सकियो कान्छा निर्देशक सौगातको हैरान

पुस २६

सकियो कान्छा निर्देशक सौगातको हैरान

काठमाडौ – विश्वकै कान्छा निर्देशक सौगात बिष्ट निर्देशित दोस्रो चलचित्र ‘हैरान’को छायाँकन सकिएको छ । ६१ दिनको छायाँकन पछि चलचित्र सकिएको हो । चलचित्रको बिषयवस्तुले गर्दा अनुमानित भन्दा बढी समय छायाँकनमा लागेको निर्माण पक्षले जानकारी दियो ।
४५ दिनको सेडुल सहित छायाँकनमा निस्किएको यो चलचित्र मुक्ति घले, वाइ.एल लामा र श्रृष्टी घिमिरेले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा गजित बिष्ट, निश्मा घिमिरे, सत्यराज आचार्य, पुष्कर रेग्मी, नव–कलाकार आरोहि शर्मा लगायतको अभिनय रहेको छ ।
कमेडी, प्रेम र सस्पेन्स शैलीका बिषयबस्तु चलचित्रमा रहेको छ । ‘लभ यू बाबा’ निर्देशन गरेर विश्वकै कान्छा निर्देशकको रेकर्ड बनाएका सौगात यो चलचित्रबाट ब्यवसाहिक रेकर्ड बनाउने दाउमा छन् ।
कमर्सियल रुपमा तयार पारिएको यो चलचित्र दर्शकले मन पराउने निर्माता समेत रहेका कलाकार गजित बिष्टले बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल