जेठ महिनाभित्र एकता हुन्छ, केही छुट्न सक्छन् : बादल (अन्तर्वार्ता)

जेठ महिनाभित्र एकता हुन्छ, केही छुट्न सक्छन् : बादल (अन्तर्वार्ता)

नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ वर्तमान राजनीतिक संक्रमणकालिन अवस्थामा छरिएर बसेका माओवादीबीच एकता हुनुपर्ने कुरामा जोड दिन्छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको एनेकपा माओवादीसँग एकता गर्नुपर्ने निष्कर्षमा पुगेका बादल आगामी जेठ भित्रै पार्टी एकता हुने निष्कर्षमा पुगेका छन् । द्वन्द्वकालिन घटनाका मुद्धालाई ओली नेतृत्वको सरकारले ब्युँताएर एमाओवादीमाथि षड्यन्त्र गरिरहेको बताउने बादल सरकारमा एमाओवादी सहभागी हुँदा क्षति ब्यहोर्नु परेको वताउँछन् । पार्टीका केही सहकर्मी साथीहरुले साथ नदिए पनि ९० प्रतिशत बढी केन्द्रीय सदस्यहरुको सहमतिमा पार्टी एकीकरण हुने बताउँछन् । हक्की, निडर र स्पस्टवक्ताको रुपमा चिनिएका बादलसँग समसामयिक राजनीतिक, पार्टी भित्र चलेको एकिकरणको बहस लगायतका बिषयमा बुद्ध लोप्चनलिलाराज खनालले बादलसँग गरिएको कुराकानीको सम्पादित अंश :

rambahadur_thapa_badal_73744442एकतामा जान हतार किन ?

हामी शान्ति प्रक्रियामार्फत नेपालको जनवादी क्रान्तिलाई नयाँ ढंगले पूर्णता दिने र सम्पन्न गर्ने लक्ष्यसहित आएका थियौ । यो प्रक्रियाको एउटा चरणमा गएर हामीले त्यो उद्देश्य हासिल गर्न सकेनौं र नेपालको नयाँ जनवादी क्रान्ति सफल हुन सकेन । त्यो एउटा सम्झौतामा गएर टुंगियो । त्यो परिणामले माओवादी पंक्तिभित्र विभाजन आयो । त्यसले थुप्रै नयाँ ढंगका समीक्षा पैदा गरायो । ती सबै घटनाको समीक्षा गरेर हामी एकताको निष्कर्षमा पुग्यौं । माओवादी आन्दोलन र शक्तिलाई नयाँ ढंगबाट एकता गर्ने र नयाँ जनवादी क्रान्तिलाई पूरा गर्ने लक्ष्यले हामी एकताको चरणमा छौँ । आमजनताको चाहना र इतिहासको आवश्यकता भएको हुनाले नयाँ ढंगबाट एकताको चरणमा हामी जुटेका हौँ ।

विभाजन हुनुको कारण के थियो र अहिले पुनः बिनासर्त एकतामा लाग्नु भयो ?

विभाजनको पछाडि धेरै कारणहरु छन् । खासगरी हामी के भन्छौँ भन्दा जनवादी क्रान्तिको मुख्य कार्यभार भनेको एउटा यहाँका राष्ट्रियताको सवाललाई हल गर्ने हो । यहाँ भारतीय विस्तारवादद्वारा जुन हस्तक्षेप र असमान सन्धि सम्झौता लादिएको छ, त्यसलाई अन्त्य गर्ने । जनवादी क्रान्तिको दोस्रो महत्वपूर्ण कार्यभार भनेको राज्यसत्ता सामन्त, जमिनदार, दलाल र नोकरशाहको हातमा छ, त्यसलाई जनताको हातमा ल्याउनु हो । यी दुईवटा कार्यभार मुख्य हुन् । यो कार्यभारलाई निश्चित समयमा आएर हामीले पूर्णता दिन सकेनौँ । किन सकेनौँ भन्दा हाम्रो कार्यदिशा र नेतृत्वमा बिचलन आयो । दायाँ वा बाँया प्रकारका बिचलन देखा प¥यो । विशेषगरी नेतृत्वमा एउटा भारतीय विस्तारवाद नीति र अर्को त्यसप्रति नरम नीति देखा पर्न गयो । अर्को भनेको लोकतन्त्र र जनतन्त्रको सवाल होस् या वर्गीय सवालमा माओवादीहरुबीच एकप्रकारको विचलन पैदा भयो । यो कारणले गर्दा क्रान्तिलाई पूरा गर्न सकिएन । अन्तत: पुरानै अवस्थाहरु पुर्नस्थापित हुने सम्भावना भयो । अब, हामीले ती कमजोरीहरुलाई सच्याएर माओवादी आन्दोलनलाई एकताबद्ध गर्ने निर्णय गरेका हौँ ।

विशेषगरी नेतृत्वमा एउटा भारतीय विस्तारवाद नीति र अर्को त्यसप्रति नरम नीति देखा पर्न गयो । अर्को भनेको लोकतन्त्र र जनतन्त्रको सवाल होस् या वर्गीय सवालमा माओवादीहरुबीच एकप्रकारको विचलन पैदा भयो । यो कारणले गर्दा क्रान्तिलाई पूरा गर्न सकिएन । अन्तत: पुरानै अवस्थाहरु पुर्नस्थापित हुने सम्भावना भयो । अब, हामीले ती कमजोरीहरुलाई सच्याएर माओवादी आन्दोलनलाई एकताबद्ध गर्ने निर्णय गरेका हौँ ।

माओवादीभित्र आएको बिचलनलाई मिलाउने आधार चाहिँ के–के हुन् ?

मैले अघि भने भने कि विगतमा हाम्रो राजनैतिक कार्यदिशामा बिचलन आयो । पहिलो कुरा हामीले त्यसलाई सच्याउनु पर्छ । दोस्रो भनेको हामीले विगतमा अवलम्बन गरेको नीति कार्यदिशालाई पनि विकास गर्न जरुरी छ । र तेस्रो कुरा नेतृत्वको सवालमा पनि हामीले विगतमा सर्वहारा वर्गको नेतृत्व गर्ने प्रयास असफल भएको थियो । जुन ढंगको अग्रदस्ता निर्माण गनुपर्ने थियो त्यस्तो हामीले गर्न सकेनौ । त्यसका सैद्धान्तिक पक्षमा एउटा गतिरोध पैदा भयो । त्यसैले सर्वहारा वर्गको पार्टी निर्माणका लागि त्यसको संगठनात्मक प्रणालीमा पनि विकास गर्न जरुरी छ । यी आधारहरुमा नयाँ ढंगमा कम्युनिष्ट पार्टी स्थापना गर्न सक्छौँ ।

माओवादीको संगठन बिग्रिसक्यो भन्ने छ, संगठनात्मक शक्ति कसरी आर्जन गर्ने योजना बनाउनुभएको छ ?

संगठनका मुख्य र आधारभूत स्वरुप भनेको तीन वटा कुरा छ । एउटा पार्टी संगठन । दोस्रो राजनैतिक मोर्चा हो । तेस्रो प्रकारको साधन भनेको जुझारु संगठन, जनसेना भन्ने हो । यसलाई क्रान्तिका तीन सुत्र माओले भनेका छन् ।

हामीले एकताको प्रसंगलाई अगाडि सारेको पनि संगठनलाई मजबुत बनाउन हो । माओवादीहरु अहिले सिद्धिका छैनन् । निश्चित रुपमा उनीहरुलाई प्रतिक्रियावादीले विभाजन गरिदिने काम ग¥यो । त्यसैले अहिले विभाजित छन् । उनीहरु कमजोर छैनन् । त्यसैले पनि विभाजित माओवादी एक हुनेवित्तिकै संगठन सुदृढ बन्दै जान्छ । त्यसकारण हामीले नयाँ आधारमा माओवादी एकताबद्ध गर्न खोजिरहेका छौँ ।
दोस्रो चाहिँ हामीले सर्वहारावर्गको मोर्चा निर्माण गर्नका लागि जरुरत छ । उत्पीडित जनताको आवाजलाई उठाई संयुक्त रुपमा त्यसलाई सशक्त ढंगबाट अगाडि बढाउन मोर्चाको आवश्यकता छ । त्यसैले ती उत्पीडित वर्गलाई संगठित गर्न सक्यौ भने हामीले अर्को दोस्रो संगठन निर्माणका आधार तयार गर्न सक्छौँ । तेस्रो भनेको हामीले युवापंक्तिलाई एकताबद्ध गर्न जरुरी छ । युवा शक्तिलाई नयाँ आधारमा एकताबद्ध गर्न पार्टी लागि पर्नुपर्दछ । समग्रमा राजनैतिक र जुझारु मोर्चा निर्माण गरी हामीले संगठन सुदृढ बनाउँछौँ ।

माओवादीप्रति आशावादी जनता, कार्यकर्ता त हाल निरास छन्, त्यो चुनौतीलाई कसरी फेस गर्नुहुन्छ नि ?

निश्चित रुपमा उनीहरुमा एउटा वितृष्णा र निरासपना आएको छ । त्यसैले चुनौती पनि छ । क्रान्ति असफल हुनुले उनीहरु निरास छन् । त्यसैले क्रान्तिलाई सफलतातिर डो¥याउन जरुरी छ । हामीसँग सही कार्यदिशा र नेतृत्व छ अनि हामीले हाम्रो कमजोरीलाई औल्याउन सक्यो भने त्यसले फेरि हामीलाई विजयको मार्गतिर अगाडि बढाउँछ । त्यसले जनता र हाम्रा युवालाई आशा जगाउँछ । सँगै जनताको आशालाई पूरा गर्न सहयोग गर्छ । क्रान्तिको सिद्धान्त र नेतृत्वको विकास गर्नुपर्दछ । यो गर्न सकेन भने फेरि युवावर्ग र कार्यकर्तामा निरास पलाउँछ ।

त्यसैले, हामीले पहिलो काम क्रान्तिकारी शक्तिबीच एकताबद्ध गराउँदैछौँ । त्यसले एउटा आशा चाहिँ पैदा गराउँछ नै । अर्को भनेको हामी समृद्धिको बाटोमा अघि बढ्न जरुरी छ । त्यसले पनि आशावाद बनाउने काम गर्छ ।

mohan-baidhya-badal
तपाईहरु कसरी एक हुनसक्नु हुन्छ ?

हाम्रो कार्यदिशामा विगतमा अन्तर आए । एकथरी हाम्रा कमरेडहरुले दोस्रो संविधानसभाको निर्वाचनबाट जनताको संविधान बनाउन सक्छ भनेर भन्नुभयो । तर हामीले चाहिँ कर्मचारीको नेतृत्व भएको संविधानसभाको निर्वाचन एउटा षड्यन्त्र र प्रायोजित भएको हुनाले जनताको संविधान बन्न सक्दैन भनेका थियौ । त्यसले दुईवटा फरक कार्यदिशा हामीले अवलम्बन गर्यौ । तर घटनाक्रमले त संविधान त बनायो । तर त्यसले जनताको संविधान बनायो कि बनाएन ? त्यसले जनताको अधिकारलाई स्थापित ग¥यो कि गरेन ?

यो संविधानबाट संघीयता, गणतन्त्र जस्ता मुलभुत विषयहरु संस्थागत भएका छन् । तर मुलभुत रुपमा जनताको संविधान बनेको छैन । उही पुरानै गुट समुहलाई नै अधिकार सम्पन्न बनाएको छ । त्यसैले यो संविधानले जनताको केही अधिकारलाई संस्थागत त गरेको छ तर पनि मुलभूत रुपमा संविधानमा जनताका अधिकार संस्थागत हुन सकेको छैन ।

हामी संविधान वा राज्यव्यवस्था र राज्यसत्तामा हाम्रो मेल भएकाले एकता हुन सक्छ भन्ने कुरा हो ।

सरकारको उपयोगले अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन । अहिले पनि एमाओवादीले सरकारको जसरी उपयोग गर्नुपदथ्र्यो त्यो भएको छैन । बरु माओवादी नै एमाले वा अन्य तत्वद्वारा उपयोग भएको छ । अहिले माओवादीलाई यो सरकारबाट फाइदा भन्दा बेफाइदा पु¥याएको छ ।

माओवादी पार्टी बारम्बार सरकारमा गइरहेको छ ? त्यसले माओवादीलाई फाइदा गरेको छ कि बेफाइदा ?

हाम्रो दृष्ट्रिकोण भनेको यो राज्यसत्ता जनताको राज्यसत्ता होइन । जनताको राज्यसत्ता हामीले निर्माण गर्नुपर्दछ । सरकार भनेको सत्ता होइन सत्ताको एउटा रुप हो । त्यो एउटा व्यवस्था हो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तीन कुराको व्यवस्था हो । त्यसैले ती अंगहरुलाई सर्वहारा वर्गले उपयोग गर्न सक्छ र सक्नुपर्दछ भन्ने हाम्रो मान्यता हो ।

सरकारमा अथवा सदनमा हामी सहभागी हुने कुराले फाइदा वा बेफाइदा पु¥याएको भन्दा घटनाक्रमले हामीले त्यसलाई जुन ढंगबाट उपयोग गर्नुपथ्र्यो त्यो गर्न नसक्दा त्यसले बेफाइदा पु¥याएको छ । सही ढंगले उपयोग नगर्दा क्रान्तिकारीलाई बेफाइदा पुग्यो । उदाहरणका लागि पहिलो संविधानसभामा पहिलो दल बनेका माओवादी सरकारमा सहभागी भएपश्चात तेस्रो दल बन्यो । त्यो सरकारमा जानुको बेफाइदा ।

त्यसैले सरकारको उपयोगले अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन । अहिले पनि एमाओवादीले सरकारको जसरी उपयोग गर्नुपदथ्र्यो त्यो भएको छैन । बरु माओवादी नै एमाले वा अन्य तत्वद्वारा उपयोग भएको छ । अहिले माओवादीलाई यो सरकारबाट फाइदा भन्दा बेफाइदा पु¥याएको छ ।

ओली सरकारसँग खटपट हुनु र पार्टी एकता अन्तिम चरणमा पुग्नु योजना हो वा संयोग ?

एमाओवादी जुन योजनासहित सरकारमा सहभागी भएका थिए तर अहिले त्यो अपेक्षा पूरा भएको छैन । आठबुँदे शर्तसहित उनीहरु सरकारमा सहभागी भएका थिए तर माओवादीका त्यो शर्तहरु पूरा भएनन् । सरकारमा सहभागी भइराख्दा एमाओवादीलाई झन् बढी क्षति हुने सम्भावना छ ।

त्यसकारण यसलाई सुनियोजित भनिहाल्न त मिल्दैन । नेपाललाई अस्थिर बनाउनका निम्ति वामपन्थीहरुका नेतृत्वमा बनेको सरकार विघटन गर्ने र नेपालमा अस्थिरता पैदा गर्ने बाह्य शक्तिहरुको षड्यन्त्र पनि हुन सक्छ । माओवादी एकता रोक्न पनि एमाओवादीलाई वामपन्थीको मोर्चाबाट फुटाइदिने र अर्कोतिर माओवादी एकता हुन नदिने एक तिरले दुईवटा चरो मार्ने बाह्य शक्तिको योजना हुन सक्छ । घटनाक्रमले यसलाई सावित गर्नेछ । अब माओवादीबीचको एकतालाई असफल पार्न सफल भयो भने प्रायोजित भन्ने प्रष्टिन्छ ।

एकता कहाँ अड्कियो र कहिले हुन्छ ?

एकताको कुनै मिति छैन । एउटा ऐतिहासिक अवसरमा एकता गर्दा राम्रो भन्ने हो । किनभने एकता हुनका लागि विचार, नीति, प्रक्रिया मिल्नु प¥यो । त्यसैले जुनबेला सहमति हुन्छ त्यहीबेला एकता हुन्छ । त्यसकारण यसलाई परिस्थितीजन्य रुपमा हेर्नुपर्दछ । अहिले हामी सहमति नजिक पुगेको हुनाले एकता नजिक छ । आउँदो जेठ महिनमा एकता हुन्छ भन्ने लागेको छ । विगतमा भएको मतभेद नजिक हामी भएको हुनाले एकता प्रक्रियाले मूर्त रुप लिने आशा गरौँ ।

२८ वैशाखपछिको कदम चाहिँ के हुन्छ ?

पार्टीको एकसुत्रीय एजेण्डालाई समाधान गर्न बोलाएको बैठक बीचमा स्थगित गरिएको थियो । एकताको प्रस्तावमा निष्कर्ष निकाल्न हामी असक्षम भएकाले एक महिना बैठक स्थगित गरी माओवादी नेतृत्वसँग छलफल गरी एकताका सहमति/असहमतिका बुँदा छुट्याई बैठकले निष्कर्ष निकाल्ने हाम्रो सहमति थियो । सँगै शीर्ष तहमा छलफल र गृहकार्य गर्ने हाम्रो योजना थियो । तर एक महिनासम्म कुनै छलफल नभएको र भएको छलफलमा पनि असन्तुष्टिका कारण अनुपस्थित भएकाले यसलाई फेरि केन्द्रीय समितिमा नै लगेर मूर्त रुप दिनुपर्दछ भनेर हामी लागि परेका छौँ । यो समस्यालाई हल गर्न केन्द्रीय समिति बैठक बोलाइएको छ । यो २८ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ । केही सदस्यहरुले बैठक अझै स्थगित गर्नुपर्ने बताएपनि ९० प्रतिशत केन्द्रीय सदस्य बैठक सुचारु गर्नुपर्दछ भन्ने पक्षमा छन् । त्यसकारण बहुमत केन्द्रीय सदस्यहरुको चाहना अनुरुप २८ गते फेरि बैठक सुरु हुँदैछ ।

असन्तुष्टिको माग सम्बोधन गर्न नसक्नुको कारण चाहिँ के हो ?

यसबारेमा हाम्रो सोचाई के छ भने पार्टीभित्र विभिन्न प्रवृत्ति हुन्छन् । एकथरी प्रवृत्ति भनेको एकता भनेको संगठनात्मक एकता भनेर बुझ्ने । र विचार राजनीतिलाई त्यसले महत्व दिँदैन । दोस्रो सोच भनेको एकता विचार सिद्धान्तलाई बुझ्दैन । संकीर्णवादी प्रवृत्ति हुन्छ । तेस्रो चाहिँ एकताको अवधारणा नै अन्यौलता हुन्छ । हामीले भनेको एकता भनेको विभिन्न संगठनलाई पुर्नसगठित गर्नु हो भनेका छौँ । त्यसैले संगठन र विचारलाई एकताबद्ध गनुपर्दछ भनेका छौँ । हामीले एकताका सैद्धान्तिक राजनैतिक आधारहरु तय गरेका छौँ । यो आधारमा सहमतिको नजिक पुगेको हुनाले एकताले मूर्त रुप लिँदैछ । यो वास्तविक क्रान्तिकारीबीचको एकता हुन्छ भन्ने हामीलाई लागेको छ । क्रान्तिकारीहरुले पार्टीभित्रका सबै प्रवृत्तिलाई समेट्न सक्नुपर्दछ । हामीले त्यो प्रयास गरिरहेको छ । ९० प्रतिशत एकताको पक्षमा छ । हामी एकताको प्रयासमा छौँ ।

पार्टीमा कुन वर्गको हावी देखिएको छ ?

हाम्रो पार्टीभित्र एउटा सोच के छ भन्दा सिद्धान्तको रुपमा जो देखा परेको छ कि आफ्नो विचारलाई, आस्थालाई मान्ने हो भने एकता हुन सक्छ । अरुको विचारमा हामी समावेश हुन सक्दैन त्यो आत्मसमर्पण हुन्छ भन्ने सोचले बढी काम गरेको छ । हाम्रो भनाई के हो भने हामीले सबैको विचारलाई समान गर्नुपर्दछ । अरुलाई आत्मर्पण गराउने र गर्ने होइन । यो आत्मसमर्पणको सवाल होइन नयाँ आधार र विचार निर्माण गर्ने हो । एकता भनेको आत्मसमर्पण गर्ने वा गराउने भन्ने होइन । नयाँ आधारमा एकता गराउने हो ।

पार्टी एकता कुनै एउटा समुह मात्रै हुन्छ या सिंगो पार्टी नै ?

हाम्रो लक्ष्य सिंगो पार्टी नै एकता गर्ने हो । अन्तिमसम्म हामी प्रयास गर्छौ । तर सिंगो पार्टीको ९० प्रतिशतभन्दा बढी एकताको पक्षमा छन् । अझै पनि प्रयास जारी छ । केही समुह छुट्न पनि सक्छ ।
द्वन्द्वकालीन मुद्दा ब्युताएर माओवादी कार्यकर्ता समाउने भयो भनेर कार्यकर्ता रिसाइरहेका छन् नि ?

माओवादी कार्यकर्ताहरुलाई जुन मुद्दा लगाइएको छ । जुन द्वन्द्वकालीन मुद्दाहरु ब्युताएको छ । ती मुद्दाहरुलाई मुख्य विषय बनाएर माओवादीहरुलाई सखाप पार्न विदेशी स्वदेशी लागि परेका छन् । निश्चित रुपमा षड्यन्त्र अनुसार नेतृत्वलाई छाडेर कार्यकर्तालाई सिद्याउने योजना बुनेका छन् । तर उनीहरुले कमाण्डरहरुलाई पनि हानिरहेका छन् । अहिले कार्यकर्तालाई मात्रै मुद्दा छ भन्ने होइन । प्रचण्डदेखि गाउँका सामान्य सदस्यसमेतलाई मुद्दा छ । दुश्मनले अरु तरिकाले पनि अख्तियारद्वारा पनि सिध्याउने योजना बनाइरहेका छन् । त्यसैले दुश्मनको योजना विफल बनाउनका लागि पनि समग्र माओवादीहरुले लडेर मात्रै यो समस्या हल गर्न सकिन्छ । अहिले विभाजित माओवादीहरु मिलेर यो मुद्दाहरुको फेस गरिरहेको छ । सरकारमा देखिएको खटपट पनि यही एउटा केन्द्रीय विषय हो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल