अम्बिकाले चुमिन् मिसेस हिमालयनको ताज

पुस २७  |   DNN

अम्बिकाले चुमिन् मिसेस हिमालयनको ताज

काठमाडौं – ‘मिसेस हिमालयन –२०१७’ को उपाधी अम्बिका तिमल्सिनाले चुमेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अम्बिका शिर्ष बिजेता बन्दा पुनम बर्देवा फस्ट रनरअप, सुशिला गौतम सेकेन्ड रनरअप र अम्बिका गुरुङ थर्ड रनरअप घोषित भए ।

बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगिताको निर्णायकहरुमा आरजे तथा मोडल कला सुब्बा, मोडल तथा अभिनेता दिक्पाल कार्की, ब्युटिसियन गौरा राई क्षेत्री र पत्रकार अरुणा भट्टराई रहेका थिए ।

कार्यक्रममा नृत्य, गीत प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइएको थियो । सो अवसरमा पप गायक धिरज राई, गायिका तायाहाङ्मा राईले गीत प्रस्तुत गरे

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल