पृथ्वीजयन्तीमा दिनभर के–के भयो, कसले के भने ? हेर्नुहोस्, तस्वीर र भिडियो

पुस २७  |   DNN

पृथ्वीजयन्तीमा दिनभर के–के भयो, कसले के भने ? हेर्नुहोस्, तस्वीर र भिडियो

काडमाडौं– बुधवार पृथ्वीजयन्ती मनाइयो ।

सरकारले विदा नदिएको भन्दै समर्थको आलोचना पनि भयो ।

उता आदीवासी–जनजातिले विरोधमा कार्यक्रम गरे ।

पृथ्वीजयन्तीमा दिनभर के के भयो हेर्नुहोस्, तस्वीर र भिडियो

पृथ्वी जयन्तीमा दिन नपाएकोमा प्रधानमन्त्रीबाट क्षमायाचना
पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा नदिएर आलोचित बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्ती मनाएकोमा धन्यवाद दिएका छन् ।
त्यस क्रममा प्रचण्डले पृथ्वी जयन्ती मनाएर एउटा राजनीतिक मूल्य स्थापित गरिएको भन्दै खुशी समेत व्यक्त गरेका छन् ।
२ सय ९५ औं पृथ्वी जयन्तीको अवसरमा राप्रपाले आयोजना गरेको चियापान समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बलियो केन्द्रिय राज्य निर्माणमा पृथ्वीनारायण शाहले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।

प्रधानमन्त्री प्रचण्ड भन्छन् :
–दलहरुबीच समान धारणा नहुँदा सरकारले पृथ्वी जयन्तिमा सार्वजनिक विदा दिन सकेन ।
–आगामी दिनमा सबै जाती, वर्ग, समुदाय र धार्मिक समुदायको भावनाको सम्मान गर्दै बिदा दिनका लागि सरकारले चाँडै नै निर्णय लिन्छ ।
–बुधबार बसेको मन्त्रिपरिषद बैठकले सरकारले दिँदै आएको बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।
–मुलुकलाई योगदान गरेका राष्ट्रिय धरोहरको सम्मान तथा सबै जाती, वर्ग र समुदायलाई समेटेर सार्वजनिक विदा दिने मापदण्डसहितको प्रतिवेदन आएपछि समस्या हुदैन ।
राष्ट्रिय प्रजातन्त्र पार्र्टीले राष्ट्रलाई एकतावद्ध बनाएर लैजान पनि सरकारले पृथ्वी जयन्तिलाई राष्ट्रिय पर्वको रुपमा लिएर सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएको छ ।

कार्यक्रममा राजनीतिक दलका नेताहरु, मन्त्रीहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु लगायतको उल्लेख्य सहभागिता रहेको थियो । पृथ्वीनारायण शाहलाई आधुनिक नेपालका निर्माता मानिन्छ तर मुलुकमा गणतन्त्र आईसकेकाले राजतन्त्रको धेरै वकालत गरिरहन नपर्ने विश्लेषकहरुको मत पनि आउने गरेको छ ।

पृथ्वी जयन्तीमा विदा नदिएर सरकार संकीर्ण बन्यो :ओली
प्रमुख प्रतिपक्ष दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकीकरणको भावनालाई आफ्नो स्वार्थसिद्धीको साधन बनाउन उचित नहुने बताएका छन् ।

अध्यक्ष ओलीले शासवंशीय राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अगुवाई गरेको भन्दै त्यसलाई आफू अनुकूल व्याख्या गर्न उचित नहुने धारणा पनि राखे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सय ९५ आंैं पृथ्वी जयन्तिको अवसर पारेर काठमाडौमा आयोजना गरेको चियापान कार्यक्रममा संचारकर्मीसँग कुरा गर्दै उनले वृहत राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमान कायम गर्दै राष्ट्रको रक्षाका लागि एकतावद्ध भएर जान पृथ्वी जयन्तिले सन्देश दिएको पनि स्पष्ट पारे ।

अध्यक्ष ओलीले भने, ‘सरकारले पृथ्वी जयन्तिमा विदा नदिएर संकीर्ण सोच राखेको देखियो ।

पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकीकरणका नायकका रुपमा सम्झनुपर्छ ।’ उनले तत्कालीन समयमा पृथ्वी नारायण शाहले जनताको माग, चाहना र बलिदानलाई नेतृत्व दिएर नेपाल राष्ट्र निर्माणको अगुवाई गरेको स्मराण् समेत गरेका थिए । स्मरणरहोस गत बर्ष ओली प्रधानमन्त्री भएका बेला पनि पृथ्वीजयन्तीका दिन विदा दिनुपर्ने आवाज उठेपनि उनले विदा दिएका थिएनन् ।

पृथ्वी जयन्तीबारे कसले के भने ?
पृथ्वीनारायण शाहको २ सय ९५ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ ।
बुधबार बिहान विभिन्न संघ संस्था र राजनीतिक दलका नेताहरुले सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेर जन्मजयन्ती मनाएका हुन् ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा लगायतका वक्ताहरुले आधुनिक नेपालको निर्माणमा शाहवंशीय राजा पृथ्वीनारायण शाहको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा सहभागी भएकाहरुले पृथ्वी जयन्तिको दिनलाई सार्वजनिक विदा नदिएको भन्दै सरकारको आलोचना समेत गरेका छन ।

कार्यक्रममा २ सय ९५ औँ राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति, राष्ट्रिय एकता मञ्च, शिव सेना नेपाल, हिन्दू राष्ट्र जागरण अभियान नेपाललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थिति थिए ।

family planning
Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल