खुकुरीको धारमा बसेर व्यंग्य गर्ने अवस्था छ (मनोज गजुरेलसँगको अन्तर्वार्ता)

खुकुरीको धारमा बसेर व्यंग्य गर्ने अवस्था छ (मनोज गजुरेलसँगको अन्तर्वार्ता)

व्यंग्य कलाकारिताको क्षेत्रमा मनोज गजुरेलको नामले परिचित गजुरियलका रचयिता, वास्तविक जीवनमा भने गम्भिर कुरालाई आत्मसाथ गर्न मन पराउँछन् । वामपन्थी धारको राजनीतिक विचार तथा संगठनात्मक ढाँचाबाट हुर्किएका उनी आफूलाई जनताका कलाकार भन्छन् । कमसल व्यंग्य नेपालको पहिचान होइन भन्दै गम्भिर विषय र शैलीमा व्यंग्य गर्नुपर्छ भन्ने मत राख्ने गजुरेलसँग तिहारको अवसरमा उनले आइतबार गरेको व्यंग्यात्मक देउसी भैलो कार्यक्रमको सन्दर्भ पारेर रातोपाटीका लागि नरेश ज्ञवालीले गरेको कुराकानी ।

manoj-gajurel-2
मनोज जी…
हजुर ।

लामो समयदेखि व्यंग्य कलाकारिताको क्षेत्रमा क्रियाशिल हुनुहुन्छ, राजनीतिक व्यंग्य र अन्य व्यंग्य बीच कस्तो अन्तर हुने गर्दछ ?
व्यंग्य सबै खतरनाक हुन्छन् । खास गरेर हाम्रो जस्तो भर्खरै स्वतन्त्रताको प्रयोग गर्दै गरेको देशमा त यो खतरा झनै हुने गर्दछ । त्यो खतरा के अर्थमा भने राजनीतिमाथि व्यंग्य गर्दा त्यस पार्टी, संगठनसँग आबद्ध त्यसका कार्यकर्ता, शुभचिन्तकले तैले हाम्रो राजनीतिक आस्था र कार्यशैलीमाथि व्यंग्य गर्ने भन्छन् । अथवा भनौँ कुनै जाति, क्षेत्रका मान्छेको व्यंग्य गर्दा समेत हाम्रो आस्थामाथि किन व्यंग्य गर्ने भन्छन् । महिलाका कमी–कमजोरीमाथि व्यंग्य गर्नुभयो भने महिलाको विरोधमा उत्रिएको भनिन्छ । हामी महिला भएको हुनाले उसले हामीमाथि व्यंग्य ग¥यो भन्ने अर्थमा समेत त्यस व्यंग्यलाई अर्थाउने गरिन्छ । त्यसैले हाम्रो जस्तो देशमा सबै खाले व्यंग्यहरु खुकुरीको धारमा बसेर गर्नुपर्ने हुन्छ ।

हिजो मात्रै प्रचण्डमाथि व्यंग्य गर्नु भयो त्यसमार्फत तपाइँले दिन खोजेको सन्देश के हो ?
जुनसुकै पार्टी, समूह अथवा देशहरु होउन् । फुटेर होइन, जुटेर मात्र आफ्नो लक्ष्यमा पुग्न सकिन्छ भन्ने सन्देश हामीले त्यस व्यंग्य मार्फत सन्देश दिन खोजेको हो । समाज विज्ञानको विकासक्रमको एउटा उत्कृष्ठ उदाहरण भनेकै फुटेर भन्दा जुटेर गरिएको काम नै हो । अझै त्यो कुरा हाम्रो जस्तो देशमा झनै लागू हुने गर्दछ किनभने यहाँ त भर्खरै नयाँ संविधान जारी गरिएको छ । त्यसको कार्यान्वयनका लागि हामी सबैमा एकता भएन भने त्यसले सफलता हाँसिल गर्न सक्दैन । त्यसैले हामीले विशेष गरेर तिहारमा देउसी भैलो मार्फत यस्ता कार्यक्रमहरुलाई अगाडि बढाउने गर्दछौँ ।

सिस्नुपानी नेपालले आयोजन गर्ने विभिन्न कार्यक्रमहरु कसरी अगाडि बढाउने गर्नु भएको छ ?
सिस्नुपानी नेपाल भनेको मुलतः गैरनाफामुलक, अर्ध व्यवसायिक सांस्कृतिक संस्था हो । यसमा हामी सकेसम्म आफ्नै खल्तीबाट सहयोग निकालेर कार्यक्रमहरु तयार गर्छौँ । अलिकति ठूला कार्यक्रम गर्नु परेमा साथीभाईको सहयोग लिने गर्दछौ । अझै ठूला गर्नु परेमा नेपाल भित्रकै अन्य संघसंस्थाहरुलाई सहयोग माग्ने गर्दछौ । त्योभन्दा पनि ठुलो जस्तै खाडीका मुलुकहरुमा रहेका नेपाली दाजुभाईको सहयोगमा कार्यक्रम गर्नु परेमा हामी राज्यसँग पनि सहकार्य गर्ने गर्दछौँ । सकेसम्म हाम्रो अभियानमा एनजीओ÷आईएनजीओको डलर नमिसियोस् भन्नेमा सचेत हुन्छौँ ।

prachanda-gajurel

लामो समयसमम प्रचण्डको नक्कल गर्नु भएको तपाईलाई पहिलेको प्रचण्ड र अहिलेको प्रचण्डमा केही भिन्नता नजर आएको छ कि ?
प्रचण्डको पहिलो अन्तरवार्ता मैले कान्तिपुर टेलिभिजनमा उहाँ भूमिगत भएकै समयमा हेरेको हुँ । त्यस अन्तरवार्तालाई हेरेरनै मैले उहाँको नक्कल गर्ने सोच बनाएको थिएँ । उहाँको हाउँभाउँ र चालढाललाई ध्यान दिई विभिन्न पटक उनको नक्कल गर्ने प्रयास गरेँ । भूमिगत समयमा प्रचण्डले प्रयोग गरेको शब्द र चालढालनै उहाँको टे«डमार्क हो । जसमा आजको दिनसम्म लगभग ८० प्रतिशत कमी आई सकेको मैले महशुस गरेको छु । तर उहाँको नक्कल गर्दा ती शब्द र शैलीलाई पछ्याउन सकिएन भने त्यो नक्कल भएन भन्ने जनताको भनाई आउने गर्छ । किनभने जनताको मस्तिष्कमा पुरानो प्रचण्डनै प्रचण्ड हो । पहिलेको प्रचण्डको तुलनामा मलाई अहिलेको प्रचण्ड धेरै हदसम्म बडो स्टे«समा हो कि जस्तो लाग्छ ।

स्टेजमा नक्कली प्रचण्ड देख्दा हाँसो थाम्न सकेनन् सक्कली प्रचण्डले (हेर्नुहोस् भिडियो)

शायद राजनीतिक उतार–चढावको राष्ट्रिय अन्तर्राष्ट्रिय दबाबले गर्दा पनि होला । तपाईले हिजोकै कार्यक्रममा भएका प्रचण्डलाई पनि नियाल्नु भयो भने उहाँ निकै तनावमा भएको लाग्थ्यो । हिजोको कर्याक्रमले अलिकति भए पनि उहाँलाई हल्का महशुस गरायो होला । मलाई लाग्छ प्रचण्डलाई ध्यान, योग र हास्य कार्यक्रमको धेरै आवश्यकता छ ।

लालबाबु पण्डितको नक्कल गर्दाको अनूभव कस्तो रह्यो ?
लालबाबुको नक्कल मैले गतबर्ष गरेको हो । सामान्यतः व्यंग्य गर्दा जस्ता पात्रहरुको छनोट गर्ने गरिन्छ ती समाजका व्यंग्य गर्न मिल्ने पात्रहरु हुने गर्दछन् । तर लालबाबु नै त्यस्तो पात्र हो जसलाई नकारात्मक कोणबाट व्यंग्य गर्ने भन्दा पनि सकारात्मक रुपमा उहाँको कुरालाई जनतासम्म पु¥याउनु हाम्रो कर्तव्य हो भन्ने हामीलाई महशुस भयो । समाजमा समयले यस्ता व्यक्तित्वको पनि उत्पादन गर्ने गर्दछ जसलाई व्यंग्यकारहरुले व्यंग्यात्मक कोणबाट मात्र नभएर सकारात्मक कोणबाट पनि प्रस्तुत गर्न लालायित हुने गर्दछन् ।

21582_10154009521036474_2827577190838959382_nत्यस अर्थमा मैले लालबाबुलाई सकारात्मक पात्रको रुपमा उभ्याई नेपाली समाजमा, नेपाली राजनीतिक मन्त्री र अन्य मन्त्रीहरुका नकारात्मक स्वभावहरुलाई उकार्ने मौका पाएको थिएँ । म व्यक्तिगतरुपमा पनि उहाँमा भएको त्यागको भावना, समपर्णको शैली र उहाँको कार्यशैलीबाट निकै प्रभावित भएको मान्छे हुँ । जसबाट नेपाल सहित पुरै दनियाले सिक्नु पर्छ भन्ने लागेर उहाँलाई चयन गरेको हुँ । तर उहाँको नक्कल गर्ने बेलामा मेरा साथीहरुले उहाँको नक्कल सफल हुन सक्दैन भनेर भन्नु भएको थियो जुन मलाई समेत हो कि भन्ने लागेको थियो । तर त्यो नक्कललाई नेपाली जनताले जति मन पराउनु भयो त्यो देखेर हामी व्यंग्य कलाकारहरुले पनि सकारात्मक कुरालाई अगाडि बढाउनु पर्ने रहेछ भन्ने महसुस भयो ।

लोकमान सिंह कार्कीको नक्कल गर्ने समयसम्म आइपुग्नुलाई कसरी लिनु भएको छ ? साथै लोकमान पात्र मस्तिष्कमा कसरी फुरे ?
हामी कलाकारको साथसाथै सामाजिक अभियन्ता पनि हौँ । हामीले नेपाली समाजको उतार चढावलाई नजिकदेखि नियालेनौ भने समाजको गतिलाई एउटा कलाकारले सहि मुल्यांकन गर्न सक्दैन । नेपाली समाजमा अहिले चल्दै गरेको लोकमान प्रवृतिलाई हामीले कलाको क्षेत्रबाट पनि बुझाउनु पर्ने हुन्छ । अहिले भनेको हाम्रो संविधान कार्यान्वयनको चरणलाई सार्थक बनाउन लोकमान प्रकरणमाथि व्यंग्य नगरी हुँदैन्थ्यो, त्यसैले गरियो ।

अन्त्यमा केही…
नेपालीहरुको महान् चाड सकिए लगत्तै शुरु हुने तिहार जसलाई हामीले समृद्धिको चाड समेत भन्ने गर्दछौँ म सबै नेपाली जनतामा आफ्नो र सिस्नोपानी नेपालको तर्फबाट शुभकामना भन्न चाहन्छु । हामी संविधान निर्माण पनि त्यसको कार्यान्वयनको चरणमा छौ यसलाई सार्थक बनाउनु हामी सबैको दायित्व हो तिहारले हामीमा त्यो उर्जा र जिम्मेवारीको बोध गराओस् भन्ने शुभकामना दिन चाहन्छु । तिहारले नेपालीहरुका साथ साथै नेताहरुमा समेत सद्बुद्धि देओस भन्ने कामना र शुभकामना दिन चाहन्छु ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल