धुर्मुस–सुन्तलीले आफूलाई मुसहर भनेपछि ….

पुस २५

धुर्मुस–सुन्तलीले आफूलाई मुसहर भनेपछि ….

बर्दिवास– महोत्तरी जिल्लाको बर्दिवास–२ मा एकीकृत नमुना मुसहर बस्ती निर्माणमा जुटेका हास्यकलाकारद्वय धुर्मुस र सुन्तलीले आफुहरुको थर ‘सदा’ भन्न आग्रह गरेका छन् ।
तराईको पिछडिएको मुसहर जातिको बस्तीमा नमुना काम गर्न बर्दिवास आएको यो जोडिले आइतबार बर्दिवास नगरपालिकाले आयोजन गरेको कार्यक्रममा हास्य प्रस्तुति गर्दै आफूहरुलाई मुसहरको थर ‘सदा’ बाटै सम्बोधन गरिदिन आग्रह गरेका हुन् ।
हिमाल, पहाड र तराईबीचको सद्भाव बढाउन प्रेम र समर्पणको बाटो अवलम्वन गरिन पर्ने धुर्मुस–सुन्तली जोडिको भनाइ छ । आपूmहरु निकै ठूलो परोपकारी काम गर्न नभई मधेसका मुसहरसँग खेल्न, रमाउन र उनीहरुका दुःखमा सँगसाथ उभिन बर्दिवास आएको कार्यक्रममा धुर्मुसले बताएका थिए ।
‘मुसहरसँग काम गर्न मुसहरजस्तै बने सजिलो होला’ धुर्मुसले भने–, ‘त्यसैले थर नै उनीहरुसँग मिल्दो बनाउन आपूmहरुलाई सदा भन्न आग्रह गरेका हौं ।’सो अवसरमा सुन्तलीले त ‘सदा’ भन्नभन्दा सबैले सजिलै बुझ्न सक्नेगरि आपूmलाई ‘मुसहरर्नी’नै भन्न आग्रह गरेकी थिइन् ।
हास्यकलाकारद्वय धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) ले आपूmहरु आबद्ध धुर्मुस–सुन्तली फाउण्डेशनका तर्फबाट बर्दिवासको मुसहर बस्तीलाई नमुना बस्ती निर्माण गर्ने घोषणा यसअघि नै गरि सकेका छन् । बर्दिवास–२ का ५० घरपरिवार मुसहरका लागि सडक, बिजुली र खानेपानी सुविधासहितको नमुना बस्ती बनाउन चारकरोड ७८ लाख खर्च गरिने फाउण्डेशनले यसअघि नै घोषणा गरिसकेको छ ।

family planning
Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल