प्रेम, विवाह र यौनबारे नयाँ शक्तिका नेता मदन राईको आक्रामक विचार : जीवनमा भोग र सम्भोगबाहेक केही छैन

प्रेम, विवाह र यौनबारे नयाँ शक्तिका नेता मदन राईको आक्रामक विचार : जीवनमा भोग र सम्भोगबाहेक केही छैन

‘विवाह गर्नैहुँदैन,’ उनले दाबी गरे, ‘विवाहले महिला हिंसा बढाउँछ । पश्चिमा मुलुकमा विवाह गर्न छाडिसके । लिभिङ टुगेदरमा रमाउन थाले । त्यसो भएपछि महिला हिंसा कम हुँदै गयो ।’ उनले प्रेमलाई स्वर्गीय आनन्दसँग तुुलना गरेका छन् भने यौनलाई उपल्लो आनन्द अर्थात् परमानन्दसँग । यौनले दिनेजति आनन्द अरूले दिनै सक्दैन । यौन र निद्रा मानिसका लागि सबैभन्दा उत्तम औषधि भन्ने मदन राईसँग प्रेम, विवाह र यौनबारे रातोपाटीका दीपेन्द्र राईले गरेको कुराकानी: 

जागिर र भ्रमण सिलसिलामा नेपालबाहेक ७२ देश पुगिसक्नुभएको छ । त्यहाँको समाज नजिकबाट बुझ्नुभएको छ । प्रेम, विवाह र यौनबारे तपाईंको बुझाइ के हो ? प्रस्ट पारिदिनुहोस् न ।

सबैले आनन्द लिन चाहन्छन् । मानिस हेरेर, सुनेर, छोएर, सुँघुर र चाखेर खुसी हुन खोज्छ । पाँच इन्द्रियले महसुस गर्नेमध्ये सबैभन्दा बढी आनन्द प्रेमबाट हुन्छ । प्रेमिकासँग संवाद गर्दा, उनलाई सम्झँदाजत्तिको आनन्द अरूसँग तुलना गर्नै सकिँदैन ।

वैदेशिक रोजगारीलगायत विभिन्न शीर्षकमा ४० लाख नेपाल मुलुकबाहिर छन् । बिदेसिएकामध्ये ३५ लाख पुरुष छन् । उनीहरूले श्रीमती, घरपरिवार वा ‘गर्लफ्रेन्ड’लाई फोन गरेर धेरै खर्च गरिरहेका हुन्छन् । टेलिफोनवार्ताबाटै उनीहरूले प्रेम साटासाट गरिरहेका हुन्छन् । खाँदा, पिउँदाभन्दा आमाबुवाको प्रेमको आनन्द अलि माथि हो तर प्रेमी वा प्रेमिकासँग संवाद गर्दा वा एक–अर्कालाई सम्झँदा हुने आनन्द कहाँ हो कहाँ ।

हुन त पीडामा पनि छुट्टै आनन्द हुन्छ । जस्तो मैले मेरी प्रेमिकालाई सम्झिरहेको हुन्छु, व्यस्तता वा मसँग रिसाएर उनले मलाई प्रेम नगरेको महसुस गरें भने त्यतिबेला गहिरो पीडा हुन्छ । त्यसमा पनि एकखालको मीठो आनन्द हुन्छ । प्रेम गर्दागर्दै पनि प्रेमिकाले दंग्याउँदा कस्तो मीठो आनन्द हुन्छ । त्यो भनेका आनन्द र पीडाको मिश्रण हो । त्यहाँ पनि एकखालको आनन्दानुभूति हुन्छ । प्रेमको आनन्द भनेको स्वर्गीय आनन्द हो ।

यो सबै हर्मोनले गर्छ । यो विज्ञान र तत्वसँग सम्बन्धित छ । टेस्टेस्टोरन इस्टेजोन हर्मोनको आकर्षण हो । यो कोहीमा बढी र कसैमा कम हुन्छ । कोहीमा धेरै कम हुन्छ । कम हुनेसँग प्रेमको कुरै हुँदैन । सम्बन्धित व्यक्तिमा दुई तत्व हुँदैन भने उसमा विपरीत लिंगप्रति आकर्षण हुँदैन । अपवादमा त्यस्तो हुन सक्छ ।

यौन छैन भने प्रेम नै हुँदैन । तसर्थ यौन शिक्षा दिनुपर्नेछ, यौनको महत्व बुझाउनुपर्नेछ र यौन सन्तुलनमा राख्नुपर्छ भनेर सिकाउन अनिवार्य छ । जे पनि बढी भयो भने हानि गर्छ । दूध अमृत हो तर बढी पिउँदा विष हुन्छ । श्रीमती जीवनको अभिन्न साथी हुन् । यौन र सन्तानका लागि । तर, अलिकति बढी भयो भने ऊ पनि …..। श्रीमान् पनि त्यस्तै हो । त्यसैले प्रत्येकमा सन्तुलन हुनुपर्छ । मैले यौन शिक्षाबारे चर्चा–परिचर्चा गर्दा अपवादबाहेकले पचाएका छैनन् । यसबारे प्रतिबन्धित लगाएकाले अन्यथा सम्झन्छन् । प्रेम यौनसँग जोडिएको छ । प्रेम छ र यौन छ । यौन छ र नै आनन्द छ । नत्र जीवन निरस हुन्छ ।

–विवाहमा अनन्त समस्या ‘इन्फिनेट प्रोब्लम’ छ । पश्चिमा देशमा महिला सशक्त हुन थालेपछि विवाह नै हुन छाड्यो । त्यहाँ महिला हिंसा रोकियो । विवाह भनेको पुरुषले महिलालाई हिंसा गरेपछि ‘डिभोर्स’ सुरु भयो ।

त्यसो भए विवाहचाहिँ ?

विवाह अप्राकृतिक हो । सायद १० हजार वर्षपहिले अर्थात् खेतिपाती सुरु भएपछि विवाह गर्न थालिएको हो । विवाह गर्न आवश्यक छैन । पुरुष र महिला सृष्टिका लागि हो । मानिसले जमिनमा बिरुवा उम्रेको देख्यो । चराले पशुपक्षीको सिकार गथ्र्यो । पशुपक्षीको सिकार गर्दा त्यसको गाँडबाट निक्लेको बीउ मानिसले रोप्यो । रोपेपछि उम्य्रो । उम्रेपछि फल्यो । फलेपछि खाँदा हुन्छ कि के हो भनेर परीक्षण गर्यो । गर्दा हुँदोरहेछ भनेर मानिसले खेती गर्न थाल्यो । त्यसपछि मानिसले धेरैभन्दा जमिनमा खेती गर्न चाह्यो । धेरै खेती गर्न एक्लैले असम्भव । मानिस धेरै खोज्न थालियो । मानिस धेरै कसरी जम्मा गर्ने भन्दा धेरै सन्तान जन्माउने । धेरै सन्तान जन्माउने लोभमा बलियाबाङ्गाले धेरै श्रीमती भित्र्याउन थाले । धेरै सन्तान जन्माए । धेरै खेतिपाती गरे ।

धेरै विवाह गर्न थालिएपछि समस्या देखिन थाल्यो । विवाह गर्ने नै भए एकजनाले एकमात्रै गर्नुपर्छ भनेर प्रसंग चल्यो होला । हुनु पनि हो । बलियाबाङ्गाले मात्रै विवाह धेरै गर्न पाउने भए निर्धाले नपाउने । हुन त यो प्रसंग कहीं कतै उल्लेख छैन तर अन्दाज गर्न सकिन्छ । समयक्रममा धर्ममा विश्वास गर्न थालियो । बुद्धले एकभन्दा बढी विवाह गर्न हुँदैन भने । तर, त्यो गलत थियो । त्यो सम्भवै छैन । इस्लाम धर्मले चार विवाहसम्म गर्न हुन्छ भनेको छ । म भन्छु– विवाहचाहिँ गर्नै हुँदैन ।

–विवाह गरेपछि श्रीमान्ले श्रीमती र श्रीमतीले श्रीमान्लाई अधिन राख्छ÷राख्छ । प्रत्येक दिन, क्षण÷क्षणमा घरघरमा श्रीमान् /श्रीमतीबीच तनाव छ तर भन्दैनन् ।

किन ?

पुरुषले महिलालाई नियन्त्रण गर्न विवाह गरे । विवाहले महिला हिंसा बढाउँछ । हिंसा कम गर्न विवाह गर्न हुँदैन । विवाहले सिर्जनशीलता मार्छ । श्रीमान् श्रीमती मिलेर बस्नैपर्यो । त्यसको अर्थ छ । तर, विवाहले सिर्जनशीलतामात्रै होइन सुख र शान्ति हराउँछ । जस्तो तपाईंलाई रातो मन पर्ला, श्रीमतीलाई हरियो । तपाईंलाई भात खान मन लाग्ला, श्रीमतीलाई रोटी । श्रीमान् भन्छन्, ‘मलाई भातविना हुँदैन ।’ उता श्रीमतीले मलाई भात हेर्नै मन पर्दैन भन्लिन् । तनावै तनाव । श्रीमान्लाई घुमफिरमा निक्लन मन लाग्ला । श्रीमतीले घुक्र्याउलिन्– म घुम्न जान्न है जान्न । जान्न भनेपछि जान्न र तपाईं पनि जान पाउनुहुन्न । श्रीमान् समाजसेवी होलान् । श्रीमतीलाई मन नपर्ला । विवाहमा अनन्त समस्या ‘इन्फिनेट प्रोब्लम’ छ । पश्चिमा देशमा महिला सशक्त हुन थालेपछि विवाह नै हुन छाड्यो । त्यहाँ महिला हिंसा रोकियो । विवाह भनेको पुरुषले महिलालाई हिंसा गरेपछि ‘डिभोर्स’ सुरु भयो । ‘डिभोर्स’ महिलाबाट सुरु भएको हो ।

यौन चाहिन्छ आवश्यकता हो, सृष्टि हो । सन्तान चाहिन्छ निरन्तरका लागि । अनि साथी चाहिन्छ । इलेक्ट्रोन र प्रोटोन सँगै रहेजस्तै पुरुष र महिला सँगै हुनुपर्छ । यौन सन्तान र साथीका लागि तर विवाह गर्नुहुँदैन, विवाह बन्धनका लागि होइन । विवाह गरेपछि श्रीमान्ले श्रीमती र श्रीमतीले श्रीमान्लाई अधिन राख्छ÷राख्छ । प्रत्येक दिन, क्षण÷क्षणमा घरघरमा श्रीमान्÷श्रीमतीबीच तनाव छ तर भन्दैनन् । तसर्थ, मानिसले विवाहको अर्थ बुझेन, साथी हुनुपर्ने सम्पत्तिमात्रै भयो ।

बुझाउने कसरी ?

शिक्षा हो । शिक्षामा जीवन र जगत् सिकाउनुपर्छ । यौनको अर्थ सिकाउनुपर्छ । यसको अर्थ विशाल छ । यौन भनेको सृष्टिको मूल केन्द्रबिन्दु हो । यौन आनन्दको पराकाष्टा हो नि । यसलाई हाम्रो समाजमा बन्देज गरेको छ । हामी त धेरैभन्दा धेरै अपराधी र दुःखी छौं ।

–यौन भनेको सृष्टिको मूल केन्द्रबिन्दु हो । यौन आनन्दको पराकाष्टा हो नि । यसलाई हाम्रो समाजमा बन्देज गरेको छ । हामी त धेरैभन्दा धेरै अपराधी र दुःखी छौं ।

कारण ?

मूल कुरा यौनको महत्व नबुझेर । यसलाई सन्तुलित रूपमा प्रयोग गर्न नसिकाएर । त्यसैले सबै दुःख र अपराध त्यहींबाट भएको छ ।


विवाह नगर्दा हुन्छ भन्नुभयो । त्यसो भयो भने अराजक स्थिति सिर्जना हुँदैन र ?

हुँदैन । पुरुष र महिला भनेको साथी र सन्तानका लागि भनेर सिकाइयो भने उनीहरू मन मिलुन्जेल बस्छन्, कोही–कोही जीवनभरि बस्लान् । नमिलेपछि छुट्टिन्छन् । किनभने प्रकृतिले पुरुष र महिला बराबरी जन्म दिएको हुन्छ । थोरै महिला बढी हुन्छन् । पश्चिमा मुलुकमा ‘लिभिङ टुगेर’ सुरु नै भइसक्यो । श्रीमान् श्रीमती भनेको नाम न हो । पुरुष र महिला सँगै बसिरहेका छन् । विवाह नभनेर साथी भनिदिए भइगयो नि । मेरो साथी शुभद्रा । मेरो साथी मदन । ऊ मेरो छोराको बुवा हो । ऊ मेरो छोराको आमा भनेर सम्बोधन परिवर्तन गरे पुगिगयो नि ।

मेरो श्रीमती दुई घन्टामात्रै बाहिरफेर गई भने मलाई यति पीडा हुन्छ कि कहाँ गई, कसैले केही पो गर्यो कि भनेर पीडा हुन्छ । श्रीमान् बाहिर निस्कँदा श्रीमतीलाई त्यस्तै पीडा । त्यतिमात्रै होइन परस्त्री र परपुरुषसँग सम्बन्ध राख्ने काम पनि भइरहेको हुन्छ । यो कसैले रोक्नै सक्दैन । रोक्दारोक्दै पनि संसारमा एक पुरुष र महिलाले जीवनकालम पाँचजनासँग सम्बन्ध राख्छन् । अलि स्वतन्त्र देशमा ३० जनासम्म पुगेको छ । नेपालमा पनि सतप्रतिशतले गर्छ । मोबाइल सेवा सुरु भएपछि कसले रोक्ने ? श्रीमान् श्रीमती भनेर केही हुनैहुँदैन । कि उनीहरूले एउटै डोरीमा बाँधिराख्नुपर्यो । डोरीमा बाँधिराखे पनि एकले अर्कोलाई आकर्षण गरिछाड्छ । भन्न पो नहुने ।

अनि यौन नि ?

यौन भनेको आनन्दको माथिल्लो तह हो । आनन्द दिने परिवेश, उपाय हो । पुरुष र महिला सँगै भएर सम्भोग गर्नु हो । आखिर जीवनमा भोग र सम्भोगबाहेक केही छैन । खानु, बस्नु, पिउनु, सुत्नु आदि भोग हो । खाएपछि आनन्द हुन्छ । पिएपछि आनन्द लाग्छ । जाँगर आउँछ । तर, दुईजना मिलेर भोग गर्नु भनेको सम्भोग हो । सम्भोग भनेको खालि यौनमात्रै होइन, सँगै काम गर्नु पनि त हो । तर, यौनमा परमानन्द आउँछ । कारण परमानन्द र आनन्दबीच फरक छ । एक्लै बारी खन्दा ‘बोर’ हुन्छ । त्यही काम दुईजनाले गर्दा आनन्द हुन्छ । त्यो पनि सम्भोग हो ।

सूक्ष्म रूपमा बुझ्न सक्नुपर्छ । त्यसकारण यौन भनेको यस्तो माध्यम, क्रिया हो कि त्यो मानिसका लागि अमूल्य÷अमूल्य मूल्यहीन खुसीको स्रोत हो । तर, त्यसलाई नेपालमात्रै होइन, संसारमै बन्देज गरिएको छ । त्यसैले अनन्त अपराध जन्मिएको छ । सिर्जनशीलता शून्य बनाएको छ, तनाव हजार प्रतिशत बढेको छ । एउटी आइमाई लोग्नेमानिसको सम्पत्ति हुनै सक्दैन । लोग्नेमानिस आइमाईको सम्पत्ति पनि हुन सक्दैन । उनीहरू स्वतन्त्र तत्व हुन् ।

–दुईजना मिलेर भोग गर्नु भनेको सम्भोग हो । सम्भोग भनेको खालि यौनमात्रै होइन, सँगै काम गर्नु पनि त हो । तर, यौनमा परमानन्द आउँछ । कारण परमानन्द र आनन्दबीच फरक छ । एक्लै बारी खन्दा ‘बोर’ हुन्छ । त्यही काम दुईजनाले गर्दा आनन्द हुन्छ । त्यो पनि सम्भोग हो ।

म त भन्छु– यौन शिक्षा नहुँदा मानिसको जीवन असाध्यै अपराधमय छ । द्वन्द्वमय छ । पीडादायी छ । आवश्यक हुँदा एकपटकमा एकजनासँग यौन गर । जीवनभरि एकजनासँग मात्रै गरे पनि हुन्छ । सन्तान एकजनासम्म जन्माए हुन्छ, नजन्माए पनि हुन्छ । शिक्षादीक्षा दिन सक्छ भने सयजना जन्माए पनि फरक पर्दैन । यो आपसी सल्लाहमा हुने हो । यौन जानेर गर्नुपर्छ । सन्तान जानेर जन्माउनुपर्छ । र, साथी पनि जानेर बनाउनुपर्छ ।


प्रेम, विवाह र यौनबारे नेपाली समाजले नबुझेको हो कि तपाईंले बढी बोल्नुभएको ?

मैले बढी कसरी बोलें ? गाउँ, सहर र समग्र नेपाल, अफ्रिका, अमेरिका, युरोपियन कन्ट्री र एसियाका अधिकांश समाज घुमेर, भोगेर, हेरेर, परीक्षण गरेर प्रमाणित गर्दै छु । ती विषय मैले लेख्दै गरेको किताबमा समेटेको छु । मैले बोलेको कुरा समाजले गलत हो भन्न सकोस् न । योचाहिँ खराब हो, बोल्न नहुने हो भनेर । त्यसो भए बोल्न हुनेचाहिँ के हो ?

संसारका ठुल्ठूला तनाव एकमुष्टमा हेर्ने हो भने श्रीमान् श्रीमती र सन्तान हो । कारण यौनशिक्षा अभावले । सिकाउन नसक्दा सम्बन्धित सन्तानले बुवाआमालाई दुःख दिइरहेका हुन्छन् । सबै तनाव, अपराध श्रीमान् श्रीमती अर्थात् यौनमा छ । मैले नेपाल, अफ्रिका, एसिया, युरोप, अमेरिकाको विकास हेर्दैहेर्दै कहाँनेर छ अपराध, बेखुसी, पछौटेपनका कारण के रहेछ भनेर बुझ्दै लैजाँदा जम्मै योनी र लिंगमा ठोक्किन्छ । अनि गुद्वारमा । आकाश डढाउने, हावापानी प्रदूषित गर्ने, माटो रुख्याउने त्यही योनी र लिंगबाट निस्केको प्राणी मानिस हुन् । त्यसले भौतिक संसार नै ध्वस्त बनाउँदै गएको छ ।

सुकरातले सही बोल्दा हेमलक पिउनुपर्यो । बुद्धले यही भन्दा हिन्दुले पाँच सय वर्ष गाली गरे । उनी हिन्दु राजा थिए । पृथ्वी गोलो छ भन्दा कपर्निकसलाई जेल हाल्नुपर्छ भनियो । नेपाली समाजले भोग्दै गरेको समस्या मैले ५० वर्षअघि भोगिसकेको हुँ । तसर्थ, म त्यो समस्या समाधान गर्न यौनशिक्षा फैलाउन चाहन्छु । बरु मलाई मारे हुन्छ । फासी दिए हुन्छ । तीन करोड नेपालीलाई सूचना दिएर मदन राई अपराधी हो, यो मानिसले विवाह गर्न हुँदैन भनेको छ, उसले यौनशिक्षा दिनुपर्छ भनेको छ, फोहोर÷फोहोर कुरा गरेको छ, दिसा पिसाब बागमतीमा फाल्नुहुँदैन बिरुवालाई दिनुपर्छ भनेको छ । यो चोर, डाँका, फटाहा, पागल हो, कारबाही गर्नुपर्छ । ‘किल हिम’ । त्यो मानिस अपराधी हो भनेर धर्म र शासकले प्रमाणित गरोस् । म सबैसँग बहस गर्न सक्छु । शंकराचार्य, रिम्पोछे, पोप, मुल्लाह ल्याउनुस् । ‘आई क्यान टल्क टु देम’ । अंग्रेजी, हिन्दी, नेपाली सबै भाषामा । बहस त गर्नपर्यो नि ।

यही विषयमा बोल्दा तपाईंसम्बद्ध पार्टीका महिला नेतृले विरोध गरेका थिए । विरोध सामसुम भयो कि यथावत् छ ?

विरोध गर्नेलाई कति हेर्नुभयो भनेर सोधें । उनीहरूले आधामात्रै हेरेको प्रतिक्रिया दिए । मैले शिरपुछार हेर्न सुझाएको छु । त्यसपछि चित्त बुझेन भने मलाई फासी देऊ न भनेको छु । मैले त पार्टीलाई कारबाही गर भनिसकेको छु । मैले अहिले समाजलाई मन नपर्ने कुरा गरेको छु है भनेर ‘मास’ मै जानकारी गराइसकेको छु । डा. बावुराम भट्टराई पनि ‘डे वान’ मै भनिसकेको छु । डा. भट्टराईले भन्नुभयो, ‘मलाई एक/दुईजना बहिनीले फोन गरेर भन्नुभएको थियो ।’ मैले डाक्टरसापलाई पनि शिरपुछार हेर्न अनुरोध गरेको छु । तपाईंलाई मन लागेन भने पनि मैले त बोलिसकें । मलाई पार्टीबाट कारबाही होस् । पार्टीको अनुशासन कमिटीलाई पनि खबर गरेको छु ।

पछिल्लो सयम सबैले राम्रो छ मात्रै भनेका छन् । कसैले पनि नराम्रो भनेका छैनन् । तपाईंसँग कुराकानी गरिरहँदा २ लाख १० हजारले हेरिसके । साथीहरूले तिमी त वैज्ञानिक ऋषि भएछौ भनेर पो भन्न थाले । आधुनिक ऋषि भएछौ बधाइ दिन थाले । सहपाठीहरूले कसरी आयो यस्तो ज्ञान सोध्छन् । म आफैंलाई पनि थाहा छैन । यो आत्मज्ञान हो भनेर उत्तर दिने गरेको छु ।

डा. भट्टराईले चाहिँ के भन्नुभयो ?

तपाईंले बोलेको विषय विज्ञानसम्मत छ । सत्यकुरा बोल्नुभएको रहेछ भन्नुभयो । पार्टी कार्यालय पुग्दा सबैले राम्रो विचार भन्छन् । म मानव समाजका लागि भन्दै छु, नेपालीलाई होइन नि । ‘आई एम टकिङ एबाइट होल युनिभर्स, आई एम टकिङ एबाइट होल ह्युम्यानिटी, आई एम टकिङ एबाइट होल नेचर’ । कहाँ नेपालका लागि मात्र हो र ?

रजनीशलगायत अरू सबै गुरुलाई भन्छु– दिसा पिसाब र पसिना तत्व हो । ती तत्वबारे उनीहरूले केही बोलेका छैनन् । उनीहरू गुरु होइनन् । गुरु हो भने म हुँ । जसले यसको ज्ञान प्राप्त गरी चक्रमा हालिसक्यो । ट्वाइलेट प्रयोग गर्ने गुरु हुन सक्दैनन् । म सामान्य मानिस । हिजो बुद्ध, सुकरात पनि सामान्य थिए । रजनीश पनि सामान्य ।

तपाईंले प्रेम, विवाह र यौनबारे बोल्दा विरोध गर्नेलाई के भन्नुहुन्छ ?

विरोध नै गरेका छैनन् । मैले बोलेको विषय राम्ररी हेर्नू । सुन्नू । मैले तीन कुरा उल्लेख गरेको छु– (माफ गर्नुहोला पाठकवृन्द उहाँले पुरुष र महिला जनेन्द्रियलाई ठेट भाषामा बोल्नुभए पनि यहाँ उल्लेख गर्न सकिएन) नेपाली शब्द हो । सो शब्दमाथि बहस चलाउनुपरेन । राष्ट्रियता, भाषा र संस्कृति भनिन्छ । राष्ट्रियतामा भाषाको कुरा कति आइरहेछ । राष्ट्रिय भाषा कहाँ छ ? प्रतिबन्ध लगाउने भए सबैतिर लगाउनुपर्यो । शब्दकोशमा लगाउनु्पर्यो । दैनिक बोलीचालीमा लगाउनुपर्यो । बोल्नबित्तिकै फासी दिनुपर्यो । रोगको मुख्य घर नै योनी, लिंग र गुद्वार हो । यसलाई सही तरिकाले नसिकाउँदा अनन्त अपराध घट्ने गरेका छन् ।


यस विषयमा तपाईंले दिनुभएको अन्तर्वार्ता परिवारसँग बसेर हेर्न सक्नुहुन्छ ?

मेरो घरमा योनी, लिंग र गुद्वार भन्दैनौं । त्यसलाई ठेट नेपाली भाषामा जे भनिन्छ, त्यही भन्छौं । मैले श्रीमतीलाई तिम्रो ………..बाटै धेरै रोग निक्लन्छ । दिनमा एकपटक हेर, सफा गर । छोपेर नराख भन्छु । त्यसलाई दुरुपयोग नगर । दुरुपयोग गरे महिलाले दुःख पाउँछन् भनेर मेरो परिवारमा त कमन भइसक्यो । श्रीमतीले पनि तपाईंको……सफा गर्नू भन्छिन् ।

हामी कसैलाई गाली गर्दा गधा, आलु, मुला भन्छौं नि । त्यो पनि त गाली हो । हरेक कुरा विपरीत हुन्छ । नराम्रोको राम्रो । राम्रोको नराम्रो । त्यसलाई आत्मसात् गर्न जान्नुपर्छ । सक्नुपर्छ ।

मेरो अन्तर्वार्ता श्रीमान् श्रीमती सँगै बसेर हेरेपछि धेरैले टेलिफोन गरेका छन् । उनीहरूले हामीले त छोराछोरी सँगै राखेर पनि हेरायांै भनेका छन् । पहिले श्रीमान् हेरे । अहा यो त छोराछोरीलाई पनि सिकाउनुपर्छ भनेर सबै बसेर हेरे । हिजोआज मलाई देख्नसाथ मदन सर होइन भनेर सोधिहाल्छन् । मैले बुझिहाल्छु । मैले हेर्नुभयो भन्दा अँ हेर्यौं भन्छन् । कस्तो छ भन्दा सबैलाई काम लाग्दोरहेछ भन्छन् । संसारको सबै समस्या ……………..त्यहीं अल्झेको छ ।

तपाईंले बिहे गर्नुहुँदैन भन्नुभयो, आफैंले चाहिँ किन दुई बिहे गर्नुभएको । यो त विरोधाभास भएन र ?

अहिलेजस्तो थाहा पाएको भए मैले विवाह गर्दिनथें । श्रीमती साटो मसँग साथी हुन्थी । हामी मन मिलुन्जेल सँगै बस्थ्यौं । मिल्न नसकेको दिन अर्को साथी खोज्थें ।

मलाई बाध्यतावश १३ वर्षमा विवाह गराइयो । मलाई पढ्न जान बाध्यता थियो । पढ्नकै लागि विवाह गरें । उनीसँग १० वर्ष सँगै बस्यौं । छोरी पनि भइन् । तर, मिल्न सकेनौं । मेरो सपना एकातिर । उनको इच्छा अर्कोतिर । मिल्दै नमिल्ने । म महत्वाकांक्षी मानिस । उनी महत्वाकांक्षीहीन । नमिलेपछि हामी छुट्टियौं । उनले भिनाजुसँग बिहे गरिन् । मैले दोस्रो विवाह गरें ।

दोस्रो श्रीमतीले पनि मलाई धेरै अधिनमा राखिन् । मेरो कारण उनी तनावग्रस्त भइन् । मैले योभन्दा राम्री महिला पाउँदिन भनेर बुझें । अलि–अलि तल÷माथि हुन्छ भनेर सम्झौता गरें । अहिले हामी साथीजस्तो छौं । एकले अर्कालाई साथी ठान्छौं ।

प्रकाशनमा नआई विवादमा आएको प्रेम, विवाह र यौनबारे यहाँले लेख्दै गर्नुभएको किताब पाठकले कहिले पढ्न पाउँछन् ?

हामीले खोटाङको ‘नयाँ स्कुल’मा परीक्षण गर्दै छौं । किताबकै रूपमा प्रकाशन हुन तीन वर्ष लाग्छ ।

किसान धनी बनाउने कृषिविद् मदन राईका १० सूत्र

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल