हेयर एक्स्पर्टका कुरा : घातक हुन सक्छ कन्डिसनर र स्याम्पु

हेयर एक्स्पर्टका कुरा : घातक हुन सक्छ कन्डिसनर र स्याम्पु

लक्ष्मी ठाकुर हेयर एक्स्पर्ट

कन्डिसनर र स्याम्पु कपालको स्वास्थ्यका लागि आवश्यक छ । यी प्रोडक्टमा कपाललाई
आवश्यक पोषण हुन्छ । तर, यसको प्रयोगमा कमजोरी भयो भने फाइदाको सट्टा कपालमा हानि निम्त्याउँछ । हेयर एक्स्पर्ट लक्ष्मी ठाकुरले कन्डिसनर र स्याम्पु कपालका लागि घातक हुन सक्ने अवस्थाबारे जानकारी गराएका छन् : कपालअनुकूल स्याम्पु र कन्डिसनर प्रयोग नगर्दा हानि गर्ने सम्भावना रहन्छ । कपालको प्रकृतिअनुसार स्याम्पु र कन्डिसनर प्रयोग गर्नुपर्छ ।

बजारमा स्याम्पु र कन्डिसनर दुवैको काम गर्ने मल्टी प्रोडक्ट पनि पाइन्छन् । तर, यस्तो प्रोडक्टले कपालमा हानि निम्त्याउन सक्छ । त्यसैले स्याम्पु र कन्डिसनर कपालको अवस्था हेरेर बेग्लाबेग्लै नै प्रयोग गर्नुपर्छ । स्याम्पु प्रयोग गर्दा कपाललाई फाइदा गर्छ । तर, रेगुलर स्याम्पु गर्दा भने कपालमा हानि पुग्न सक्छ ।

स्याम्पुमा भएको डिटर्जेनका कारण कपाल ड्राई हुने खतरा रहन्छ । ड्राई हुँदै गएपछि कपाल ड्यामेज हुने र टुक्रिने गर्छ । त्यसैले दिनहुँ कपालमा स्याम्पु गर्नु सही होइन । कन्डिसनरले फाइदा गर्छ भन्दैमा जथाभावी प्रयोग गर्नु हुँदैन ।

स्याम्पु गरेको कपालमा कन्डिसनर प्रयोग गर्दा एक–दुई इन्च भाग छोड्नुपर्छ । जरातिरको यो भाग छोडेर बाँधी कपालमा कन्डिसनर लगाउनुपर्छ । कपालको जरामा कन्डिसनर पर्दा हानि पुर्‍याउँछ । कन्डिसनर प्रयोग गरेपछि पखाल्ने सवालमा निकै विचार पुर्‍याउनुपर्छ ।

स्याम्पु पखालेजस्तो तरिकाले कन्डिसनर पखालेर पुग्दैन । कन्डिसनर पखाल्न धेरै पानी प्रयोग गर्नुपर्छ । कन्डिसनर पखालिएन भने स्काल्प फोहोर भएर चायाँजस्तो सेतो फुस्रो फोहोर देखिन थाल्छ । जाडोमा त यो समस्या झन् बढी हुन्छ ।

नयाँ पत्रिकाबाट

family planning
Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल