पछिल्लो पटक भ्रष्टहरुले डा. केसीलाई प्रयोग गर्दैछन् ( भ्रष्टाचारविरोधी अभियान्ता केदार खड्काको अन्तर्वार्ता)

पछिल्लो पटक भ्रष्टहरुले डा. केसीलाई प्रयोग गर्दैछन् ( भ्रष्टाचारविरोधी अभियान्ता केदार खड्काको अन्तर्वार्ता)

स्वास्थ्य क्षेत्रमा समस्या रहेको दाबी गर्दै अनसनबाट आफ्नो आन्दोलन सुरु गरेका डा. गोविन्द केसी अहिले राजनीतिक नारा बोकेर सडकमा आएका छन् । उनले आफ्नो आन्दोलनलाई अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरद्ध महाअभियोग लगाउने मागमा पुर्याएका छन् । एउटा तप्का उनका पछाडि दौडिरहेको पनि छ ।

२ दशकभन्दा बढीदेखि भ्रष्टाचारविरोधी अभियानमा सक्रिय केदार खड्का भने डा. केसीले चलाइरहेको आन्दोलनको विपक्षमा छन् । आन्दोलनकै क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै खारेज गर्ने षड्यन्त्र उनले देखेका छन् । भ्रष्टाचारविरोधी अभियान र यसको प्रभावबारे खड्कासँग रमन पौडेलले गरेको अन्तर्वार्ता :

भ्रष्टचारको अवस्था कस्तो देख्नुहुन्छ ?

–भयावह नै छ । यो मानेमा हामीले नभने पनि अन्तर्राष्ट्रिय संस्थाहरुले पेस गरेको तथ्याङ्कको आधारमा हेर्ने हो भने थाहा हुन्छ, हामी अत्यन्त धेरै भ्रष्टाचार गर्ने मुलुकमा पर्छौँ ।

पछिल्लो अवस्था हेर्ने हो भने पनि नीति निर्माण तहमै यसको प्रभाव देख्न सकिन्छ । भ्रष्टारचार घट्नुको सट्टा बढ्दै छ ।

डरदलाग्दो पक्ष भनेको संसदमै केही गलत प्रवृत्तिका मान्छेलाई सबै पार्टीबाट संरक्षित गरिएको अवस्था छ । त्यस्ता गलत प्रवृत्तिका मान्छे संसदमै प्रवेश गरेर नीति निर्माण तहमै आक्रमण गर्ने प्रवृत्ति बढेको देखिन्छ । ऐन बनाउने क्रममै आक्रमण गर्ने यो शैली डरलाग्दो पक्ष हो ।
हुँदा हुँदै संविधान निर्माण दुरुपयोग अनुसन्धान आयोगलाई कमजोर बनाइयो र उसले लामो समयदेखि अभ्यास गर्दै आएको र ‘ग्राज्युएसन’ गरिसकेको कुरालाई पनि संविधानमा हटाइदिएको देखियो ।

भ्रष्टाचार बढ्दै जाने, नीति निर्माण कमजोर हुने सँगसँगै भ्रष्टाचारी बढ्दै जाने त्रिकोणात्मक अवस्था छ ।

भ्रष्टाचारीहरु सङ्गठित छन् । अहिले हामी भ्रष्टाचारको विषयमा अन्तरर्वार्ता गरिरहँदा सायद अहिले भ्रष्टाचारीहरु कुनै होटलमा मिटिङ बसिरहेका छन् कि कसरी अख्तियारलाई ‘डिफङ्ट’ गर्न सकिन्छ भनेर ।

kedar khadkaतपाईँहरु भ्रष्टाचार विरोधी अभियानमा लामो समयदेखि लाग्नुभयो । उपलब्धि के पाउनुभयो ?

–२३ वर्ष भयो म ‘एन्टि करप्सन’मा लागेको । यसरी हेर्दा हामीले गरेका अभियानबाट जनमत निर्माण गर्न सकेका छौँ । हिजोका दिनसम्म प्रहरी, सेना वा कर्मचारीसँग आँखा जुधाएर हेर्न नसक्ने जनताहरु अहिले ‘तैँले भ्रष्टाचार गरिस्’ भनेर औँलो उठाउन सक्ने अवस्थामा पुगेका छन् ।

यो–यो ठाउँमा भ्रष्टाचार गरियो भनेर ‘लुप होल’ पत्ता लगाउने अवस्थासम्म पुग्न सकिएको छ । सञ्चारमाध्यमको पनि यसमा भूमिका छ ।

मलाई यो कामबाट ‘रिग्रेट’ त छैन । तर अझै चुनौती बढेर गएको छ । हामीभन्दा भ्रष्टाचारीहरु अझै बलियो हुँदै गएका छन् । उनीहरु सङ्गठित हुँदै गएका छन् । हामी असङ्गठित छौँ । किनभने हामी मुद्दा लिएर हिँड्छौँ ।

भ्रष्टाचारीहरु सङ्गठित छन् । अहिले हामी भ्रष्टाचारको विषयमा अन्तरर्वार्ता गरिरहँदा सायद अहिले भ्रष्टाचारीहरु कुनै होटलमा मिटिङ बसिरहेका छन् कि कसरी अख्तियारलाई ‘डिफङ्ट’ गर्न सकिन्छ भनेर ।

अख्तियार मात्रै पनि नभएर प्रहरीलाई कसरी विभाजित गर्न सकिन्छ । निजामती प्रशासनलाई कसरी प्रभावित बनाउन सकिन्छ, नेतृत्वलाई कसरी कमजोर बनाउन सकिन्छ र विवादास्पद मान्छेलाई कसरी नेतृत्वमा पुर्याउन सकिन्छ भनेर चलखेल गरिरहेको अवस्था छ ।

भ्रष्टाचारीहरु असाध्यै सङ्गठित छन् । भ्रष्टाचारीहरुको सङ्गठन स्वास्थ्य, यातायात, कृषि, शिक्षालगायत सबै क्षेत्रमा बढेको छ । केही अपराध कर्ममा संलग्न भएका मान्छेहरु अहिले नीति निर्माण गर्ने तहमा पनि पुगेका छन् । यो डरलाग्दो अवस्था हो ।

भ्रष्टाचारविरुद्ध जनमत सिर्जना भयो, अर्कोतर्फ भ्रष्टाचारीहरु सङ्ठित भए । जनमत सिर्जना हुँदाहुँदै पनि भ्रष्टाचारी सङ्गठित हुने अवस्था कसरी सम्भव भयो ?

–भ्रष्टाचार भनेको ‘चिकेन एन्ड एग’ हो । नाफा र घाटाको कुरा आउँछ यसमा । भ्रष्टाचारीले एक करोड भ्रष्टाचार गरेर २ लाख खर्च गरेर ७ लाख बचाउन सक्छ भने उसले जोखिम मोल्छ ।

यसैले भ्रष्टाचार घट्दैन घट्नेवाला पनि छैन । जबसम्म राजनीतिक दलहरुमा चेत खुल्दैन । दलभित्र राम्रा मान्छेले भ्रष्टाचारीलाई छिछि–दुरदुर गर्दैनन्, हामी बाहिर बसेर कराउने मान्छे कराउने मात्रै हो ।

जनमत निर्माण गर्ने, शिक्षाप्रद, चेतना वृद्धि गर्ने काममा जान्छौँ । तर अन्ततः दलभित्र अशल नेतृत्व जबसम्म पुर्याउन सक्दैनौँ, स्ट्रोङ लिडरसिप पुर्याउन सक्दैनौँ । उच्च नैतिकता भएका नेता पुर्याउन नसकेसम्म भ्रष्टाचार रोकिँदैन ।

हाम्रोमा हेर्ने भने ‘रहरलाग्दो केटो जेठाजु परेछ’ भने जस्ता मान्छे मात्रै नेतृत्वमा पुगेका छन् । जसले भ्रष्टाचार गर्दैन भन्यो उही भ्रष्टाचारमा संलग्न भएको देखिएको छ ।

यसैले यो मुलुकमा अब दुई जना मान्छेलाई मात्रै टेस्ट गर्न बाँकी छ । गगन थापा र नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे । अरु सबै परीक्षण भइसके र असफल भइसके ।

–ठूलो युवा जमात सृजना भएको मलाई लाग्दैन । किनभने यस्तै खालको ‘अकुपाई बालुवाटार’ सुरु भएर ‘फेजलआउट’ भएर गयो । त्यो ‘इमोसनल’ छ । केही युथहरु हुनुहुन्छ । त्यो राम्रो हो । भ्रष्टाचारविरुद्ध आएका केही साथीप्रति मेरो सद्भाव छ । सुभकामना छ । उहाँको आन्दोलनले सफलता पाओस् ।

डा. केसीको अभियानसँग जोडिएर भ्रष्टाचारविरोधी भनिएको समूहले आन्दोलन पनि गर्यो । यसलाई कसरी हेर्नुहुन्छ ?

–ठूलो युवा जमात सृजना भएको मलाई लाग्दैन । किनभने यस्तै खालको ‘अकुपाई बालुवाटार’ सुरु भएर ‘फेजलआउट’ भएर गयो । त्यो ‘इमोसनल’ छ । केही युथहरु हुनुहुन्छ । त्यो राम्रो हो । भ्रष्टाचारविरुद्ध आएका केही साथीप्रति मेरो सद्भाव छ । सुभकामना छ । उहाँको आन्दोलनले सफलता पाओस् ।

जुन् ढङ्गले उठाउनुपर्ने मुद्दा हो, त्यसो नभएर त्यो इमोसनल छ । संवेगात्मक छ । यो सस्टेनेबल (दिगो) होइन । केही दिन एउटा पात्र निस्किन्छ, त्यसले केही दिन प्रभाव पर्छ त्यसपछि बिस्तारै फेजलआउट भएर जान्छ ।

पछिल्लो आन्दोलन जसरी सङ्गठित भएर आएको छ । मिडियाले स्थान दिएको छ, म पनि स्थान दिन्छु । तर जुन किसिमले ‘स्ट्राटेजिक’ रुपमा उठ्नुपर्ने हो ‘स्पोन्सर्ड मञ्चन’ (प्रायोजित) बाहेक केही पनि होइन ।

केसी मेरो आदरणीय डाक्टर हुन् । मेरो जिल्लावासी हुन् । राम्रो चिनजान पनि छ । उहाँप्रति मेरो असाध्यै सद्भाव पनि छ । उहाँले उठाउँदैआएका मुद्दामा मैले हिजो पनि भन्दैआएको हो, केसीलाई हिजो पनि समर्थन गरेको, आज पनि समर्थन गरेको र भोलि पनि गर्नेछु ।
तर उहाँले अभियान एउटा संवैधानिक निकायलाई नै कमजोर बनाउने तरिकाले लैजानुभयो यसमा मेरो विमति हो । यसमा मेले सार्वजनिक रुपमै अभिव्यक्ति दिएको छु भन्नु केही आपत्ति छैन ।

उहाँको स्वास्थ्य क्षेत्रमा गर्नुभएको आन्दोलन स्तुतीय छ । आफूलाई ‘टर्चर’ गरेरै भए पनि जुन आन्दोलन गर्नुभयो त्यो स्वागतयोग्य छ ।

तर पछिल्लो पटक भ्रष्टहरुले उहाँलाई प्रयोग गर्दैछन् । जुन इमोसनल ग्यादरिङ छ, राम्रा युथहरु पनि लागेका छन् । तर उनीहरुलाई भ्रष्टहरुको झुन्डले प्रयोग गरिराखेको छ ।

त्यो भ्रष्टहरुको झुन्डले प्रयोग गरिरहेकाले केसीलाई मैले सचेत रहन अनुरोध मात्रै गरेको हुँ । किनभने उहाँले असाध्यै राम्रो काम गर्नुभएको छ । म सधैँ समर्थन गर्छु, तर ‘एन्टिकरप्सन एजेन्सी’ (भ्रष्टाचार विरोधी निकाय) लाई संसदीय तहबाटै कमजोर पारिरहेको अवस्थामा डा. केसी जस्ता अभियन्ताले नै कमजोर पार्न खोज्दा यसको न समाउने हाँगो हुन्छ न टेक्ने भुइँ हुन्छ ।

यसरी आक्रमण गर्नु हुँदैन । एन्टिकरप्सन एजेन्सीमाथि हामीजस्ता अभियन्ताले आक्रमण गरिदिनु हुँदैन । आक्रमण गर्दा त्यो संस्था त खाइदिन्छन् ।

यदि हामीले नभनेको भए अख्तियार दुरुपयोग अनुसन्धान आयोग भन्ने संवैधानिक निकायको संरचनालाई नै हटाएर प्रधानमन्त्रीको विभागको रुपमा लैजाने प्रयास अन्तिमसम्म भएको थियो । सौभाग्यवश् कम्तीमा पनि भ्रष्टाचार हेर्ने संवैधानिक निकाय अन्तिमसम्म पनि यहाँ बसेको छ ।

हामीले विदेशमा हेर्दा पनि गौरव गर्न पाएका छौँ, ‘लुक वी ह्याभ एन्टिकरप्सन एजेन्सी, ह्विच इज सोभेरिएन्ट’ (हेर हामीसँग भ्रष्टाचारविरोधी निकाय छ । जो स्वायत्त छ ।’ भनेर भन्न सकेका छौँ ।

करिब करिब त्यो हराइसकेको थियो । केही मान्छेले सकेको भए यसलाई एउटा विभागका रुपमा लैजाने वाला थिए । इन्डियाको सीबीआई जस्तो बनाएर लैजाने तयारी गरेका थिए । त्यो नसकेर मात्रै यहाँसम्म आएको हो । यद्यपि, यसको ‘बाइटिङ स्ट्रेन्थ’ थियो त्यसलाई त कमजोर बनाउन सफल भए । किनभने मैले अघि नै भनिसकेँ, हामीभन्दा भ्रष्टाचारीहरु सङ्गठित छन् । उनीहरुसँग मान, पैसा, प्रतिष्ठा र सम्पर्क छ । त्यो सबै कुराको क्यास गरेका छन् ।

हुँदा हुँदै संसदमा पनि उनीहरुले सिधै ऐनमै परिवर्तन गरेर नीतिगत भ्रष्टाचार गर्ने अवस्था छ ।

र मेरो राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभवले के देखाउँछ भने एन्टिकरप्सनको नेतृत्व गर्ने मान्छे कहिल्यै पनि पपुलर हुँदैन । यदी त्यहाँको मान्छे पपुलर भयो भने त्यही दिन त्यो सँस्था मर्छ । त्यस्तो संस्था विवादास्पद नै हुन्छ ।

पपुलर हुँदैन कि हुनु हुँदैन ?

–त्यो व्यक्ति पपुलर हुनु हुँदैन । किनभने त्यो इफेक्टिभ हुनुपर्छ । पपुलर हुने कि प्रभावकारी हुने । हामीले खोजेको त्यो लिडरसिप इफेक्टिभ हो ।

भन्दा–भन्दै अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ६ जना आयुक्त छन् । उनीहरुको हुर्मत लिने काम भएको छ । आयुक्तमध्ये सबैलाई दूधले धोएका छन् म भन्दिनँ । उनीहरुमध्ये कोही विवादित होलान् ।

तर त्यो संस्थामाथि आक्रमण भएको छ । यतिसम्म कि त्यो संस्थाको प्लट नै हटाउनुपर्छ भन्नेसम्मको बहस कुना कुनामा भएको मैले सुनिरहेको छु ।

त्यसपछि मात्रै डा. केसीको आन्दोलनलाई मैले समर्थन गर्दा गर्दै पनि एन्टिकरप्सन एजेन्सीका विरुद्धमा मेरो समर्थन छैन भनेको ।

केसीसहितको समूहलाई नेतृत्व गरेको भ्रष्टहरुको झुन्ड भनेर कसलाई लक्षित गर्नुभएको ?

–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले जस–जसलाई विशेष अदालतमा मुद्दा दर्ता गरिरहेको छ वा सर्वोच्चमा ती मुद्दा पुगिरहेका छन् । उनीहरु १०औँ वर्षदेखि मुद्दा खेपिरहेका छन् ।

मेरो अनुरोध पनि तपाईँलाई यदि तपाईँ खोज पत्रकारिता गरिरहनुहुन्छ वा कोही पत्रकारले उनीहरुको नाम, ठेगाना र नातागोता पत्ता लगाउनुभयो भने अधिकांश आन्दोलनरत युथहरु तिनै भ्रष्टका नातागोताभित्रैका मानिस छन् ।

यसैले यो झुन्ड प्राकृतिक होइन । केही मान्छे छन्, स्वतन्त्र रुपमा एन्टिकरप्सनमा लाग्न आएका छन् । उहाँहरुप्रति मेरो सद्भाव छ । तर जसरी सङ्ख्या बढाउन खोजिएको छ, ती सङ्ख्या बढाउने मान्छेहरु भ्रष्टाचारको आरोप खेपिरहेका मान्छेहरु हुन् ।

को हुन् ती व्यक्ति भन्नुस् न ?

–म व्यक्ति विशेषमा जान चाहन्न । आन्दोलनमा आउनेहरुको नातागोताहरु र तीनपुस्ते हेर्ने हो भने तिनै भ्रष्टहरुभित्रैका छन् । त्यो नेचुरल मुभ होइन ।

डा. केसीको आन्दोलन भइरहँदा तपाईँहरु मौन बसेपछि ‘भ्रष्टाचारी’ हावी हुने नै भए नि ?

–जुन कुरा प्राकृतिक छैन । प्राकृतिक सिद्धान्तको विपरीत छ । प्रायोजित र देखावटी छ, त्यो ठाउँमा जाने कुरै हुँदैन । हिजो शारदा भुसालजी आउनुभएको थियो, एन्टिकरप्सन आन्दोलन गर्छु भनेर । मैले सहयोग गरेकै हो ।
यद्यपि, केही पैसा सहयोगसमेत गरेँ र सहयोगको वातावरण सृजना गरेँ । यहाँबाट लिएर गएर नेपालगञ्जमा समेत अनर गर्न लगाएको हुँ । सँगसँगै भोक हड्ताल गर्न लाग्दा यहाँबाट मन्त्रीहरुलाई लिएर गएर सम्झौता पनि गराएकै हो । जेन्युनली एन्टिकरप्सनको कुरा उठ्यो भने म समर्थन गर्न तयार छु । तर कृतिम आन्दोलनलाई समर्थन गर्दिन ।

तपाईँले अघि प्रसङ्ग निकाल्नुभएको थियो, संवैधानिक निकायमाथि आक्रमण हुँदै गरेको खतरा कहाँ देख्नुभयो ?

–महाअभियोगको कुरा आएको छ । गलत काम गरेको छ भने चाहे लोकमान वा जो कोहीलाई महाअभियोग लाग्नुपर्छ भनेर कुरा आएको छ ।

तर त्यो महाअभियोग लगाउनुपर्ने आधार, कारण असाध्यै कमजोर देखिन्छ । त्यसमा गणेश थापाको वा अन्य केही केसलाई लिन सक्नुहोला । तर ती एकाध कामबाहेक अख्तियारले गरेका काममा पछिल्लो एन्टिकरप्सनमा गरेका काममा केही कमजोरी अवश्य होलान् । तर त्यो भन्दैमा समग्र त्यो संस्थालाई ‘डिफङ्ट’ (निकम्मा) गरेर हेर्नुभयो भने त्यो हाम्रो एन्टिकरप्सनको मुद्दा कमजोर हुन्छ ।

अदुअआले विगतमा हप्तामा ५/७ वटा मुद्दा दर्ता गथ्र्यो भने अहिले एउटा पनि दर्ता गर्नसक्ने अवस्था छैन । आज हजार कर्मचारी काम नगरिकन बस्ने अवस्था छ । यसले कसलाई फाइदा पुर्याएको छ ? अख्तियारलाई विवादमा ल्याएर कसलाई फाइदा पुगेको छ ? मुलुकको संवैधानिक संरचनामाथि आक्रमण गर्नु हुँदैन ।

हिजो अदुअआबाट विभागीय कारवाहीको ठूलो बुँदा थियो, त्यो हटाइयो । हटाएपछि कहाँ लगेर राखियो ? राष्ट्रिय सतर्कता केन्द्रमा राखियो कि, प्रधानमन्त्रीको कार्यालयमा राखियो कि ? अथवा कुनै मन्त्रालयलाई जिम्मा दिइयो ? कहीँ पनि छैन ।

अदुअआले केही गर्न नसके पनि डर पैदा गरेको थियो । शिक्षा कार्यालयमा शिक्षक नियमित पढाउन जान थालेका थिए । डाक्टरहरु काम गर्न जान थालेका थिए । अन्य क्षेत्रमा डर पैदा भएको थियो । एन्टिकरप्सन एजेन्सीले थोरैबाट सुरु गरेको थियो । त्यहीँ आक्रमण गरेपछि अल्टिमेटली भ्रष्टलाई राज गर्न दिनुभयो अब ।

अहिले हेर्नुस् कर्मचारीहरु पूर्ण रुपमा बेलगाम भएका छन् । बेलगाम कर्मचारीबाट बेलगाम प्रहरी प्रशासन र बेलगाम सेना भयो भने त्यो मुलुकको हालत के हुन्छ ?

अदुअआले केही गर्न नसके पनि डर पैदा गरेको थियो । शिक्षा कार्यालयमा शिक्षक नियमित पढाउन जान थालेका थिए । डाक्टरहरु काम गर्न जान थालेका थिए । अन्य क्षेत्रमा डर पैदा भएको थियो । एन्टिकरप्सन एजेन्सीले थोरैबाट सुरु गरेको थियो । त्यहीँ आक्रमण गरेपछि अल्टिमेटली भ्रष्टलाई राज गर्न दिनुभयो अब ।

त्यो डर पैदा गरेको अख्तियारले कि लोकमान सिंह कार्कीले ?

–अवस्य अख्तियारले । व्यक्ति को हो मलाई थाहा छैन । हिजो सूर्यनाथ उपाध्यायले ६ वर्ष त्यहाँ रहेर काम गर्दा पनि उहाँमाथि पनि त्यतिकै आक्रमण गरिएको थियो । कहिले एमालेलाई बचायो भनेको छ, कहिले बामदेवलाई बचायो भनियो, कहिले दरबारियालाई बचायो भनियो । कहिले वीरगञ्जको घरको हिसाबकिताब खोजियो । कहिले डिल्ली बजारको घरको हिसाब भनियो । सूर्यनाथजीलाई ह्यारासमेन्ट गरिएको हो ।

भ्रष्टाचारीहरु असाध्यै सङ्गठित छन् । हामी नै सुरक्षित छैनौँ । मै हुँ, माओवादीले लिड गरेको मन्त्रालयको च्याम्बरको मिटिङमा सङ्गठित अपराधीले मैमाथि आक्रमण गरेको कुरा भन्दा कारवाही नगर्ने मन्त्री अहिले पनि छन् ।

‘केदार खड्कालाई मैले आक्रमण गरेको हुँ, मलाई कारवाही गर्नुस्’ भनेर ८०/९० जनाको मिटिङमा भनिरहँदा त्यहीँ तत्कालीन मन्त्री लेखराज भट्ट हुनुन्थ्यो । केही गर्न सक्नुभएन ।

भ्रष्टाचारको विरोध गर्नु भनेको सडकमा आउनु मात्रै होइन । यसका धेरै टेक्निक्स, टुल्स हुन्छन् । हामीले बजारमा टाउका मात्रै गनेका छौँ ।

–एन्टि करप्सन एजेन्सीलाई संरक्षण वा बचाउने ।

–आफूसँग भएका सूचनालाई सम्बन्धित ठाउँमा लबिङ गरिदिने ।

–खरब गरिदिने । हल्ला गरेर मात्रै नभएर रिसर्च गरेर ।

–सदाचारी अभिवृद्धि गरेर वा राइट टु इन्फर्मेसन प्रयोग गरेर ।

१ सय ६३ वटा त्यस्ता टुल्सहरु छन् । त्यसमध्येमा २१ टुल्स हामीले नेपालमा संस्थागत गरेका छौँ । यसबारे किताब पनि लेखेको छु मैले ।

भ्रष्टाचारको नाम लिँदा बढी हल्ला हुने वा प्रभावकारी हुने तर अन्य टुल्सको प्रयोग गर्दा जस्तै ‘रुल अफ ल’, मानवअधिकार, राइट टु इन्फरमेसनको प्रयोग गर्दा प्रभावकारी नहुने भन्ने होइन ।

तपाईँहरुले वर्षौँदेखि यस्ता अभ्यास गर्दैआउनुभयो, तर पनि भ्रष्टाचारको स्थिति नसुधारिएपछि यस्ता आन्दोलन हुनु स्वभाविक होइन ?

–स्वभाविक हो । तर जुन किसिमको नाटक देखिँदै छ । यसको औचित्य छैन । आन्दोलनको औचित्य हुन्छ । तर आफैले टेक्ने धरातललाई कमजोर बनाएर आन्दोलन गर्न सकिँदैन । लाोकमानसिंह गलत थियो भने संसदले किन नियुक्ति गर्यो ? गलत भए सर्वोच्च अदालतले किन क्लिन चिट दियो । रुल अफ लको गेम खेल्ने कि नखेल्ने ?

सडकको हुलले सबै कुरा नियन्त्रण गर्ने भए जनयुद्ध फेरि गरौँ । फेरि लडौँ एक चोटि मर्ने र मार्ने फेरि ।

अब भनेको त कुल तरिकाले, रुल अफ लको तरिकाले आफ्नो आफ्नो गेम खेल्ने हो । लोकमान सिंहलाई प्रचण्ड वा खिलराज रेग्मी वा अन्यले सर्वोच्चले क्लिन चिट दिइसकेपछि नियुक्ति गरिएको छ ।

हामी सबैले उहाँलाई नियुक्ति गर्नबाट रोक्न खोजेकै हो । तर नियुक्तिपछि उहाँले कारवाही गर्न सुरु गर्नुभयो । २ वर्षजति त खरदार, सुब्बालाई कारवाही गर्न सुरु गर्नुभयो । खरदारलाई मात्रै कारवाही गर्ने भनेर हामीले नै भन्यौँ ।

जब उहाँले केही मन्त्रीलाई कारवाही गर्न थाल्नुभयो र केही समाजमा नाम चलेका मानिसको नाम सूची तयार पर्न थाल्नुभयो केही वकिलदेखि अन्य व्यक्तिलाई कारवाही गर्न थाल्नुभयो त्यपछि ‘ह्यु एन्ड क्राई’ भएको हो ।

मैले सुरुमै भनेको थिएँ, खरदार सुब्बा कारवाही गरुन्जेलसम्म तपाईँ आनन्दसँग बस्नुहोस् । जब मन्त्री र केही ठूला मान्छेलाई कारवाही गर्न थाल्नुहुन्छ त्यसपछि तपाईँलाई दुःख दिन्छन् भनेर सुरुकै दिनमा भनेको थिएँ ।

तपाईँले भन्नुभएजस्ता सङ्गठित भ्रष्टचारीहरु कुनै न कुनै दिन अख्तियारसम्मे पुग्ने खतरा छ । यस्तो अवस्थामा सिभिल सोसाइटीको भूमिका के त त्यसो भए ?

–यसरी त्यहाँ पुग्नबाट रोक्न सकिँदैन । अहिले भ्रष्टहरुले खोजेको के भने स्ट्रोङ लिडरसिप होइन, मिडिओको लिडरसिप अख्तियारमा खोजिरहेको छ ।

जहाँ नेर जे जे भन्न मन लाग्यो त्यो गर्न सकिने फाइल सच्याउने कर्मचारी मात्रै । सूर्यनाथपछि लोकमान सिंह कार्कीको लिडरसिपले केही काम गरेको देखिन्छ । सबै म भन्दिन । तर केही भएको छ । उहाँका गल्तीहरु मैले सार्वजनिक रुपमा पनि भनेको छु ।

पछिल्लो अवस्थामा अख्तियारलाई कमजोर बनाएर त्यसलाई विभागमा परिवर्तन गराउने षड्यन्त्र हुन थालेपछि मेरो रिजर्भेसन त्यहाँ हो ।

लोकमानको ठाउँमा अरु कोही आउला मेरो आपत्ति होइन । यो संस्थालाई फेरि पनि समर्थन गर्छु । यो किसिमको प्रायोजित भीडको समर्थन नगरेको हो मैले ।

सिभिल सोसाइटीको भूमिका अपरिपक्वलाई पनि समर्थन गर्नुपर्ने र हुलको पछि हिँड्नुपर्ने होइन । हिजो एक किसिमको भीड जम्मा पार्न पायौँ भने तोडफोड धक्का गर्न सकिन्थ्यो । अब रुल अफ ल कायम गर्नुपर्छ । तपाईँ आफ्नो ठाउँमा बस्नुपर्यो । म आफ्नो ठाउँमा बस्नुपर्यो । तपाईँलाई गाली गर्ने मेरो तरिका छ । मेरो भाषा छ । कल्चरल इभोल्युसन खोजेका छौँ हामीले । डेमोक्रेटिक कल्चरल इभोल्युसन खोजेका छौँ हामीले ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल