रिसको सही व्यवस्थापनले के फाइदा ?

रिसको सही व्यवस्थापनले के फाइदा ?

आदर्श प्रधान, मनोपरामर्शदाता, होलिस्टिक माइन्ड्स

मानिस असाध्यै रिसाएको वेलामा आफूलाई नियन्त्रण गर्न पनि गाह्रो हुन्छ । यही कारणले रिसको आवेगमा ठूला–ठूला नराम्रा घटना भएको पनि सुनिन्छ । पारिवारिक कलह, झगडादेखि लिएर पारपाचुकेजस्ता गम्भीर समस्या यही कारणले भएको सुनिन्छ । परिवारमा झगडाको नकारात्मक असर प्रत्यक्ष रूपमा बच्चामा पर्न सक्छ । चित्त नबुझेको कुरामा सामान्य रिस उठ्नु, तनाव हुनु मानवीय गुण पनि हो । तर, यस्तो रिसलाई समयमा नै व्यवस्थापन गर्न सकिएन भने जिन्दगीभर पश्चात्ताप गर्नुपर्ने पनि हुन सक्छ ।

रिस के हो ? रिस एक प्रकारको भावनात्मक संवेग हो । सामान्यदेखि शक्तिशाली अवस्थासम्म पुग्न पनि रिसको ऊर्जाले सामथ्र्य राख्छ । रिस सधैँ नकारात्मक मात्र हुन्छ भन्ने हुँदैन । रिसकै कारण  कतिपय मानिसले आफ्नो सामथ्र्यको पहिचान गर्छ । यसले जुनसुकै प्रतिस्पर्धालाई पनि सामना गर्न सिकाँउछ । रिस या प्रेममा, मानिसको जीवनमा ऊर्जाकै प्रभाव परेको हुन्छ । उर्जा चाहे रिसको होस् या प्रेमको, त्यसको सही व्यवस्थापन गर्न सकेमा सफलता प्राप्त गर्न सहज हुन्छ ।

रिसको व्यवस्थापन

 रिसको व्यवस्थापन गर्न रिस उठेको वेला मलाई रिस उठेको छ भन्ने थाहा पाउनु जरुरी छ । वास्तवमा मान्छेले चरम रिसको अवस्थामा होससमेत गुमाएको हुुन्छ । जसले गर्दा नराम्रो घटना भएको पनि पत्तो पाउँदैन । होसमा मान्छेले नराम्रो कार्य गर्न सक्दैन । जब रिस उठ्छ, सो समयमा चार–पाँचपटक गहिरो लामो श्वास लिने र छाड्ने बानी गर्नुपर्छ । यस्तो बानीको विकास गर्नाले रिस कम हुन्छ । रिस उठ्नासाथ तुरुन्त मनलाई अन्ततिर लान कोसिस गर्नुपर्छ । साथै, सो परिवेशबाट उम्कने कोसिस गर्नुपर्छ । योग, ध्यान, प्राणायामलाई आफ्नो दैनिकीमा अभ्यस्त बनाउनुपर्छ । साथै, मनोपरामर्शदातास“ग परामर्श गर्नु पनि राम्रो हुन्छ ।

रिसलाई बुझ्ने तरिका

रिसबाट बाहिर निस्कन खासै गाह्रो हुँदैन । यसलाई बुझ्न नसक्दा भने गम्भीर समस्या आउन सक्छ । जब रिस उठ्छ तब हामी के गर्न सक्छौँ ?

  • रिसलाई दबाउन ।
  • रिसलाई पोख्न ।
  • रिसलाई होसपूर्वक हेर्न ।

रिसलाई दबाउनु पक्कै राम्रो होइन । यसले शारीरिक, मानसिक र भावनात्मक रूपमा असर पुर्‍याउँछ । रिसलाई पोख्नु त झन् राम्रो हुँदै होइन । यसले त झन् भौतिक रूपमा समेत असर पु¥याउँछ । जसलाई रिस पोख्छौँ, ऊसँग पनि सम्बन्ध बिग्रन्छ । आफूलाई हानि बनाएर भित्तामा हान्ने, काट्ने, पिट्नेजस्ता क्रियाकलापले आफ्नै शरीरलाई हानि हुन्छ । जब रिस स्खलित हुन्छ, तब फेरि पश्चात्तापभन्दा अरू केही हात लाग्दैन । त्यसैले रिसलाई न त दबाउनु राम्रो हो न त
अरूसामु पोख्नु  ।

सबैभन्दा उत्तम उपाय भनेको रिसलाई होसपूर्वक हेर्ने । रिस उठ्न लागेको थाहा पाउनासाथ पूरा होसमा बस्ने । म के गर्दै छु, के बोल्दै छु भन्ने बोध गर्ने । जब रिसलाई निष्काम भावले केही समय हेर्छौं, तब यो आफैँ कम हुन्छ । यसो गर्दा उक्त रिसको ऊर्जा रूपान्तरण भएर प्रेम, करुणा, क्षमामा परिवर्तन हुन्छ । कारण जस्तोसुकै होस्, गल्ती जस्तोसुकै होस्, त्यसले व्यक्तिमा कुनै बदलाव ल्याउँदैन । यसका लागि नियमित ध्यानको अभ्यास गर्नु अत्यन्त राम्रो हुन्छ ।

रिसले निम्त्याउने रोग

रिसले मानसिक, भावनात्मक समस्या मात्र नभई शारीरिक समस्या पनि निम्त्याउने गर्छ ।

टाउको दुख्ने, रक्तचाप, मुटुरोग, ग्यास्ट्रिक, कब्जियत, अपचजस्ता शारीरिक समस्या पनि रिसको कारण हुन सक्छ

नयाँ पत्रिकाबाट

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल