DNN GUEST ROOM : प्रचण्डजीसँग पनि एकता हुन सक्छ : देवेन्द्र पौडेल (अन्तर्वार्ता)

-  |   देवेन्द्र पौडेल, संगठन विभाग प्रमुख, नयाँ शक्ति, नेपाल

DNN GUEST ROOM : प्रचण्डजीसँग पनि एकता हुन सक्छ : देवेन्द्र पौडेल (अन्तर्वार्ता)

डा.बाबुराम भट्टराईलाई समर्थन गर्दै एकीकृत माओवादी छाडेर नयाँ शक्ति निर्माण अभियानमा लागेका देवेन्द्र पौडेल अहिले नयाँ शक्ति नेपालको संगठन विभागका प्रमुख छन् । संगठन निर्माणका लागि देश दौडाहमा निस्केका पौडेलसँग नयाँ शक्तिको राजनीतिक–वैचारिकका साथै संगठनातात्मक तयारीवारे नेत्र पन्थीसँग कुराकानी गरेका छन् ।
devendra poudel inerview (1)फागुन ११ गते सकिएको नयाँ शक्ति नेपालको पछिल्लो वैठकमा के मा केन्द्रीत भयो ?
–देशको अहिलेको परिस्थितिलाई निकास दिन वैकल्पिक धार वा पार्टीको परिकल्पना गरेका छौँ । त्यसको वैचारिक–राजनीतिक र आगामी २० बर्षमा हामीले गराउन खोजेको समृद्धिको समग्र ढाँचा दिनका लागि विभागीय संचरना बनाएका छौँ । अहिलेको वैठकको मुख्य काम भनेको विभागले तयार पारेको प्रारम्भिक रिपोर्ट केन्द्रीत गर्ने र एक आपसमा रहेका कमीकमजोरी सच्चाउन यो सचिवालय वैठक बसेको हो ।
रिपोर्टलाई अन्तिम रुप कहिले दिनुहुन्छ ?
–हामीले दीर्धकालीन बहस र धारणा बनाउनका लागि त्यसलाई केन्द्रीत गर्नेछौँ । रिपोर्टमा दोहोरोपन नहोस् भन्ने पनि भयो । सैद्धान्तिक, वैचारिक र अवधारणागत पाटोलाई दीर्धकालीन बहसका लागि भनेर लैजान्छौँ । तत्काल दुई महिनामा लागु गर्ने र कार्यकर्तालाई सर्कुलेशन गर्र्ने कुरा अहिले नै टुंगिन्छ । अर्थ, विकास, संस्कृति वा अन्य जुन–जुन विभाग हामीले बनाएका छौँ, त्यससम्बन्धी एक–दुई–तीन काम भनेर सर्कुलेट गर्छौँ । अध्ययन गर्ने विषयलाई थप सुझावसहित अन्तिम रुप दिन्छौँ ।
एउटै स्कूलिङबाट आएका साथीको वैठक बस्नुहुनथ्यो एकीकृत माओवादीमा रहँदा । स्थायी होस, पोलिटव्यूरो होस वा केन्द्रीय समिति वैठक बस्दा । अहिले विभिन्न सोच, धाराणा र पृष्ठभूमिका व्यक्तिहरु सम्मिलित सचिवालय बनाउनुभएको छ । पहिलाको वैठक भन्दा अहिले नयाँ शक्तिका वैठकहरुमा के फरक महसुस गर्नुभएको छ ?
–छलफलमा नयाँपन छ । नयाँ आनन्द अनूभति भएका छ । फुलवारीमा एउटै प्रकृतिको फुल देखिरहेको बेलामा नयाँ–नयाँ फुल देखिएका छन् । पहिला हाम्रो फुलवारीमा फुल कहि साना, कहि अलि ठूला, कहि धेरै ठूला थिए । प्रतिस्पर्धी फुलहरुले भरिएको फुलवारीमा पसेजस्तो भएको छ अहिले । रुख फरक छ, गन्ध फरक छ, रंग फरक छ । अलग प्रकृतिको विशाल फुलवारीमा प्रवेश गरेको महसुश गरेको छु । किनभने हिजोको छलफलको तरिका एउटा खास दायरा र संकुचनभित्र हुन्थ्यो । अहिले त्यो भत्केको छ । अहिले विशाल दायराभित्र दर्शन, संगठन, विचारको क्षेत्रमा बहस भएको छ । त्यहीँ पनि हामी कम बोलेका छौँ । नयाँ बनाउने भएकाले पूर्व माओवादी साथीहरु नयाँ तरिकाले अगाडि आएका हौँ । मैले अरु साथीलाई पनि भनेको छु, विद्रोही र आक्रमक रुपमा प्रस्तुत हुने पुरानो शैली प्रयोग नगरौँ, यसलाई रोकौँ । नितान्त पृष्ठभागमा बसेर साथीहरुले आफ्ना कुरा राख्नुभएको छ । अरु साथीका कुराहरु धेरै सुनेका छौँ ।

फुलवारीमा एउटै प्रकृतिको फुल देखिरहेको बेलामा नयाँ–नयाँ फुल देखिएका छन् । पहिला हाम्रो फुलवारीमा फुल कहि साना, कहि अलि ठूला, कहि धेरै ठूला थिए । प्रतिस्पर्धी फुलहरुले भरिएको फुलवारीमा पसेजस्तो भएको छ अहिले । रुख फरक छ, गन्ध फरक छ, रंग फरक छ । अलग प्रकृतिको विशाल फुलवारीमा प्रवेश गरेको महसुश गरेको छु ।

devendra poudel inerview (5)त्यसो भए अहिले संस्थापन वा अभिभावकीय भूमिकामा हुनुहुन्छ ?
संस्थापन पनि होइन । कसैलाई प्रवेश गराएको र कुनै पार्टीमा एकीकरण भएको भन्ने होइन । सार्वजनिक रुपमा भन्ने गरेका छौँ, कुनै व्यक्ति, समूह वा पार्टी कुनै पार्टीमा प्रवेश गरेको होइन । जुन दिनसम्म औपचारिक रुपमा पार्टीको घोषणा गर्दैनौँ, त्यो दिनसम्म सवै संस्थापक हौँ । त्यसकारण सवै कमिटिलाई हामी अन्तरिम भनेका छौँ । हामीले प्रारिम्भिक जे मापदण्ड बनाएका छौँ, त्यो पुरा भएपछि हामी दोस्रो चरणमा प्रवेश गर्दछौँ । हामी पुराना साथी संस्थापक भन्ने होइन, हामी सवै संस्थापक हौँ । त्यसकारण पार्टी घोषणाको पहिलो चरणमा कम्तीमा एक लाख सदस्य संस्थापक हुने आधार बनाउछौँ । ७५ वटै जिल्ला, ७ प्रदेश, अन्तराष्ट्रिय विभाग, ३० वटा भन्दा बढी विभिन्न विभागहरुको संगठनात्मक संरचना तयार पारेर पार्टीको घोषणा गर्छौ । हामी सवैलाई पार्टीको संस्थापक बन्ने वातवरण बनाउँदैछौँ । हामी संस्थापक होइन । हामी जहाँ थियौ, त्यहाँबाट झरेर नयाँ तरिकाले अगाडि बढाउँदैछौँ ।
नयाँ शक्तिले अहिले राजनीतिक प्रतिवेदनमा लेख्दैछ । यसका विभिन्न पाटो हुन्छन् नै । डकुमेन्टमा कसरी आउँछ ?
– यसको प्रस्थान विन्दु, सोचाईमा द्धन्द्धात्मकता, पूर्वीय दर्शनामा भन्दा ‘वादे–वादे जंयतु तत्व बोध’, युनानदेखि प्रयोग भएको माक्र्सदेखि अहिले कन्टम थ्योरीसम्म प्रयोग भएको बस्तु र पदार्थको अन्रविरोध र त्यसले पार्ने प्रवावको निरन्तरताको कडीलाई प्रस्थान विन्दु भनेका छौँ । त्यसका विविध शाखाहरु छन्, प्रवृतिहरु छन् । त्यसलाई हामी काम गर्ने, सोच्ने तरिकाको प्रस्थान विन्दु भनेका छौँ । दोस्रो–कार्यक्रम पाँच स सहित अरु पनि अगाडि सारेका छौँ । मुख्य कुरा शासन प्रणालीमा आमुल परिवर्तन, जुन नेपाली जनताले अहिले चाहेका छन् । आर्थिक समृद्धि, त्यो पनि हाम्रै जमानामा गर्ने कुरा हो । हाम्रा छोराछोरीले वा भावी पुस्ताले गर्छ भनेर उधारो कुरा गर्न हुँदैन । हाम्रो जमाना भनेको औसतमा २० बर्ष हो । ५० वा १०० बर्षपछि नेपाल कस्तो होला परिकल्पना त गर्न सकिन्छ । तर, त्यसबेलाकै पुस्ताले गर्ने काममा भर पर्छ । अहिले हामीले गर्ने भनेको २० बर्षको कुरा हो । नेपाललाई यसवीचमा आर्थिक समृद्धि र विकासको उचाईमा पुरउनुपर्छ भन्ने हो । त्यो पनि नेपाली मौलिकता, हाम्रै चरित्रको आधारमा नेपाललाई अन्तराष्ट्रियस्तको विकसित देश बनाउनुपर्छ भन्ने हाम्रो कार्यक्रमिक लक्ष्य रहेको छ । तेस्रो–गोरेटो र लक्ष्य त चाहियो । यो भनेको नेपाली चरित्रको समाजवादको कुरा हो । कम्युनिष्ट मोडेलको पनि होइन, विपिले ब्याख्या गरेको जस्तो पनि होइन, महात्म गान्धी वा माओले परिकल्पना गरेजस्तो होइन, नेपालको हाम्रो मोडेलको समाजवादमा पुग्ने लक्ष्य बनाएका छौँ ।
डकुमेन्टको अन्तिम रुप त लिएको छैन । तर, हामी यो कार्यक्रममा जाने भनेका छौँ । तिमीहरुको कार्यक्रम के हो भनेर कसैले सोध्यो भने हामीले बाम–लोकतान्त्रिक समाजवाद भन्छौँ । डेमोक्र्याटिक भन्दा विक्तिकै काग्रेसको हो भनेर बुझ्नेहरु पनि छन् । बाम भनेको कम्युनिष्टको मात्र हो भन्ने पनि छन् । यी दुवै गलत हुन् । लेफिट्स्ट हुनुभनेको छोटो समयमा तीव्र परिवर्तनको चाहना राख्नुलाई बामपन्थका रुपमा बुझिन्छ । यसलाई पनि बहसका रुपमा लैजानुपर्छ । प्रारिम्भक रुपमा हाम्रो दस्तावेज यता तर्फ सोझिन्छ । जहाँसम्म साम्यवादको कुरा छ । हामी भन्दैनौँ । धेरै भविष्यको कुरा हो । कार्ल माक्र्स र एंगेल्सले परिकल्पना गर्नुभयो । बहसको विषय पनि हो । तर, हाम्रो जमानामा नआउने भएकाले हामीले कार्यक्रममा राख्दैनौँ । नहुँने कुरा जनतालाई भन्दैनौँ, हुने र लागु हुने कुरा भन्छौँ ।
devendra poudel inerview (2)तपार्ईंंहरुको कार्यक्रममको पाटो त यो भयो । जनयुद्धको मुल्याङ्कन वा समीक्षा कसरी गर्छ नयाँ शक्तिले भनेर धेरैले महत्वका साथ हेरेका छन् । जनयुद्धको मुल्याङ्कनका विषयमा तपार्ईंहरुको धारणा के हो ?
–हो, जल्दोबल्दो र जीवन्त प्रश्न हामीमाथि तेर्साइएको छ । एक थरीको चाहना छ, जनयुद्ध गलत थियो भनेर तपार्ईंहरु आउनुपर्छ भन्ने । नयाँ शक्ति, आर्थिक समृद्धिको लागि तपार्ईंहरु आउनुहोस् भनेर कसैलाई आग्रह गर्दा उहाँहरुले बाबुरामजी लगायत हामीले जनयुद्ध गलत थियो भनेर भन्दिएहुन्थ्यो भन्ने आशय व्यक्त गर्छन । एक थरी साथी छन्, जसले सहीद परिवार, घाइते, वेपत्तायोद्धा र जनयुद्धको मुल्य–मान्यता छाडेर तपार्ईंहरु धेरै पर जानुभयो भन्नुहुन्छ ।

यो भनेको नेपाली चरित्रको समाजवादको कुरा हो । कम्युनिष्ट मोडेलको पनि होइन, विपिले ब्याख्या गरेको जस्तो पनि होइन, महात्म गान्धी वा माओले परिकल्पना गरेजस्तो होइन, नेपालको हाम्रो मोडेलको समाजवादमा पुग्ने लक्ष्य बनाएका छौँ ।

जनयुद्ध इतिहासको विशिष्ठ कालमा अपनाइएको महत्वपूर्ण आन्दोलन हो । त्यसमा सहभागी नभएकाले त्यसप्रति नकरात्मक कुरा राख्न मन लाग्ला । हामीले लोकतान्त्रिक विधि अपनाएपछि आलोचना सुन्न तयार हुनुपर्छ । तर, मलाई सोध्नुहुन्छ र त्यो पृष्ठभूमिबाट आएकाहरुलाई सोध्नुहुन्छ भने त्यो आन्दोलनले इतिहासमा दुई वटा महत्वपूर्ण काम गरेको छ । एउटा–नेपालमा राजतन्त्रको अन्त्य गर्यो र गणतन्त्र ल्यायो । यो जनयुद्धकै कारणले हो । कसैले होइन भन्छ भने हामी मान्दैनौ । दोस्रो–राजतन्त्रको एकात्मक शासन प्रणाली अन्त्य गरेपछि समावेशी र समानुपातिकताको पहुँच र प्रतिनीधित्वको पुरै सुनिश्चता नभएपनि त्यो संघीय मोडेलको लोकतन्त्रको परिकल्पना गर्यो । परिपक्कतापूवर्क जरा गाडेर राज्य प्रणालीमा परिवर्तन त ल्याउन सकेन । आन्दोलन इतिहासको आबश्यकतामा गरिएको कदम हो । त्यो सही नै छ । व्यक्तिगत रुपमा म प्रतिबद्ध छु ।
हामीले केही छाडेको पनि होइन । हामीले खासगरी सहीद, परिवार, घाइते, वेपत्ता सवैप्रति सम्मान छ । जनमुक्ति सेनाका साथीहरुसँग भेटघाटमै छौँ । सवैको स्वामित्व र अपनत्व लिएर अगाडि बढ्न चाहन्छौँ ,हामीले उहाँहरुलाई अपिल पनि गरेका छौँ । हामीले कुनै विश्वविद्यालयमा विए पास गर्यौँ । त्यहाँ एमए छैन । एम पढ्नका लागि हामी अर्को विश्वविद्यालयमा भर्ना भएको हो । यसको अर्थ विएसम्म पढेको विश्वविद्यालय गलत थियो भन्ने होइन । त्यहाँ भएको कोर्स पुरा गरेपछि विकल्प खोजेको हो । नेपालमा गणतन्त्र ल्याउन र संघीय मोडेलको राज्य प्रणाली ल्याउनका लागि शसस्त्र संघर्ष आबश्यक थियो । त्यसमा सहभागी भयौँ । त्यो कोर्स सकियो । हामी अर्को अध्धायमा प्रवेश गर्यौँ । अवको बाटो भनेको समृद्धि र शुसासनमा आमुल परिवर्तन ल्याउने हो । यो बाटोमा अगाडि बढ्न हिजोको भाषा, शैली र तरिकाले प्राप्त गर्न सकिँदैन । जे कुरा प्राप्त गर्न छ, त्यसका लागि नयाँ बाटो चाहियो भनेर हामीले यो कोर्स अगाडि बढाएका हौँ ।
devendra poudel inerview (4)तपार्ईं नयाँ शक्तिको संगठन विभागको जिम्मेवारी लिनुभएको छ । देशभर दौडिनुभयो । केन्द्र र जिल्लामा बुझाई कस्तो पाउनुभयो ?
– नेपाली समाजको आकंक्षा र चाहना तीव्र गतिमा देशमा परिर्वतन आईदिए हुनथ्यो भन्ने देखिन्छ । यही अनुसार राणाशासन अन्त्यका लागि जनताले साथ दिए । पंचायतको विकल्पमा जनता अगाडि आए । राजतन्त्रका अनत्यका लागि खुलेरै लागे । यसका कारण नेपाली जनताको चरित्र तीव्र गतिमा केही न केही होस भन्ने छ । हामी तल पनि यो पाउँछौँ । यसका साथसाथै तलपनि अर्को चरित्र के छ भने धेरैजसो केही न केही रुपमा संगठित रुपमा बाँधिएर रहेको छ । स्वतन्त्र रुपमा रहेको कम पाइन्छ । जे सुकै सामाजिक संघ–संगठनमा रहेका व्यक्तिले आफ्नो पेशागत कामको साथसाथै पार्टीहरुबाट व्यक्तिगत रुपमा लाभहानी खोजेको हुन्छ ।

आउनुहोस् भनेर कसैलाई आग्रह गर्दा उहाँहरुले बाबुरामजी लगायत हामीले जनयुद्ध गलत थियो भनेर भन्दिएहुन्थ्यो भन्ने आशय व्यक्त गर्छन । एक थरी साथी छन्, जसले सहीद परिवार, घाइते, वेपत्तायोद्धा र जनयुद्धको मुल्य–मान्यता छाडेर तपार्ईंहरु धेरै पर जानुभयो भन्नुहुन्छ ।

समाजको चरित्र त्यस्तो भएकाले सम्बन्धित व्यक्तिले यो सोच्यो भन्ने गलत छैन । हामी नयाँ खालको स्कूलिङ गर्नेपक्षमा छौँ । राजनीति र सरकार संचालनमा जोडिने कुरा पैसा कमाउन, आय–आर्जन गर्न र शक्तिमा भएका बेला आफ्ना मानिसहरुको सेटलमेन्ट गर्नका लागि हो भन्ने जुन सन्देश गएको छ । यो सन्देशलाई परिवर्तन गर्नुपर्छ भन्ने हाम्रो सोच हो । राजनीति र सरकार संचालनमा जोडिने कुरा पैसा कमाउन, आय–आर्जन गर्न होइन, स्यमसेवी काम हो भन्ने स्कूलिङको विकास गर्दैछौँ । जुन अवधीमा हामीले जिम्मेवारी लिन्छौ, त्यसबेला मानसिकता नै स्यमसेवी हुनुपर्छ । पदको दुरुपयोग, अपचलन गर्नुहुँदैन । यो संस्कार र संस्कृतिको विकास गर्न सके राजनीतिलाई सम्मानित बनाउन सकिन्छ । भनेर मात्र होइन गरेर देखाउनुपर्ने बेला आएको छ ।
अन्तरिम परिषद् बनाउन केन्द्रमा केही नयाँ अनुहार आए, जिल्लामा यसको असर देखा पर्यो कि परेन ?
–तीन प्रकृतिका जनसमुदाय र व्यक्तिवहरु हामीसँग सम्पर्कमा हुनुहुन्छ । पहिलो–नयाँ शक्ति बन्दै बन्दैन, यो त कतैबाट शक्तिकेन्द्रहरुले अस्वभाविक बस्तु दिएर शुरुवात गरेको भनेर असाध्यै नकरात्मक कुरा गर्नेछन् । हिजोका हाम्रा सहपाठीहरु यसमा छन् बढी मात्रामा । उहाँहरुसँग पनि भेटघाट हुन्छ । दोस्रो पंक्ति छ–नयाँ शक्तिको आबश्यकता त हो, देशमा वैकल्पिक धारको जरुरी छ । तर, कार्यक्रम, लक्ष्य, उदेश्यको सक्रियाता हेर्छौँ, राम्रो गर्नुभयो भने हामी सहयोग गर्छौँ भन्ने छ । तेस्रो–ठीक छै । प्रतिकुलतामा साथ दिने हो भन्ने छ । रेल स्टार्ट भएर जव चल्छ, यात्रु चढ्यो भने गन्तव्यमा पुग्छ । छुट्यो भने कित अर्को कुर्नुपर्छ कि त अनिश्चतामा फसिन्छ । रेल स्टार्ट भएकै बेला सहभागी हुन्छौँ भन्ने ठूलो पंक्ति सम्पर्कमा छ । संगठनात्मक संचरना तयार नभएकाले उहाँहरु सवैलाई जोडन पाएका छैनौँ । अन्तरिम संचरना बनाउँदै तल–तल गएपछि ति प्रकृतिका मानिसलाई संगठनमा जोडछौँ ।
विभिन्न पार्टीमा रहेका असाध्यै नकरात्मक कुरा गर्ने साथीहरु हामीसँग आउनहुन्न । आलोचना गरेर, विरोध गरेर प्रचारमा सहयोग गर्नुहुन्छ । राम्रो गरेर आउछौँ भन्नेहरुकोवीचमा अन्तक्रिया गर्छौँ । तेस्रोलाई जोड्दै जान्छौँ ।
devendra poudelमानिसहरुले नयाँ शक्तिले कहिले पार्टीको रुप लिन्छ भनेर मिति जान्न चाहेका छन् ? उनीहरुलाई के भन्नुहुन्छ ?
–हाम्रो लक्ष्य बैशाखको १ हो, अर्थात नयाँ बर्षमा । तर, न्यूनतम ७५ वटै जिल्लामा जिल्ला संचरना, ७ प्रदेशमा प्रदेश संरचना, विभागमा विभागीय संचरना र कम्तीमा १ लाख संस्थापक सदस्य बनाएपछि मात्र पार्टी घोषणा गर्न खोजेका छौँ । पार्टी घोषणा गरौँ भने त अहिले पनि तयारी छ । मनाङमा सम्पर्क मात्र छ । ७४ जिल्लामा आजको भोलि संचरना बनाउन सकिन्छ । अन्तराष्ट्रिय रुपमा पनि २० जिल्लामा संगठन छ । कुटनीति मान्यता पनि पाएका छैनौँ । धेरै पार्टीहरुका भन्दा हाम्रो संचरना तयार भैसकेको छ । तर, हामी देशको पहिलो पार्टी बनाउने लक्ष्य रहेकाले त्यसको तयारी सकेर पार्र्टी घोषणा गर्न खोजेका छौँ । तर, धेरै लामो जादैन ।

नयाँ पार्टीको नाम के बनाउने भन्नेमा छलफल भएकै होला । कस्ता नाम प्रस्तावमा आएका छन् ?
–नामहरु प्रवेश नगरौँ । कसैले समाजवादी भनेका छन् । कसैले आर्थिक समृद्धि नेपाल पार्टी राखौँ भनेका छन् । तर, जे स्थापित भयो त्यहीँ नै मानिन्छ । उदारणका लागि सोभियत रुसमा बहुमत र अल्पमत भन्ने बहस भयो । रसियन जनवादी मजदुर पार्टी थियो । त्यो पार्टीको नाम पछि बोल्शेभिक रह्यो । बोल्शेभिक भनेको बहुमत हो । त्यस्तै नेपालमा कंग्रेस भनेको महाधिवेशन हो । राष्ट्रिय सम्मेलनका रुपमा कंग्रेस आयो । पछि पार्टीकै नाम कांग्रेस भयो । आम आदमी पार्टी पनि यसरी नै आयो । अन्तिम टुंगो हामीले गरेका छैनौँ । तत्कालका लागि नयाँ शक्ति नेपाल नै भनेर जाने कुरा गरेका छौँ । यो भन्दा राम्रो नाम आयो भने पुनर्विचार गरेर जान त सकिन्छ । तर, नामको हिसावले यहि नाम राम्रो हुन्छ भनेका छन् । तर, विधि विधान तयार नभएकाले अन्तिम भयो भन्ने होइन । जे ब्रान्डिङ छ, त्यसैलाई ग्रहण गर्ने प्रचलन छ । नयाँ शक्तिलाई विरोधीले हमला गरेर स्थापित गरे । समर्थकले पनि अपनत्वका रुपमा ग्रहण गरे । यो स्थापित त भयो नै । यो भन्दा राम्रो भए त त्यसलाई लिन्छौँ ।

एमाओवादीमा रहँु वा नरहुँ म प्रचण्डलाई व्यक्तिगत रुपमा सम्मान गर्छु । व्यक्तिगत रुपमा उहाँप्रति मेरो ठूलो सम्मान छ । उहाँको अनुहार सम्झेर मर्न पाए हुनथ्यो भनेर आन्दोलनमा होमिएका हौँ । उहाँ जत्तिको व्यक्तिले आवेगमा आएर पुष्टी नभएका कुरा, पुष्टी हुन नसक्ने कुरा किन बोल्नुहुन्छ, यो उहाँको राजनीतिमा गंभीर नकरात्मक पाटो हो ।

प्रचण्डले बाबुराम डिजाइनमा हुनुहुन्छ भन्दै आउनुभएको थियो । १० गते प्रज्ञा भवनमा भएको कार्यक्रममा देशदोह्रीसम्म भन्न भ्याउनभयो । यसमा तपार्ईंको प्रतिक्रिया के हो ?
–मलाई व्यक्तिगत रुपमा धेरै दु:ख र खेदको महसुस भएको छ । एमाओवादीमा रहँु वा नरहुँ म प्रचण्डलाई व्यक्तिगत रुपमा सम्मान गर्छु । किनभने एउटा किसान परिवारबाट आएर राजतन्त्रको अन्त गरेर प्रधानमन्त्री भैसकेका, अहिले पनि उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक रहेको हैसियत प्राप्त व्यक्तित्व हुनुहुन्छ । उहाँलाई नेपाली जनताले गिरिजाप्रसाद कोइरालापछिको राजनेताको व्यत्तित्वको रुपमा मानेका थिए । व्यक्तिगत रुपमा उहाँप्रति मेरो ठूलो सम्मान छ । उहाँको अनुहार सम्झेर मर्न पाए हुनथ्यो भनेर आन्दोलनमा होमिएका हौँ । उहाँ जत्तिको व्यक्तिले आवेगमा आएर पुष्टी नभएका कुरा, पुष्टी हुन नसक्ने कुरा किन बोल्नुहुन्छ, यो उहाँको राजनीतिमा गंभीर नकरात्मक पाटो हो । सायद त्यहि कारणले राजनेताको अपेक्षा गरेका जनता निराश भए । एउटा अशोभनिय आरोप बाबुराममाथि लगाउनुभयो, मलाई व्यक्तिगत रुपमा छोयो । यस्तो आरोेपले बाबुरामजीको उचाई घट्दैन । उहाँको उचाई गिराएको छ । आफ्नै व्यक्तित्वलाई खसालेको छ ।
devendra poudel inerview (3)तपार्ईंहरु निस्कनुभयो । प्रचण्डले एकताको प्रक्रिया अगाडि बढाउनुभएको छ । क्षतिपूर्ति उताबाट गर्न खोजेजस्ता देखिन्छ कि के हो ?
–त्यो बाटो र बिकल्प हो । अग्रिम शुभकामना छ । छरिएर एउटै प्रकृतिको खेति धेरै ठाँउ गर्नुभन्दा एकै ठाँउ गर्दा राम्रो हुन्छ । उत्पादन पनि बढ्छ । यसलाई मैले सकरात्मक रुपमा लिएको छ । एकै ठाँउमा भएर अहिलेको देशको आबश्यकतालाई सम्बोधन गर्ने गरी हिड्नुभयो र त्यो बाटोबाट आउनुभयो भने तथा हामीले अवको देशको समस्या सम्बोधन गर्ने तरिकाले हिड्याँै भने हाम्रो मिलन हुन पनि सक्छ । प्रचण्डजीहरुसँग एकता पनि हुन सक्छ । एकताको प्रक्रिया उहाँहरुले जसरी शुरु गर्नुभएको छ, यो सकरात्मक छ । तर, कसैको रिसले वा कसैलाई देखाइदिनका लागि गरिएको हो भने त्यसले केही गर्दैन । कार्यक्रमसहित गर्नुभयो त्यो सकरात्मक हुनेछ । म व्यक्तिगत रुपमा एकतालाई शुभकामना दिन्छु ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा तपार्ईं राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो । प्रधानमन्त्रीको काम नजिकबाट हेर्नुभयो । अहिले प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा हुनुहुन्छ । भ्रमणको समीक्षा कसरी गर्नुहुन्छ ?
–सम्बन्ध सुधार गर्न जानुभएकोमा हामीले नकरात्मक प्रतिक्रिया दिएका छैनौँ । प्रचण्ड र केपीले केही महिना पहिला खुलामंचमा जे जसरी अभिव्यक्ति दिनुभएको थियो, आम नेपाली जनताले राम्रोसँग सुनेका थिए, देखेका थिए । यसको समीक्षा गर्नुपर्छ । उहाँहरुको कारणले जसरी नेपाली जनतालाई चिक्त नबुझने गरी नेपालको कुटनीतिक सम्बन्ध विग्रने ठाँउमा पुग्यो, जिम्मा लिनुपर्छ । त्यहीँ कारणले एउटा अध्ययन अनुसार १३ खर्वको घाटाको अबस्था आयो । त्यो उत्तेजित भाषणले धेरै विगार्यो । सम्बन्ध सुधारका लागि जानु राम्रो हो । तर, दलाली गरेर होइन । सार्वभौम सत्ताका लागि उभिएर जाने हो । हिजो गल्ती भयो अव सम्बन्ध सुधारौँ भनेर जानुभयो भने त्यो दलाली हुन्छ । दुइ देशवीच आगामी दिनमा सहकार्य गरौँ, पंचशीलका आधारमा अगाडि बढौँ भन्नुभयो भने राम्रो हुन्छ । व्यक्तिगत रुपमा मलाई शंका छ उहाँले यसो गर्नुहुन्छ भनेर । एक थरि मानिस जे हो त्यही भन्छन् । भारत–चीन छिमेकी राष्ट्र हुन्, छिमेकी फेर्न सकिदैन भन्छन् । हामीले चीन र भारतजस्ता छिमेकी फेर्न सक्दैनौँ पनि । असन्तुष्टि आफ्नो स्वार्थ नमिल्दा पोख्ने, चासो नमिल्दा असन्तुलित अभिव्यक्ति दिने र भड्काउ भाषा प्रयोग गर्ने तथा आफ्नो अनुकुल भए निहुँरिएर दलाली गर्ने जुन संस्कृति छ, त्यो देशभक्ति सच्चा भावना होइन । म जे हो त्यही भन्ने पक्षमा छु । आजका दिनमा बाबुरामले जे हो त्यहीँ भनेका छन् । अरु केही नेता पनि यो लाइनमा छन् । एक पटक प्रचण्ड र ओलीले खुलामंचमा बोलेको कुरा आफै समीक्षा गर्नुपर्छ ।
बाबुरामले असोज ९ गते एमाओवादी त्यागको घोषणा गर्नुभएको थियो । असोज ९ अगाडि र त्यसपछिका बाबुरामबीच फरक के पाउनुभयोे ?
–विद्रोही हुँदा, आलोचक हुँदा र मुख्य जिम्मेवारी नलिदाको बाबुरामसँग यो काम भएन, त्यो काम भएन भनेर हिड्ने सुविधा हुन्थ्यो । आजको बाबुराम सानो ठूलो जत्रो शक्ति भएपनि पन्छिन नमिल्ने अबस्थामा हुनुहुन्छ । यही परस्पर विरोधी मैले देखेको छु । आलोचना, विरोध हुन्छ अव आफुले ग्रहण गर्नुपर्यो । हिजो यो कारणले भएन भन्ने ठाँउमा अव उहाँ हुनुहुन्न । आफै समस्या हल गर्नुपर्ने ठाँउमा हुनुहुन्छ । इतिहासमा पहिलो पटक उहाँ यो भूमिकामा हुनुहुन्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल