पृथ्वीजयन्तीमा बिदा नदिएर सरकार संकीर्ण बन्यो : ओली (भिडियोसहित)

पुस २७

पृथ्वीजयन्तीमा बिदा नदिएर सरकार संकीर्ण बन्यो : ओली (भिडियोसहित)

काठमाडौ–प्रमुख प्रतिपक्ष दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकीकरणको भावनालाई आफ्नो स्वार्थसिद्धीको साधन बनाउन उचित नहुने बताएका छन् ।

अध्यक्ष ओलीले शाह वंशीय राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अगुवाई गरेको भन्दै त्यसलाई आफू अनुकूल व्याख्या गर्न उचित नहुने धारणा पनि राखे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सय ९५ आैं पृथ्वी जयन्तिको अवसर पारेर काठमाडौमा आयोजना गरेको चियापान कार्यक्रममा संचारकर्मीसँग कुरा गर्दै उनले वृहत राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमान कायम गर्दै राष्ट्रको रक्षाका लागि एकतावद्ध भएर जान पृथ्वी जयन्तिले सन्देश दिएको पनि स्पष्ट पारे ।

अध्यक्ष ओलीले भने, ‘सरकारले पृथ्वी जयन्तिमा विदा नदिएर संकीर्ण सोच राखेको देखियो ।
पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकीकरणका नायकका रुपमा सम्झनुपर्छ ।’
उनले तत्कालीन समयमा पृथ्वी नारायण शाहले जनताको माग, चाहना र बलिदानलाई नेतृत्व दिएर नेपाल राष्ट्र निर्माणको अगुवाई गरेको स्मराण् समेत गरेका थिए ।
स्मरणरहोस गत बर्ष ओली प्रधानमन्त्री भएका बेला पनि पृथ्वीजयन्तीका दिन विदा दिनुपर्ने आवाज उठेपनि उनले विदा दिएका थिएनन् ।

family planning
Golden Oak

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल