नर्स नजर : यी हुन् अस्पतालमा बस्दा बिरामी र कुरुवाले ध्यान दिनुपर्ने कुरा

नर्स नजर : यी हुन् अस्पतालमा बस्दा बिरामी र कुरुवाले ध्यान दिनुपर्ने कुरा

भनिन्छ, मानिसलाई पुनर्जीवन दिने व्यक्ति चिकित्सक हुन् । अझ धेरैले त चिकित्सकलाई भगवानको उपमा पनि दिने गर्छन् ।

प्रायः सबैजसो अस्पतालमा बिरामीसँग बढी समय नर्सहरु हुने गर्छन् । तर अधिकांशको बुझाइ नर्सप्रति गलत छ ।

नर्सले बिरामीलाई नराम्रो व्यवहार गर्छन्, झर्किने, गाली गर्ने, कुरुवाहरुलाई पनि नराम्रो व्यवहार गर्छन् भन्ने गुनासा धेरै सुनिन्छन् ।

तर नर्सहरुका दृष्टिमा बिरामीप्रतिको बुझाइ कस्तो छ ? बिरामी र बिरामी कुरुवाले के गर्दा नर्स र बिरामी दुवैलाई राम्रो हुन्छ ।

नर्स श्रुती थापाका सुझाव यस्ता छन् :

हाम्रो पेसा नै बिरामीको हेरचाहा गर्ने हो । जीवन नै बिरामीको स्याहारसुसारकै लागि समर्पित गर्ने उद्देश्यका साथ नर्स पेसा रोजेका हुन्छौँ । कसरी बिरामी रोग निदान गर्नेमा सबै ध्यान केन्द्रित हुन्छ । अपवादमा केही नर्सको व्यवहार बिरामीमैत्री नभए भन्ने गुनासा नसुनिएका हैनन् । तर मेरो दृष्टिमा बिरामीले पनि केही सचेत हुनुपर्छ, नर्ससँग राम्रो सम्बन्ध बनाउन ।

बिरामीले यस्ता कुरा गर्दा राम्रो :
१. विकसित मुलुकमा त्यस्तो छैन् तर हाम्रो देशमा भने नर्सलाई निकै हेयको नजरले हेरिन्छ । सबैभन्दा पहिले बिरामीले नर्सप्रति सकारात्मक सोच बनाउनुपर्छ ।

२.उपचारका क्रममा केही सचेतता अपनाउनुपर्ने हुन्छ । (समयमा औषधी सेवन गर्ने, नर्ससँग जथाभावी नबोल्ने, चिकित्सक वा नर्सले भनेको कुरा मान्ने)

३. बिरामीले नर्ससँग राम्रो बोल्ने ।

४. बिरामीका कुरुवाहरुले पनि नर्सलाई सकारात्मक व्यवहार गर्ने ।

५. कतिपय अवस्थामा बिरामीको स्वास्थ्य अवस्थाका कारण बाहिरी व्यक्तिको सम्पर्कबाहिर राख्नुपर्ने हुन्छ । यस्तो परिस्थिति बुझ्ने । साथै नर्सहरुले पनि बिरामीलाई हरतरिकारले राम्रो व्यवहार गर्दा बिरामी र नर्सको सौहार्दता बढ्नुका साथै रोग निदानका लागि सहयोग पुग्छ ।

प्रस्तुति : सर्मिला थापा

family planning
Golden Oak

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल