‘दंगल’ ले तोड्यो बलिउडको सबै रेकर्डः बन्यो सर्वाधिक कमाई गर्ने फिल्म

पुस २५  |   एजेन्सी

गत डिसेम्बर २३ तारिखमा रिलिज भएको आमिर खानको फिल्म ‘दंगल’ ले बक्स अफिसको सबै रेकर्ड तोडेको छ । फिल्मले मात्र १७ दिनमा भारतीय बक्स अफिसमा ३४५ करोड भारुको कमाईसँगै नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । यससँगै यो फिल्म बलिउडको अहिलेसम्मको सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ । अहिलेसम्म यो सूचीमा आमिर खानकै फिल्म ‘पिके’ (२०१४) ३३९ करोड भारुको नेट कमाईसँगै शीर्ष स्थानमा थियो ।

ट्रेड एनालिष्ट तरण आदर्शको ट्वीट अनुसार दंगलले आइतबार १४.३३ करोड भारुको कमाई गरेको छ । उनले लेखेका छन्, ‘दंगलले तेस्रो विकेन्डमा ३१.७९ करोड भारु कमाई गरेको छ । यस्तै शुक्रबार ६.६६ करोड भारु, शनिबार १०.८० करोड भारु, आइतबार १४.३३ करोड भारु । अहिलेसम्म कूलः ३४५.३० करोड भारु ।’

भारत बाहिर १८० करोडको कमाईः

दंगलले आइतबार (८ जनवरी) सम्म देश बाहिर १८०.६ करोड भारुको कमाई गरेकोे छ । तरणले नै यसबारे जानकारी ट्वीटरमा दिएका छन् ।

family planning
Golden Oak

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल