ट्राफिक प्रहरीको नयाँ प्रविधि : अव मोवाइलबाटै हुनेछ ट्राफिक कन्ट्रोल

पुस २७  |   DNN

काठमाडौं– ललितपुर ट्राफिक प्रहरीले जिल्लाको ट्राफिक व्यवस्थापन सहज बनाउन नयाँ प्रविधि भित्रएको छ । यो प्रविधिको आजबाट शुरु भएको छ । यो यस्तो प्रविधि हो, जसबाट प्रहरीले जुनसुकै ठाँउमा बसेर पनि त्यहाँको गतिविधि निगरानी गर्न सक्नेछन् ।

ललितपुरमा अत्याधिक ट्राफिक जाम हुने सातदोबाटो चोकमा सीसी क्यामेरा जडान गरिएको छ । र, यसको प्रत्यक्ष भिडियो ट्राफिक कन्ट्रोल रुममा जान्छ । एप्स मार्फत उक्त भिडियो ट्राफिक प्रहरीले मोवाइलमा हेर्न मिल्छ ।

मोवाइलमा यसी हेर्न सकिन्छ प्रत्यक्ष भिडियो

सातदोबाटो चोकमा हुने सवै ट्राफिक गतिविधि एप्स मार्फत मोवाइलमै हेरेपछि त्यही अनुसारको जनशक्ति परिचालन गर्न सकिने ललितपुर ट्राफिक प्रहरीको विश्वास छ । प्रत्यक्ष भिडियो हेरेपछि ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने ट्राफिक कार्यालयले विश्वास लिएको छ ।

यस्तो भिडियो प्रत्यक्ष हेर्न सकिने भएपछि दुर्घटना गरेर भाग्ने, ट्राफिक नियम बिपरित काम गर्नेलाई कारवाही गर्न सकिने बताइएको छ । यस्तो भिडियो एक महिनासम्म रेकर्ड गरेर राख्न सकिने गरी व्यवस्था गरिएको छ ।

प्रत्यक्ष भिडियो हेर्दै ललितपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सिताराम हाछेथु

यसले ललितपुरको ट्राफिक व्यवस्थामा मद्धत पुर्याउने ललितपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सिताराम हाछेथुले जानकारी दिए ।

सातदोवाटोपछि ललितपुर ट्राफिक प्रहरीले अन्य क्षेत्रमा पनि यस्तै सीसी क्यामारा जोडने योजना बनाएको छ । अव बालकुमारी, ग्वार्को, एकानतकुना, बल्खु र कुपन्डोलमा पनि छिट्टै यस प्रविधि सुरु गरिने ट्राफिक कार्यालयले बताएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा नयाँ प्रविधि जडान गरिएको र मोबाइलबाट प्रत्यक्ष फोटो खिच्न र भिडियो रेकर्ड गर्न सकिनेछ । यस प्रविधिलाई क्लासिकटेकले निशुल्क इन्टरनेट मार्फत सहयोग गरेको छ ।

family planning
Golden Oak

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल