अदालत र मिडियाको सम्बन्ध ‘जोगी र भैसी’ जस्तो ! (भिडियोसहित)

पुस २७  |   DNN

काठमाडौ  – अदालतका निर्णयहरु प्रति सञ्चारमाध्यमले टिक्का टिप्पणी गर्न थालेपछि त्यसको समन्वयका लागि सर्वोच्च अदालतका केन्द्रीय न्याय क्षेत्र समन्वय समितिले आज पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
विहानैदेखि अल्फाबिटामा शुरु भएको कार्यक्रममा प्रमुख समाचारमध्यमका सम्पादक तथा कानुन न्यायको बीटमा काम गर्ने पत्रकारहरुलाई सहभागि गराइएको थियो ।
सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिष्टार नहकूल सुवेदीले सञ्चारमाध्यम न्यायलायप्रति पूर्वाग्रही हुन नहुने बताउँदै दुईटै निकाय समाजप्रति जवाफदेही संस्था रहेको बताए ।
यी दुई संगठन आपसमा प्रतिस्पर्धा नगरेर एक अर्काको सहकार्यमा काम गर्नुपर्ने उल्लेख गर्दै उनले सूचनाको हक प्रयोग गरेर समाचार लेख्ने परम्पराको विरोध गरे । सूचनाको हक प्रयोग गरेर सूचना माग्ने र त्यसैको आधारमा समाचार लेख्ने कार्य पत्रकारिता नभएको उनले दावी गरे ।
वरिष्ठ पत्रकार सुरेश आचार्यले अदालत र मिडियाको सम्बन्ध जोगी र भैसीको जस्तो रहेको टिप्पणी गरे । जोगी हेरेर भैसी तर्सिने, भैसी हेरेर जोगि तर्सिने जस्तो सम्बन्ध अदालत र न्यायलयको रहेको धारणा राख्दै उनले अदातल र मिडिया पनि एक अर्कालाई हेरेर तर्सिने गरेको उल्लेख गरे ।
‘तर्सिन आवश्यकता छैन’, उनले भने, ‘यी दुवै संस्था समाजप्रति उत्तरदायी भएको संस्था भएका हुनाले एकअर्काको सहकार्यमा काम हुनुपर्छ ।’ न्यायलयले मिडियाका आलोचनाभन्दा माथि उठ्नुपर्ने सुझाव दिँदै आलोचनाबाट नतर्सिन सुझाव दिए ।
उनले भने, मिडियाले तुलानात्मक अध्ययन गरेर समाचार सम्प्रेशन गर्दा न्यायलयले चित्त दुखाउनु हुँदैन, अदालत नागरिकले सूचना माग्नेको संरक्षक हो ।’ अदालतलाई मिडिया न्यायाधीश बन्छ कि भन्ने त्रास हुन्छ, त्यही भएर मागेको सूचना समयमा उपलब्ध गराउँदैन,’ उनले भने, ‘मिडियालाई सही सूचना उपलब्ध गराउनु न्यायलयको कर्तव्य पनि हो, त्यसले आमजनता न्याय पाउँछ ।’
नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले शुरुदेखि नै सञ्चारमाध्यमप्रति अदालत सकारात्मक रहेको उल्लेख गरे । स्वतन्त्र प्रेसका लागि न्यायलयले साथ दिएको बताउँदै उनले कुनै कुनै निर्णय विवादस्पद हुँदा सञ्चारमाध्यमले अदालतको आलोचना गरेको धारणा राखे । उनले दुवै पक्षको बीचमा सहकार्य हुनुपर्ने कुरामा पनि जोड दिए ।
प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले न्याय र सञ्चारको लागि अग्नी परीक्षा शुरु भएको टिप्पणी गरे । दुवै पक्षले यस अवस्थामा सहकार्य नगरे देशमा सन्तुलन मिलाउन गाह्रो हुने टिप्पणी उनले गरे ।

family planning
Golden Oak

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल