माघेसक्रान्तिको दिन अल नेपाल डान्स च्याम्पियनसिप हुने

माघेसक्रान्तिको दिन अल नेपाल डान्स च्याम्पियनसिप हुने

काठमाडौं – ‘अल नेपाल डान्स च्याम्पियनसिप २०१६’ को अन्तिम स्पर्धा माघ १ गते बुटवलमा हुने भएको छ । एएनएफए स्टुडियममा आयोजना हुने प्रतियोगीतामा जुनियर तर्फ १० र सिसनयर तर्फ १२ प्रतियोगी बीच कडा स्पर्धा हुनेछ । देशभर आयोजित बिभिन्न अडिसनबाट यी प्रतियोगी छानिएका हुन् ।
बागेश्वरी संगीतालय बुटवलले जुनियर र सिनियर दुई ब्याचमै नृत्यमा उत्कृष्ट प्रतिभा खोज्ने उदेश्यले प्रतियोगीता आयोजना गरेको हो । यसमा जुनियरमा १४ मुनिका र सिनियर तर्फ १५ देखि ३५ वर्षसम्म महिला तथा पुरुष सहभागी छन् ।
‘नो एस एम एस वान्ली ट्यालेन्ट स्पिक’ मुल नाराका साथ आयोजित यो नेपालकै ठुलो पुरस्कार रासी भएको प्रतियोगीता हो । यसमा जुनियरतर्फको विजेताले २ लाख नगदका साथमा मुम्बईको टेरेन्स लुइसको एकडेमीमा एक महिना र सिनियर तर्फका विजेताले २ लाख नगदका साथमा तीन महिना अध्ययन स्कलरसिपका साथमा विभिन्न गिफ्ट जित्न सक्नेछन् ।
कुनै पनि भोटिङको ब्यवस्था नगरिएको प्रतियोगीताको फाइनल जर्जका रुपमा कोरियोग्राफर तथा डिआडीका जर्ज टेरेन्स लुइसले रहनेछन् । प्रतियोगीलाई अन्तिमस्पर्धाका लागि विभिन्न प्रशिक्षण सहित तयार गरिएको छ ।
चर्चित नेपाली अभिनेत्री निशा अधिकारीले प्रस्तुत गर्ने अन्तिम स्पर्धामा गायक तथा संगीतकार चिरन्जीबी भण्डारी, डान्स प्लसको फष्टरनर अप तथा नेपालको चर्चित क्रियु वाइल्ड र्यापरको पनि बिभिन्न आकर्षक प्रस्तुति रहनेछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल