‘हिमालको गोठालो’ लोकार्पण

पुस २७   |   DNN

‘हिमालको गोठालो’ लोकार्पण

काठमाडौं –हिमालको गोठालो कृति लोकार्पण गरिएको छ । बुधबार एक कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले घिमिरेको ‘हिमालको गोठालो’ कृति विमोचन गरेका हुन् । विमोचनपछि डा. भट्टराईले कृतिमार्फत् नेपालको हिमाली क्षेत्र, पर्यटन क्षेत्र र गुरुङ जनजीवनको सुन्दर चित्रण भएकोमा आफुले गर्व गरेको बताए ।

भट्टराईले भने– ‘नेपाल सबै जातजातिको मुलुक हो । अबको राजनीतिक परिवेशले यो विविध समाजलाई सम्मान गर्नुपर्छ ।’कृतिको समीक्षा गर्दै वरिष्ठ साहित्यकार युवराज नयाँघरेले सङ्घर्षका अनेक कथाहरुले हिमालको गोठालो भरिएको बताए । गोठालो, भरिया हुँदै अन्तर्राष्ट्रियस्तरको तालिम लिने सुनारको संघर्षशील कथाले कृति सबैका लागि प्रेरणादायी बनेको उनको भनाई थियो ।

धार्चे मनास्लु पत्रिकाद्वारा आयोजित लोकार्पण समारोहमा बालाराम घर्ती मगर, सन्तोष गुरुङ, आङ छिरिङ शेर्पा, मन बहादुर पुन मगर लगायतले धारणा राखेका थिए । पहिलो अन्तर्राष्ट्रिय पर्वतीय पथ प्रदर्शक सुनारबहादुर गुरुङद्वारा लेखिएको हिमालको गोठालोको प्रकाशन सुनार ट्रष्ट नेपालद्वारा गरिएको हो ।

लेखक गुरुङ गोरखा– लाप्राकका हुन् । समाजसेवी गुरुङकै नेतृत्वमा धेरै विद्यालयहरु निर्माण र व्यवस्थापन हुँदै आएका छन् । हिमालको गोठालोबाट उठेको रकम समेत लेखक गुरुङले गोरखाकै शिक्षा क्षेत्रमा लगानी गर्ने बताएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल