फेरि विवादमा शाहरुखको रइस

पुस २७

फेरि विवादमा शाहरुखको रइस

मुम्बई – शाहरुख खानको नयाँ चलचित्र रइसमा पाकिस्तानी नायिका माहिरा खान रहेको कारण एकपछि अर्को विवादमा फँसिरहेको छ ।

दुई देशबीच देखिएको चिसोपनाको असर पछिल्लो समय बलिउडमा देखिन थालेको छ ।

हुनतः शाहरुखले चलचित्रलाई विवादरहित बनाउन एमएनएसका प्रमुख राज ठाकरेसँग सम्झौता पनि गरेका थिए । तैपनि चलचित्र पुनः विवादमा तानिएको छ । यसपटक विवादको कारण बनेको छ, एमएनसको प्रतिद्वन्द्वी शिव सेना ।
शिव सेनाको छत्तिसगढ शाखाले चलचित्रलाई धम्कीपूर्ण पत्र पठाउँदै चलचत्रि चल्न नदिने बताएको छ ।


चलचित्रका डिस्ट्रिब्युटर अक्षय राथीले धम्कीपूर्ण पत्र ट्वीटरमार्फत सार्वजनिक गरेका हुन. ।

उनले ट्वीटमा शिव सेनाको युवा संगठनका अध्यक्ष आदित्य थाकरेलाई मेन्सनसमेत गरेका छन् ।

चलचित्र रिलिज हुन अब १४ दिन मात्र बाँकी रहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल