कमल थापाको कार्यक्रममा पुगेर प्रधानमन्त्रीले भने– पृथ्वीजयन्ती मनाएकोमा धन्यवाद ! (भिडियो)

पुस २७

कमल थापाको कार्यक्रममा पुगेर प्रधानमन्त्रीले भने– पृथ्वीजयन्ती मनाएकोमा धन्यवाद ! (भिडियो)

काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती मनाएकोमा धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री दाहालले पृथ्वी जयन्ती मनाएर एउटा राजनीतिक मूल्य स्थापित गरिएको भन्दै खुशी समेत व्यक्त गरेका छन् ।

२ सय ९५ औं पृथ्वी जयन्तीको अवसरमा राप्रपाले आयोजना गरेको चियापान समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बलियो केन्द्रिय राज्य निर्माणमा पृथ्वीनारायण शाहले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।
प्रधानमन्त्री प्रचण्डले भने–
–दलहरुबीच समान धारणा नहुँदा सरकारले पृथ्वी जयन्तिमा सार्वजनिक विदा दिन सकेन ।
–आगामी दिनमा सबै जाती, वर्ग, समुदाय र धार्मिक समुदायको भावनाको सम्मान गर्दै बिदा दिनका लागि सरकारले चाँडै नै निर्णय लिन्छ ।
–बुधबार बसेको मन्त्रिपरिषद बैठकले सरकारले दिँदै आएको बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।
–मुलुकलाई योगदान गरेका राष्ट्रिय धरोहरको सम्मान तथा सबै जाती, वर्ग र समुदायलाई समेटेर सार्वजनिक विदा दिने मापदण्डसहितको प्रतिवेदन आएपछि समस्या हुदैन ।

राष्ट्रिय प्रजातन्त्र पार्र्टीले राष्ट्रलाई एकतावद्ध बनाएर लैजान पनि सरकारले पृथ्वी जयन्तिलाई राष्ट्रिय पर्वको रुपमा लिएर सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएको छ ।
कार्यक्रममा राजनीतिक दलका नेताहरु, मन्त्रीहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
पृथ्वी नारायण शाहलाई आधुनिक नेपालका निर्माता मानिन्छ तर मुलुकमा गणतन्त्र आईसकेकाले राजतन्त्रको धेरै वकालत गरिरहन नपर्ने विश्लेषकहरुको मत पनि आउने गरेको छ ।

family planning
Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल