सारिकाले जवानीमा ४ सय ४० भोल्टको करेन्ट

पुस २५

सारिकाले जवानीमा ४ सय ४० भोल्टको करेन्ट

काठमाडौं – पछिल्लो समय आइटम गीतमा कम्बर मर्काउने अभिनेत्रीको चर्चा चलचित्रको भन्दा बढी हुने गरेको छ । त्यसैले पनि आइट नृत्यमा देखिने अभिनेत्रीको सँख्या दिन प्रतिदिन बढ्दो छ ।

यस्तैमा अभिनेत्री सारिका घिमिरे पनि आइटम नृत्यमा देखिएकी छन् । चलचित्र ‘परिणाम’को ‘कम्बर मुनी’ बोलको गीत मार्फत उनी आइटम नृत्यमा देखिएकी हुन् ।

आइटममा सारिका बोल्ड रुपमा प्रस्तुत भएकी छन् । गीतमा उनको जवानीमा ४४० भोल्टको करेन्ट रहेको बर्णन समेत गरिएको छ । कमल राईको नृत्य रहेको गीतमा शब्द तथा संगीत कृष्ण बस्नेतको रहेको छ ।

हरी पराजुलीको निर्देशन रहेको चलचित्रमा सारिका पनि मुख्य भुमिकामा छिन् । मुकेश ढकाल, झारना रिसाल, असिम शेर्पा, किसन सुनुवार लागयतको पनि चलचित्रमा अभिनय रहेको छ । पदम निरौला निर्माता रहेको चलचित्र माघ २१ बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

 

family planning
Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल