राज्यले कर्णालीलाई आत्मनिर्भरभन्दा परनिर्भर बन्ने दिशातर्फ लाँदैछ

राज्यले कर्णालीलाई आत्मनिर्भरभन्दा परनिर्भर बन्ने दिशातर्फ लाँदैछ

निम्न आर्थिक अवस्थाले जीवन धान्न धौ–धौ हुने परिवारमा जन्मिएर २२ वर्षको सानै उमेरमा नेपाली काङ्ग्रेस हुम्लाको संस्थापक सभापति भएका जीवनबहादुर शाही ती थोरै नेताहरुमध्ये पर्दछन् जो पाइलटसमेत छन् । सन् १९८६ मा पाइलटको कोर्स गर्न अमेरिका गएका उनी त्यहाँ बस्नुको सट्टा फर्किएर त्यहीँ आए जहाँ अशिक्षा र विपन्नताले मानिसहरुलाई गाजेको थियो । मानिसहरु चर्पीको प्रयोग गर्नुको सट्टा खुला दिसा गर्न मन पराउँथे । छोराछोरीलाई पढाउनुको सट्टा घरमा काममा लगाउन मन पराउँथे । तर समाजको गतिलाई नयाँ दिशामा मोड्न भने कोही तयार थिएन ।

अमेरिका पढेर आएको छोराले जागिर गर्नुको सट्टा त्यस्तो पेशालाई अँगाल्ने निर्णय ग-यो जसका लागि कमै आमाबाबुले अनुमती दिन्छन् त्यो थियो– राजनीति । देशमा प्रजातन्त्रको लहर र अमेरिकामा आफूले देखेर आएको सामाजिक व्यवस्थाको परिकल्पनाले उनलाई बहुदलीय आन्दोलनमा होम्यो र एउटा सक्रिय राजनीतिक कार्यकर्ता बनाइ छाड्यो । जसको जिम्मेवारी समाज बदल्ने हुन्छ । तर कसरी ? यो प्रश्नले उनलाई बारबार घचघच्याइ रह्यो । अनि उनले पहिलो अभियानबाट काम सुरु गरे– चर्पी बनाउने र साग रोप्ने । उनले नारा नै बनाए– ‘खानलाई मूला र हग्नलाई दुला अति जरुरी’ उनको अभियानले सफलता पायो तर बाधा त कति कति ।

पढेलेखेको मान्छे जागिर नगरेर गाउँमा आई राजनीतिमा लागेको भन्दै उनको निकै आलोचना भयो । आमाबुवालाई तेरो छोरो पढाएर के गरिस् भनेर कतिले तितो सुनाए । तर उनी समयको आह्वान लिएर गाउँ छिरेका थिए जसले गाउँमा धेरै गर्नु थियो/छ । उनले देखेको सपनामा उनको गाउँ, जिल्ला, कर्णाली हुँदै नेपालको मुहार फेर्ने लालसा थियो/छ । त्यही लालसा र लगनले उनी अहिले संविधानसभा हुँदै व्यवस्थापिका संसदमा रुपान्तरित संसदको हुम्लाबाट प्रत्यक्ष सभासद तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य छन् । उनै शाहीसँग डिसकभरी न्युज नेटवर्क रातोपाटीका लागि कर्णालीको विकासको सपनाका बारे कुराकानी गरेका छन् नरेश ज्ञवालीले ।

Jeevan-Bahadur-Interview-shareअफ्रिका भन्ने वित्तिकै हाम्रो मष्तिष्कमा जस्तो विद्रुप चित्र कोरिन्छ, त्यस्तै कर्णाली भन्नेवित्तिकै पिछडिएको, अशिक्षित अविकसित भन्ने सोच किन पैदा हुन्छ ?

कर्णालीलाई विद्रुप, भोका, नाङ्गा, विवेक नभएकाहरुको ठाउँ हो भन्ने सोच आउनुमा अनेकौँ पक्षहरु समान जिम्मेवार छन् । म त्यही धर्तीमा जन्मिएको हुँ । पहिलो दोष मैले अर्थात् कर्णालीवासीले लिनुपर्ने हुन्छ । अनि मात्र अरुको चर्चा गर्ने नैतिकता हामीसँग हुन्छ । त्यसपछिको जिम्मेवार पक्ष भनेको राज्य नै हो । जसले कर्णालीको विकासमा कुनै दीर्घकालीन परिकल्पनालाई अगाडि बढाउन सकेन । यो हाम्रो र राज्य दुवैको कमजोरीको साझा परिणाम हो । हामीसँग हाम्रो समाजको, हाम्रो राष्ट्रको विकासमा टेवा पुग्ने साधान स्रोतहरु छन् भनेर कहिलै पनि भन्न सकेनौँ । वि.सं. १८४६ को बहादुर शाहको आक्रमणपछि हामीमा हीनताबोधले जरा गाडेको हो कि जस्तो लाग्छ । त्यहाँबाट राज्यले हामीलाई आत्मनिर्भर बनाउने भन्दा पनि परनिर्भर बनाउने तर्फ लगेको देखिन्छ । त्यहाँको उत्पादनलाई निरुत्साहित गर्ने र जुन अन्नबाली त्यहाँ पाइदैन त्यसैलाई प्रोत्साहन गरेर समृद्धिको मानक बनाइ दिएपछि त्यसले जरा गाड्दै जान लागेको हो । भातलाई समृद्धिसँग जोड्न थालेपछि नै हो त्यहाँका मान्छेले जौको रोटी खाएर हातमा भातको जुठो दलेर बाहिर हात धुन थालेको ।

त्यही भएर मैले नारा ल्याएको छु– चामल होइन पानी देऊ नुन होइन आयोडिन देऊ । हिजो चन्द्र समशेरले जुम्लाको रातो चामलबाहेक अर्को चामल नै खाँदैनथे । आज हामीले रातो चामल उत्पादन गर्न सक्थ्यौँ भने एक किलो रातो चामल बराबर ४ किलो बास्मती चामल किन्ने थियौँ । तर हामीले उत्पादन गर्नतर्फ होइन कि अनुदान माग्नतर्फ आफ्नो ऊर्जा खर्च ग¥यौँ ।

कर्णालीका विषयमा समाजको सोच्ने शैली बेठिक हो अथवा यसलाई मिडियाले सिर्जना गरिदियो ?

पहिले मिडियामा कर्णालीका कुराहरु नै समावेश हुँदैन्थे । तपाईंलाई थाहा होला नेपालमा २००७ सालमा प्रजातन्त्र आएको कुरा जुम्लाले २००८ मा मात्र थाहा पायो भने हुम्लाले २०११ सालमा मात्र । तर पछिल्लो समय त्यहाँका राजनीतिक दल र जनप्रतिनिधिहरुको राजनीति नुन, चामल वितरणमा अल्झिएर बित्यो । यो नुन चामलको राजनीति हर्कुलस जहाजबाट चामल खसालेर समेत गरियो । यसले कर्णालीका जनताको स्वाभिमानलाई विस्तारै–विस्तारै घटाउँदै लग्यो । जसमा मिडियाले सहयोगी भूमिका खेल्न पुग्यो । मेरो विचारमा स्वाभिमान बेचिनु भनेको परनिर्भर हुनु हो । अहिले कर्णालीका जनतालाई अनुदानको नुन र चामलमा परनिर्भर बनाइएका छ ।

यो कसले गरायो भन्दा हामी त्यहाँका राजनीतिक दल, जनप्रतिनिधि, राज्यको नेतृत्व गर्ने राज्य सञ्चालक तथा मिडियाले । यसबीच मैले हरिशचन्त्र महतो भन्ने एक जना मात्र स्वाभिमानी नेता देखेको छु । मिडियामा बारम्बार कर्णालीका नागरिकले चामल खान नपाएर मरी रहेका छन् भन्ने आउँछ । पत्रकारले बारम्बार भन्छ– कर्णालीमा भोकमरी छ । त्यो भनेको के हो ? त्यो उसले कहिलै पनि भन्दैन अथवा भन्न सक्दैन । पत्रकार आफैले त्यही समाचारमा भन्ने पनि गर्छ भोकमरीका कारण स्थानीयहरु आलु, स्याउ खाएर जीवन धानी रहेका छन् । अब हामीले बुझ्नुपर्ने हुन्छ, हाम्रो जीवन धान्ने खाद्यको मानक के हो ? मैले अमेरिका र युरोपमा स्याउ र आलु त्यहाँको मूल खाना भएको देखेको छु । भनेपछि हाम्रो जीवन धान्ने खाद्यको मानक चामललाई गराईयो जसले त्योबाहेक खानेलाई गरिब र विपन्न मात्र भनियो ।

यो हाम्रो चिन्तनको विकास नहुनुको परिणाम हो भने हाम्रो पुर्वाधारको विकासमा समते हामीले जोड दिन सकेनौँ । त्यही भएर मैले नारा ल्याएको छु– चामल होइन पानी देऊ नुन होइन आयोडिन देऊ । हिजो चन्द्र समशेरले जुम्लाको रातो चामलबाहेक अर्को चामल नै खाँदैनथे । आज हामीले रातो चामल उत्पादन गर्न सक्थ्यौँ भने एक किलो रातो चामल बराबर ४ किलो बास्मती चामल किन्ने थियौँ । तर हामीले उत्पादन गर्नतर्फ होइन कि अनुदान माग्नतर्फ आफ्नो ऊर्जा खर्च ग¥यौँ । कर्णालीमा हुने फापर जसले मधुमेहका बिरामी र आम मान्छेलाई अत्यन्त राम्रो गर्छ, हामीले त्यसबारे कुरा गर्न सकेनौँ । यसमा वाचडगको काम गर्नुपर्ने मिडियाले पनि आफ्नो भूमिका निभाउन सकेन ।

जडीबुटीको अथाहा भण्डार छ, जसमध्येको एक यार्चागुम्बा किलोको ५० लाखमा व्यापार हुन्छ । हिमाली आलु, सिमी, रातो कोदो, रातो चामल र स्याउको भण्डार कर्णालीमा छ । जुम्लाको स्याउलाई तपाईंले प्रकृतिको बरदान भन्दा हुन्छ ।

कर्णालीका साधन स्रोत के–के हुन त ?

पहिले हामीलाई कर्णालीको भूगोल अभिसाप हो भन्ने लाग्थ्यो । तर बुझ्दै गएपछि थाहा भयो, यो त प्रकृतिको बरदान रहेछ । नर्कका मान्छेले स्वर्गमा राज गरेको ठाउँ रहेछ कर्णाली । ठूला–ठूला पाहाडी चट्टान छन्, ती हाम्रा स्रोत हुन् । विश्वभर रक कलाइम्बिङको पर्यटन निकै फस्टाएको छ । त्यसलाई हामीले बढावा दिन सकेका छैनौँ । जसका लागि मानिसहरुले निकै खर्च गर्ने गर्छन् । हिमालहरु छन्, जसमा हामीले स्केटिङ गर्न सक्छौँ । विश्वको निकै थोरै ठाउँहरुमा हुने हेली स्क्रिन हुम्ला र डोल्पाको माथिल्लो भागमा छ । हामीसँग अपार जलस्रोत भएको कर्णाली नदी छ, जुन हाम्रो स्रोत हो । विद्युत र पर्यटनको आधार समेत हो । कर्णालीमा पनि मुगु कर्णाली, हुम्ला कर्णाली छन् । तिला नदी, भेरी नदी छ, त्यो हाम्रो आर्थिक सम्पन्नताको मूल आधार हो । त्यस्तै प्राकृतिकको अर्को सुन्दरता रारादह तथा नेपालकै गहिरो ताल से–फोक्सोन्डो छ ।

जडीबुटीको अथाहा भण्डार छ, जसमध्येको एक यार्चागुम्बा किलोको ५० लाखमा व्यापार हुन्छ । हिमाली आलु, सिमी, रातो कोदो, रातो चामल र स्याउको भण्डार कर्णालीमा छ । जुम्लाको स्याउलाई तपाईंले प्रकृतिको बरदान भन्दा हुन्छ । त्यस्तैगरी स्नोबल काउली फ्लावर अर्को महत्वपूर्ण स्रोत हो । त्यसैगरी चौंरी पालन, बाख्रा पालन र च्याङ्ग्रा पालन । त्यहाँको महत्वपूर्ण आर्थिक आयआर्जन गर्ने माध्यम हो । जसबाट उच्च स्तरिय पस्मिना, गलैँचा बन्ने गर्छ । तर मूल समस्या नै यातायात नहुनु हो । कर्णालीको अर्को महत्वपूर्ण स्रोत भनेको मुगुको डोल्फु रहेको तामाखानी हो । जसको अन्वेषणसमेत हुन सकेको छैन । हामीले कर्णालीलाई स्ट्राटिजिक रुपमा अगाडि बढाउन सक्यौँ भने यसले समग्र मुलुकलाई नै विकासको दिशामा डो-याउँछ भन्ने मेरो विश्वास छ ।

रह्यो एनजीओ/आईएनजीओको कुरा वास्तवमा कर्णालीमा त्यति एनजीओ छैनन् । केही स्थानीय एनजीओ छन्, उनीहरुले त्यहीको स्थानीय निकायसँग मिलेर विकासको काम गरी रहेका छन् । एडीबी, वल्र्ड ब्याङ्क जस्ता छैनन् ।

13933460_1063460353703824_361599944_nकर्णालीको विकासमा राज्यको अल्पदृष्टि र दाताहरुको स्वार्थ कस्तो पाउनु भएको छ ?

हाम्रा समस्त कमजोरीका बाबजुत विकास गर्ने दायित्व त राज्यको हो । हाम्रो चेतना निम्न स्तरको भयो भने पनि राज्यको चेतना र दृष्टिकोण त माथि हुनुपर्ने हो । यदि त्यहाँ शिक्षा छैन भने पनि त्यसको विकास गर्ने जिम्मेवारी राज्यकै हो । तर विकासको कस्तो अवधारणा अगाडि बढाउने भन्ने हो । हामीले भनेको के हो भने राज्यले आजसम्म काठमाडौंको मैतीदेवी र कर्णालीको कुनै एउटा गाविसमा विकास बजेट समान छुट्यायो । यी दुवै क्षेत्रको मापदण्ड एउटै बनाएर हुँदैन भन्ने हाम्रो मान्यता हो । किनभने जुन एक बोरा सिमेन्टको मोल काठमाडौंमा ८ सय पर्छ त्यसको कर्णालीमा भने ८ हजार पर्छ । तर राज्यले आजसम्म त पुरानै अवधारणा लिएर अगाडि बढेको छ भन्नुको अर्थ राज्यले कर्णालीलाई बनाउनै चाहेन । हिजोआज भूगोललाई भन्दा जनसङ्ख्यालाई जोड दिन लागिएको छ । जब एउटा पूर्ण राष्ट्र बनाउनका पूर्ण विकासको आवश्याता हुन्छ । त्यो भनेको हरेक क्षेत्रको । चाहे त्यो भूगोल होस् अथवा मानवीय विकास तर त्यसो हुन सकिरहेको छैन । यसै सन्दर्भमा मैले पाँच ‘ब’ भन्ने गरेको छु । बाटो, बिजुली, विचार, वन र बजार/व्यवस्थापन । यदि पूर्वाधारको राम्रो विकास भयो भने हुम्लाको बाटो भएर मानवरोवर जाने पर्यटकको सङ्ख्या एक लाख पु¥याउन सकिन्छ । रह्यो एनजीओ/आईएनजीओको कुरा वास्तवमा कर्णालीमा त्यति एनजीओ छैनन् । केही स्थानीय एनजीओ छन्, उनीहरुले त्यहीको स्थानीय निकायसँग मिलेर विकासको काम गरी रहेका छन् । एडीबी, वल्र्ड ब्याङ्क जस्ता छैनन् ।

राज्यको दृष्टिकोण नपुगेर कर्णालीको विकास नभएको भन्नु हुन्छ तर तपाईं आबद्ध भएको पार्टी नै बहुदल यता सबैभन्दा धेरै सरकारको नेतृत्व गर्न पुगेको छ भन्नुको अर्थ त तपाईंको पार्टीले नै कर्णालीको विकास गर्न चाहँदैन भन्न सक्नुप¥यो होइन र ?

कतिले सुने अथवा सुनेनन् त्यो आफ्नो ठाउँमा छ । तर सन् २००६ मा मैले नेपाली टाइम्समा ‘डन्ट किल्ड कर्णाली विथ योर एड’ भनेर लेख नै लेखेको छु । त्यस लेखले विदेशीहरु निकै रिसाए । चामल अनुदान दिएर विकास हुने होइन भन्ने मेरो जोड हो । पार्टीले सरकारको नेतृत्व धेरै पटक ग¥यौ तर कर्णालीलाई विशेष विकास प्याकेजमा कहिलै पनि लगेन । यसको अर्थ कर्णाली पूर्ण रुपमा शून्यमा छ भन्ने खोजेको होइन तर मेरै पार्टीले आजसम्म कर्णालीबाट क्याबिनेट मिनिस्टरसमेत बनाए । आजसम्म जम्मा एक जना मुगुबाट साहायकमन्त्री र एक जना राज्यमन्त्री जुम्लाबाट मात्र भए । अबको विकासका लागि राज्य घस्रिएर हुँदैन उफ्रिनु पर्छ भन्ने मरो मान्यता छ । अलिकति रकम विनियोजन गरेर जनता र कार्यकर्तालाई खुसी पारौँ भनेर कर्णालीको समग्र विकास हुँदैन । कर्णालीको विकासका लागि नेतृत्वले ठूलो त्याग गर्न सक्नुपर्छ । त्यसमा सञ्चारमाध्यमको पनि साथ चाहिन्छ ।

कर्णालीको विकास गर्ने भन्दा पनि त्यसलाई भोट ब्याङ्कको रुपमा प्रयोग गरियो भन्न खोज्नु भएको ?

हो, सबै नेताहरुको भाषणमा कर्णालीको नाम आएकै हुन्छ तर त्यतिले पुग्दैन ।

पर्यटन विकासका लागि मानसरोवर पुग्ने रुट र कर्णाली जोड्ने कुनै रुटको विकास गरिँदै छ कि ?

हामीले पर्यटनलाई बढावा दिने उद्देश्यले मानसरोवरको पैदल मार्ग र कर्णालीका पाँच जिल्ला जोड्न चक्रपथको निर्माण गर्न लागेका छौँ । त्यही अवधारणामा काम चल्दैछ भने । कर्णालीलाई यातायातबाट जोडे लगत्तै हामीले धेरै पर्यटक आकर्षित गर्न सक्छौँ जसले कर्णालीको जीवनस्तरमा ठूलो परिवर्तन ल्याउनेछ । माथि पनि भने हामीसँग त्यस्ता कयौं स्रोतहरु छन् जसले कर्णालीको विकासमा साधकको रुपमा काम गर्नेछन् । हामीसँग नभएको अवधारणा र इच्छाशक्ति नै हो, जसले कर्णालीको मुहार फेरोस् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल