घुससहित पक्राउ ब्यक्ति प्रधानन्यायाधीसको आदेशमा छुटनु दूर्भाग्यपूर्ण :डा.शेखर

पुस २७

घुससहित पक्राउ ब्यक्ति प्रधानन्यायाधीसको आदेशमा छुटनु दूर्भाग्यपूर्ण :डा.शेखर

काठमाडौं– काँग्रेस नेता डा.शेखर कोईरालाले घुसको रकमसहित पक्राउ परेका ब्यक्ति प्रधानन्यायाधीसको ठाडो आदेशमा छुटनुले देशमा भ्रष्टाचार संस्थागत रूपमा बढ्दै गएको सन्देश गएको बताएका छन् । घुससहित समातिएका कर्मचारी प्रधानन्यायाधीसको आदेशमा छुटेको समाचार आएपछि काँग्रेस नेताको यस्तो प्रतिक्रिया आएको हो ।

अदालतका कर्मचारीलाई भ्रष्टाचारको मूद्दा लगाउन संबिधानले नछेकेको बताउँदै उनले यो घटनाले मूलूक अराजकतातर्फ प्रवेश गरेको नमूना प्रस्तूत गरेको बताए ।

प्रशासन ब्यवस्थापन र बिकास केन्द्र (कामाद) ले राजधानीमा आयोजना गरेको ‘राजनिती र प्रशासनको अन्तर्सम्बन्ध एवं यसको बर्तमान अवस्था’ बिषयक अन्तरक्रियालाई संबोधन गर्दै कोईरालाले भने–सरूवा–बढुवामा हुने गरेको आर्थिक चलखेलले प्रशासनिक क्षेत्रको मर्ममा आँच आएको छ ।

बरिष्ठता, योग्यता र क्षमताको आधारमा कर्मचारीको पदस्थापन,सरूवा र बढुवा गरिने परिपाटी नबनाएसम्म प्रशासनिक क्षेत्र धरासयी बनिरहन्छ । ’
उनले राजनीतिज्ञ र कर्मचारीको सम्बन्ध समुधर हुन जरूरी रहेको बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल