पुनर्निर्माण प्राधिकरणका सीईओ बर्खास्तीपछि एमालेको आयो यस्तो प्रतिक्रिया

२७ पुस  |   कृष्ण गिरी

काठमाडौं – सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीलाई बर्खास्त गरेसँगै एमालेले कडा प्रतिक्रिया दिएको छ । एमालेले सीईओ बर्खास्तीसँगै भूकम्पपीडितले थप दुःख पाउने अवस्था निम्तिएको बताउँदै अब पुर्ननिर्माणको काममा थप ढिलाई हुने दाबी गरेको छ ।

यस्तै एमाले सचिव प्रदीप ज्ञवालीले राजनीतिक पूर्वाग्रहको कोपभाजनमा सीइओ ज्ञवाली परेको प्रतिक्रिया दिए ।  उपाध्यक्ष युवराज ज्ञवालीले निर्वाचनको वातावरण बनिरहेको बेला सरकारले ज्ञवालीलाई हटाउनु गलत भएको प्रतिक्रिया दिए ।
केपी ओली नेतृत्वको सरकारले ज्ञवालीलाई सीईओमा नियुक्त गरेको थियो ।

सीईओ बर्खास्तीबारे युवराज ज्ञवाली र प्रदिप ज्ञवालीको प्रतिक्रिया जस्ताको तस्तै

युवराज ज्ञवाली, उपाध्यक्ष,  एमाले

सरकारले पूनर्निर्माया प्राधिकरणका सीईओलाई अत्यन्त पूर्वाग्रही गरिकाले हटाएको छ । यो गलत भएको हो । सिइओले भूकम्प प्रभावितको पक्षमा राम्रो काम गरिरहेको अवस्थामा पनि एमालेप्रतिको पूर्वाग्रहले मात्रै हटाइएको हो ।

राजनीतिक दलहरुबीच सकारात्मक वातावरण बनिरहेको अवस्थामा यो कदमले दलहरुबीच झन् दूरी बढ्नेछ । एक जना व्यक्तिले मात्रै राम्रो काम गर्ने होइन । राम्रो काम गर्नका लागि सरकार र कर्मचारीहरुको सहयोग चाहिन्छ र सकारात्मक परिणाम पनि आउँछ । यसमा सरकार र सरकारका कर्मचारीको पनि कमीकमजोरी थिए । निर्वाचनमा जाने वातवरण बनिरहेको बेला यो काम गर्नु एकदम गलत हो ।

प्रदीप ज्ञवाली , सचिव , एमाले
यो सरकारको पूर्वाग्राही सोच हो । दुई महिना पहिला प्रम आफैंले भूकम्पपीडितको पक्षमा राम्रो काम भइरहेको बताउनु हुन्थ्यो । तर फेरि दुई महिनापछि त्यही सीईओले गरेको काम कसरी नराम्रो हुन्छ र हटाइनु पर्छ । यो एमालेप्रतिको साँधिएको पूर्वाग्रहको परिणाम मात्रै हो । सरकारको नियत नै हटाउने थियो । त्यसैले हटाउने प्रक्रिया पूरा गर्नको लागि दुई पटक स्पष्टकरण सोधेका हुन् । ज्ञवालीले प्राधिकरणमा रहेर उल्लेख्य काम गरेका थिए । ६ लाख पीडितलाई पहिलो किस्ता दिएका थिए । ४० हजार घर बनेका थिए । दाताहरुको पनि पुर्ननिर्माण प्राधिकणमाथि भरोसा थियो । तर एमाले प्रतिको प्रतिशोधका कारण हटाइने काम भएको छ, जुन गलत छ । एमालेप्रतिको राजनीतिक पूर्वाग्रहको कोपभाजनमा सिईओ परेका हुन् । यसले गर्दा पीडित झन् पीडित हुनेछन् । नयाँ आउने सीइओले काम गर्न समय लाग्नेछ, यसले पुर्ननिर्माणमा ढिला हुनेछ । सरकारले जनतको पक्षमा भन्दा पनि प्रतिशोधले काम गर्यो ।

family planning
Golden Oak

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल