सुशील ज्ञवालीको नियुक्तिदेखि बर्खास्तीसम्म के–के भए ?

पुस २७  |   DNN

सुशील ज्ञवालीको नियुक्तिदेखि बर्खास्तीसम्म के–के भए ?

काठमाडौं –भूकम्पबाट भत्किएका घर तथा भौतिक संरचनाहरुको पुनर्निर्माण र विस्थापित भएका व्यक्ति तथा परिवारलाई पुनस्र्थापना गर्न सरकारले ५ वर्षका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणको गठन गरेको थियो ।
सरकारले जुन उद्धेश्यका साथ प्राधिकरण गठन गरेपनि प्रभावकारी ढंगले काम हुन नसकेको भन्दै सरकार र प्राधिकरणको आलोचना हुने गरेको छ । भूकम्प गएको २ महिनापछि २०७२ असार ५ गते तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सरकारले अध्यादेशमार्फत राष्ट्रिय पुनर्निमार्ण प्राधिकरण गठन गरेको थियो ।

प्राधिकरण गठन गरेपनि यसको नेतृत्वका लागि दलहरुबीच सहमति नजुट्दा २०७२ साउन २८ गते राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. गोविन्दराज पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । तर संसदमार्फत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सम्बन्धी बिधेयक पास हुन सकेको थिएन ।

एमाले तथा माओवादीले नेतृत्वले कांग्रेस नेतृत्वको सरकारले ल्याएका पोखरेललाई स्वीकार नगरेका कारण सरकारले ल्याएको अध्यादेश संसदले स्वीकृत गरेन । संसदबाट प्राधिकरण विधेयक पारित भएपछि तत्कालीन एमाले नेतृत्वको सरकारले नगर विकास कोषका कार्यकारी निर्देशक रहेका सिभिल इन्जिनियर सुशील ज्ञवालीलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली नियुक्त भएसँगै आफूभन्दा कनिष्ट कर्मचारीलाई प्राधिकरणमा ल्याइएको भन्दै मातहतका कर्मचारीले असन्तुष्टी जनाउँदै आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको साँचो लिएसँगै भूकम्प अतिप्रभावित जिल्लाका पीडितहरुलाई ४५ दिनभित्र पहिलो किस्तावापतको ५० हजार रुपैँया अनुदान बितरण गर्न निर्देशन दिएका थिए । सरकारले यो कामलाई सन्तोषजनक मानेतापनि ब्यक्तिका आवास निमार्णको काममा ढिलाई भएको, अन्य साझेदार कार्यालयहरुबीच प्रभावकारी समन्वय गर्न नसकेको जस्ता आरोप लगाँउदै सरकारले ज्ञवालीलाई प्राधिकरणबाट हटाएको हो ।

टाइमलाइनमा हेर्नुहोस्, भूकम्पपछाडि प्राधिकरण गठन र कामको बिवरण  : 
–२०७२ साल वैशाख १२ गते र त्यसपछिका परकम्पबाट नेपालमा ८ हजार ७ सय ९० जनाको मृत्यु, २२ हजार ३ सय जना घाइते भए ।
–पूर्ण र आंशिक गरी ८ लाख भन्दा धेरै निजी घर भत्किए भने सरकारी भवन, विद्यालय, पुरातात्विक महत्वका धेरै सम्पदाहरुमा क्षति भए ।
–क्षतिको पुनर्निर्र्माण तथा पुनस्र्थापनाका लागि करिव ९ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
–भूकम्पको विनास पछि सरकारले २०७२ असार ५ गते अध्यादेशमार्फत प्रधानमन्त्री अध्यक्ष रहनेगरी राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणको गठन गर्ने निर्णय गरेको थियो ।
–अघिल्लो सरकारका सत्तारुढ दल कांग्रेस र एमालेबीचको सहमति बमोजिम पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अध्यादेश जारी गरेका थिए ।
–पुनर्निमार्णका लागि खर्च जुटाउनका लागि २०७२ असार १० गते काठमाडौंमा दाता सम्मेलन गरियो ।
– दाता सम्मेलनका क्रममा दाताहरुले ५ बर्षसम्म हुने पुनर्निर्माणका लागि ४ खर्ब ४० अर्ब रुपैया उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।
–२०७२ साउन २८ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले पुनर्निमार्ण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेल नियुक्त गरे ।
– अध्यादेश पास नभएका कारण पोखरेलको नियुक्ति खारेज भएको थियो ।
–भूकम्प गएको ९ महिनापछि गत बर्ष पुसमा पुनर्निर्माण प्राधिकरण सम्बन्धी विधेयक व्यवस्थापिका–संसदले पारित गरेपछि राष्ट्रिय पुनर्निमाण प्राधिकरण गठन गर्ने बाटो खुलेको थियो ।
–२०७२ साल पुस १० गतेको नेकपा एमाले नेतृत्वको सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गर्ने निर्णय गरेको थियो ।
–पुस १० गते प्राधिकरण गठन गर्नुका साथै प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय ग¥यो ।
– २०७३ पुस १३ गते सरकारले पहिलोपटक प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवालीलाई पहिलो स्पष्टिकरण सोध्यो ।
–ज्ञवालीको स्पष्टिकरण चित्त नबुझेको भन्दै सरकारले पुनः पुस २२ गते दोश्रो स्पष्टिकरण सोधेको थियो ।
–पुस २७ गते बसेको मन्त्रीपरिषद बैठकले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई हटाउने निर्णय गरी डा. गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
भूकम्प गएको २० महिना अवधीमा भूकम्पबाट क्षति भएका मध्ये अहिलेसम्म ६२ हजार १ सय ९० घर पुनर्निर्माण भएको प्राधिकरणको दावी छ । भूकम्प अति प्रभावित १४ जिल्लामा ४१ हजार ३ सय ११ घर पुनर्निर्माण भएको उपत्यका बाहिरका ११ जिल्लामा २० हजार ८ सय ७९ घरको पुनर्निर्माण जारी रहेको प्राधिकरणले उल्लेख गरेको छ ।

यस्तो छ प्राधिकरणले हालसम्म गरेका कामको विवरण : 
विस्तृत घरधुरी सर्भेक्षण
–भूकम्प अतिप्रभावित उपत्यका बाहिरका ११ जिल्लामा ७ लाख १७ हजार ७ सय १८ घरधनीको सर्भेक्षण गरियो । ५ लाख ३१ हजार ९ सय ६४ धरधनीको नाम अनुदान पाउने सूचीमा समावेश गरियो । सर्भेक्षणका क्रममा करिव १६ सय इन्जिनियर परिचालन भए ।
–काठमाडौं उपत्यकाका तीन जिल्लामा भेरिफिकेसन मोडेलबाट १ लाख १५ हजार ६ सय ७१ घरको सर्भेक्षण भए । सर्भेक्षणका क्रममा करिव ४ सय इन्जिनियर परिचालन । ९४ हजार ७२ घरधनी अनुदान पाउने छनौट सूचीमा छन् ।
–भूकम्प कम प्रभावित १७ जिल्लामा भेरिफिकेसन मोडेलबाट सर्भेक्षण गर्ने प्रक्रिया सुरु भयो ।

अनुदान सम्झौता र वितरण
–भूकम्पबाट क्षति भएका मध्ये अहिलेसम्म ६२ हजार १ सय ९० घर पुनर्निर्माण भएका छन् ।
–भूकम्प अति प्रभावित १४ जिल्लामा ४१ हजार ३ सय ११ घर पुनर्निर्माण भएको उपत्यका बाहिरका ११ जिल्लामा २० हजार ८ सय ७९ घरको पुनर्निर्माण जारी
– भूकम्प अतिप्रभावित ११ जिल्लाका झन्डै ५ लाख घरधनीसँग अनुदान सम्झौता भएका छन् ।

निजी घर निर्माण
–भूकम्पबाट सुरक्षित १७ वटा घरका ढाँचा कार्यान्वयनमा छन्। घरधनीले आफ्नो आवश्यकता र चाहना अनुसार अरु ढाँचाका घर पनि बनाउन सक्ने छन् । त्यसो गर्दा इन्जिनियरसँग परामर्श र भूकम्प प्रतिरोधी हुनुपर्ने छ ।
–भूकम्पबाट आंशिक क्षति भएका घर मर्मत सम्भार एवं प्रवलीकरण गर्नका लागि १ लाख रुपैयाँ उपलब्ध गराउन मन्त्रिपरिषद्मा सिफारिश गर्ने निर्णय ।

गुनासो व्यवस्थापन
–भूकम्प प्रभावित क्षेत्रबाट १ लाख ९२ हजार ९ सय ६४ गुनासा दर्ता भए । त्यस मध्ये केन्द्रमा १ लाख १ हजार गुनासा दर्ता भए । निजी आवास पुनर्निर्माण सम्बन्धी आएका गुनासो सुनवाईको लागि प्राधिकरणको केन्द्रमा संयन्त्र क्रियाशील छ । दैनिक २२ जना इन्जिनियर यसमा संलग्न छन् । मंसिर २४ गतेसम्म ६१ हजार ७ सय ५० गुनासा फछ्र्यौटको चरणमा छन् । अनुदान वितरण कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि परिणाम सार्वजनिक गर्न सुरु हुने छ ।

पुरातात्विक सम्पदा पुनर्निर्माण
–बौद्धनाथ स्तूपाको निर्माण सम्पन्न भएको छ ।
–पाटन दरबार क्षेत्र अन्तर्गत रहेका सम्पदाहरु मध्ये ३ वटाको निर्माण सम्पन्न भएको छ । ५ वटाको निर्माण कार्य सुरु भइसकेको छ ।
–बसन्तुपर क्षेत्र अन्तर्गत रहेका सम्पदाहरु मध्ये १ वटाको निर्माण सम्पन्न भएका छन् । ७ वटाको निर्माण कार्य सुरु भएका छन् ।
–भक्तपुर दरबार क्षेत्र अन्तर्गत रहेका सम्पदाहरु मध्ये ३ वटाको निर्माण कार्य सम्पन्न भएका छन् । १२ वटाको निर्माण कार्य सुरु भएका छन् ।
–स्वयंभु दरबार क्षेत्र अन्तर्गत रहेका सम्पदाहरु मध्ये ३ वटाको निर्माण सुरु भएका छन् ।
–पशुपति क्षेत्र अन्तर्गत रहेका सम्पदाहरु मध्ये २ वटाको निर्माण सुरु भएका छन् ।
–चाँगुनारायण क्षेत्र अन्तर्गत रहेका सम्पदाहरु मध्ये १ वटाको निर्माण कार्य सम्पन्न भएका छन् ।
–विश्व सम्पदा सूचीमा परेका बाहेका सम्पदाहरु मध्ये १ वटाको निर्माण कार्य सम्पन्न भएका छन् । ३९ वटाको निर्माण कार्य सुरु भएको छ भन ३९ वटाको टेण्डर आह्वान गरिएको छ ।
–धरहराको पुनर्निर्माणका लागि २०७३ साल पौष मसान्तसम्म विस्तृत इन्जिनियरिङ डिजाइन सम्पन्न गरिने बताइएको छ ।

स्वास्थ्य क्षेत्र
–प्रिफेब्रिकेटेड संरचनामा २०० वटा स्वास्थ्य केन्द्रको निर्माण सम्पन्न भएको छ । १६९ निर्माणको चरणमा छन् । करिव ६ सय निर्माणको तयारीमा छन् भने मुख्य अस्पताल निर्माणका लागि सम्बन्धित संघ संस्थासँग सम्झौता भएका छन् ।

सार्वजनिक भवन
–केन्द्रीय स्तरका १८ वटा भवनहरुको प्रिफेव संरचनामा पुनर्निर्माण सम्पन्न । बाँकी भवनहरु निर्माणको प्रक्रियामा छन् ।
–जिल्ला स्तरीय १४ वटा भवन प्रिफेव संरचनामा पुनर्निर्माण सम्पन्न भएका छन्।

शैक्षिक संस्थाहरुको पुनर्निर्माण
–२०० वटा विद्यालय पुनर्निर्माण सम्पन्न भएका छन्।
–१२ विद्यालय पुनर्निर्माण जारी रहका छन्।

जनशक्ति परिचालन
–राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, विभिन्न मन्त्रालय तथा निकायहरु गरी करिव ३ हजार ५ सय जनशक्ति परिचालन । २ हजार ६ सय इन्जिनियरलाई तालिम प्रदान तथा परिचालन ।
–भूकम्प प्रतिरोधी घर निर्माणका लागि करिव १९ हजारलाई डकर्मी तालिम प्रदान गरिएको छ ।
–भूकम्प प्रतिरोधी घर तथा पूर्वाधार निर्माण र जीविकोपार्जनका कार्यक्रम सञ्चालनका लागि १३५ वटा गैरसरकारी संस्थाहरुसँग सम्झौता भएका छन् ।

बजेट व्यवस्थापन
–अन्तर्राष्ट्रिय सम्मेलनमा ४ खर्ब १० अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको छ । नियमित कार्यक्रम अतिरिक्त सहयोग प्रतिबद्धता ३ खर्ब ४३ अर्ब छ। व्यक्त प्रतिबद्धता अनुसार अन्तर्राष्ट्रिय समुदायबाट २ खर्ब ७८ अर्ब रुपैयाँ प्राप्त भएका छन् ।
–एक खर्ब ७ अर्बको बजेट असोज १० गतेको निर्देशक समितिको बैठकद्वारा स्वीकृत भएको छ । चालू आर्थिक वर्षका लागि १ खर्ब ४० अर्ब रुपैयाँ विनियोजन भएका छन् ।

खानेपानी
–२९७ खानेपानी आयोजना सम्पन्न भएका छन् भने ९६१ वटा आयोजनाको निर्माण कार्य सुरु भएका छन् ।
–संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्री आयोजना कार्यान्वयन इकाईद्वारा प्रस्तावित १८ किलो मिटरको निर्माण कार्य जारी रहेको छ ।

थप समाचार

को हुन् पुनर्निर्माण प्राधिकरणको सीईओमा नियुक्त गोविन्द पोखरेल ? (मन्त्रीपरिषदका निर्णय भिडियोमा) 

पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली बर्खास्त

सुशील ज्ञवालीको नियुक्तिदेखि बर्खास्तीसम्म के–के भए ?

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल