पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली बर्खास्त

पुस २७  |   शम्भु दंगाल

पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली बर्खास्त

काठमाडौं– सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ शुशील ज्ञवालीलाई बर्खास्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय गरेको सुचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले  जानकारी दिए  ।

सरकारले ज्ञवालीलाई बर्खास्त गरेर  गोविन्द पोखरेललाई नयाँ सिईओमा नियुक्त गरेको छ ।  पोखरेल  नेपाली कांग्रेस निकट मानिन्छन् ।

यसअघि ज्ञवालीलाई सरकारले दुई पटकसम्म स्पष्टिकरण सोधेको थियो । पुनर्निमार्णको कामलाई अघि बढाउन समन्वय गर्न नसकेको, भूकम्पपीडितको पुर्नवास गराउन असफल भएको, प्रभावितलाई समयमा अनुदान दिन नसकेको, पुनर्निमार्णका लागि कर्मचारीबीच समन्वयन गर्न नसकेको आरोप लगाँउदै सात दिने स्पष्टिकरण सोधेको थियो । पहिलो स्पष्टिकरण पुस ७ गते सोधिएकोमा ज्ञवालीले २०  गते स्पष्टिकरण बुझाएका थिए ।
उनले पहिलो स्पष्टिकरण बुझाएपनि चित्तबुझ्दो नभएको भन्दै सरकारले पुन २४ घण्टे स्पष्टिकरण सोधेको थियो । दोस्रो स्पष्टिकरण उनले आइतबार बुझाएका थिए ।

यस्तै मन्त्रिपरिषदको बैठकले बर्षभरी दिने बिदा पुनरावलोकनका लागि गृह मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

को हुन् पुनर्निर्माण प्राधिकरणको सीईओमा नियुक्त गोविन्द पोखरेल ? (मन्त्रीपरिषदका निर्णय भिडियोमा)

family planning
Golden Oak

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल