यस्तो छ ‘सारङ्क’ को फस्टलुक र ट्रेलर

पुस २७

काठमाडौं – नेपाली चलचित्र ‘सारङ्क’को प्रदर्शनको लागि तयार भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माणपक्षले चलचित्रको फस्ट लुक, पोष्टर, गीत र ट्रेलर सार्वजनिक गरेको छ ।
चलचित्र पहिले अमेरिकामा र त्यसपछि नेपालमा देखाइने निर्माता तथा निर्देशक विरेन्द्र हमालले बताए । सपना सिंह ठकुरी, सुर्वण खड्का, आकाश श्रेष्ठ, नवराज कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
सागरसिंह ठकुरीको पटकथा तथा संवाद रहेको चलचित्रमा विष्णु बाँस्तोलाको छायाँकन, गौतम राज खड्का सम्पादन, विरेन शाक्यको संगीत र किरण दाहालको द्धन्द्ध छ ।

– चलचित्रका निर्देशक हमालले चलचित्र ‘सारङ्क’ देशभक्ती चलचित्र भएको बताए । चलचित्र मार्फत आफुले देशसँग लिने भन्दा पनि दिने बिषय उठाएको बताए ।

family planning
Golden Oak

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल