो । देशको स्थिति अर्कै हुन्थ्यो । कांग्रेसको आसन्न महाधिवेशनमा म पार्टीमा हिन्दुराष्ट्रको प्रस्ताव दर्ता गराउँछु । अहिले नै छलफल नहोला तर जहिले हुन्छ, त्यस विषयमा बहस चलाइन्छ ।
अब तपाईंं, कांग्रेस र देशको राजनीति कता जाला ?
कांग्रेसको राजनीति जस्तो छ, टालटुलपाराले चलिरहन्छ । जहाँ विचार हुन्न, त्यो पार्टी अगाडि बढ्दैन । अहिलेको राजनीति सत्ताको राजनीतिमात्रै हो । कांग्रेसको विचार के हो ? बीपीले प्रतिपादन गरेको विचार के हो ? हामीले त्यसलाई हेर्नुपर्छ । हामीले त्यो बाटो छाडिसक्यौं । बीपीले कम्युनिस्टसँग मिल्नै हुँदैन भन्नुभए पनि हामी उनीहरूसँग मिलिसक्यौं । चुनावै नलडेका मान्छेलाई गिरिजाबाबुले टीका लगाएर ल्याइदिनुभयो ।
कांग्रेसमा संघर्ष नगरेका मान्छे हाबी भए । अहिले संघर्ष गरेका मान्छेमध्ये रामचन्द्र र शेरबहादुर देउवामात्रै हुन् । सुशीलजी पनि प्रधानमन्त्री हुनुभयो तर उहाँ धेरै संघर्ष गरेको मान्छे होइन । रामशरण महत त पार्टीलाई अप्ठ्यारो परेको बेलामा विश्व बैंकमा जागिर खाएर बस्नुभयो । अर्जुननरसिंह केसीजी त पञ्चायतमा हुनुहुन्थ्यो । संस्थापनमा एउटा विमलेन्द्र निधी मात्र नेविसंघमा काम गरेको मान्छे हो । कांग्रेसको मर्म बुझेका मान्छे नेतृत्वतहमा छैन । यो अधिवेशनले झन् खत्तम पार्ने देख्दै छु । यहाँ त जोसँग पैसा छ, गाडी छ, चहलपहल छ, त्यसैले जित्ने भयो । राम्रा र इमानदार कार्यकर्ता पछि परे ।
तेस्रो शक्तिको कुरा पनि छ नि । मधेस आन्दोलनले त्यसैको बीउ छर्ने काम गरेको भनिन्छ । के भन्नुहुन्छ ?
त्यो होइन । त्यो बेकारको कुरा हो । अहिले त्यसको सम्भावना म देख्दिनँ ।

फोटोः http://ruprekha.com/

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल