निशा र प्रज्वलले तराई झरेर लगाए माया

पुस २५

निशा र प्रज्वलले तराई झरेर लगाए माया

काठमाडौं – चलचित्र ‘मेरो देश’मा रहेको ‘तराई झरेर…’ गीत सार्वजनिक भएको छ । गीत अभिनेत्री निशा अधिकारी र अभिनेता प्रज्वल गिरी माथी फिचरिङ गरिएको छ ।
मधेश र पहाडको सम्बन्ध गाढा बनाउन तराई झरेर माया लगाइएको कथा गीतमा बुनिएको छ । गीतलाई बिबि अनुरागीले संगीत गरेका हुन्, भने शब्द उदय सापकोटा सुरेनको रहेको छ । गीतमा अप्सरा देबकोटा र रुपक चौधरीले स्वर दिएका छन् । रबिन्द्र बरालको कोरीयोग्राफी रहेको यो गीत सुनकोशीको तिरमा छायाँकन गरिएको हो ।
देव नेपाल निर्देशित चलचित्र ‘मेरो देश’मा आयुष रिजाल, एलिजा प्रधान, ध्रुब कोईराला, निर शाहा लगायत कलाकारको समेत मुख्य अभिनय रहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल