बाबुरामजीले ‘चिटिङ’ गर्नुभयो (प्रचण्डसँग विशेष अन्तर्वार्ता)

बाबुरामजीले ‘चिटिङ’ गर्नुभयो (प्रचण्डसँग विशेष अन्तर्वार्ता)

विभिन्न घटकका १० माओवादी पार्टी/समूह/व्यक्तिबीचको एकतापछि नेकपा माआवादी केन्द्र अध्यक्ष प्रचण्ड उत्साहित देखिन्छन् र उनको आत्मविश्वास बढेको छ । राजनीतिक एजेन्डाका रूपमा देशकै पहिलो पार्टी रहेको दाबी गर्ने उनले संगठनमा पनि माओवादी केन्द्रलाई एक नम्बर बनाउने ‘मिसन’ चलाएका छन् । यसका लागि देशदौडाहमा छन् । भद्र सहमति र राष्ट्रिय सरकारको बहस पनि उनकै वरिपरि घुमिरहेको छ । आफूसँग डिभोर्स गरेर हिँडेका बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल नामक पार्टीको औपचारिक घोषणा गरिसकेका छन् । मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’चाहिँ प्रचण्डको कार्यदिशा र कार्यशैलीमा प्रश्न उठाइरहेका छन् । राष्ट्रिय राजनीति र माओवादी आन्दोलनलाई आफ्नो केन्द्रमा राख्न सफल प्रचण्ड के सोच्दै छन् ? बुधवार बिहान आफ्नै निवास लाजिम्पाटमा उनले डिस्कभरी न्युज नेटवर्क डीएनएनसँग लामो कुराकानी गरे । डीएनएनद्वारा सञ्चालित रातोपाटी अनलाइनका लागि प्रधानसम्पादक ओम शर्मा, नेत्र पन्थी र राजेश भण्डारीले माओवादी केन्द्र अध्यक्ष प्रचण्डसँग गरेको कुराकानीको अंश ।

prachanda (5)
ओह्रालोमा गुडेको तर ब्रेक फेल भएजस्तै हिँडेको गाडीसँग माओवादीको तुलना हुन्थ्यो । जेठ ६ गते १० माओवादी घटकबीच एकता भयो । अब तपाईंंमा केही आशा, अपेक्षा र विश्वास बढेको छ ?

दस माओवादी घटकको एकता खालि केही समूह र व्यक्ति जोड्नेसँग मात्रै सम्बन्धित छैन । दार्शनिक भाषामा भन्ने हो भने ‘माओवादी आन्दोलनको निषेधको निषेध हो’ भन्ने मेरो भनाइ छ । एकीकृत माओवादीलाई विभाजनने निषेध गर्यो विभाजनलाई फेरि एकताले निषेध गरेर माओवादी केन्द्र बनेको हो ।

दोस्रो कुरा, नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न एउटा नयाँ विचार संश्लेषणतिर लैजाने कुरामात्रै होइन, मेरो बुझाइ के छ भने, यो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनकै चुनौती सामना गर्ने एउटा नयाँ पहल हो । जनयुद्धमा हुँदा हाम्रो साझा संकल्प थियो कि, २१औं शताब्दीका लागि हामीलाई एउटा नयाँ कम्युनिस्ट घोषणापत्र चाहिएको छ । अहिले विश्व भूमण्डलीकरण, विज्ञान प्रविधिको विकास, मौसम परिवर्तनको प्रभावसँगै सूचना प्रविधिमा जसरी तीव्र विकास भइरहेको छ, ती सबैलाई एउटा नयाँ संश्लेषण गरेर घोषणा गर्नु जरुरी छ । जसले नेपाली क्रान्तिलाई मात्रै नयाँ उचाइमा उठाउने होइन बरु विश्वक्रान्तिलाई पनि योगदान दिनुपर्ने चुनौती नेपालका कम्युनिस्टको काँधमा छ भनेर हामीले निष्कर्ष निकालेका थियौं । त्यतिबेला ‘२१औं शताब्दीमा जनवादको विकास’ सम्बन्धी प्रस्ताव मैले पेस गर्दैगर्दा किरण, बाबुरामलगायत सिंगो केन्द्रीय समितिले ‘ऐतिहासिक निष्कर्ष’ भन्दै त्यतैपट्टि केन्द्रित हुनुपर्छ भनेको थियो ।

अहिले यो १० माओवादी घटकको एकतामा किरणजी (मोहन वैद्य) पनि आऊन् भन्ने हाम्रो कोसिस थियो र बाबुरामजी फुत्केर नजाऊन् भन्नेतिर पनि हाम्रो कोसिस थियो । कसैले गहिरोसँग माओवादी आन्दोलनको अध्ययन गर्दै छ भने उसले थाहा पाउँछ । गत वर्षमा एउटा २५ बुँदे प्रस्ताव पेस भएको थियो र त्यो प्रस्ताव नेपालमा एउटा नयाँ वैचारिक संश्लेषण गर्ने र विश्वक्रान्तिलाई योगदान गर्ने महान् उद्देश्यमा आधारित थियो ।’ त्यसका निम्ति सबै केन्द्रित हुनुपर्छ भनिएको थियो । त्यसैले जेठ ६ गतेको पार्टी एकता सामान्य माओवादी समूह मिले भन्नेसँग सम्बन्धित छैन, यो एउटा इतिहासको, वर्गसंघर्ष र कम्युनिस्ट आन्दोलनको विश्वव्यापी आवश्यकतालाई दृष्टिगत गरेर सुरु गरिएको पहल हो । नयाँ ‘इनिसियटिभ’ हो ।

माओवादी विभाजन हुँदा मानिसमा निराशा र पलायनका भाव देखिए । तर, अहिले एकताको जुन पहल सुरु भएको छ, जनतामा नयाँ विश्वास र आशाको रक्तसञ्चार भएको छ । ती सबै मुद्दाअनुसार देशलाई हामीले हेटौंडा महाधिवेशनमा गएर एउटा संश्लेषण गरेर भन्यौं– अब उत्पादनका निमित्त संघर्ष हो ।’

prachanda (10)
यो सैद्धान्तिक कुरा तपाईंको स्कुलिङ पाएका कार्यकर्ताले बुझ्लान्, आजको दिनमा कांग्रेस, एमाले, राप्रपा र मधेसवादीभन्दा माओवादीचाहिँ फरक के हो ?

मानिसले एउटा कुरा सजिलै बुझ्न सक्छन्, त्यो के भने अहिले नेपालको सम्पूर्ण राजनीति माओवादी आन्दोलनवरिपरि छ । यो कुरा होइन भनेर कसैले भन्न सक्ने ठाउँ छैन । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी, सामाजिक न्यायसँग सम्बन्धित मौलिक अधिकारका कुरा सबै माओवादीका एजेन्डा हुन् । भ्रम पारिएको छ, विभिन्न ढंगले भ्रम परेको पनि छ, म मान्छु ।

माओवादी विभाजन हुँदा मानिसमा निराशा र पलायनका भाव देखिए । तर, अहिले एकताको जुन पहल सुरु भएको छ, जनतामा नयाँ विश्वास र आशाको रक्तसञ्चार भएको छ । ती सबै मुद्दाअनुसार देशलाई हामीले हेटौंडा महाधिवेशनमा गएर एउटा संश्लेषण गरेर भन्यौं– अब उत्पादनका निमित्त संघर्ष हो ।’ त्यसोगरेर मात्रै समाजवादको आधार तयार गर्न सकिन्छ भन्ने हेटौंडा महाधिवेशनको निष्कर्ष थियो ।

जनताको जीवनमा देखिनेगरी समृद्धिको रणनीतिभित्र जाने निर्णय हेटौंडाबाटै गरेको हुनाले मलाई लाग्छ– अहिलेको एकताले त्यो दिशामा जानका लागि र समाजवादको तयारी गर्ने सामन्तवादका अवशेष अन्त्य गर्नका लागि भूमिका खेल्छ । यो नै जनताका निम्ति प्रत्यक्ष र तत्कालै देखिने कुरा हो । जसको असर मेरो विचारमा आउने निर्वाचनमा देखिन्छ । चाहे त्यो स्थानीय निर्वाचन होस्, प्रादेशिक या केन्द्रीय ।

prachanda (6)
माओवादी संगठनमा तलदेखि माथिसम्म भद्रगोल छ, समस्यामात्रै देखिएका छन् । योखालको संगठन जसरी बनाउनुभयो, यसका बाध्यता आफ्ना ठाउँमा होलान्, अब यसले सुधारका लागि काम गर्छ कि, क्रान्तिका या चुनावका लागि ? यो संगठन कहाँनेर फिट हुन्छ ?

मैले अघि भनेको दार्शनिक सैद्धान्तिक र राजनीतिक पक्षको तुलनामा संगठन भनेको सहायक कुरा नै हो । संगठन अहिले जस्तो छ, त्यसलाई तपाईंले भद्रगोल भन्नुभयो, त्यही भद्रगोलभित्रै गोल गर्ने माओवादी आन्दोलनको विशेषता हो । तपाईंले यो कुरालाई ध्यान दिनु भएन भने जहिले पनि केही भद्रगोल बनाएर नै गोल हुने गरेको छ । ०४६ को आन्दोलनपछि सबै पार्टीलाई जुटाएर १२ महामन्त्रीलाई मैले एकठाउँमा केन्द्रित गरेको थिएँ । मान्छे अचम्म परेका थिए ।

१२ महामन्त्री एकैठाउँमा ल्याएर एउटा केटोले नेतृत्व गर्ने भएको छ भन्दा मान्छे दंग परेका थिए । भद्रगोल नै भएको थियो, त्यतिबेला पनि तर त्यही भद्रगोलबाटै गोल सुरु भएको हो भनेर बुझ्न जरुरी छ । ०५२ मा जनयुद्धमा हाम्फाल्दा पनि मानिसले भद्रगोल नै ठानेका थिए । संगठनभित्र धेरैलाई ‘डिप्रेसन’ भएको थियो । तर, जनयुद्ध सुरु भएपछि संगठन आफैं ट्र्याकमा आयो, अहिले शान्ति प्रक्रियामा आउँदा पनि भद्रगोल नै भएको हो । त्यसकारण माओवादी आन्दोलनको विशेषता नबुझ्नेले त जसरी हिसाब गरिदिए पनि भयो तर माओवादीको पृष्ठभूमि, उनीहरूको स्कुलिङ, सोच्ने र काम गर्ने तरिकालाई हेर्यो भने अहिलेको संगठन मेरा लागि दूधभात हो । मैले यसलाई सरल देखेको छु, मान्छे आत्तिएका छन् । कसैको रुवाबासी छ, कराएका छन् । तर, मलाई लाग्छ– यही हो निरन्तरतामा क्रमभंग । महाविपत्तिलाई बेहोर्दै अगाडि बढ्ने माक्र्सवादको विशेषता भनेको पनि यही हो । यो बिस्तारै महाधिवेशनसम्म पुग्दा आफैं ट्र्याकमा आउँछ आउँछ । आउनैपर्छ अर्को कुनै उपाय छैन ।

त्यसो हुन्छ भन्ने मेरो आधार के हो भने, दुई गलत विचारविरुद्ध मैले जहिले पनि नेतृत्व र संघर्ष गरें भन्ने छ मलाई । र, माओवादी आन्दोलन त्यसैको परिणाम हो । एकातिर बुर्जुवा सुधारवाद अर्कोतिर जडसूत्रवादी संशोधनवाद जे भने पनि दुईसँग मैले जहिल्यै पनि ‘कम्प्लिकेटेड’ ढंगले संघर्ष गर्दै पार्टी पनि बन्यो माओवादी आन्दोलन पनि भयो ।

हुटिट्याउँले आकाश मैले नै थामेको हो भन्छ भने त्यसको कुनै जवाफ छैन । इतिहासका तथ्यले बोलिरहेका छन् नि । बाबुरामलाई कसरी टिपेर ल्याएर हामीले पोलिट्व्युरोमा पुर्याइदिएको हो सबैलाई थाहा छ । सेक्टर काण्डपछि किरणको के हालत भएको थियो ।

पार्टीभित्रको संघर्ष हेर्नुभयो भने पनि यी दुई प्रवृत्तिसँग निरन्तर संघर्ष थियो । प्रतिनिधि पात्रका रूपमा किरण एकातिरबाट बाबुराम अर्कोतिरबाट जो थिए, हिजोबाट अन्तरसंघर्षमा थिए । कहिल्यै खाली बसेको होइन । उहाँहरूले जितेको भए माओवादी आन्दोलन हुँदैनथ्यो । माक्र्सवादले जित्यो अथवा हाम्रो प्रवृत्तिले जित्यो, त्यसकारण माओवादी युद्ध पनि भयो । शान्तिप्रक्रिया भयो । अहिले पार्टी एकता पनि भयो । तर, ती अन्तरसंघर्षमा लड्ने पात्र अहिले बाहिर गए ।

माक्र्सवादले जित्यो, हाम्रो प्रवृत्तिले जित्यो भन्नुहुन्छ तर किरण र बाबुरामले हामी नभएको भए जनयुद्ध नै हुन्नथ्यो भन्छन् त ।

हुटिट्याउँले आकाश मैले नै थामेको हो भन्छ भने त्यसको कुनै जवाफ छैन । इतिहासका तथ्यले बोलिरहेका छन् नि । बाबुरामलाई कसरी टिपेर ल्याएर हामीले पोलिट्व्युरोमा पुर्याइदिएको हो सबैलाई थाहा छ । सेक्टर काण्डपछि किरणको के हालत भएको थियो । हुटिट्याउँले भन्छ– त्यो कुरा पत्याउने मान्छेहरू पनि हुन्छन्, समाजमा त विभिन्न वर्ग छन्, विभिन्न प्रकृतिका मान्छे छन् । झुटै कुरा पनि पत्याउँछन् ।

prachanda (4)
पार्टीका सबै अंगले काम गर्दा मात्र नतिजा राम्रो आउने हो । अहिले तपाईं हिमालदेखि मधेस र पूर्वदेखि पश्चिम दौडिरहनुभएको छ । कार्यकर्तालाई काम दिनुको सट्टा आफैं किन दौडिरहनुभएको छ ?

त्यो बेकारको कुरा हो, अहिले हजारौं मान्छे दौडिइरहेका छन् । म एक्लै गएर जनतालाई घर–घरमा भेटेको छु र ? चाहे मर्चवार भन्नुस् चाहे नेपालगन्ज, जहाँ जाँदा पनि हजारौं छटपटी भएको छ, मान्छे दौडादौड गरेका छन् । मैले हेर्दा सबै दौडन सुरु गरेका छन् । बीचमा पार्टी एकताभन्दा अगाडिको अवस्था अलि कम्प्लिकेटेड देखिएको थियो । खासगरी भन्नुहुन्छ भने दोस्रो संविधानसभाबाट संविधान घोषणा भएपछि हामी पार्टीतिर ध्यान दिन थाल्यौं । हामीले पार्टी पुनर्निमार्णलाई ध्यान दिन थालेदेखि आजसम्म आउँदा म एक्लै दौडेको छु भन्ने मान्छेलाई परेको छ । कुरा त्यसो होइन, हजारौं कार्यकर्ता असन्तुष्ट भएर पनि सक्रिय भएका छन् । सन्तुष्ट भएर पनि सक्रिय भएका छन् । तर, निष्क्रिय बसेका छैनन् । सबै दौडिइरहेका छन्, कोही केन्द्रीय समितिमा परेनौं भनेर दौडिइरहेका छन्, कोही पर्यौं भनेर दौडिइरहेका छन् । कोही पोलिटव्युरो र सेक्रेटरियट भनेका छन्, दौडिइरहेको देख्छु मैले ।

एकता भएको महिना दिन हुन थालेको छ, तपार्इंको एजेन्डा थियो एक नम्बर बनाउने, अब त्यो बाटो सुरु भएको विश्वास छ ?

एक नम्बर बनाउने सवालमा हामीले अहिले देशको राजनीतिमा खासगरी भूकम्पपछि जसरी राजनीतिक पहल लिने कोसिस गर्यौं, संविधान घोषणा गराउने, सकार बनाउने, नाकाबन्दी सामना गर्ने आदि–इत्यादिबाट राजनीतिक ग्राउन्ड बनेको मेरा विश्लेषण छ ।

दोस्रो, अबचाहिँ पार्टी पुनःनिर्माणमा ध्यान दिनुपर्छ भन्ने थियो । त्यो प्रक्रिया सुरु पनि भयो । तेस्रो पार्टी एकता गर्नुपर्छ माओवादी विभाजित धारालाई फेरि एक ठाउँमा केन्द्रित गर्नुपर्छ भन्ने थियो । एक नम्बर बनाउन जरुरी थियो ।
चौथो र मूल कुरा गाउँमा फर्कने । अहिले म कार्यक्रम बनाउँदै छु । सबैलाई गाविसको जिम्मा दिइन्छ अब । अध्यक्ष भए पनि केही गाविस मेरो जिम्मामा हुनुपर्यो । त्यहाँ काम गर्ने, महाधिवेशन प्रतिनिधि भएर आउँछन् अन्यथा आउँदैनन् भन्ने बनाइसकेपछि यो ठूलो भनिएको संगठन सजिलै सानो हुन पुग्छ ।

नेपालमा माओवादी स्कुल भिन्न हो । यो ०४६ पछि बनेको स्कुल हो । यसको सोच्ने, काम गर्ने र राजनीतिको नेतृत्व गर्ने आफ्नो तरिका छ । यसको विशेषताको खोजी संश्लेषण अहिलेको आवश्यकता हो । जो अब बिस्तारै संश्लेषण हुनेतिर गयो । सबै चीज नयाँ छन् ।

तल फर्किएपछि उनीहरूले जनता र कार्यकर्ताको मन जित्नुपर्यो । त्यसपछि मात्रै उनीहरू (नेता) को हैसियत स्थापित हुन्छ अन्यथा हुँदैन । त्यसो हुनाले मलाई के लाग्छ भने यसरी जाँदा एक नम्बर पार्टी बनाउने राजनीतिक आधार त हाम्रो छँदै छ, उही जनतालाई बुझाउने कुरामात्र हो । जनताबीचमा गएर यति–यति कारणले हामी राजनीतिक रूपमा एक नम्बर छौं भन्ने हो । लिडरसिपका रूपमा पनि जनताले त्यो कुरा स्वीकार गरेको छ, विरोधीले पनि । लिडरसिपका रूपमा दुई नम्बर भन्ने स्थिति नै छैन । सिध्याउन त खोजे धेरैले अझै पनि सिध्याउन खोजिरहेका छन्, त्यो मैले बुझेको छु । अरूले पनि बुझेका छन् तर पनि हामी सिद्धिएका छैनौं । सिध्याउने षड्यन्त्र चानचुनेचाँहि छैन । तपाईंहरूले देखिराख्नु भएको छ । कुनै दिन आएपछि भनौंला । कति ठुल्ठूला षड्यन्त्र भइराखेका छन् भन्ने । तर, जति गरे पनि सकेका छैनन् । राजनीतिक नेतृत्वको हिसाबले हामी पहिलो नम्बरमै छौं । अब संगठनलाई पहिलो बनाउने आवश्यकता हो । संगठनलाई पहिलो बनाउन अब क्रमभंगको स्थितिबाट लैजाने कुरा हो, हामीले त्यसो गर्यौं । मलाई अनौठो पनि लागेको छ, उही लिडरको नेतृत्वमा जनयुद्ध, शान्तिप्रक्रिया, पार्टी विभाजन र एकता हुने कुरा मैले कतै देखेको छैन । अर्थ नभएका स–साना समूहको कुरा छाडिदिनुस्, देशको इतिहासलाई नै बदल्ने पार्टीको इतिहासमा यस्तो भएको छैन ।

हिजोआज प्रशिक्षणमा जाँदा सबै साथीले प्रशिक्षणमा भनेको कुराले मलाई अनुभूति हुन्छ क्या– ‘हामीले गल्ती गर्यौं, अब लिडरसिपलाई एकपटक हामी पूरै साथ दिन्छौं’ भनेर उहाँहरूले बोल्ने गर्नुभएको छ । यो मेरो विचारमा सामान्य कुरा होइन । हिजो विभाजन हुँदा गद्दार भयो, आत्मसमर्पण गर्यो । यसलाई मार्नुपर्छ भनेर पनि लागे केही । भएका शब्द सबै प्रयोग गरे । तर, इतिहासले त्यो कुरालाई पुष्टि गरेन । अब त मैले धेरै भन्नुपर्छ जस्तो लाग्दैन । पुष्टि के गर्यो भने, लिडरसिप जनताले बनाउने हो, जनताले बनाएको थियो । त्यसलाई कसैले मनोगत रूपमा सिध्याउन खोजेर सिद्धिदैन भनेर प्रमाणित भयो । यस्तै व्यक्तिको जीवनमा यस्तै अनुभूति कमै मान्छेले गर्न पाउँछन् । एकपटक गर्न खोज्ने त्यसपछि उठ्नै नसक्नेगरी सिद्धिएको मैले देख्छु । तपार्इंहरूजस्तो पत्रकार साथीहरूले यसलाई गहिरो अनुसन्धान गर्नुहोस्, नेपालमा यो चानचुने कुरा भइहरेको छैन । ठूलो प्रयोग भइरहेको छ ।

नेपालमा माओवादी स्कुल भिन्न हो । यो ०४६ पछि बनेको स्कुल हो । यसको सोच्ने, काम गर्ने र राजनीतिको नेतृत्व गर्ने आफ्नो तरिका छ । यसको विशेषताको खोजी संश्लेषण अहिलेको आवश्यकता हो । जो अब बिस्तारै संश्लेषण हुनेतिर गयो । सबै चीज नयाँ छन् । विभाजन हुँदा पनि अरूजस्तो गरी भएन । एकता हुँदा पनि अरूजस्तै गरी एकता हुँदै छैन । त्यसैले यो माओवादी स्कुल के चीज हो, अध्ययन गर्नैपर्छ । यसको अध्ययनमा अहिलेका बुद्धिजीवीको दिमाग गएन भने भोलिको पुस्ताले फेरि खोज्छ । बीसौं हजारको बलिदानले राजतन्त्र अन्त्य भएको इतिहासलाई दबाउन खोजेर कांग्रेस र एमालेले दब्छ भन्ने सोच्नु त्योभन्दा ठूलो गल्ती केही पनि हुँदैन ।

राष्ट्रिय सरकार बनाउने भनेर तपाईं आफैंले हामफाल्नुभयो । आजको दिनमा राष्ट्रिय सरकारको मुद्दा कहाँ छ ?

सरकारबारे छलफल चलिरहेको छ– सबैबीचमा । हामीले राष्ट्रिय सरकार बनाउने कुरा सत्ताको चासो भएर गर्यो भन्ने कुरा सुनिन्छ । योचाहिँँ गलत हो । अहिले देशका अगाडि जे–जस्ता समस्या छन्, त्यो राष्ट्रिय सहमतिविना हल हुन सक्दैन भन्ने हाम्रो निष्कर्ष हो । तर कांग्रेस र एमालेको नेतृत्वले त्यो कुरा बुझिराखेको छैन् । त्यसैले कहाँनेर गएर के विस्फोट हुन्छ भन्न सकिँदैन ।

हिजो पनि जनयुद्ध गर्नुपर्ने अवस्था आयो । आज पनि कांग्रेसले चाहे त्यो मधेसका जनताको कुरा होस्, चाहे पुनःनिर्माणको । चाहे विकास निर्माण गर्ने कुरा होस् । चाहे संविधान कार्यान्वयन गर्ने अवस्था, चुनाव गर्ने आवश्यकता होस् वा ऐन कानुन बनाउने विषयलाई मैले कहिल्यै कांग्रेस र एमालेले प्राथमिकतासाथ लिएको देखेको छैन । देश भड्खालोमा जाओस् भन्ने सोचाइ छ नेताहरूको । देशलाई फेरि कहीं न कहीं लगेर भड्खालोमा हाल्नेभन्दा बाहिर गएको अवस्था देखिँदैन । अहिले पनि एमाले र कांग्रेसका नेतासँग मेरो कुरा भइरहन्छ । कांग्रेस अहिले देशको पहिलो नम्बरको पार्टी र एमाले दोस्रो नम्बरको पार्टी छ । यसलाई तत्काल अहिले बदल्न त सकिन्न फेरि पनि । उनीहरूसँग अरू शक्ति पनि सहमत भएमात्रै संविधान संशोधन हुन सक्छ । त्यसैले यो देशको समाधान राष्ट्रिय सहमतिको सरकार हो । संविधान बडो दुःखले बनाएको हो । पूर्वप्रधानमन्त्री सुशील कोइरालाजीलाई संविधान बनाउन हतारो थिएन । ओलीजीलाई पनि समानुपातिक समावेशी व्यवस्थासहितको संघीय संविधान बनाउन हतारो थिएन । हामीले तेस्रो पार्टी भए पनि संविधान बनाउने परिस्थिति सिर्जना गर्न धेरै मेहिनेत गर्यौं ।

मैले राष्ट्रिय सहमतिकै लागि प्रयास गरिरहेको छु । सबैतिर कुरा भइरहेको छ, निराश भइहाल्नुपर्ने अवस्था छैन । अझै पनि सम्भावना छ राष्ट्रिय सहमतिको । अब भएन भने हामी मुद्दामा जान्छौं ।

prachanda (12)
अहिले कार्यान्वयनमा पहिलाकै स्थिति छ । जसलाई हिजो संविधान बनाउन त्यति धेरै रुचि थिएन । आज उनीहरूलाई कार्यान्वयन गर्न पनि त्यति धेरै रुचि छैन । संविधान कार्यान्वयन नभए के हुन्छ त संविधान कार्यान्वयन नभएर । उनीहरूलाई त हिन्दु राष्ट्र भए पनि फरक छैन । राजै फर्किएर आए पनि के भयो । तर, हामी माओवादीका लागि त जीवनमरणको सवाल छ । हामी माओवादीमात्रै होइन, मधेसी, जनजाति, दलित, महिला, मुस्लिम, उत्पीडित वर्गलाई जसको सहयोग लिएर हामीले राजतन्त्र अन्त्य गर्यौं, त्यो समुदायलाई गाह्रो हुन्छ ।

त्यस्तो विचार राख्ने पात्रसँग सहकार्य गर्दा कता–कता गइयोजस्तो लाग्दैन ?

जानैपर्ने थियो । अर्को उपाय नभएपछि त जानुपर्यो नि ।

तपाईले संवादको प्रयोग गर्नुभयो, राष्ट्रिय सहमतिका लागि । संवादको प्रयोग सफल भएन भने त अर्को प्रयोगमा जाने होला नि ?

मैले राष्ट्रिय सहमतिकै लागि प्रयास गरिरहेको छु । सबैतिर कुरा भइरहेको छ, निराश भइहाल्नुपर्ने अवस्था छैन । अझै पनि सम्भावना छ राष्ट्रिय सहमतिको । अब भएन भने हामी मुद्दामा जान्छौं । शान्तिप्रक्रियादेखिका मुद्दा, संविधान कार्यान्वयन गर्ने मुद्दा, जनताका विकास निर्माणदेखि पुनःनिर्माणसम्मका मुद्दा लिएर जान्छौं । ती मुद्दामा जोसँग बढी सहकार्य गर्दा फाइदा हुन्छ, हामी त्यहीसँग सहकार्य गर्छौं । मुद्दामा आधारित भएर सहकार्य हुन्छ ।

कहिलेसम्म पर्खनुहुन्छ त ?

धेरै लाग्दैन । असार सुरु भयो । यो महिनाभित्रमा केही न केही किनारा लाग्छ ।

तपाईंलाई जनताले भोट दिने भनेको, यी नेताहरूले हाम्रो पक्षमा काम गरिदेलान्, देशका लागि राम्रो काम गर्लान् भनेर हो । आज तपाईंले जो–जो मान्छे सिंहदरबार पठाउनुभयो, न जनता न कार्यकर्ता र तपाईं आफैं पनि खुसी हुनुहुन्नहोला । के सोच्नुभएको छ, मन्त्रीहरूको कार्यसम्पादन विषयमा ?

त्यसै भएको हुनाले मैले राष्ट्रिय सहमतिको आवश्यकता पैदा भयो भनेको हुँ । यसको जवाफ मैले योभन्दा बढी अहिले दिनुपर्छ जस्तो लाग्दैन ।

अहिले देशको राजनीतिक स्थिति नै जटिल भएकाले मन्त्रीहरू वा उनीहरूको कामलाई मात्रै हेरेर हुने स्थिति छैन । अब केही मन्त्रालयमा राम्रा काम नभएका पनि होइनन् । केही मन्त्रालयमा राम्रा काम सुरु भएका छन् ।

तपाईंको दिमागमा एउटा कुरा खेल्ने, तपाईं एउटा कुरा गर्ने सरकारमा गएका प्रतिनिधि पात्रले अर्कै काम गर्दा तालमेल नमिलेकोजस्तो देखियो भनेर टिप्पणी हुन्छ । यो नेताहरूले पार्टी नीति नबुझेको हो या के हो ? तपाईं राष्ट्रिय सहमतिको कुरा गर्नुहुन्छ तपाईंका मन्त्रीले एउटा क्लबमा गएर अर्कै कुरा गर्छन्, यसलाई हामीले कसरी बुझ्ने ?

सम्बन्धित विषयमा हाम्रो छलफल भइरहेको छ । कहिलेकाहीं ‘कम्युनिकेसन ग्याप’ र कहिलेकाहीं निर्णयलाई बुझ्ने विषयले पनि यस्तो भइरहेको हो । तर, सधैं यस्तो हँुदैन । यो विषय ट्र्याकमा जान्छ ।

prachanda (8)
मन्त्रीहरूलाई नम्बर दिने भन्नुभएको थियो, सरकारमा जादाँ । अहिलेसम्म आठजना मन्त्रीले कति–कति नम्बर पाए, पास कि फेल भए ?

अहिले देशको राजनीतिक स्थिति नै जटिल भएकाले मन्त्रीहरू वा उनीहरूको कामलाई मात्रै हेरेर हुने स्थिति छैन । अब केही मन्त्रालयमा राम्रा काम नभएका पनि होइनन् । केही मन्त्रालयमा राम्रा काम सुरु भएका छन् । यसले भोलिका दिनमा जनताको दैनिकीमा सकारात्मक असर पार्नेछ । चाहे तपाईं ऊर्जासँग सम्बन्धित कुरा गर्नुस्, कृषि, शिक्षा वा सामान्य प्रशासनसम्बन्धी कुरा गर्नुस् । यी सबै मन्त्रालयका काम हेर्नुभयो भने केही न केही महत्वपूर्ण कुरा भएका छैनन् भन्ने होइन ।

हामी सरकारमा भएकै बेला लोकप्रिय बजेट आयो । हुन त मान्छेलाई सजिलै एमालेले ल्यायो भन्ने हुँदोरहेछ । तर, तपाईं मन्त्रालयपिच्छे हेर्नुभयो भने हाम्रो पार्टीका मन्त्री र हाम्रा मन्त्रालयको भूमिका त्यहाँ धेरै गहिरो छ । बजेटको स्वामित्व लिनुभन्दा हाम्रा कतिपय साथीचाहिँ अलि सोझा हुन्छन्, राजनीतिमा स्वामित्व लिन नजान्ने । आफैंले गरेको कुरा आफैंले हो भन्न नसक्ने । आफूले धेरै मिहिनेत गरेर फल फलाको छ, अलिकति कसैले केही गर्यो भने छाडिदिनेजस्तो । चाहे कृषि क्षेत्र, चाहे शिक्षा वा विकास अन्य क्षेत्र वा स्थानीय जनतामा बजेटको कुरा पुर्याउने विषय भन्नुस्, यसमा हाम्रो पार्टीको एमालेको भन्दा बढी भूमिका छ किनकि प्रमुख मन्त्रालय हाम्रो हातमा छ अनि के ती प्रमुख मन्त्रालयलाई माइनस गरेर बजेट राम्रो बनेको हो त ? ती मन्त्रालयको योजनामा त त्यहाँ गएका छन् । तर, हाम्रा मन्त्रीको कमजोरी के भएको छ भने आफैंले गरेको राम्रा कामको पनि स्वामित्व लिन नसक्ने । यो कमजोरीचाहिँ भएको छ । तर, काम केही पनि गरेको छैन भनेर फिटिक्कै भएन भन्न मिल्दैन ।

डा. बाबुराम भट्टराईको राजनीतिमाथि जान्न खोजेको, उपस्थित जे थियो र ओलीले एमालेलाई बाहेक अरूलाई धक्का दिन्छ भनेर जे टिप्पणी गरे । तपाईंको प्रारम्भिक टिप्पणी के हो, नयाँ शक्तिको औपचारिक घोषणापछिको ?

पहिलो कुरा उहाँ जसरी जानुभएको छ, उहाँले एउटा कुरा स्पष्टै के भन्नुभएको छ भने क्रान्ति, माक्र्सवाद र हिजोको जनयुद्धबाट आफूलाई अलग्याउने ढंगबाट उहाँ जानुभएको छ । उहाँले जुन वर्ग समुदायलाई लिएर समृद्धिको कुरा गर्नुभएको छ, त्यो भनेको कांग्रेस र एमालेको समानान्तर ढंगले पार्टी बनाउने प्रयास हो । तपाईं वैचारिक भन्नुस् वा मान्छे पात्र हेर्नुहुन्छ भने पनि के देख्नुहुन्छ भने सबैभन्दा बढी धक्का एमालेलाई पुग्छ । उहाँले दिने धक्का कांग्रेसलाई हो, एमालेलाई हो । माओवादीलाई हुन्छ कि भनेर मानिसलाई परेको छ , बिल्कुल गलत हो ।

कोही पनि गम्भीर राजनीतिज्ञले विचार गर्यो भने उहाँ त वर्ग समन्वयतिर जानुभयो । त्यस्ता प्रशासक, त्यस्ता मान्छे जो यो समाजमा हाइफाइमा छन्, त्यसलाई सम्बोधन गर्ने ढंगले र उहाँले जुन अर्थनीतिको कुरा गर्नुभएको छ, त्यो पनि त्यही ‘अपर मिडिल क्लास’लाई सम्बोधन गर्ने ढंगले जानुभएको छ । त्यसकारण उहाँको विचारले पनि र संगठनात्मक आचरणले पनि र उहाँले जो विधि विज्ञापनवाला विधि अपनाउनुभएको छ, आजका साम्राज्यवादी पुँजीवादी विज्ञापनमा केन्द्रित छन् । विचार पनि बुर्जुवा लिनुभयो, मान्छे पनि बुर्जुवा नै खोज्दै हिँड्नुभयो, विज्ञापन विधि पनि बुर्जुवा नै अपनाउनुभयो भने त्यसले माओवादी विचार र आन्दोलनमा कुनै क्षति पुर्याउँदैन । क्षति पुर्याउँछ भने एमाले र कांग्रेसलाई । समानान्तर पार्टी उहाँले त्यो लाइनका लागि बनाउँदै हुनुहुन्छ । चुनाव जित्ने आधार उहाँले त्यता बनाउँदै हुनुहुन्छ भनेपछि ओलीजीले त्यहाँ जे टिप्पणी गर्नुभयो, मलाई लाग्छ– ओलीजी आतंकित भएर गरेको टिप्पणी हो त्यो ।

भनेपछि कांग्रेस, एमालेको विकल्पका रूपमा बाबुरामले पार्टी बनाउनुभएको हो ?

हो नै त्यो । स्पष्टै छ, उहाँले वर्ग समन्वयको विचार, उहाँको विधि, उहाँले संकलन गरेका मान्छे, उहाँको भीड जम्मा गर्ने तरिका, तपाईं जताबाट हेर्नुस्, त्यसले हान्ने भनेको एमाले र कांग्रेसलाई नै हो ।

उत्पादनका लागि संघर्ष वा समृद्धिका लागि संघर्ष माओवादी आन्दोलनले सुरु गरेको एउटा नारा हो । यसमा बाबुरामजीले चिटिङ गर्नुभयो । उहाँले माक्र्सवाद लेनिनवाद, माओवादअन्तर्गत कम्युनिस्ट पार्टीको नेतृत्वमा भनिएको हो । तर, यी सबै वाद परित्याग गरेर, कम्युनिस्ट पार्टीलाई नै परित्याग गरेर त होइन ।

तपाईंले नेपाललाई विकास गरेर स्वीटजरल्यान्ड बनाउने भन्नुहुन्थ्यो । त्यो ‘प्याटेन्ट राइटस्’ त बाबुरामले लगेजस्तो लाग्छ कि ?

मैले स्वीटजरल्यान्ड बनाउने भनेको सर्वहारावर्गको नेतृत्वमा, मजदुर किसानको एकताका आधारमा भनेको हो । अहिले यो फेरि विकासको कुरा वा उत्पादनका लागि संघर्षको कुराचाहिँ बाबुरामजीको होइन । ‘रियालिटी’ माओवादीभित्रबाट हेर्नुहुन्छ भने हेटौंडा महाधिवेशनमा जे एजेन्डा पारित भयो । त्यो बाबुरामजीको मस्तिष्कको उपज होइन । त्यो पार्टीको हो, नेतृत्वको हैसियतले मैले त्यसलाई प्रस्ताव गरेपछि त्यो संघर्षतिर जानुपर्छ भनिएको हो । तर, अहिले साम्राज्यवादी विज्ञापनवालाले त्यो बाबुरामजीकै हो भन्छन् भने मेरो भन्नु केही छैन । तर, गम्भीर विश्लेषकले के कुरा देख्छ भने यो उत्पादनका लागि संघर्ष वा समृद्धिका लागि संघर्ष माओवादी आन्दोलनले सुरु गरेको एउटा नारा हो । यसमा बाबुरामजीले चिटिङ गर्नुभयो । उहाँले माक्र्सवाद लेनिनवाद, माओवादअन्तर्गत कम्युनिस्ट पार्टीको नेतृत्वमा भनिएको हो । तर, यी सबै वाद परित्याग गरेर, कम्युनिस्ट पार्टीलाई नै परित्याग गरेर त होइन । उहाँको अर्को कुरा के भने अर्को वर्ग जसविरुद्ध हाम्रो लाइन लक्षित हो, त्यही वर्गसँग मिलेर उहाँ त्यो कुरा भनिराख्नुभएको छ । त्यसकारण सारमा फरक भयो । उहाँले चिट गर्नुभयो ।

बाबुरामले एउटा प्रस्ताव गर्नुभएको छ । वामलोकतान्त्रिक पार्टी । विचारमा कम्युनिस्ट विधिमा लोकतान्त्रिक भन्ने छ । यो तर्कलाई के भन्नुहुन्छ ?

यो ‘टर्मिनोलोजी’ नयाँ होइन । यो विश्वभरि धेरै पहिलेदेखि माक्र्सकै पालादेखि ल्याउन खोजिएको ‘टर्मिनोलोजी’ हो । त्यो अरूले होइन, बुर्जुवा वर्गकै प्रतिनिधिले अघिसारेको वामपन्थीको लोकप्रियताका कारण वामपन्थीलाई कमजोर पार्न अघि सारिएको हो । पहिलो कुरा यो नयाँ छैन । दोस्रो कुरा, नेपालमा यस्तो हुनुपर्छ भनेर धेरैले भनिसकेको र त्यो फेल भइसकेको हो, नेपालकै कुरा गर्नुपर्दा ।

तेस्रो कुरा, यो हो केभन्दा बाघ र बाख्रालाई सँगै राख्ने कुरा हो । बाघ र बाख्रालाई सँगै राखेर म प्रगति गर्छु भन्यो भने त्योभन्दा हास्यास्पद अरू केही हुन्छ र ? वामपन्थी कम्युनिस्टको काम गर्ने एउटा धार छ, उनीहरूको एउटा विचार छ, संघर्षको एउटा तरिका छ । वर्ग आधार छ । तथाकथित लोकतान्त्रिक भनेर प्रयोग गर्न खोजेको लोकतान्त्रिक भनेको दक्षिणपन्थ भनेको हो, उहाँले दक्षिणपन्थ र वामपन्थलाई एकठाउँमा राख्ने भनेको असम्भव हो । त्यसैले उहाँ असम्भव प्रयास गरेर सफल हुनुहुन्न । उहाँले वामचाहिँ कम्युनिस्टलाई भ्रममा राख्न प्रयोग गर्नुभएको हो तर सारचाहिँ उहाँको कांग्रेस नै हो । हुन खोजेको उहाँ दोस्रो कांग्रेस हो ।

prachanda (1)
सँगै लड्न पनि जानुभयो, सँगै युद्ध पनि गर्नुभयो, कहीँ सहकार्य हुन सक्छ तपाईंहरूको ?

युद्धमा जानुभयो । उहाँले हिजो मद्दत गर्नुभयो । यो सकारात्मक पाटो हो । यसको म नकारात्मक टिप्पणी गर्न चाहन्न । तर, अन्तरसंघर्षमा उहाँसँग सुरुदेखि नै वैचारिक संघर्ष भइराख्यो । उहाँले अर्कै विचारको प्रतिनिधित्व गरेको देखिने र मैले अर्कै विचारको प्रतिनिधित्व गरेको देखिने । जाँदाजाँदै उहाँले भन्नुभयो रे– मैले यति धेरै मिहिनेत गरें प्रचण्डलाई बदल्न सकिनँ । मैले पनि भन्ने के हो भने बाबुरामलाई बदल्न यति धेरै प्रयास गरें तर सकिनँ । २५ वर्षभन्दा बढी अझ ०३८÷३९ सालदेखिको हो– हाम्रो संगत । मैले बाबुरामजीलाई कम्युनिस्ट आन्दोलन, सर्वहारा जनताको पक्षमा, क्रान्तिको पक्षमा ल्याउन धेरै मिहिनेत गरेँ । ‘लास्ट’मा उहाँ जानुभयो, सकिएन । उहाँले पनि मलाई बदल्न धेरै मिहिनेत गर्नुभएको होला । सकिन्छ कि हामीजस्तो बनाउन भनेर उहाँले सोच्नुभएको होला, त्यसैले रिसाउनुभयो होला ।

तपाईंले एउटा कार्यक्रममा उदार तानाशाहको प्रसंग निकाल्नुभयो ? बहसमा आयो, अहिले यस्तो बहस सिर्जना गर्नुपर्ने आवश्यकता के ?

अहिले बहसमा त्यस्तो पनि चलेको छ भनेको हो मैले । सिंगापुर र मलेसियाको उदाहरण दिँदै त्यहाँको विकासमा चाहिँ उदार तानाशाहको, तानाशाह नै हो तर पनि जनताको पक्षमा, विकासको पक्षमा काम गर्नेखालको । यहाँ नेपालमा पनि त्यस्तै चाहिने हो कि प्रजातन्त्रले जहिले पनि अराजकता विकास निर्माणतिर केन्द्रित नै नहुने भन्ने बहस पनि छ भनेको थिएँ मैले । मैले के पनि वाक्य भनेको थिएँ भने नेपालमा त्यस्तो उदार तानाशाह आउन सम्भव छैन । त्यो आयो भने निरंकुश तानाशाह नै हुन्छ भनेको थिएँ । त्यसकारण कसैले त्यस्तो उदार तानाशाह चाहिन्छ भनेर मलाई सुझाव दिन्छन्, त्यो भनेको देशलाई निरंकुशतातर्फ लैजाने षड्यन्त्र हो भनेर मैले भन्ने खोजेको हो । मैले उदार तानाशाह चाहियो भनेको होइन । बरु उदार तानाशाहको नारा लिएर निरंकुश तत्व आउने खतरा छ भनेको हो ।

अर्को एउटा कुरा नेपालको राजनीतिमा अन्तर्राष्ट्रिय समीकरण बन्ने र भत्किने भइहाल्यो । तपाईंचाहिँ कहिले उत्तरतर्फ देखिने, कहिले दक्षिणतर्फ देखिने, कहिले बीचमा देखिने । ठ्याक्कै तपाईंको समीकरणचाहिँ के हो ?

(हाँस्दै) तपाईंले जे प्रश्न गर्नुभयो त्यही हो मेरो समीकरण । कहिले उत्तरतर्फ देखिने, कहिले दक्षिणतर्फ देखिने, कहिले बीचतर्फ तर हुनेचाहिँ नेपालमा हो– मेरो समीकरण । त्यति हो । प्रचण्ड भनेकै त्यही हो । नत्र त प्रचण्डै हुँदैन नि । दक्षिणतिरमात्रै देखिए पनि प्रचण्ड हुँदैन । उत्तरतिरमात्रै देखिए पनि प्रचण्ड हुँदैन । सबैतिर सन्तुलन गरेर नेपालतिर जाने नै प्रचण्ड हो ।

सबै दृष्टिकोणले पार्टीहरूले एउटा सहमति गर्ने हो भने एकैचोटि चुनाव गर्न सकिन्छ भनेर लेख्नुभएको थियो । मलाई त्योचाहिँ मननयोग्य छ, विचारणीय छ भनेर भनें । मैले उहाँको नाम नै कोट गरेर भनेको थिएँ– त्यो छलफल सबैसँग चलेको छ अहिले ।

बुद्धनगरबाट बादललाई पेरिसडाँडा लगेपछि मोहन वैद्यसँग तपाईंको संवाद भएको छ कि छैन ?

फोनमा कुरा भा’को छ । कुराकानी त अहिले राजनीतिक कुरा भएको छैन । जे भयो भइहाल्यो । अब छलफल गर्दै जानुपर्छ भन्ने कुरा भएको छ उहाँसँग । अर्को पार्टी कार्यालय कसरी मिलाउने भन्ने विषयमा उहाँले कुरा गर्नुभएको थियो । हामी त्यो मिलाउँदै छांै ।

स्थानीय निकाय चुनाव र संसदीय चुनाव एकैपटक गर्ने भन्नुभयो । यो प्रयोगले कि त एकैपटक विजय वा एकैपटक पराजित हुने खतरा रहन्छ । यस्तो प्रयोगले जटिल प्रयोगमा किन तपाईंको मन गयो ?

मैले पार्टी, मेरो हित वा चुनावको हारजितको विषयमा केन्द्रित रहेर कुरा गरेको होइन । मेरो कुरा के हो भने जम्मा २० महिना बाँकी छ । अब स्थानीय चुनाव, फेरि–फेरि संघीय चुनाव, फेरि संसदीय चुनाव गर्यो भन्दा समयको पनि दबाब बढी हुन्छ । अब ऐन कानुन बनाउने दबाब पनि हुन्छ । खर्च पनि बढी हुन्छ । त्योभन्दा मैले पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलको एउटा लेख पढेको थिएँ । उहाँले सबै दृष्टिकोणले पार्टीहरूले एउटा सहमति गर्ने हो भने एकैचोटि चुनाव गर्न सकिन्छ भनेर लेख्नुभएको थियो । मलाई त्योचाहिँ मननयोग्य छ, विचारणीय छ भनेर भनें । मैले उहाँको नाम नै कोट गरेर भनेको थिएँ– त्यो छलफल सबैसँग चलेको छ अहिले । यदि तीनवटै चुनाव एकैचोटि सम्भव भएन भने पनि दुईपटकमा गर्न सम्भव छ । स्थानीय र प्रदेशको एकैचोटि गर्ने । या प्रदेश र केन्द्रको एकैचोटि गर्ने हो भने कार्यतालिका मिलाउन सकिन्छ । खर्चका हिसाबले अनावश्यक बोझ हुँदैन ।

यसरी एकैचोटि गर्दा पार्टीलाई ‘रिस्क’ पनि छ । परिणामचाहिँ फाइदा पनि हुन सक्छ र घाटा पनि ।

आउने चुनावमा माओवादीले उत्पीडितवर्ग समुदायका पार्टीसँग गठबन्धन बनाउने कि एक्लै चुनाव लड्ने तपाईंको प्राथमिकता के ?

अहिले के कुरा छ भने हिजो जुन–जुन समुदायसँग हामीले एकाकार भएर गयौँ, आन्दोलन गर्यौं, त्यता फर्कनुपर्छ भन्ने छ । समुदायको हिसाबले पनि मधेसी, दलित, जनजाति, मुसलमान, गरिब मजदुर किसान, खस, आर्यका पनि मजदुर किसानसँग जोडिने विधि खोजी गर्ने भन्ने छ । अझै ठोस रूपमा भन्नुहुन्छ भने मधेस असन्तुष्ट छ अझै पनि । मधेसी मोर्चाको नामबाट विभिन्न विरोधका कार्यक्रम भइरहेका छन् । संघीय गठबन्धन भनेर अहिले रिले अनशन चलिरहेको पनि छ । हाम्रो विचार के छ भने यो समस्या छिटो समाधान गरिनुपर्छ । राष्ट्रिय सहमतिको सरकार बन्ने प्रक्रियासँग यी मुद्दालाई सम्बोधन गर्ने प्रक्रिया पनि जोडिन्छ ।

हामीले मधेस, जनजाति या गरिब, किसानका समस्यासँग जोडिनेक्रममा विगतमा हाम्रो जुन कडी जनतासँग टुटेको छ । त्यो कडी फेरि जोन्डिन्छ भन्ने लाग्छ ।

मधेसकै समस्या समाधान गर्न हामी अरूभन्दा लचिलो छौं । हामी मधेसी जनताका वास्तविक मुद्दा सम्बोधन हुनुपर्छ भन्नेमा छांै । म एउटा रोडम्याप बनाएर त्यसलाई छिट्टै बाहिर ल्याउने कोसिसमा छु । उनीहरूसँग वार्ता गरेर त्यो रोडम्याप बाहिर ल्याउनेछु ।

मुद्दाका आधारमा तत्काल एमालेसँग कार्यगत एकताको सम्भावना देखेको छैन । या त एमालेसँग पार्टीगत, वैचारिक रूपमा सबै छलफल गरेर पार्टी नै एउटै बनाउने कम्युनिस्ट केन्द्र भन्ने हुन्छ, अहिले त्यो सम्भव छैन ।

prachanda (3)
हिजो एक चरण हामी शान्तिप्रक्रियामा आउने बेलामा मधेस माओवादीमय भएको थियो । अहिले मधेसको समस्या समाधान गर्ने विषयमा अरूको भन्दा हाम्रो भूमिका भिन्न छ । एमाले र कांग्रेसको भन्दा भिन्न छ । मधेसी मुद्दासँग नजिक छौं हामी । त्यस्तै थारू, आदिवासी जनजातिको पनि समस्या समाधान गरेर देशलाई एउटा प्रक्रियामा लैजाने कोसिसमा छु । हामी फर्कन खोजिरहेका छौँ । आफ्नै वर्ग र ठाउँमा ।

एमालेसँगको कार्यगत एकताको सम्भावना कत्तिको छ ?

एमालेसँग मुद्दाका आधारमै हुन सक्ने हो । मुद्दाका आधारमा तत्काल एमालेसँग कार्यगत एकताको सम्भावना देखेको छैन । या त एमालेसँग पार्टीगत, वैचारिक रूपमा सबै छलफल गरेर पार्टी नै एउटै बनाउने कम्युनिस्ट केन्द्र भन्ने हुन्छ, अहिले त्यो सम्भव छैन । वैचारिक रूपमा पनि सम्भव छैन । भावना, सांस्कृतिक कुनै पनि रूपमा त्यो सम्भव छैन । सरकारमा त हाम्रो कार्यगत एकता सम्भव भयो । तर, चुनावमा म सम्भव हुने देख्दिनँ किनकि हाम्रो आधार एउटै छ । ‘भोटर’ एउटै भएका कारण चुनावमा त्यो सम्भव हुने सम्भावना देख्दिनँ । असम्भव भन्ने शब्द त प्रयोग नगरौं । तर, सम्भावना कम देख्छु ।

एमालेको दोस्रो पुस्ताका केही नेताले अब एमालेमा नेतृत्व गर्ने व्यक्ति अभाव रह्यो । तपाईं हाम्रै पार्टीमा मिसिन आउनुपर्यो र तपाईंले नेतृत्व लिनुपर्यो भन्नुभएको छ रे नि ?

त्यो भावनालाई म कदर गर्न चाहन्छु । तर, त्यो भावनामा मात्रै सीमित छ । विचार, यर्थाथमा अहिले प्रयोग भइहाल्ने स्थिति छैन ।

द्वन्द्वकालीन मुद्दाका विषयमा सरकार वा कानुन मन्त्रालयले के प्रगति गरेको छ ?

खासगरी यो नौबँुदे सहमति भइसकेपछि शान्ति प्रक्रियालाई नै मुख्य मुद्दा बनाएर हामीले नौबुँदे सहमति गर्यौं । नौबँुदे गरिसकेपछि केही प्रगति पक्कै पनि भएको छ । अहिले ऐन संशोधन गर्ने एउटा, सत्यनिरुपणसम्बन्धी जुन ऐन छ, त्यसमा सत्यनिरुपण आयोगले पनि संशोधनको केही माग गरेको छ । हामीले पनि छलफल गरिरहेका छौँ र त्यो ऐन संशोधन गरेर जहाँनेर अप्ठ्यारो परेको छ, ती अदालत, प्रहरी, सिडियो कार्यालय वा मानवअधिकार आयोगमा भएका मुद्दा सबैलाई केन्द्रित गरेर सत्य स्थापित गर्ने, मेलमिलाप पनि गर्ने र त्यस्ताचाहिँ गम्भीर अपराधका मुद्दाबारे प्रतिनिधिमुलक कारबाही पनि गर्ने मान्यता भित्रपट्टिबाट ऐन संशोधन भइरहेको छ ।

टीआरसीको बारेमा भन्नुपर्दा ज्ञानेन्द्रको विषयमा पनि उजूरी परेको छ । कमल थापाको विरुद्धमा पनि उजूरी परेको छ । तपाईंको विषयमा पनि उजुरी परेको छ । अरूको विषयमा उजुरी पर्दा तपाईंहरू खुसी हुने र तपाईंको विषयमा उजुरी पर्दाचाहिँ दुःखी हुने । यो टीआरसीको विषयमा तपाईंलाई मान्य हुन्छ कि हुँदैन, यो कसरी निर्णय हुन्छ ?

यो प्रश्नमा म के स्पष्ट पार्न चाहन्छु भने हामीले शान्तिप्रक्रिया गर्दा यी सबै घटनामा चाहे राज्यबाट हुन् वा हाम्रो पार्टीबाट सबैलाई एउटा सिद्धान्तद्वारा हल गर्ने भनिएको हो । त्यो सिद्धान्त के हो भने संक्रमणकालीन न्याय सिद्धान्त भनेर अर्कै न्याय प्रणाली हो । परम्परागत फौजदारी अभियोग र सामान्य ‘क्रिमिनल ल’ अन्तर्गत होइन । यो एउटा संक्रमणकालीन न्याय प्रणालीअन्तर्गत समस्या हल गरिनेछ भन्ने शान्ति सम्झौताको मूल भावना हो । यहाँ के ‘कन्फ्युजन क्रियट’ गरिएको छ भने यसरी जनयुद्धक्रममा भएका घटनालाई ‘क्रिमिनल ल’ अन्तर्गत अदालतले नै हेर्ने भन्नेतिर जोड गरेको देखिन्छ । जुन कुरा शान्ति सम्झौताको बिल्कुल विपरीत छ । मान्यतै विपरीत, सिद्धान्त विपरीत छ । अर्कोचाहिँ सोचाई के पनि थियो र छ भने जे–जे भयो–भयो, अब त्यसलाई कोट्याएर फाइदा छैन भन्ने पनि एउटा सिद्धान्त छ । हामीले यी दुइटै सिद्धान्तविपरीत संक्रमणकालीन न्यायको सिद्धान्तबाट टुंग्याउने र सत्य स्थापित गर्ने, पीडितलाई क्षतिपूर्तिद्वारा, परिपूरणद्वारा वा एक–अर्कालाई पश्चातापमार्फत मेलमिलाप गर्न लगाउने भन्ने मूल मर्म हो । यो सिद्धान्त अन्तर्राष्ट्रियस्तरमा स्थापित भएको दोस्रो विश्वयुद्धपछि, प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्धको समाप्तिपछि यस्ता राजनीतिक कारणले भएका द्वन्द्वका कारण सिर्जित समस्या समाधान गर्नका लागि छुट्टै न्यायप्रणालीको विकास गर्न आवश्यक छ भन्ने सोचका आधारमा यो सिद्धान्त विकसित भएको हो । यो विभिन्न देशका विभिन्न ढंगले विकसित भए । दक्षिण अफ्रिकामा पनि यसको प्रयोग भएको थियो । नेपालमा पनि त्यही प्रणालीअन्तर्गत भएको हो । मुख्य कुरा सत्य पत्ता लगाउने र मेलमिलाप गराउने त्यसको ‘टे«न्ड’ हो । तर, केही गम्भीर प्रकृतिका घटनामा प्रतिनिधिमुलक कारबाही हुनैपर्छ । ताकि भविष्यमा यस्ता गल्ती नदोहोरिऊन् । अहिले ऐन संशोधनमा यही सिद्धान्तलाई टेकेर जानुपर्छ भनिएको छ । सत्यनिरुपण आयोगमार्फत नै जानुपर्छ सामान्य अदालतमार्फत होइन ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल