नेपालले गोर्खा भर्ती रोक्न चाह्यो भने रोक्न सक्छ (अशोक मेहतासँगको अन्तर्वार्ता)

नेपालले गोर्खा भर्ती रोक्न चाह्यो भने रोक्न सक्छ  (अशोक मेहतासँगको अन्तर्वार्ता)

भारतीय थल सेनाका पूर्व मेजर जनरल अशोक मेहता लगातार जसो नेपाल आइरहने भारतीय सैन्य अधिरकारी हुन् । लामो समय नेपाली गोर्खा पल्टनमा सेवा गरेको हुनाले नेपाली समेत राम्रो गरी बोल्ने उनी भारत सरकारको रक्षाको क्षेत्रमा काम गर्ने थिङ्क ट्याङ्कमा आबद्ध छन् । भारतले बनाउने छिमेक नीतिमा सुरक्षाको कोणबाट सल्लाहा सुझाव दिने उनैसँग गोर्खा भर्र्तीमा भारतीय स्वार्थ र पेन्सन क्याम्पका नाममा खडा गरिएका भारतीय सेनाका क्याम्पको औचित्यबारे कुराकानी गरेका छन् नरेश ज्ञवालीले ।

Ashok Mehta (4)गोर्खा सैनिक भर्ती

आजको सदर्भमा भारतीय सेनामा नेपालीहरूको सहभागितको सान्दर्भिकता के छ ?

गोर्खा भर्ती सुरु हुने बेलामा र आजसम्ममा यसको महत्वमा खासै धेरै फरक परेको छैन । यति हो कि पहिलाको तुलनामा आज भर्ती हुन आउनेहरू धेरै पढेलेखेका छन् । पहिलाको तुलनामा त्यति स्वस्थ छैनन् । कुनै समय पढ्ने लेख्ने चिन्ता थिएन के मात्रै चिन्ता थियो भने डोकामा कति भारी बोक्ने र अगाडिबाट गोली आयो भने पनि ‘कासन’ पायो भने हमला गर्ने हो । आज भिन्न छ, तर बहादुरीमा कमी छैन । सेनामा जागिर खानु भनेको सम्मान पाउनु हो तर आजका तन्नेरीहरूलाई अन्तिममा पैसा महत्वपूर्ण भएको छ । नेपाल–भारत सम्बन्धलाई निकै घनिष्ट रूपले बाध्ने कडी भनेको सेना–सेना बीचको सम्बन्ध नै हो । नेपाली सेना प्रमुख र भारतीय सेना प्रमुख एकअर्काको सेनाका अनररी जनरल बन्दछन् ।

जहाँसम्म भारत र नेपाली जनताको सम्बन्धको कुरा छ यो त्यस्तो कुरा हो जहाँ भारतको भौगोलिक अखण्डताका लागि कारगिल, सन् १९६५, १९७१, १९४८ का युद्ध नै किन नहुन् ती सबैमा नेपाली नागरिकले गरको कामको वर्णन गर्न अप्ठेरो छ । सङ्क्षेपमा राजनीतिक रूपमा यी दुवै कुरा पहिलो– सेना–सेना बीचको सम्बन्ध र भारतीय सेनामा नेपालीले जागिर गरेर ज्यान दिन तयार हुने कुरा नै नेपाल–भारत सम्बन्धको एक नम्बरको विचार हो । तर मानिसहरू यसलाई मान्दैनन् । म नेपालको गाउँ गाउँ घुमेको छु, नेपाली भूपूसैनिकहरूले जस्तो माया र सम्मान दिने गर्दछन्, त्यो पनि निकै भिन्न स्तरको छ । यसमा दुःखको कुरा के छ भने मानिसहरू यसलाई बन्द गरिनुपर्ने धारणा राख्ने गर्दछन् ।

तपाईंको भनाइलाई आधार मान्ने हो भने त जसरी नेपालीहरूले भारतीय सीमा सुरक्षाका लागि रगत बगाए त्यसैगरी भारतीयहरूले पनि चीन र पाकिस्तानको सीमा सुरक्षाका लागि रगत बगाउने हो भने ती देशहरूसँग पनि भातरको सम्बन्ध प्रगाढ र राम्रो होला होइन ?

यो स्वतन्त्र देश हो । हालै मात्र गोरखा पल्टनबाट अवकास पाएका भारतीय सैनिकहरू अफ्गानिस्तानमा जागिर खाइरहेका छन् ।

नेपाली गोर्खा सैनिकको सन्दर्भमा कुरा गरिएको होइन ।

होइन, म भारतीयहरूको कुरा गरिरहेको छु । भारतमा जुन नेपाली रहने गर्दछन् ती भारतीय हुन् । एउटा गोर्खा बटालियनमा ६० प्रतिशत नेपालबाट र ४० प्रतिशत भारतबाट भर्र्ती हुने गर्छन् । यी भनेका ‘इन्डियन डोमिसाइल्ड’ नेपाली हुन् । उनीहरू अफगानिस्तानमा सेक्युरिटी गार्डमाको काम गरिरहेका छन् । यदि भोलि कुनै देशले सेनामा भर्ती लिने भयो भने र त्यसमा कुनै भारतीय गयो भने त्यो खुला छ । कुनै सेनाले भारतीयहरूलाई बोलायो भने भारतले किन रोक्ने ? आखिर अहिले भारतबाट मुसलवानहरू आईएसमा पनि त गइरहेका छन् । उनीहरूलाई रोकिँदैछ किन भने त्यो गलत काम हो ।

Ashok Mehta (3)एउटा भारतीय नागरिक चीन, पाकिस्तान, बङ्गलादेशको सेनामा उनीहरूको राष्ट्रिय अक्षुणताका लागि भर्ती हुनसक्छ ?

कुनै छुट छैन । मतलब कुनै रोक छैन । भारत स्वतन्त्र देश हो ।

नेपालका सन्दर्भमा सन् १८५० मा इस्ट इन्डिया कम्पनी र नेपाली शासकबीच भएको सम्झौता जसलाई सन् १९४७ मा भारत स्वतन्त्र भएपछि पनि निरन्तरता दियो, त्यो नेपाली गोर्खा भर्तीको औचित्य के भनेर प्रश्न उठिरहेको छ । यसमा भारतको धारणा ?

नेपाल–भारत सम्बन्ध हिन्दु धर्म, इतिहास, संस्कृति र रोटी–बेटीको सम्बन्धमा टिकेको छ । संसारमा कहीँ पनि भलै त्यो क्यानाडा र संयुक्त राज्य अमेरिका बीचको खुला सिमाना नै किन नहोस्, यस्तो पाउनु हुन्न । गोर्खा सैनिक भर्र्ती भनेको त्यही सम्बन्धको एउटा अंश यो हो । भोलि यसलाई रोक्ने भए रोकियोस् । त्यो नेपाल सरकारको कुरा हो । जस्तै हालै नेपाल सरकारले अफगानिस्तानमा जागिर गर्न जान नपाइने भनेको छ । त्यस्तै भोलि हाम्रा नागरिक भारतीय र ब्रिटिस सेनामा जागिर गर्ने छैनन् भन्न पनि सक्छ । नेपाल सरकारले गोर्खा भर्र्ती रोक्न चाह्यो भने रोक्न सक्छ । त्यसो हो भने यो सबै खत्तम हुन्छ । सन् १९४७ मा एउटा सन्धि भएको थियो, यसलाई ‘ट्राइपाटाइड ट्रिटी’ भनिन्छ । यो कुरा जोडिएको छ सन् १८१६ को सुगौली सन्धिसँग । नेपाली सेना इस्टइन्डिया कम्पनीसँग हारेपछि एउटा ‘कन्डिसन’ थोपरिएको थियो । त्यसमा लेखिएको थियो– अबदेखि १०/२० हजार नेपाली हामीलाई भर्र्ती गर्न दिनुपर्नेछ ।

नेपालमा कम्युनिस्टहरूले गोर्खा भर्ती बन्द गर्नुपर्नेबारे बारम्बार कुरा उठाइ रहन्छन् । मनमोहन अधिकारी प्रधानमन्त्री भएको पालामा होस् चाहे बाबुराम भट्टराईले ४० बुँदे माग पत्र पेश गर्दा यो कुरा उल्लेख गरिएको हुन्छ ।

त्यसबेला ब्रिटिस इस्टइन्डिया कम्पनी निकै प्रभावित भएर यो कुरा गरिएको थियो । तर जब सन् १९४७ मा भारतको विभाजन भयो त्यो सीमा मात्रको विभाजन थिएन । त्यो आर्मीको पनि विभाजन थियो । त्यसबेलाको ब्रिटिस इन्डियन आर्मीको दुई तिहाई भारतीय सेनामा परिणत भयो भने एक तिहाई पाकिस्तान आर्मीमा । रह्यो कुरा गोर्खा सैनिकको १० रेजिमेन्टमा ६ रेजिमेन्ट भारतमा र ४ रेजिमेन्ट ब्रिटिसमा गाभियो । त्यसका लागि हरेक सिपाहीसँग सोधिएको थियो । तिमी भारतीय सेनामा बस्ने कि ब्रिटिस सेनामा ? त्यसपछि बल्ल ट्राइपाटाइट सन्धि भयो । जसमा यस विषयमा यसका टर्म एन्ड कन्डिसन, तलब लगायत कुरामा उल्लेख गरिएको छ । आज त्यस अनुरूप भर्र्ती भइरहेको छ । त्यसपछि भारतीय सेनामा ४० हजार र ब्रिटिस सेनामा २ हजार गोर्खा पल्टन रहेको छ ।

नेपालमा कम्युनिस्टहरूले गोर्खा भर्र्ती बन्द गर्नुपर्नेबारे बारम्बार कुरा उठाइ रहन्छन् । मनमोहन अधिकारी प्रधानमन्त्री भएको पालामा होस् चाहे बाबुराम भट्टराईले ४० बुँदे माग पत्र पेश गर्दा यो कुरा उल्लेख गरिएको हुन्छ । तर तपाईंलाई मैले भनुँ जब नेपालमा यसबारे कुनै हल्ला नै थिएन त्यसै बेला सन् १९७६ मा भारतमा गोर्खा भर्र्ती बारे गम्भीर कुरा उठेको थियो । त्यस बेला उठेको प्रश्न– हाम्रोमा बेरोजगारी हुँदाहुँदै युवाहरूको कुनै कमी नुहँदासमेत अर्को मुलुकको मान्छेलाई सेनामा किन लिने ? हुँदाहुँदा यो कुरा प्रधानमन्त्री इन्दिरा गान्धीसम्म पुग्यो । प्रधानमन्त्री गान्धीले सेनाका जनरल जी.जी. वैबुरलाई बोलाएर धारणा मागिन् । उनी गोर्खा पल्टनबाट आएर सेनाका जनरल बनेका थिए । उनले गोर्खा भर्र्ती बन्द गर्न नहुने कुरा राखेपछि यसले निरन्तरता पाइराखेको हो ।

आज सिमलाको नजिक रहेको सबाटु भन्ने ठाउँमा पहिलो पटक जहाँ निकै धेरै गोर्खा सैनिकहरूको भर्र्ती सेन्टर ‘वान एन्ड फोर जीआर (ज्ञ बलम द्ध न्च्) त्यहाँ इतिहासमै पहिलो पटक एउटा पल्टन गठन गरिँदै छ । जुन भारतीय नेपालीबाट गठन गरिनेछ । योभन्दा पहिले कहिलै यस्तो भएको छैन । भनेपछि तपाईंले बुझ्नुस यताबाट सिग्नल जाँदैछ कि भारतमा नेपालीहरूको कमी छैन । तपाईंले गोर्खा भर्र्ती रोक्ने हो भने रोक्नुस् हामीले भिन्दै गोर्खा भर्र्ती खोल्न सक्छौँ । ती सबै भारतीय नागरिकता धारण गरेका नेपाली हुनेछन् । भनेपछि केही हुँदैछ । केही नयाँ प्रयोग हुँदैछ ।

कस्तो खाले नयाँ प्रयोग, प्रष्ट पारिदिनुस् न ?

एउटा सिग्नल दिइराखिएको छ । तपाईंले यो बुझ्न सक्नु हुन्न । यदि भोलि भर्र्ती रोकियो भने हामीसँग निकै नेपाली नागरिक छन्, जसबाट हामीले यो पल्टनमा भर्र्ती लिइरहन सक्छौँ । म यसै क्रममा पछिल्लो महिना सबाटुमै थिएँ ।

Ashok Mehta (2)गोर्खा भर्ती र भारतीय रणनीति

भारतीय सेनामा नेपालीहरूलाई राखिराख्न चाहने भारतीय सरकारको रणनीति के हो ?

मलाई यो प्रश्न नै वाहियात लाग्छ ।

‘सोल्जर अफ फच्र्युन’, ‘मर्सिनरी आर्मी’ जुन अफ्रिकामा हुन्थे त्यस समयमा बाहिरी मुलुकबाट भर्ती गर्ने तथा त्यसको विचार के थियो भने आफ्ना मान्छे मर्नुको सट्टा उनीहरू नै मरून् । उनीहरूको विशेषता के थियो भने उनीहरूलाई निकै राम्रो लडाका पनि ठानिथ्यो ।

सरकारले, सेनाले केही सोच्दै नसोची यत्रो भर्ती गरिरहेको छ ? इन्दिरा गान्धी हुन् चाहे मोदी यस विषयमा आफ्नो हातमाथि नपार्ने गरी कुनै सोचलाई अगाडि बढाउँछन् होला त ?

यसको उत्तर तपाईंले पाइसक्नु भएको छ । सन् १९४७ मा जब विभाजन भयो तपाईंले त्यसै बेला भन्न सक्नुहुन्थ्यो हामीले आफ्ना नागरिक तपाईंको सेनामा पठाउँदैनौँ अथवा जम्मै १० रेजिमेन्ट ब्रिटिसमै जाऊन् भनेर । तर यो भनेको निकै दुरदृष्टिले भरिएको विचार थियो । विश्व प्रसिद्ध जर्मन र जापानी सेना विरुद्ध लडेका अनुभवी सेना जो आफ्नो छिमेकमा छ, त्यसलाई भारतमै राख्नुपर्छ । कसैको दिमागमा यस्तो प्रश्न उठेन होला कि युद्धको मैदानमा १० नेपाली मारिए भने १० भारतीय जोगिनेछन् ।

शासक र सेनाका अधिकारी त पक्कै सोच्दा हुन् ?

‘सोल्जर अफ फच्र्युन’, ‘मर्सिनरी आर्मी’ जुन अफ्रिकामा हुन्थे त्यस समयमा बाहिरी मुलुकबाट भर्ती गर्ने तथा त्यसको विचार के थियो भने आफ्ना मान्छे मर्नुको सट्टा उनीहरू नै मरून् । उनीहरूको विशेषता के थियो भने उनीहरूलाई निकै राम्रो लडाका पनि ठानिथ्यो ।

बाहादुरी र वीरताको मिसाल दिएर शोषण र प्रभुत्वलाई कायम राख्न सजिलो हुन्छ होला है ?

जसरी तपाईंले भन्दै हुनुहुन्छ धेरै जनाले गोर्खा सैनिकलाई ‘क्यानन फोडर’लाई जसरी प्रयोग गरिँदैछ भन्छन् । यिनलाई मर्सिनरीलाई जसरी प्रयोग गरियो भन्छन् । यसका दुवै पाटाहरू छन् । म गोर्खा पल्टनमा भएको हुनाले म नेपाललाई, नेपाली सेनालाई, भारतीय सेनालाई चिन्ने गर्छु ।

Ashok Mehta (1)पेन्सन क्याम्प र यसको उद्देश्य

अर्को प्रसङ्ग– भूतपूर्व गोर्खा सैनिकहरूको पेन्सन व्यवस्थाका लागि नेपालमा भारतीय सेनाका कतिवटा क्यापहरू खडा गरिएका छन् ?

भारतीय सेनामा कहिलेकाहीँ के कुरा उठ्ने गर्छ भने नेपाली भूतपूर्व सैनिकहरूका लागि जति वेलफेयर, विशेष व्यवस्था उनीहरूकै देशमा भारतीय सेनाले उपलब्ध गराउँछ त्यति हामीलाई किन गराउँदैन । भनेपछि भारतीय सेनाले नेपाली गोर्खा सैनिकका लागि यति धेरै काम गरेको छ कि यो कुरा भारतमा उठ्ने गर्छ । जस्तै सेनाको स्वास्थ्यसम्बन्धी ‘ईसीएचएस’ परियोजना । अहिले नेपालमा १५ अस्पताल स्थापित भइसकेका छन् । सन् १९७५÷७६ मै सेनामा एउटा विचार आयो कि जहाँ जहाँबाट भारतीय सेनामा नेपालीहरूको भर्र्ती हुन्छ त्यहाँसम्म भारतीय सेनाका अफिसरहरूको टोली पुगोस् । एक वर्षभरीमा १२ देखि १५ टोली नेपालका विभिन्न ठाउँहरूमा जाने गर्छन् । वेलफेयरको काम गर्ने सैन्य कार्यालय जत्रो काठमाडौंमा छ योभन्दा ठूलो मिलिटिरी अफिस अन्य कुनै देशमा छैन । यस देशमा जति ठूलो ‘मिलिटरी अर्गनाइजेसन’ अन्य कुनै देशमा छैन । एउटा अफिस काठमाडौंमा छ एउटा धरानमा छ एउटा पोखरामा छ यसको अलावा २६ ‘डिस्ट्रिक सोल्जर बोर्ड’ छ । अहिले ३ नयाँ बन्दै छन् । एउटा नयाँ पेन्सन क्याप पनि बनाइँदै छ जुन बुटवलमा हुनेछ ।

बुटवलको फुरबारीमा पहिलैदेखि नै भारतीय सेनाको टुकडी छँदैछ अर्को पनि खडा गर्न लागिएको ?

त्यो अस्थायी हो । त्यहाँ स्थायी पेन्सन क्याम्प बनाइदै छ । जसका लागि जग्गा किनेर तयार छ । २६ ‘डिस्ट्रिक सोल्जर वोर्ड’ छँदैछ यसका साथै पेन्सन बाड्नका लागि भनेर ‘टे«किङ टिम्स’ छ जुन टोली विभिन्न जिल्लामा खटिने गर्छ । यसका अलावा भारतबाट नै सेनाको मेडिकल टिम पनि वर्षमा ७–८ वटा आउने गर्छ । मेडिकल टिमको अवधारणा भनेको तपाईंको घरमा पुगेर उपचार दिओस् भन्ने हो । कारगिल युद्धमा नेपाली मात्र होइन भारतीय पनि मरे तर जति हामीले भारतीय सैनिकको रेखदेख गर्दैनौँ त्यो भन्दा धेरै हामीले नेपालीहरूको गर्ने गर्छौं ।

अमेरिकाले राख्ने क्याम्प र भारतले राखेका पेन्सन क्याम्पको कुरा भिन्न छ । हरेक देशका आफ्नै राष्ट्रिय स्वार्थ हुने गर्छन् । भारतको कुनै पनि ‘आउसाइड बेस’ छैन ।

अमेरिकन र नाटो सैनिकहरूले विश्वका विभिन्न देशहरूमा आफ्नो बेस क्याम्प किन खडा गर्न चाहँदा रहेछन् ?

त्यो उनीहरूको इन्टे«स्टको कुरा हो ।

ती इन्टे«स्टहरू कस्ता हुन्छन् होला ?

त्यसमा पहिलो सेक्युरिटी इन्टे«स्ट हुन्छ । विश्वको नेतृत्वकारी शक्ति भएको हुनाले उनको ठाउँ–ठाउँमा त्यसको परिपूर्तिका लागि बस्नुपर्ने हुन्छ । साथै चाइनाको मुकाबला गर्न पनि बस्ने गर्छन् । अमेरिकाले राख्ने क्याम्प र भारतले राखेका पेन्सन क्याम्पको कुरा भिन्न छ । हरेक देशका आफ्नै राष्ट्रिय स्वार्थ हुने गर्छन् । भारतको कुनै पनि ‘आउसाइड बेस’ छैन । भारतका रिजनल स्वार्थ मात्र छन् ।

Ashok Mehta (9)पोखरामा पेन्सन क्याम्पको नाममा कर्णेलको नेतृत्वमा ६० देखि ७० जनाको टुकडी रहने गर्छ भने यस्तै काठमाडौं, धरान, बुटलवल लगायतका तपाईंले भनेको ती २६ ठाउँमा ती सेनाले वर्षभरि पेन्सन मात्र बाँडेर बस्छन् ? अन्य काम पनि गर्दा होलान् नि ?

यो त २४ वाई ७ को कुरा हो । प्रत्येक बिहान ९ बजेदेखि कार्यक्रम सुरु भइहाल्छ र मान्छेहरू राति ९ बजेसम्म त्यही हुन्छन् । पहिला कम्प्युटराइज थिएन आज सबै सिस्टम कम्प्युटराइज भएको छ, पेन्सन एक दिनभित्रै पाऊन् भन्ने नीति छ । तपाईंले जता सङ्केत गर्दै हुनुहुन्छ, त्यसको सम्भावना छैन । त्यसका लागि अर्को जागिर हुने गर्छ ।

तपाईं मुसुमुस हाँस्दै भन्नु हुन्छ– त्यसको कुनै सम्भावना छैन ?

(हाँस्दै) त्यसको कुनै आवश्यकता नै छैन भारतलाई । यदि कुनै यस्तो कुरा हुँदैछ भने हाम्रा भूपू सैनिक आएर कुरा गर्छन् ।

तपाईंले माथि भनेको क्षेत्रीय स्वार्थ पूर्तिमा ती सैन्य क्याम्पहरूले निकै सहयोगी भूमिका निभाउँछन् होला है ?

यो कुरा आजको कुरा होइन । यो त पहिलैदेखि चलिरहेको छ । बुटवलमा मात्रै नयाँ बन्दैछ अरू त पुरानै कुरा हो । त्यो क्याम्प पनि ५०–६० वर्षमा बल्ल बन्दैछ । हामीलाई नेपालमा केही गर्ने आवश्यकता नै छैन । नेपालको सरकारलाई अब ज्ञान भइसकेको छ, जब सन् १९९९ मा जब काठमाडौंबाट आईसी ८१४ को अपहरण भयो र कान्धार पु¥याइयो त्यसबीच नेपाल र भारतका बीच जुन कुराकानी भयो त्यसले गर्दा सबैलाई थाहा भइसकेको छ, कुरा के हो ।

त्यसैले गर्दा हो भारतले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा एयर मार्सल राख्ने कुरा गरेको ?

त्यो विषय मलाई थाहा छैन । अमेरिकामा त कट्टु समेत खोली दिन्छन । उनीहरू त ‘प्याट डाउन चेक’ गर्छन् । भारतीय सेना नेपाली ड्रेसमा छ भने भिन्दै कुरा हो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल