‘ब्रासलेट’ अमेरिकामा पनि प्रदर्शन हुने

पुस २५

काठमाडौं – गत १७ भदौ प्रदर्शनमा आएको चलचित्र ‘ब्रासलेट’ अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । २२ जनवरिमा बाल्टिमोरको ‘बाल्टि वे मुभिज’मा चलचित्र प्रदर्शन हुने निर्माता केसव भट्टराइले जानकारी दिए ।

समाजमा घट्ने घटनालाई मौलिकताका साथ प्रस्तुत गरिएको चलचित्रमा रमेश उप्रेती, रजनी केसी, नम्रता सापकोटा र सुगम गुरागाईं लगायत कलाकारको अभिनय रहेको छ । कुनै बेलाका व्यस्त अभिनेता रमेश यसै चलचित्र मार्फत अभिनयमा पुनरागमन गरेका हुन् ।

दर्शक माझ गैंडाका नामले चिनिएका कलाकार निर्मल शर्माले यो चलचित्र निर्देशन गरेका हुन् । चलचित्रको स्वदेश प्रदर्शन भने सुखद हुन सकेन ।

सुदिप बरालको छायाँकन, दिपक शर्माको संगीत र विपीन मल्लको सम्पादन रहेको चलचित्रमा गोविन्द राईको नृत्य र हिमाल केसीको द्धन्द्ध समेटिएको छ ।

family planning
Golden Oak

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल