शासक नाजी र आन्दोलनकारी गान्धीवादीजस्तो : अनिल झा (अन्तर्वार्ता)

शासक नाजी र आन्दोलनकारी गान्धीवादीजस्तो : अनिल झा (अन्तर्वार्ता)

मधेस आन्दोलन विश्रामपछि तपार्इंहरूले राष्ट्रिय आन्दोलन पुनः घोषणा गर्नुभयो, आन्दोलन गर्ने तागत तपार्इंहरूमा कहाँबाट आयो ?
–पछिल्लो समयमा मधेस राजनीतिले संस्थागत रूप लिएको छ । म २०४६–४७ सालतिर फर्कन चाहन्छु । मैले आफ्नो पार्टीको छैटौं महाधिवेशनका लागि डकुमेन्ट्स खोज्दै थिएँ । ०४७ सालमा भएको नेपाल सद्भावना पार्टीको पहिलो महाधिवेशनको मञ्चमा पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्रनारायण सिंह र बाबा रामजनम तिवारीबीचमा गोरेबहादुर खपाङ्गीको फोटो (फोटो देखाउँदै) पाएँ । त्यो एउटा संयोग हो कि प्रायोजन हो, मलाई थाहा छैन । तर, त्यो सत्य हो । त्यसबेला नेपाल सद्भावना पार्टीको डकुमेन्ट्समा जहाँ–जहाँ मधेसी शब्द छन्, त्यहाँ पहाडी जनजाति शब्द पनि राखिएका छन् । जबदेखि मधेसमा संगठित तथा संस्थागत राजनीति सुरुवात भयो त्यो बेलादेखि नै आदिवासी जनजातिलाई साथमा लिएर अगाडि बढेको देखिन्छ ।
मधेसीले आदिवासी जनजातिसँग मिलेर शासन गर्न सक्छन् भन्ने त्यो फर्मुलाका रूपमा थियो । त्यो फर्मुलामा ठूला भनिएका बाहुन, क्षेत्रीको नेतृत्वमा रहेका पार्टीले आदिवासी जनजाति र मधेसीलाई अलग–अलग राख्ने काम गर्यो । अतः मधेसमा यत्रो आन्दोलन हुँदा पनि काठमाडांैलाई असर परेन । त्यसैले ०४६ सालमा गजेन्द्रनारायण सिह, बाबा रामजनम तिवारीहरूले जुन फर्मुला प्रयोग गर्नुभएको थियो, त्यही फर्मुला हाम्रो पुस्ताले प्रयोग गर्नुपर्छ । त्यो नै हाम्रो तागत हो । अर्को कुरा पहाडका आदिवासी जनजातिले पनि यो कुराको रियालाइज गरेको छ । विगतमा पद्मरत्न तुलाधर, अशोक राई, ओम गुरुङहरू यसप्रकारको गतिविधिमा नलागेको होइन, अहिले आएर झन् कोर्डिनेसनका लागि लागिरहनुभएको छ । लिम्बु, तामाङ, मगरलगायतका साथीहरू एकसाथ हुने अभियान हामीले थालेका छौं । अभियान सकारात्मक रूपमा अगाडि बढ्दै छ, यही नै हाम्रो तागत हो ।
आदिवासी जनजातिले तपार्इंहरूलाई साथ दिन्छन् भन्ने ग्यारेन्टी के छ ?
–यो देशमा सोसाइटीका तीन ब्लक छन् । एउटा खस आर्य, अर्को मधेसी र तेस्रो आदिवासी जनजाति । यी तीन ब्लकमध्ये एउटै (खस आर्य) ब्लकले अढाई सय वर्षदेखि शासन गर्दै आएका छन् । अर्को ब्लकले पनि शासन गर्न पाउनुपर्छ भन्ने कुराको अनुभूति बिस्तारै मधेसी र जनजातिमा हुँदै गएको छ । मधेसी र जनजाति एक्लाएक्लैले खस, आर्यसँग लड्न सक्दैनन् । त्यस्तो स्थितिमा एकीकृत हुनु समयको माग हो ।
मधेसी मोर्चाले खासगरी सीमांकन, नागरिकता, समावेशी समानुपातिकजस्ता विषय विशेष रूपमा उठाउँदै आएका छन् । यी मागमध्ये समावेशी समानुपातिकबाहेक अरूसँग कुनै सरोकार नराख्ने आदिवासी जनजातिले तपार्इंहरूलाई Anil_kumar_jhaकसरी साथ दिन्छन् ?
–जब वीर हनुमान फिल्म चल्छ, सिनेमाघरमा रामका फोटा, रामका चरित्रबारे चर्चा कम हुन्छन् । यद्यपि, हनुमान रामकै दूत थिए, हनुमानको कुनै स्वतन्त्र अस्तित्व त थिएन । रामको दूतका रूपमा प्रकट एक बाँदर हो– हनुमान । तैपनि वीर हनुमान फिल्म बन्यो भने रामको भूमिका कम हुन्छ । जो हिरो हुन्छ, उसको चरित्र बढी हुन्छ ।

यो सबैको नेपाल हो । मधेसीको पनि हो, आदिवासी जनजाति र खर्स, आर्यको पनि हो भन्ने अनुभूति गराउनका लागि आन्दोलन हुन गइरहेको छ । विगतमा मधेसमा भएको आन्दोलनभन्दा कडा आन्दोलन वैशाख पहिलो सातादेखि हुँदै छ । त्यसको तयारी भइरहेको छ । थप संगठित गर्ने र आन्दोलनको स्वरूप तयार गर्ने काम भइरहेको छ । भौगोलिक रूपमा पृथ्वीनारायण शाहले एकीकरण गर्नुभयो तर भावनात्मक रूपमा गर्न सक्नुभएन । हामी त्यसको प्रयासमा छौं ।

अर्थात् गएको समयमा जुन आन्दोलन भयो, त्यो मधेसमै भयो भन्न मलाई अन्यथा लाग्दैन । चाहे त्यो कञ्चनपुरमा होस्, चाहे झापामा किन नहोस् । जसभित्र थारू, आदिवासी जनजाति, मुस्लिम, पिछडावर्गसहितका मधेसी अँटायो । पहाडमा छिटपुट रूपमा संगठनका नेताहरू लाज पचाउनका आन्दोलन गर्नुभयो । त्यसैले आन्दोलन मधेसमा भयो । मधेसी जनतालाई छाडेर त्यो आन्दोलन हुन सक्दैनथ्यो । मधेसी एजेन्डालाई बोकेर मधेस आन्दोलन भयो । त्यसले देशका अन्य उत्पीडितलाई फाइदा भयो । अर्को कुरा यहाँका खस, बाहुन क्षेत्रीलाई चुनौती दिने मधेसीहरू नै हुन् । संसद्मा पनि खस, बाहुन, क्षेत्रीको पार्टीपछि कुनै पार्टीलाई कसैले पत्याएको छ भने त्यो मधेसवादी दल नै हो, चाहे हामीलाई जति नै गाली गरियोस्, नालायक भनियोस् । त्यसैले मधेसी पार्टी होस् वा आदिवासी जनजातिको त्यसमा मिलेर अगाडि बढ्नुको विकल्प छैन ।
यो आन्दोलनमा आदिवासी जनजातिले तपार्इंहरूलाई सहयोग गरिरहनुभएको छ कि सँगै आन्दोलन गर्दै हुनुहुन्छ ?
–कसैले कसैलाई सहयोग गरेको छैन । सबैले सबैलाई सहयोग गरेको छ, त्यसरी बुझ्नुपर्छ । उहाँहरूले हामीलाई सहयोग गर्नुभएको होइन, न हामीले उहाँहरूलाई सहयोग गरेका हौं । यो सबैको नेपाल हो । मधेसीको पनि हो, आदिवासी जनजाति र खर्स, आर्यको पनि हो भन्ने अनुभूति गराउनका लागि आन्दोलन हुन गइरहेको छ । विगतमा मधेसमा भएको आन्दोलनभन्दा कडा आन्दोलन वैशाख पहिलो सातादेखि हुँदै छ । त्यसको तयारी भइरहेको छ । थप संगठित गर्ने र आन्दोलनको स्वरूप तयार गर्ने काम भइरहेको छ । भौगोलिक रूपमा पृथ्वीनारायण शाहले एकीकरण गर्नुभयो तर भावनात्मक रूपमा गर्न सक्नुभएन । हामी त्यसको प्रयासमा छौं ।

कडा संघर्ष गर्नेले नरम पनि हुन जान्नुपर्छ । यो सिसाको गिलास होइन कि टुक्रियो भने जोडिदैन । यो त राजनीति हो । केही तल–माथि भइरहन्छ । कुराकानी भइरहन्छन् ।

तपार्इंहरूको अहिलेको संघीय गठनबन्धनमा १५ दल छन्, त्यसमा मुस्किलले तीन/चारवटा जनजातिसम्बद्ध पार्टी छन् । अरू मधेसी, खस, बाहुन नेतृत्वका पार्टी पनि छन् । त्यसमा मुस्लिमको संगठन छैन, महिलाको उपस्थिति पर्याप्त छैन, दलितको पनि त्यस्तै छ, अनि आन्दोलनको तयारी हुँदै छ भन्नुहुन्छ । यसको स्रोत के हो ?
–मधेसीमूलका व्यक्ति देशका राष्ट्रपति भइरहेकै बेलामा त्यत्रो ठूलो मधेस आन्दोलन भयो । अहिलेकै कुरा गर्ने हो भने आदिवासी जनजाति समुदायका उपराष्ट्रपति र सभामुख हुनुहुन्छ । त्यसभन्दा पहिला लिम्बू सभामुख हुनुहुन्थ्यो । तर, लिम्बुवानमा आन्दोलन नभएको होइन । उपराष्ट्रपति र अहिलेका सभामुख मगर समुदायबाट हुनुहुन्छ तर मगरले आन्दोलन नगरेको होइन ।
व्यक्ति सभामुख हुँदैमा समुदाय सक्षम हुन्छ भने बंगलादेशमा धेरै वर्षदेखि पुरुष प्रधानमन्त्री भएका छैनन् । श्रीलंकामा एकताका आमाछोरी नै राष्ट्रपति र प्रधानमन्त्री थिए । भारतमा लामो समयसम्म इन्दिरा गान्धी प्रत्यक्ष प्रधानमन्त्री हुनुहुन्थ्यो भने त्यहाँका प्रदेशहरूमा आज पनि पाँच÷छजना मुख्यमन्त्री महिला नै छन् । सोनिया गान्धी प्रधानमन्त्री नभए पनि सुपर प्राइममिनिस्टर हुनुहुन्थ्यो । मलाई लाग्दैन– महिला प्रधानमन्त्री हुँदैमा महिलाको स्टाटस बढ्ने, मधेसी प्रधानमन्त्री हुँदैमा मधेसीको स्टाटस बढ्दैन । पकड कसको छ देशमा, त्यसको देश हुन्छ । त्यसैले यो देशमा, यो राज्य संयन्त्रमा, राज्य नियन्त्रित निकायमा यहाँका खस, बाहुन क्षेत्रीको पकड भएकाले त्यसलाई हेर्ने हो । कुन मान्छे कहाँ छ, को यहाँ छैन, त्यस आधारमा आन्दोलनको परिभाषा हुन सक्दैन ।
त्यस्तो हो भने क्षेत्री नै राजा भएको बेलामा प्रजातन्त्रका लागि आन्दोलन किन भयो त ? राणा शासनविरुद्धमा सुवर्णशमशेरले त्यत्रो पैसा खर्च गरेर आन्दोलन गर्नुभयो । बीपी कोइराला र मातृका कोइराला एउटै बाबुका छोरा हुन् । उहाँहरू एउटै पार्टीमा किन रहन सक्नुभएन ? काका आन्दोलन गरिरहेका छन्, भतिजो मन्त्री छन् । एक भाइ आन्दोलनमा छ भने अर्को भाइ प्रतिगामी कित्तामा उभिएका छन्, यस्ता उदाहरण प्रशस्त छन् । त्यसैले फलानो जातिका मान्छे फलानो ठाउँमा छ, फलानो व्यक्ति फलानो ठाउँमा छैन भन्ने कुराले आन्दोलनमा तात्विक असर पार्दैन । मतलब केले राख्छ भने त्यो ठाउँको जनताको एजेन्डा सम्बोधन भयो कि भएन त्यो हेर्नुपर्छ र त्यसले मात्र आन्दोलन हुन्छ । एजेन्डा बाँकी रह्यो भने आज कुनै न कुनै दिन आन्दोलन हुन्छ ।
तपार्इंहरूले पटक–पटक कडा आन्दोलन हुन्छ भन्दै आउनुभएको छ, मधेसमा जुन प्रकारको आन्दोलन भयो, त्योभन्दा कस्तो कडा आन्दोलन हुन्छ ?
–मलाई लागिरहेको थियो कि मधेसमा आन्दोलन हुँदैन । ०४६ सालमा पक्राउ पर्दा मलाई लाग्दैनथ्यो कि आन्दोलन हुन्छ । ०६२/६३ को जनआन्दोलन पनि हुन्छ कि हुँदैनजस्तो लागिरहेको थियो । मधेस आन्दोलन पनि हुन्छ र यो देशमा भनिन्थ्यो । एकपटक होइन, तीनपटक भयो, त्यो पनि जबर्जस्त । यद्यपि, आन्दोलन भए । सफल पनि भए । गजेन्द्रबाबु भन्नुहुन्थ्यो, ‘जबतक शोषित इन्सान रहेगा, धर्ती पर तुफान रहेगा ।’ जबसम्म दमन, शोषण र अत्याचार रहन्छ, तबसम्म आन्दोलन भइरहन्छ । यत्रो आन्दोलन भए पनि काठमाडौंले टेरेन । अब त योभन्दा पनि कडा आन्दोलन गरेमात्र काठमाडौंले पत्याउला भनेर आन्दोलन तयारी गरिरहेका छौं । तर, कस्तोखालको कडा आन्दोलन, त्यसबारे अहिले नै नभनौं । त्यसको तयारीपछि पत्रकार सम्मेलन गरेर नै जानकारी गराउँछांै । जनताले कहिले पनि हामीलाई निराश नबनाएका कारण विश्वास छ, कडा आन्दोलन हुन्छ, पक्का हुन्छ विश्वास गर्नुस् ।
आन्दोलनको घोषणा गर्नुभएको छ, यदि योबीचमा वार्ताका लागि सरकारले बोलायो भने जानुहुन्छ कि जानुहुन्न ?
–वार्ता गरेर वा नगरी जनताको माग पूरा हुन्छ भने आन्दोलन गर्ने कसैको रहर होइन । मेरो कामना र आकांक्षा पूरा भयो भने अर्को छठमा म एक घार केरा चढाउँछु । आन्दोलन भाकल गरेजस्तो हुँदैन । आन्दोलन त बाध्यात्मक रूपमा गर्ने कुरा हो ।
त्यसो भए वार्ताको प्रतीक्षामा हुनुहुन्छ ?
–प्रतीक्षा कसैले कसैलाई गरेको छैन । गर्नु जरुरी पनि छैन । मैले वार्ताको कुरै गरेका छैन । जनताको माग पूरा हुन्छ भने आन्दोलन गर्ने कसैको रहर होइन भन्न खोजेको हुँ । बाँकी कुरा तपार्इं आफैं बुझ्नुस् ।
भन्नाले वार्ता भयो भने तपार्इंहरू वार्तामा बस्नुहुन्छ ?
–शान्तिपूर्ण आन्दोलन गर्नेले वार्ता गर्दैन, संवाद गर्दैन, छलफल गर्दैन भने झ्यालढोका बन्द गरेर, पानी नपिई, जुलुस निकालेर माग पूरा हुँदैन । त्यसैले आन्दोलन गर्नेले वार्ता पनि गर्न जान्नुपर्छ । कडा संघर्ष गर्नेले नरम पनि हुन जान्नुपर्छ । यो सिसाको गिलास होइन कि टुक्रियो भने जोडिदैन । यो त राजनीति हो । केही तल–माथि भइरहन्छ । कुराकानी भइरहन्छन् ।
घोडा कमजोर छ, घोडामा सवार बलियो छ भने गन्तव्यसम्म पुग्न सक्दैन ।

जस्तै मधेसी मोर्चामा सात दल छन्, सातै दलको आ–आफ्नै एजेन्डा र उद्देश्य छन् । सबैको सबैसँग कुरा मिलिरहेको छैन, सातैजना साततिरै फर्केका छन् भने तपार्इंहरूले भन्ने राष्ट्रिय आन्दोलन कसरी सम्भव हुन्छ ?
–सात दलका सात नेता साततिर फर्कनु पक्कै पनि केही न केही कारण होलान् । कसैलाई कसैको खुसी मन नपरेको होला । कसैको कसैलाई खुसी मन नपरेको होला । कसैको बोलीले खुसी नहुन सक्छ । एजेन्डामा खुसी नहुन सक्छ । आपसमा स्वार्थ नमिलेको हुन सक्छ । कसैको विगतको तुसले यस्तो हुन सक्छ । अर्थात् विभिन्न कारण हुन सक्छन् साततिर फर्किनु । यस्तै–यस्तै कुरा नमिलेका कारणले त अलग–अलग दल बनाएका छौं । अलग–अलग विचार र एजेन्डा आउनुलाई अन्यथा लिनुहुँदैन । त्यसले गर्दा हामीले मोर्चा बनाएका छौं । त्यसमा हामीले भनेका छौ, ‘सकेसम्म एउटै आवाज निकाल्ने, नसके उस्तैप्रकारको आवाज निकाल्ने, त्यसमा पनि नसके न्यूनतम सहमतिका आवाज निकाल्ने । यही कुरा त मोर्चागत राजनीतिक हो नि । तर, ग्राउन्ड र एजेन्डा एउटै भएकाले एकसाथ आन्दोलन गर्नु हाम्रो बाध्यता छ ।
मधेसी मोर्चाको आन्तरिक द्वन्द्वका कारण मधेस आन्दोलन कमजोर भएको कुरा तपार्इं स्वयम् बेला–बेला भन्नुहुन्थ्यो । द्वन्द्व कायमै छ । अब पनि आन्दोलन सफल होला भनी कल्पना गर्नुहुन्छ ?
–हो मैले बोलेकै हुँ । तर, यसको अर्को पाटो हेर्दा बोलचाल गरेर वा आन्तरिक द्वन्द्वले गर्दा मात्र यो अवस्थामा पुगेको होइन । लगातार ६ महिनासम्म आन्दोलन भयो । जनता र नेताले गर्न सक्नेजति गरे । संसारमा कुनै पनि देशका जनताले, कुनै पनि देशको नेताले योभन्दा ठूलो आन्दोलन र संघर्ष गर्न सक्दैनन् । गरेको इतिहास पनि छैन । तर पनि काम भएन । किन भएन भने राज्यले आफ्नो जनताका आन्दोलनलाई सम्बोधन गरेनन् । आन्दोलनमा जहिले पनि तीन तत्व हुन्छन् । एउटा माग्ने, अर्को आन्दोलनकारी र तेस्रो संस्थापन ।
यहाँका संस्थापनले आन्दोलनकारीलाई मानेनन् । आन्दोलनमा कुनै कमी थिएन । शान्तिपूर्ण आन्दोलनलाई सम्मान गर्न जानेनन् । जहाँ ब्रिटिस ‘सिभिलाइजेसन’ थिए, त्यहाँ गान्धीवादीजस्तो आन्दोलन सफल भयो । हाम्रो स्थिति कस्तो भयो भने यहाँका शासक नाजीजस्तो भए, हामी आन्दोलनकारी गान्धीजस्तो भयौं । हामी गान्धीजस्तो छौं भने यहाँका शासक ब्रिटिस शासकजस्तो भइदिनुपथ्र्यो । या त उनीहरू नाजीजस्ता छन् भने हामी हिटलरजस्तो हुनुपथ्र्यो । हामी पर्यौ गान्धीवादी, उनीहरू परे– नाजीवादी । त्यसबीचमा समन्वय नभएको हो । त्यसले मधेस आन्दोलनलाई सम्बोधन गर्न सकेन । त्यसैले म भन्छु– यसमा मधेसवादी दलको गल्ती छैन । कहीं कतै त्रुटि भएको होला, त्यो बेग्लै कुरा हो तर यसमा सबै दोष राज्यलाई नै जान्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल