स्वतन्त्र जनमत भए राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा बहुमत आउँछ

-  |   सगुन सुन्दर लावती, प्रवक्ता, राप्रपा नेपाल समानान्तर

स्वतन्त्र जनमत भए राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा बहुमत आउँछ

राप्रपा नेपालसँग छुट्टिएपछि त तपाईहरु यत्ता न उताको हुनुभयो नि ?

त्यस्तो होइन, हामी हाम्रो कर्तव्यपथ र लक्ष्यमा अडिग छौं, निरन्तर अघि बढिरहेकै छौं । हिजो पनि थियौं, आज पनि छौं । बाटो बिराउनेसँग पो बेमेल भएको हो, अरु त सब यथावत नै छ नि, निष्ठा, सिद्धान्त, विचार ।

sagun

त्यसो भए समानान्तर पार्टी के गर्दैछ अहिले ?
नेपालको राजनीतिक परिदृश्य सन्तुलित छैन । वामपन्थी दलहरु यसरी स्थापित भएको देश विश्व मानचित्रमा शायद नेपाल मात्र होला । यसबाट नेपाली राजनीतिले सही दिशा लिन सकेको छैन भन्ने बुझ्न सकिन्छ । विभिन्न विचारको प्रतिष्पर्धा, संयोजन र सहकार्य वास्तवमा प्रजातन्त्रको सौन्दर्य हो । त्यसबाट नै प्रत्यक्ष, अप्रत्यक्ष एक प्रकारले राजनीतिक नियन्त्रण र सन्तुलन व्यवहारमा पर्दापण हुने हो । यद्यपि नेपाली राजनीतिक क्षितिजमा त्यो अवस्था देखिन्न । यसकारण पनि नेपाली राजनीति सन्तुलित रुपमा अघि बढ्न सकेको छैन । यो हामी बीचको कमजोरी नै हो, अभाव नै हो ।

विगतका गल्ती सच्याउनेतर्फ समयक्रम विकसित भएको संकेतहरु देखा पर्न थालेका छन् । नेपाली कांग्रेसको महाधिवेशनमा सशांक कोइराला र खुमबहादुर खड्काहरुको सफलतालाई यसै उदाहरणको रुपमा ग्रहण गर्न सकिन्छ । तर राष्ट्रिय राजनीति र समाजको विकासक्रमलाई सही मार्गमा फर्काउन यति मात्र पर्याप्त हुँदैन ।

एक समय थियो, परिवर्तनको नाममा हामी र हाम्रा विचारलाई संचार जगतले पनि निषेध गर्ने गर्दथ्यो । समाजका अन्य क्षेत्रमा समेत त्यस्तै धारणा विद्यमान थियो । यी सब असन्तुलित राजनीतिक परिदृश्यको उपज हो । त्यति मात्र होइन, परिवर्तनका आवरणमा राष्ट्रिय धरोहरहरु, सामाजिक, राजनीतिक आधारहरु भत्काउने काम बेस्सरी भयो । हिंसा र हतियारबन्द राजनीतिलाई एकोहोरो रुपमा वैद्य साबित गर्ने गलत प्रयासहरु भयो, जबकी हिंसाको मूल्य नेपाली समाजले धेरै समयसम्म चुकाइरहनु पर्नेछ ।

अहिले भने पूर्नविचारका केही संकेतहरु देखा पर्न थालेका छन् । विगतका गल्ती सच्याउनेतर्फ समयक्रम विकसित भएको संकेतहरु देखा पर्न थालेका छन् । नेपाली कांग्रेसको महाधिवेशनमा सशांक कोइराला र खुमबहादुर खड्काहरुको सफलतालाई यसै उदाहरणको रुपमा ग्रहण गर्न सकिन्छ । तर राष्ट्रिय राजनीति र समाजको विकासक्रमलाई सही मार्गमा फर्काउन यति मात्र पर्याप्त हुँदैन । नेपाली राजनीति ‘लेफ्ट’ तिर बढी ढल्केको अवस्थामा ‘सेन्टर’ र ‘राइट’ तर्फका शक्तिहरु सशक्त हुन जरुरी भएको छ । विचार र दर्शनको नियन्त्रण, सन्तुलन अपरिहार्य भएको छ । यो समय र जनताको माग पनि हो । यसै ध्रुव सत्यलाई आत्मसात गदै ‘सेन्टर’ देखि ‘राइट’ बसेका राष्ट्रवादी, सम्वद्र्धनवादी शक्तिहरुको एकता टड्कारो बनेको छ । यसै राष्ट्रिय आवश्यकता परिपूर्ति गर्ने दिशातिर राप्रपा नेपाल समानान्तर अघि बढीरहेको छ ।

तपाईँहरु त कमल थापासँग सिद्वान्त भन्दा पनि व्यक्तिगत टकरावका कारण छुट्टिनु भयो भन्ने आरोप छ नि ?
हामी पार्टीको विचार, सिद्धान्त र प्रजातान्त्रिक मूल्य मान्यताबाट कहिले पनि विमुख भएनौं, अहिले पनि भएका छैनौं । अब तपाईँ आफैं भन्नुहोस् बाटो कसरी र के कारण छुट्टिन पुग्यो ।

राप्रपा र राप्रपा नेपाल समेत मिलेर जाने कुरा उठीरहेको बेला समानान्तर पार्टी चाहिँ के सोचिरहेको छ  ?sagun4
मैले अघि पनि इंगित गरीसके, राप्रपा नेपाल समानान्तर समान विचारधारा भएका दल, समूह र व्यक्तिहरु बीच बृहत एकता गर्ने प्रयासमा अघि बढीरहेको छ । यो हाम्रो मात्र सचेत प्रयास नभएर आम जनता र समयको माग पनि हो । यसै क्रममा राप्रपासँग विगत केही समय यता हामी एकता वार्ता र एकता प्रयासको चरणमा छौं । समान विचारधारा भएका दल, समूहसँग हातेमालो गर्दै राप्रपा नेपाल समानान्तरकै आह्वान र अगुवाईमा राष्ट्रिय जनसंघर्ष मोर्चाको अभियानलाई संचालन गरीराखेका छौं । संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र एवं अखण्ड नेपालको मान्यतामा हामी केन्द्रीत छौं । मूलतः समय र जनताको मागलाई सम्मान गर्दै राष्ट्रवादी, सम्वद्र्धनवादी शक्तिहरुको बृहत एकता साकार तुल्याउने अभियानमा सरीक भएका छौं ।

महिला, आदिवासी जनजाती, मधेशी लगायतका बहुसंख्यक नेपाली जनता कसैले पनि नयाँ संविधानलाई ‘हाम्रो’ र ‘राम्रो’ ठानेका छैनन् । 

तपाईँहरूले मोर्चा पनि बनाउनु भएको छ, मोर्चाले कसरी काम गरिहेको छ ?
जसरी बहुसंख्यक नेपाली जनताको चाहना र सुझाव नजरअन्दाज गरेर सीमित नेताको घेराभित्रबाट संविधान जारी गर्ने गल्ती भयो त्यसबाट मुलुक फेरि नयाँ द्वन्दको दुष्चक्रमा फस्ने अवस्था सिर्जना भयो । महिला, आदिवासी जनजाती, मधेशी लगायतका बहुसंख्यक नेपाली जनता कसैले पनि नयाँ संविधानलाई ‘हाम्रो’ र ‘राम्रो’ ठानेका छैनन् । यही गल्ती कमजोरी जनतामाझ गएर, जनताकै समर्थनमा, जनताकै साथ र सहयोगमा सच्याउने लक्ष्य लिएर हामीले जनसंघर्ष अभियान संचालन गरीराखेका छौं । र, संघर्षको प्रत्येक चरण सँगसँगै जनसमर्थनको क्रम बढीरहेको महसुस गरीरहेका छौं ।

तपाईँहरु संविधानको विरोध गर्नुहुन्छ । संविधानमा चित्त नबुझेको कुरा साँच्चै के हो त ?
असन्तुलित राजनीति कै प्रतिफल, कसै विचार र आग्रहको लहडमा, हतारमा राष्ट्रिय धरोहरहरु भत्काउने, मिल्काउने कामहरु भएका छन्, गल्तीहरु भएका छन् । तिनै गल्तीको प्रतिछायाँ असोज ३ गते जारी भएको संविधानमा पनि देख्न पाइन्छ । एकथरीले ‘उत्कृष्ट’ मानेको संविधान अर्कोथरीका लागि जनतामारा संविधान बनेको छ, जो दुर्भाग्यपूर्ण छ ।sagun 2

त्यसकारण बहुसंख्यक नेपाली जनताको सुझाव बेवास्था गरेर बन्द कोठाबाट जारी गरिएको संविधानले आम जनताको अपनत्व हासिल गर्न सकेको छैन । अर्को अर्थमा राष्ट्रियता संकटको घेरामा छ, सर्वत्र बेथिती छ । त्यसकारण शास्त्रीय दृष्टिकोणबाट भने पनि वैचारिक दृष्टिकोणबाट भने पनि गल्ती सच्याउनु पर्ने अवस्था छ । यो अपरिहार्य आवश्यकता संविधानकै हकमा पनि टड्कारो देखिएको छ । संविधानमा सबै अट्ने र संविधान सबैका लागि हुनु जरुरी छ ।

राजसंस्था र हिन्दु राष्ट्रको कुरा पनि आफ्नो एजेण्डा भन्नु हुन्छ, जनताले नपत्याएको एजेण्डाको पछि किन लाग्नु हुन्छ ?
जनताले कहिले पनि राजसंस्था र हिन्दु राष्ट्र चाहिन्न भनेका छैनन् । यी संस्था र मान्यताका विरुद्ध जनताले आन्दोलन गरेका पनि होइनन् । विदेशी स्वार्थ हाबी हुँदाको प्रतिफल हो वर्तमान परिदृश्य । यसमा असन्तुलित राजनीतिको प्रभाव नभएको होइन । लहलहैमा, नेपाली कांग्रेस जस्तो लामो इतिहास बोकको पार्टी समेत यस्तै एकोहोरो आग्रहबाट स्वतन्त्र रहन सकेन । अर्थात यसको प्रभाव बृहत्तर समाजमा पर्यो जसबारे पूर्नविचार र प्रायश्चित भइरहेको उदाहरणहरु हामी अहिले देख्न सक्छौं ।

राजतन्त्र नहुँदा सामन्तवादको अन्त्य हुन्छ, मुलुकले अग्रगामी छलाङ मार्छ भन्ने जस्ता कोरा नारा सत्य बन्यो, बनाइयो । जबकी विश्व अनुभव हामी सामुन्ने छ, बेलायत, डेनमार्क, जापान र नर्वे जस्ता मुलुक र समाजहरु संवैधानिक राजतन्त्र एवं बहुदलीय प्रजातन्त्रकै अभ्यासमा समृद्ध भएका छन् ।

परिवर्तनको नाममा जे कुरा अघि सारियो ती सत्य मात्र नभएर पूर्ण सत्य हो भन्ने जस्तो कृत्रिम वातावरण सिर्जना गरियो । तिनै अपूरो एकतर्फी दृष्टिको ऋण चुकाउन हामी नेपाली अहिले बाध्य छौं । ‘कान लग्यो’ भन्ने किसीमको वातावरणमा राजतन्त्र प्रजातान्त्रिक पद्धतिको, समृद्धी र परिवर्तनको बाधक हो भन्ने जस्ता छाप नेपाली जनस्तरमा पार्ने कार्य अघि बढाइयो । राजतन्त्र नहुँदा सामन्तवादको अन्त्य हुन्छ, मुलुकले अग्रगामी छलाङ मार्छ भन्ने जस्ता कोरा नारा सत्य बन्यो, बनाइयो । जबकी विश्व अनुभव हामी सामुन्ने छ, बेलायत, डेनमार्क, जापान र नर्वे जस्ता मुलुक र समाजहरु संवैधानिक राजतन्त्र एवं बहुदलीय प्रजातन्त्रकै अभ्यासमा समृद्ध भएका छन् । ती देशहरु प्रजातन्त्र मापन सुचकांक , मानव विकास सुचकांक , सन्तुष्टी सुचकांक सबै आधारमा सबल छन्, समुन्नत छन्, समृद्ध छन् ।

तपाईलाई लाग्छ फेरि राजतन्त्र र हिन्दु राष्ट्र फर्किन्छ भन्ने ?
जनताले चाहेको खण्डमा राजतन्त्र र हिन्दु राष्ट्र पुनः स्थापित हुने प्रशस्त आधारहरु छन् । धेरै देशका अनुभव र अभ्यास यसका उदाहरण छन् । पुराना जति सबै गलत भन्दै असल र राम्रा संस्था तथा संरचनाहरु एकाएक भत्काउने गलत प्रवृतिका कारण शान्ति, स्थायित्व हामीले प्राप्त गर्न सकेका छैनौं । सकारात्मक शान्ति आकाशको फल झैं भएको छ । चरमपन्थी सोच र प्रयोगबाट उब्जीएको संकटपूर्ण स्थितिको निराकरण गर्न, त्यसैले, राष्ट्रवादी, सम्र्वद्धनवादी शक्तिको बृहत एकता अपरिहार्य भएको हो । यसैमा देश र जनताको कल्याण हुने मात्र नभएर यसैबाट नेपाली प्रजातन्त्र सबल र गहन हुने संभावना प्रबल छ । त्यसैकारण अहिले पनि स्वतन्त्र जनमत हुने हो भने राजसंस्था, हिन्दु राष्ट्र जस्ता आधारस्तम्भका पक्षमा बहुसंख्यक नेपाली जनताको समर्थन प्राप्त हुने निश्चित छ, यो नै यथार्थ हो ।

अन्त्यमा अब समानान्तर पार्टी कसरी अघि बढ्छ ?
हाम्रा मूल्य मान्यता, वैचारिक आस्थामा आधारित हाम्रा लक्ष्य र गन्तव्य स्पष्ट छन् । जीवन्त राजनीतिक संगठनले अवलम्बन गर्नु पर्ने देशव्यापी परिचालन र प्रयास हामीले जारी राखेका छौं । अहिलेलाई भने राष्ट्रवादी, सम्वद्र्धनवादी शक्तिको बृहत एकताको अभियानमा हामी लागीपरेका छौं । निश्चित पनि समय, राजनीति एकै बिन्दुमा सदा सर्बदा अल्झेर बस्दैन, बस्न सक्दैन । त्यो नै शाश्वत सत्य हो । त्यसकारण पनि वर्तमान र भविष्यलाई लिएर, जनताको बढ्दो आकर्षण र समर्थनलाई लिएर, हामी आशावादी छौं ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल