डाक्टरका कुरा : कब्जियतको समस्या छ ? यसो गर्नुहोस्

डाक्टरका कुरा : कब्जियतको समस्या छ ? यसो गर्नुहोस्

कब्जियतको समस्या धेरै व्यक्तिले भोगिरहेका हुन्छन् । त्यसो त कब्जियत आफैँमा कुनै रोग होइन । यो विभिन्न रोगको लक्षण हुन सक्छ । पाचन प्रणालीमा आउने समस्या नै कब्जियत हो । कब्जियतकै कारणले विभिन्न रोग निम्त्याउन पनि सक्छ । तर, खानपान र जीवनशैलीमा ध्यान दिने हो भने कब्जियतको समस्याबाट टाढै रहन सकिन्छ ।

डा. दिनेश राई भन्छन्ः

कारण

  • शरीरमा पानीको मात्रा कम हुँदा कब्जियत हुन्छ । स्वस्थ व्यक्तिको दिसामा लगभग ७५ प्रतिशत पानी हुन्छ । एकपटकमा लगभग दुई सय मिलिलिटर पानी दिसासँगै जान्छ । तर, शरीरमा पानी नै कम भए कब्जियत हुन्छ ।
  • आन्द्राबाट अत्यधिक पानी सोसिँदा पनि कब्जियत हुन्छ । यस्तै, आन्द्राको चल्ने गति नै कम हुँदा पनि कब्जियतको समस्या हुन्छ ।
  • दैनिक खानामा फाइबरको मात्रा कम भयो भने कब्जियतको समस्या निम्तिन्छ । यसकारण फाइबरयुक्त खाना खानुपर्छ ।
  • खाना खाने समय बेमेल हुँदा पनि कब्जियत हुन सक्छ । हरेक दिन खाना एकै समयमा मिलाएर खानु राम्रो हुन्छ ।
  • नियमित व्यायाम नगर्ने व्यक्तिमा पनि कब्जियतको समस्या हुन्छ । मानसिक रूपमा तनाव र चिन्ता लिने व्यक्ति पनि कब्जियतको सिकार बनेको पाइन्छ । तनावले पाचनक्रियामा असर पुर्‍याएर कब्जियत गराउँछ ।
    कतिपय व्यक्तिले दिसा लाग्दा पनि ट्वाइलेट नजाने तथा दिसा गर्ने नियमित बानी नबसालेका हुन्छन् । दिसा निष्कासन हुने इच्छालाई दबाउँदा पनि कब्जियत हुन्छ ।
  • आन्द्रा तथा मलद्वारमा समस्या भए पनि कब्जियत हुन सक्छ । यस्तै, नसासम्बन्धी विभिन्न समस्या जस्तैः पक्षघात, प्यारालाइसिस, मस्तिष्कघात भएका तथा धेरै औषधि सेवन गर्नेलाई पनि कब्जियत हुन्छ ।
  • समाधान
    • खानपान र जीवनशैलीलाई व्यवस्थित बनाए कब्जियतको समस्या आउनै सक्दैन भने समस्याको समाधान गर्न पनि सकिन्छ । नियमित व्यायाम गर्नु पहिलो जिम्मेवारी हुनेछ । व्यायामले आन्द्राको गतिविधि बढाउने र मांसपेशी क्रियाशील राख्ने काम गर्छ । विभिन्न खालका योग पनि कब्जियतका रोगीलाई उपयोगी हुन्छन् ।
    • बिहानै खाली पेटमा घ्युकुमारीको पातको गुदी २० ग्राम सेवन गर्नाले पनि कब्जियतमा फाइदा गर्छ ।
    • प्रत्येक दिन फाइबरयुक्त खाना २०–३५ ग्राम सेवन गरेमा दिसालाई नरम बनाउन मद्दत गर्छ । चोक्कर, आँटा, ब्राउन राइस, जौ, गेडागुडीलगायत अन्न, छोकडा, किसमिस, ओखर बदामजस्ता फल, सबै किसिमका फलफूल तथा हरियो तरकारी र सागपातमा फाइबरको मात्रा बढी हुन्छ ।
    • कब्जियतको समस्या भोग्नेहरूले पानी प्रशस्त पिउनुपर्छ । बिहान उठ्नेबित्तिकै पानी पिउनाले ग्यास्ट्रोकोलिक रिफ्लेक्स उत्तेजित गर्छ । दिनमा ६–८ गिलास पानी पिउिनुपर्छ । मद्यपान र धुम्रपानबाट टाढा रहनुपर्छ ।
    • राति सुत्नुअघि अमलाको धुलो एक–दुई चम्चाजति पानीमा घोलेर सेवन गर्दा पनि कब्जियतको समस्यामा राहत मिल्छ ।
    • पाकेको मेवा दुई सय ग्राम हरेक दिन सेवन गर्नाले कब्जियतको समस्यामा फाइदा गर्छ ।
    • नयाँ पत्रिकाबाट 
Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल